प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

<p>काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्ड र सीबीच शनिबार औपचारिक भेटवार्ता भएको हो । झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्ड र सीबीच शनिबार औपचारिक भेटवार्ता भएको हो ।

झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो ।

द्विपक्षीय वार्तामा प्रधानमन्त्रीसहित नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लगायत नेपाली प्रतिनिधिमण्डका सदस्यहरू सहभागी छन्।

एसियाली खेलकुदको उद्घाटनका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ।

Share News