तनहुँ जलविद्युत आयोजनाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण तथा उद्घाटन
तनहुँ । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका- ५ बेनीपाटनमा विद्यालय भवन निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको २ तले ८ कोठा भएको पक्की भवन आयोजनाबाट आफ्नै खर्च एवम् प्राविधिक सहयोगमा निर्माण सम्पन्न गरिएको हो । आयोजनाबाट निर्माण गरिएको नवनिर्मित भवन १४ माघ सोमबारका दिन विद्यालयको ३३ औं स्थापना दिवस तथा अभिभावक भेलाको अवसरमा आयोजित कार्यक्रमकाबीच हस्तान्तरण एवम् उद्घाटन गरियो । आयोजनाबाट विद्यालय भवन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरिएको हो । नवनिर्मित उक्त भवनको नगरपालिकाका प्रमुख न्यौपानेले उद्घाटन गरे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले लागू गरेको डिजाइनअनुसार निर्माण गरिएको विद्यालय भवन भूकम्प प्रतिरोधी एवम् अपाङ्गमैत्री रहेको छ । भौतिक रुपमा विद्यालयको पूर्वाधार बलियो र सुरक्षित हुँदा यसको सकारात्मक प्रभाव विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षकलगायत सबैलाई पर्ने आयोजनाले विश्वास लिएको छ । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच करिब दुई वर्षअघि १ करोड ३८ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना प्रभावित क्षेत्र भिमाद नगरपालिका- ५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन पनि निर्माण अन्तिम चरणमा छ । सामाजिक विकास कार्यक्रमअन्तर्गत हालसम्म व्यास तथा भिमाद नगरपालिका र ऋषिङ, म्याग्दे तथा बन्दीपुर गाउँपालिका आयोजना प्रभावित वडाहरूमा ६६ योजनाहरू सम्पन्न भएका छन् । ९ वटा योजनाहरु हाल सञ्चालित छन् ।
मुकेश अम्बानीको रिलायन्सलाई ऋण दिन करिब २ दर्जन बैंक लाइनमा, जेपी मोर्गन पनि समावेश
काठमाडौं । विश्वभरका धेरैजसो ठूला बैंकहरू रिलायन्स इन्डस्ट्रीजलाई ऋण दिनका लागि लाइनमा उभिएका छन् । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रीज लिमिटेड (आरआईएल) ले ३ अर्ब डलरको ऋण लिन डिसेम्बरमा ११ बैंकको समूह (कन्सोर्टियम) सँग सम्झौता गरेको थियो । स्रोतहरूका अनुसार अब कम्तीमा १० अन्य बैंकहरू पनि यो वित्तीय समूहमा सहभागी हुन चाहिरहेका छन् । ती बैंकहरूमा अष्ट्रेलिया, उत्तर अमेरिका, ताइवान, युरोप र एसिया का प्रतिष्ठित बैंकहरू सामेल छन् । आगामी हप्ता ऋण संकलनको रोड शो सुरु आगामी हप्तादेखि यो ऋणका लागि रोड शोहरू सुरु हुनेछन् । कम्पनी र मुख्य बैंकहरूले सुनिश्चित गर्न चाहन्छन् कि अझ धेरै बैंकहरू यसमा सहभागी बनून् । स्रोतका अनुसार आरईएलले यी बैंकहरूलाई पहिले नै चयन गरिसकेको छ । किन बैंकहरू रिलायन्सलाई ऋण दिन इच्छुक छन् ? आरआईएल आफ्ना कर्जदाता बैंकहरूको दायरा बढाउन चाहन्छ । मुख्य बैंकहरूले आरआईएललाई भारतको सबैभन्दा राम्रो क्रेडिटधारी कम्पनी मान्छन् । नयाँ बैंकहरूले पनि यसरी सुरक्षित राम्रो क्रेडिटमा लगानी गर्न चाहन्छन् । मुख्य बैंकहरूले यसबाट फीस पाउँछन् र भविष्यमा थप ऋण दिने अवसर पनि मिल्छ । भारतको उच्चतम क्रेडिट रेटिङ प्राप्त कम्पनी बैंकहरू कम ब्याजदर (मार्जिन) मा पनि आरआईएललाई ऋण दिन तयार छन् । किनकि आरआईएल भारतको सबैभन्दा राम्रो क्रेडिट रेटिङ भएको कम्पनी हो ।यसको क्रेडिट रेटिङ त्रिपल बी प्लस छ, जुन भारतको बीबीबी– सोवरेन क्रेडिट रेटिङभन्दा उच्च हो । आरआईएलले यसबारे औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । कर्जा संरचना र ब्याजदर आरआईएलले ११ बैंकहरूबाट ३ अर्ब डलर उठाइसकेको छ, जुन पछिल्लो दुई वर्षमा लिएको सबैभन्दा ठूलो ऋण हो । यो ५ वर्षको अवधि भएको ऋण हो । ४५० मिलियन डलर जापानी येनमा पनि ऋण लिइएको छ । यो रकम यस वर्ष परिपक्व हुने ऋण चुक्ता गर्न प्रयोग गरिन सक्छ । कुन बैंकले कति ऋण दिए ? बैंक अफ अमेरिकाले ३४३ मिलियन डलर, डीबीस र एचएसबीसी बैंकले ३००–३०० मिलियन, एमयूएफजीले २८० मिलियन डलर र एकमात्र भारतीय बैंक एसबीआईले २७५ मिलियन डलर ऋण दिएका छन् । अन्य बैंकहरू जस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंक, मिजुहो बैंक र एसएमबीसी बैंकले २५०–२५० मिलियन डलर ऋण दिएका छन् । यसैगरी, फस्र्ट अबुधाबी बैंक, सिटिबैंक, क्रेडिट अग्रिकोल सीआईबीले २४१–२४१ मिलियन डलर ऋण दिएका छन् । नयाँ बैंकहरूको भूमिका दोस्रो चरणमा थपिने नयाँ बैंकहरूले आफ्नो क्षमताअनुसार ऋण दिनेछन् । प्रत्येक बैंकको कुनै पनि कम्पनीलाई दिन सक्ने ऋणको सीमा हुन्छ । मुख्य बैंकहरू कति रकम छोड्न चाहन्छन् र जोखिम मूल्यांकन कस्तो छ भन्नेमा नयाँ बैंकहरूको लगानी निर्भर हुनेछ । रिलायन्सबाट बाहिरिँदै विदेशी लगानीकर्ता, विदेशी हिस्सेदारी एक दशकको न्यूनतम स्तरमा विश्वकै सबैभन्दा ठूलो डेटा सेन्टर बनाउँदै मुकेश अम्बानी
शानदार म:म: सेन्टरमा ग्यास विस्फोट (तस्बिरहरू)
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित एक खाजा घरमा सिलिण्डर ग्यास विस्फोट भएको छ । विष्फोटमा ११ जना घाइते भएका छन् । केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको शानदार म:म: सेन्टरमा ग्यास विस्फोट भएको हो । घाइतेहरूलाई उपचारको लागि हिमाल अस्पताल पुर्याइएको छ ।
ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भन्सार महसुलको धम्कीपछि मेक्सिकोले आफ्नो उत्तरी सीमामा पठाएको १० हजार सैनिकमध्ये पहिलो मेक्सिकाली नेसनल गार्ड र आर्मी ट्रकहरू बुधबार टेक्सासको सिउडाड जुआरेज र एल पासोलाई छुट्याउने सीमामा गुडेका छन् । मास्क लगाएका र हतियारधारी नेशनल गार्डका सदस्यहरूले सिउडाड जुआरेजको बाहिरी क्षेत्रमा सीमा अवरोधको साथै रहेको झाडीमा खोजी गरे, खाल्डोमा लुकाएर राखिएका अस्थायी भर्याङहरू र डोरीहरू निकाले र तिनलाई ट्रकमा राखे । तिजुआना नजिकैका सीमाका अन्य भागहरूमा पनि गस्ती देखिएको थियो ।यो घटना ट्रम्पले मेक्सिकोमाथि कठोर भन्सार लगाउने कुरालाई कम्तीमा एक महिनाका लागि स्थगित गर्ने घोषणा गरेपछिको अशान्त हप्तापछि आएको हो । बदलामा मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सीमा सुदृढीकरण गर्न र फेन्टानिल तस्करीविरुद्ध कारबाही गर्न देशको नेशनल गार्ड पठाउने वाचा गरे । गत वर्ष आप्रवासनको स्तर र फेन्टानिलको मात्रा उल्लेखनीय रूपमा घटेको भए पनि ट्रम्पले सीमामा आपत्काल घोषणा गरेका छन् । अमेरिकाले बदलामा मेक्सिकोमा कार्टेल हिंसालाई बढावा दिन अमेरिकी हतियारहरूको तस्करी रोक्न थप काम गर्ने बताएको छ । यो हिंसा आपराधिक समूहहरूले लाभदायक आप्रवासी तस्करी उद्योगको नियन्त्रणका लागि लड्दै गर्दा देशका अन्य भागहरूमा फैलिएको छ । मङ्गलबार ती सेनामध्ये पहिलो समूह सरकारी विमानहरूबाट बाहिर निस्केर सीमावर्ती सहरहरूमा आइपुग्यो । बुधबार गस्तीमा रहेका गार्ड सदस्यहरूले उनीहरू नयाँ बलको हिस्सा भएको पुष्टि गरे । ‘सीमामा स्थायी निगरानी हुनेछ’, सहरमा तैनाथीको नेतृत्व गर्दै गरेका नेसनल गार्डका नेताहरूमध्ये एक जोसे लुइस सान्तोस इजाले पहिलो सैनिक समूहको आगमनमा मिडियालाई भने, ‘यो अभियान मुख्यतया मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा लागूपदार्थ तस्करी, मुख्यतया फेन्टानिल रोक्नका लागि हो ।’ सरकारी आँकडा अनुसार सिउडाड जुआरेजमा कम्तीमा एक हजार छ सय ५० सैनिक पठाइने अपेक्षा गरिएको छ । यसलाई देशको सीमा सुदृढीकरणको सबैभन्दा ठूलो प्राप्तकर्ताहरू मध्ये एक बनाएको छ । तिजुआना पछि दोस्रो, जहाँ एक हजार नौ सय ४९ सैनिक पठाइने योजना छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको ल्याटिन अमेरिका भ्रमणका क्रममा मेक्सिको सरकारको विज्ञप्ति अनुसार शीर्ष अमेरिकी कूटनीतिज्ञले सैन्य बल पठाएकामा मेक्सिको सरकारलाई धन्यवाद दिए । विदेशमन्त्रीको भ्रमणमा आप्रवासन मुख्य एजेन्डामा थियो । सेनबामको वार्तालाई पर्यवेक्षकहरूले नवनिर्वाचित मेक्सिकाली नेताको चतुर राजनीतिक चालको रूपमा हेरेका थिए । धेरैले पहिले नै उनको पूर्ववर्ती र सहयोगी, पूर्वराष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको आन्द्रेस म्यानुअल लोपेज ओब्राडोर जस्तै प्रभावकारी ढङ्गले ट्रम्पको राष्ट्रपति कार्यकालमा काम गर्न सक्षम हुनेमा आशङ्का गरेका थिए । रासस
सानिमा र मुक्तिनाथ बैंकले माथिल्लो जुनबेसी जलविद्युत् आयोजनमा ९० करोड लगानी गर्ने
काठमाडौं । ५.८७५ मेगावाटको माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-२ जुनबेसीमा निर्माण गरिने आयोजनामा दुई वटा बैंकले ऋण लगानी गर्नेगरी मंगलबार वित्तीय व्यवस्थापन पूरा गरिएको हो । गोर्खाज हिमालयन हाइड्रो लिमिटेडले प्रवर्द्धन गर्न लागेको आयोजनामा सहवित्तीयकरण ऋण लगानीको नेतृत्वकर्ता सानिमा बैंक लिमिटेडले ६५ करोड रुपैयाँ र मुक्तिनाथ विकास बैंकले २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक सन्तोष भट्टराईले जानकारी दिए । उनका अनुसार आयोजनाको कुल लागत अनुमान एक अर्ब २९ करोड रुपैयाँ रहेको छ । यसमध्ये ७० प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ ऋण र ३० प्रतिशतले हुन आउने ३९ करोड रुपैयाँ प्रवर्द्धकको स्वपुँजी लगानीबाट जुटाइने छ । विद्युत्को उच्च माग हुने समय (पिक आवर)मा दैनिक एक घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने गरी आयोजनालाई आंशिक जलाशय (पीआरओआर)को रूपमा निर्माण गर्न लागिएको छ । ‘अब आयोजना निर्माणमा लान आवश्यक सबै तयारी करिब पूरा भएको छ,’ प्रबन्ध सञ्चालक भट्टराईले भने, ‘आउँदो फागुन १ गतेदेखि निर्माण सुरु गरेर २१ महिना (२०८३ साल कात्तिक) भित्र पूरा गरी आयोजनाबाट बत्ती बाल्ने हाम्रो लक्ष्य छ ।’ आयोजना निर्माणस्थलमा जान आवश्यक पहुँचमार्ग, आवास लगायतका संरचनाको निर्माण सकिएको उनले बताए । आयोजनाबाट वर्षायाममा २३.५३२ गिगावाट घण्टा र हिउँदमा ११.५२६ गिगावाट घण्टा गरी वार्षिक कुल ३५.०५९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले उत्पादन गर्ने बिजुलीको मूल्य वर्षायामका ६ महिना ४.८० रुपैयाँ र हिउँदका ६ महिना ८.४० रुपैयाँ प्रतियुनिट रहने छ । उत्पादित बिजुली आयोजनाले ३३ केभी आठ किलोमिटर लामो लाइन निर्माण गरी सोलुखुम्बुस्थित १३२ केभी तिङ्ला सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा पुर्याउने छ ।
एसयू सेभेन अल्ट्राको लक्जरी संस्करण १० हजार युनिट बिक्री गर्ने साओमीको लक्ष्य
काठमाडौं । साओमीले आफ्नो ईभी लक्जरी संस्करणको १० हजार युनिट बिक्री लक्ष्य राखेको छ । बुधवार साओमीका संस्थापक लेइ जुनले आफ्नो रेड नोट खातामा १० हजार युनिट बिक्री लक्ष्य राखेको उल्लेख गरे । कम्पनीको प्रमुख इलेक्ट्रिक वाहन एसयू सेभेन अल्ट्राको लक्जरी संस्करण फेब्रुअरी अन्त्यमा सार्वजनिक गरिने जनाइएको छ । साओमीले दुईवटा नयाँ मोडेल सार्वजनिक गर्ने योजना बनाएको हो । एसयू सेभेन सेडान अझ खेलकुद शैलीको संस्करण हुने जनाइएको छ । यसमा १,५२६ हर्सपावर १ हजार ७७० एनएम टर्क हुनेछ । यो ईभी ०-१०० किलोमिटर पर आवर्समात्र १.९८ सेकेन्ड मा पुग्नेछ र २०० किलोमिटर पर हावर्स गति ५.८६ सेकेन्ड मा प्राप्त गर्नेछ । साओमीले २०२५ मा ३ लाख कार डेलिभर गर्ने लक्ष्य राखेको छ । यसले २०२४ मा १ लाख ३५ हजारभन्दा बढी कार डेलिभर गरेको थियो । कारन्यूजचाइना पत्रिकाका अनुसार साओमीको प्रारम्भिक डेलिभरी लक्ष्य २०२४ का लागि १ लाख इकाइ थियो, तर बेइजिङ कारखानामा उत्पादन अपेक्षाभन्दा बढी भएपछि कम्पनीले यो संख्या बढाएको हो । साओमीको ईभी प्लान्टको पहिलो चरणमा वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार इकाइ रहेको छ । दोस्रो चरणको विस्तारपछि थप १ लाख ५० हजार इकाइ उत्पादन क्षमता थपिँदैछ, जसले कुल क्षमता ३ लाख इकाइ प्रति वर्ष पुर्याउनेछ ।
पोखरा फाइनान्सका सीईओ गुरुङ पदमुक्त
काठमाडौं । पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविचन्द्र गुरुङलाई पदमुक्त गरेको छ । माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ गुरुङलाई बिहीबारदेखि लागू हुने गरी पदमुक्त गरेको कम्पनीका सचिव निर्मलकुमार कार्कीले जानकारी दिए । साथै गुरुङको ठाउँमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) राजुमोहन भट्टराईलाई कायम मुकायम कार्यकारी प्रमुखको रूपमा नियुक्त गरेको कम्पनीले जनाएको छ । वित्तीय सूचक कमजोर भएको फाइनान्स यतिबेला प्राप्ति-समाहित, गाभ्ने वा गाभिनतर्फ लागेको छ । फाइनान्सले स्वतन्त्र सञ्चालक तीलबहादुर गुरुङको संयोजकत्वमा २ सदस्यीय समिति गठन गरेको छ । समितिमा अर्का सदस्य प्रतीक गुरुङ रहेका छन् । मर्जरको प्रकृया करिब अन्तिम चरणमा रहेको जनाइएको छ ।
पाथीभरामा यातायातको सुविधामात्र दिन खोजेको हो, मविरुद्ध नकारात्मक सन्देश फैलाइयो: ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले सामाजिक सञ्जालले गलत सन्देश प्रवाह भएको बताएका छन् । बिहीबार क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘सामाजिक सञ्जालले चन्द्र ढकाललाई दलाल भनेर चिनाउने प्रयास गरिरहेको छ, जुन खेदजनक छ । वैदेशिक रोजगारको जागीर छोडेर नेपालमै केही गर्नुपर्छ भनेर फर्केर आएको मान्छे, अहिले हजारौंलाई रोजगार दिइरहेका छु । तर आज सामाजिक सञ्जालमा मेरो विषयमा गलत सन्देश फैलिएको छ । विभिन्न क्षेत्रमा मैले योगदान दिएको छु ।’ अध्यक्ष ढकालले पाथीभरामा केबलकार बनाउने विषयमा भएको विवादले गलत देखाउन खोजेको हुँदा वास्तविक रूपमा त्यहाँ केबलकर बनाएर यातायातको सुविधा मात्र दिन खोजेको बताए । उनले धर्मको नाममा गलत सन्देश फैलाउन खोजिएको बताए । यसैगरी, अध्यक्ष ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताए । आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैया बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसँग आग्रह गरे । उनले क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने बताए । अर्काे प्रसंगमा अध्यक्ष ढकालले नेपालमा सरकारले रोजगारीमा प्रोत्साहन गर्न सकेन भने भोलिका सन्ततिले पछुताउनुपर्ने बताए । यसैगरी, सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा सरकार आफैले धेरै काम गर्न बाँकी रहेको बताए । उनले यस क्षेत्रमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै आउने दिनमा निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताए । आईटीलाई उद्योगको रूपमा विकास गर्दै अगाडि लैजान नीतिगत सुधार आवस्यक रहेको उल्लेख गर्दै उनले सरकारले नीतिगत सुधारको लागि काम गरिरहेको जानकारी दिए । क्यान इन्फोटेक मेला आजदेखि सुरु