विकासन्युज

नबिलबाट बाहिरिए ढुङ्गाना, अब को बन्छ नयाँ सीईओ ?

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले पदबाट राजीनामा दिएका छन् । उनले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा प्रतिस्पर्धा गर्नका लागि पदबाट राजीनामा दिएका हुन् । उनले गत आइतबारदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । तर, बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छैन । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि विभिन्न व्यक्तिबीच लबिङ र प्रतिस्पर्धा चलिरहँदा सीईओ ढुङ्गानाले पनि सीईओबाट राजीनामा दिएका हुन् । बैंकका अनुसार उनले गत आइतबारकाो मिति राखेर राजीनामा दिएका हुन् । बैंकका अध्यक्ष उपेन्द्र पौडेलले राजीनामा स्वीकृत हुन बाँकी रहेकाे बताए । ढुङ्गानाले राजीनामा दिएसँगै अब बैंकको सीईओ को बन्छ भन्ने चासोको विषय रहेको छ । अहिले वरिष्ठताका हिसाबले सुजित शाक्य अगाडि छन् । उनी हाल बैंकको सिनियर डेपुटी सीईओका रूपमा काम गरिरहेका छन् भने मनोज ज्ञवाली पनि सिनियर डेपुटी सीईओ भएर काम गरिरहेका छन् । बैंकमा भूपेन्द्र पाण्डे पनि डीसीईओ भएर काम गरिरहेका छन् । मुख्यतः अहिले बैंकका दुई जना सिनियर डेपुटी सीईओ शाक्य र ज्ञवालीबीच सीईओ बन्नका लागि प्रतिस्पर्धा हुने देखिन्छ । नबिलबाट बाहिरिँदै ज्ञानेन्द्र ढुंगाना, गभर्नरका लागि ‘टप थ्री’मा पर्न राजीनामा अनिवार्य

सामसङका डीसीईओ हान जोंग-हीको निधन

काठमाडौं । दक्षिण कोरियाको प्रतिष्ठित कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हान जोंग–हीको निधन भएको छ । उनको हृदयघातका कारण ६३ वर्षको उमेरमा निधन भएको हो । कम्पनीले उनको निधनको पुष्टि गरेको छ । हानले कम्पनीको उपभोक्ता इलेक्ट्रोनिक्स र मोबाइल उपकरण विभागको नेतृत्व सम्हालेका थिए । सामसुङले हालसम्म हानको उत्तराधिकारीको नाम घोषणा गरेको छैन । हान जोंग–हीले १९८८ मा इनहा विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक डिग्री पूरा गरेपछि सामसुङमा काम गर्न सुरु गरेका थिए । २०११ देखि २०१३ सम्म उनी कम्पनीको उत्पादन अनुसन्धान र विकास (आर एन्ड डी) टोलीको प्रमुख थिए । हानले २०१७ मा भिजुअल डिस्प्ले व्यवसायको नेतृत्व लिएका थिए । २०२१ मा उनलाई उपाध्यक्ष र डीसीईओमा पदोन्नति गरिएको थियो । स्थानीय मिडियाका अनुसार सामसुङको टिभी व्यवसायलाई उचाइमा पुर्‍याउने श्रेय उनलाई दिइन्छ । सामसुङका एक प्रवक्ताका अनुसार हान जोंग–हीको मृत्यु कार्डियक अरेस्टका कारण भएको हो । ३० नोभेम्बर, २०२४ सम्ममा हानको कुल सम्पत्ति करिब ९ लाख ७१ हजार २९१ नेट वर्थ थियो । उनको वार्षिक तलब प्याकेज ६.९० अर्ब वोन (झन्डै ४८.३ लाख डलर) थियो । गत वर्षको अवधिमा सामसुङका सेयरहरू सबैभन्दा कमजोर प्रदर्शन गर्ने प्रविधि सेयरहरूमा परेका थिए । हानले भनेका थिए कि कम्पनीले तीव्र रूपमा विकसित भइरहेको एआई सेमिकन्डक्टर बजारलाई पर्याप्त रूपमा जवाफ दिन असफल भएको छ ।

ग्लोबल मनी विकको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम, १० हजार लाभान्वित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार ३ सय ९२ जना लाभान्वित भएका छन् । ग्लोबल मनी विक २०२५ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । अन्तराष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनामा तेस्रो हप्ता मनाइने ग्लोबल मनी विक बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ नारासहित सञ्चालन गरेको थियो । बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको थियो । अभियान अन्तर्गत बैंकिसँग कारोबार गर्दा हुने फाइदाहरु, डिजिटल बैंकिङ, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन गरेको थियो । बैंकका शाखा कार्यालयहरुमा विद्यार्थीहरुलाई भ्रमण गराई सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट वित्तीय संचेतना बारे ज्ञान प्रदान गरिएको थियो । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरिएको थियो ।

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

काठमाडौं । भिसाले सञ्चालन गरेको ‘दसैँ अभियान २०२४’ अन्तर्गत कुमारी बैंकका ग्राहकहरु मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरी विजेता बन्न सफल भएका छन् । त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता भएका छन् । भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा विजेता छानिएको थियो । विजेताहरूले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन् । विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ ।

कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न अध्यक्ष प्रचण्डको जोड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिएका छन् । कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिएका हुन् । ‘कबाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरूरी छ ।’ अध्यक्ष प्रचण्डले भने, ‘संकलन गर्ने मजदूर तथा व्यवसायीलाई दुख दिएर समस्या हल हुँदैन ।’ भेटका क्रममा अध्यक्ष प्रचण्डले कबाड व्यवसायको उचित व्यवस्थापनका विषयमा महानगर नेतृत्वसँग समेत छलफल गरेर सकारात्मक वातापरण निर्माणका लागि पहल गर्ने समेत बताए । कबाड संकलक तथा व्यवसायका क्रममा काठमाडौं महानगरपालिकाले अवरोध सिर्जना गरेका कारण व्यवसायी पीडित र विस्थापित हुन पुगेको भन्दै कबाड व्यवसायी संघर्ष समितिले अध्यक्ष प्रचण्डलाई पहल गरिदिन आग्रह गरेका हुन् ।

अप्रिल २ मा धेरै देशहरूलाई भन्सारमा छुट दिन सकिन्छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार पारस्परिक भन्सारको लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताएका छन् । पारस्परिक भन्सारको लागि आफूले धेरै देशहरुलाई छुट दिने योजना बनाएको बताए । लामो समयदेखि धेरै देशहरुसँगको सम्बन्ध राम्रो रहेको र उनीहरुसँग अमेरिकाको सम्बन्ध राम्रो नै राख्ने बताए । अप्रिल २ लाई मुक्ति दिवसको रुपमा चित्रण गरे । उनले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने बताए । राष्ट्रपतिले ल्याटिन अमेरिकी देशलाई हजारौं अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाए । जेपी मोर्गनका प्रमुख अर्थशास्त्री ब्रुस कास्मानले यस महिनाको सुरुमा अमेरिकी अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गरे ।

युरोपमा चाङआनको ईभी ब्राण्ड दीपल सार्वजनिक, यसै वर्ष १० युरोपेली मुलुकमा विस्तार गर्ने

काठमाडौं । लो कार्बन मोबिलिटी प्रविधि कम्पनी चाङआन अटोमोबाइलले जर्मनीमा ’सेयरिङ द फ्युचर’ थिमअन्तर्गत युरोपका लागि आफ्ना तीन प्रमुख ब्रान्डहरू चाङआन, डीपल र ‍अवतार आधिकारिक रूपमा लञ्च गरेको छ । यो माइलस्टोन चाङआनको ‘भास्ट ओसन प्लान’अन्तर्गत प्राविधिक नवप्रवर्तन र दिगोपनप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने एक नयाँ चरण हो । अनुसन्धान, उत्पादन, आपूर्ति श्रृंखला, बिक्री र सञ्चालनमा फैलिएको पूर्ण रूपमा एकीकृत युरोपेली इकोसिस्टमको साथ चाङआनले स्थानीय प्रतिभामा लगानी र क्षेत्रीय साझेदारहरूसँग सहकार्य गरेर अनि इन्टेलिजेन्ट र दिगो मोबिलिटीको भविष्यलाई अगाडि बढाएर युरोपेली उपभोक्ताहरूसँगको आफ्नो सम्बन्धलाई गहिरो बनाउन लागेको हो । कार्यक्रममा चाङआनले चाङआन जिरो सेभने र दीपल एस जिरो फाइभसँगै युरोपेली डेब्यूको रूपमा दीपल एस जिरो सेभेन पनि प्रदर्शन गर्‍यो, जसको लन्च पछिल्लो चरणको लागि तय गरिएको थियो । ६ देश र दश स्थानहरूमा फैलिएको आरएन्डडी प्रणालीद्वारा सञ्चालित चाङआनको टेक्निकल इनोभेसन विश्वव्यापी रूपमा मान्यता प्राप्त छ । यसमा ३१ देश र क्षेत्रहरूबाट आउने १८ हजारभन्दा बढी आरएन्डडी कर्मचारीहरू कार्यरत छन् जसमा १६ प्रविधि अनुसन्धान र उत्पादन विकास केन्द्रहरू, १७ प्रविधि कम्पनी र १८० प्रयोगशालाहरू (राष्ट्रिय स्तरका प्रयोगशालाहरू सहित) रहेका छन् जसले यसलाई युरोपेली ईभी बजारको एक प्रमुख भागको रूपमा स्थान दिन्छ । युरोपेली सुरुवातको एक हिस्साको रूपमा चाङआनले सुरुमा नर्वे, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स र बेलायत जस्ता प्रमुख ईभी बजारहरूमा ध्यान केन्द्रित गर्दै बजार प्रवेशको औपचारिक रणनीति अपनाउँदैछ । सन् २०२८ सम्ममा कम्पनीले सबै प्रमुख युरोपेली बजारहरूमा उपस्थिति जनाउने योजना बनाएको छ । नेदरल्याण्ड्समा अवस्थित युरोपेली मुख्यालयले व्यापार सञ्चालनको केन्द्रको रूपमा काम गर्नेछ। बिक्री कम्पनीहरूको मुख्यालय जर्मनीको म्युनिखमा स्थापना गरिएको छ । हाल युरोपभरि लगभग ५०० कर्मचारीहरू कार्यरत छन् जसमा इटाली र बेलायतका अनुभवी डिजाइनर र इन्जिनियरहरू पनि समावेश छन् ।   ‘जर्मनीमा आउन पाउँदा हामीलाई खुशी लागेको छ,’ चाङआन अटोमोबाइलका अध्यक्ष झु हुआरोङले भने, ‘चाङआन एक खुला र सहयोगी कम्पनी हो जुन दिगो गतिशीलताको नेतृत्व गर्ने र मानव जीवनलाई फाइदा पुर्‍याउने स्पष्ट लक्ष्यद्वारा सञ्चालित छ ।’ ‘हामीले यस वर्ष विश्वव्यापी रूपमा तीस लाख युनिट बिक्री गर्ने लक्ष्य राखेका छौं जसमा दस लाख विद्युतीकृत सवारी साधनहरू हुनेछन् । हामीले सन् २०३० सम्ममा प्रति वर्ष पाँच लाख सवारी साधनहरू डेलिभर गर्ने लक्ष्य राखेका छौं जसमा तीस लाख विद्युतीकृत हुनेछन् । योसँगै हामी राम्रो भविष्यको लागि इनोभेसन पनि चलाइरहने छौं,’ झुले थपे । चाङआन अटोमोबाइलको बारेमा चाङआन अटोमोबाइल एक इन्टेलिजेन्ट लो–कार्बन मोबिलिटी प्रविधि कम्पनी हो जसमा ३१ देशका ९१५ भन्दा बढी विशेषज्ञहरू, चाङआन, डीपल, एभीएटीआर जस्ता विविध ब्रान्ड एवम् चाङआन फोर्ड, चाङआन माज्दा र जेएमसी जस्ता संयुक्त उद्यमहरू छन् । चाङआनको बलियो उत्पादन फैलावट र विविधता छ जसमा यात्रुवाहक सवारी साधन, पिक-अप र हल्का व्यावसायीक सवारी साधनहरू समावेश छन् ।

१० हजार दक्ष जनशक्ति तयार गर्न काठमाडौं टेक्निकल स्कुल सुरु हुँदै, हस्पिटालिटी र केयरगिभर प्राथमिकतामा

काठमाडौं । १० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौं टेक्निकल स्कुलको स्थापना भएको छ । काठमाडौं टेक्निकल स्कुलले पहिलो वर्षमै हस्पिटालिटी र केयरगिभरको क्षेत्रमा ठूलो मात्रमा सीपयुक्त जनशक्ति तयार गर्ने योजना लिएको छ । प्रत्येक वर्ष ५ लाख युवायुवतीहरु नेपाली बजारमा प्रवेश गर्ने गरेका छन् । त्यो श्रम शक्ति देशभित्र खपत छैन । विदेशमा जानेहरु विभिन्न रोजगारीमा जाने गरेका छन् । यो तुरुन्त सम्बोधन गर्नुपर्ने विषय हो । स्कुलका अध्यक्ष मनोज पौडेल काठमाडौंसहित देशका प्रमुख सहरहरुबाट पनि सीपयुक्त जनशक्ति तयार गर्ने तयारी भइरहेको बताउँछन् । उनकाअनुसार यो समस्या रोजगारीको नभइ सीपको हो । बजारमा रोजगारीका अवसरहरु छन् तर जसलाई रोजगारदाताहरुले खोजिरहेका छन् त्यस्तो सक्षम जनशक्ति बजारमा नरहेको उनको भनाइ छ । उपयुक्त जनशक्ति रोजगारदाताले पाएको अवस्था छैन । जनशक्ति छ तर सीपयुक्त जनशक्ति छैन । प्रत्येक वर्ष नेपालमा उत्पादन हुने जनशक्तिलाई सीपयुक्त बनाउने र बजारसँग जोड्ने काम गरिने जानकारी दिए। उनले भने, ‘परम्परागत रुपमा चलिरहेका छन । अहिले कुनै पनि युवाले सिपको कोर्स सकेपछि भोलीपल्टै पहिलो दिनमै रोजगारीमा जोडिन सक्ने खालको सिपहरु कमै छन । त्यसैले यो प्रयासलाई नीजि क्षेत्रबाटै गर्नुपर्छ भन्ने हिसाबले काम थालिएको हो ।’ उनले निजी क्षेत्रबाट एकातिर बजारको माग पनि बुझ्ने र त्यहीअनुसार उद्योगधन्दा, प्रतिष्ठान, श्रमिकहरुलाई लक्षित गरेर ट्रेनिङहरु डिजाइन गर्ने तथा प्रशिक्षण दिएर दक्ष जनशक्ति तयार गरी सीपका अवसरहरु प्रदान गर्ने योजना रहेको बताए । अहिलेको बजार कस्तो छ ? काठमाडौं टेक्निकल स्कुलकाअनुसार अहिलेको बजार हेर्दा तत्कालै रोजगारी पाइयोस् भन्ने युवाहरुको चाहना रहेको र थोरै समयमा पनि पढेर तयार हुने खालको कोर्सहरु सञ्चालन हुँदैछ । अध्यक्ष पौडेलले भने, ‘एउटा सीप सिक्न समेत रमाइलो हुने हस्पिटालिटीको क्षेत्र हो । कुलिनरी आर्ट्स जुन कुक भनेर चिनिन्छ । दोस्रो भनेको वरिष्ठा, बार ट्रेनिङ, हाउस किपिङ यस्ता खालका सिपहरु सिक्न बजारमा धेरै देखियो । नेपालमा मात्रै नभई विश्वव्यापी रुपमै परिस्थिति बदलिरहेको छ, केयर गिभरको क्षेत्रमा वृद्धवृद्धालाई सेवा गर्ने, नर्सिङ होममा सेवा गर्ने चाहना धेरैमा भएको पाइयो ।’ अहिले पनि विशेष गरी हस्पिटालीटि र केयर गिभिङको क्षेत्रमा फोकस गरेर सीपहरु दिने काम भइरहे पनि आगामी दिनमा विभिन्न सेवा प्रदायकहरुसँग मिलेर सिटिभिटीको कोर्स, युएईको सिटि एन क्ङ्सि, अष्ट्रेलियाको सिआइबीटिसँग मिलेर विभिन्न कोर्सहरु डिजाइन गरेर तालिमहरु दिने काम भइरहेको शर्मा बताउँछन् । उनले भने, ‘आगामी दिनमा भैतिक रुपमा र डिजिटली सीपयुक्त तालिमहरु प्रदान गरिँदैछ । बजारमा कस्तो जनशक्ति उत्पादन गरिन्छ भन्ने महत्वपूर्ण हुन्छ । सिटिभिटीको केयर गिभिङको कोर्स छ, त्यही तालिम लिएर नेपालमासँगै बाहिर जाने पनि छन् ।’ पौडेलकाअनुसार जब उनीहरुसँग मिलेर कोर्सहरु बनाइन्छ र सोहीअनुसारको जनशक्ति तयार गरिन्छ त्यसले परिणाम दिनसक्ने देखिन्छ । विशेष गरी केयर गिभर र हस्पिटालिटी सिक्न चाहेको उत्सुकता देखिएको छ, यसले उत्साहित बनाएको शर्माले बताए । उनकाअनुसार अहिले जुन अदक्ष जनशक्तिले बजारमा रोजगारीका अवसरहरु खोजिरहेका छन् । नेपालभित्र र बाहिर पनि त्यो अवस्थालाई चिर्न सकिनेछ । नेपाली आन्तरीक बजारमा सीप र रोजगारीको असमझदारी जुन छ त्यसलाई सामाधान गर्नुपर्नेछ । त्यही भिजन लिएर अघि बढिरहेको अवस्था छ । पौडेलले भने, ‘अहिले दुई तरिका देखियो । परम्परागत शैलीबाट कोर्स पढाउने वा रोजगादातासँग जोडेर गर्ने प्रयास कमै छ । धेरै हस्पिटालीटिदेखि केही केयर होम्ससँग सहकार्य भइसकेको छ । पछिल्लो समय पर्यटन पूर्वाधारमा ठूलो लगानी भइरहेको छ, फाइभस्टर होटलहरु थ्रुपै खुलीरहेका छन् ।’ काठमाडौं टेक्निकल स्कुलले हस्पिटालिटी र केयर गिभिङमा सुरु भएको काम बिस्तार गर्नेछ भने इभि प्रविधिको क्षेत्र भएकाले यसको मर्मतसम्भारका लागि नयाँ जनशक्ति तयार गर्नुपर्ने आवश्यकतालाई समेत प्राथमिकतामा राख्नेछ । उनले भने–‘सीप बिस्तार गर्ने हिसाबले केयर गिभर र हस्पिटालीटि क्षेत्र बाहेकमा नयाँ मोडलहरु जस्तै, मोबाइल मर्मतसम्बन्धि तालिम दिने, कफि वरिष्ठाको तालिमहरु दिन धेरै इक्वीपमेण्टहरु चाहिने छैन । जतिपनि तालिम दिइनेछ तिनिहरुले आफ्नो गाउँठाउँमै सीप दिन सक्नेगरीको मोडल विकास गरिनेछ । दोस्रो वर्षबाट हजारौंलाई सीपमुलक तालिम दिन सकिनेछ ।’ तालिमका प्रकारहरु छोटो समय र लामो समय गरी दुई प्रकारका हुनेछन् । कोही नेपालीहरु बाहिर काम गरेर फर्केका छन् भने उनीहरुलाई रिफेर्सल कोर्सहरु दिने, अहिले काम गरिरहेकालाई क्षमता बिस्तार गर्ने हिसावले सीप दिन सकिने पौडेल बताउँछन् ।