प्रदर्शनकारीमाथि सरकारको अत्यधिक बल प्रयोग, नेपालको मानवअधिकार अवस्था खस्कियो
काठमाडौं । एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन २०२४/२५ मा नेपालको मानवअधिकार अवस्था खस्किएको चित्र प्रस्तुत गरेको छ । विश्वव्यापी रूपमा अधिनायकवाद र प्रणालीगत असफलताहरू बढिरहेको पृष्ठभूमिमा नेपालले अभिव्यक्ति स्वतन्त्रता, महिला र सीमान्तकृत समुदायको न्याय, जबरजस्ती निष्काशन र द्वन्द्वकालीन मुद्दाहरू समाधानमा चुनौतीहरूको सामना गरिरहेको छ । एम्नेस्टी इन्टरनेसनलले नेपाल सरकारले अभिव्यक्ति र भेला हुने स्वतन्त्रतालाई कडाइका साथ सीमित गरेको उल्लेख गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनकारीहरूलाई पक्राउ गरी आलोचनालाई दबाइएको छ । जनवरीमा आठ जना प्रदर्शनकारी पक्राउ परे भने अप्रिलमा शान्तिपूर्ण प्रदर्शनमा अश्रु ग्यास र लाठी प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले मेमा भएको अपाङ्गता अधिकारसम्बन्धी प्रदर्शनमा २० जनालाई कुटपिट र पक्राउ गरिएको जनाएको छ । २०२४ मा नेपालमा पत्रकारहरूले ठूलो जोखिमको सामना गरेका छन् । फ्रिडम फोरमले २०२४ मा ३९ वटा पत्रकारमाथि कुटपिट, पक्राउ र कानुनी उत्पीडनका घटना अभिलेख गरेको छ । मेमा प्रस्तुत मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रतालाई थप खुम्च्याउने खतरा बढेको समेत प्रतिवेदनमा उल्लेख छ । यस्तै २०२४ मा महिला र बालिकाविरुद्ध हिंसा व्यापक बढेको छ । बाल विवाह र छाउपडीजस्ता हानिकारक प्रथाहरू कानुनी निषेधका बाबजुद कायमै रहेको देखिएको हो । जुलाई २०२३ देखि जुन २०२४ सम्म प्रहरीले १६ हजार भन्दा बढी घरेलु हिंसाका घटना दर्ता गरेको छ । तर सामाजिक कलङ्कका कारण धेरै घटना बाहिर नआएको प्रतिवेदनमा उल्लेख गरिएको छ । खास गरी, दलित महिला र बालिकाहरू जातीय र लैङ्गिक विभेदको दोहोरो मारमा परेका छन् । जनवरीमा १४ वर्षीया दलित किशोरीको उच्च जातका युवकसँग सम्बन्धका कारण हत्या भएको घटनाले दण्डहीनताको गम्भीरतालाई उजागर गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०२४ मा अनौपचारिक बस्तीमा बस्ने परिवारहरू जबरजस्ती निष्कासनको जोखिममा परेको छन् । जुलाईमा धनगढी उपमहानगरपालिकाले १० परिवारका अस्थायी टहरा भत्कायो भने कैलालीमा ४०० बाढी प्रभावित परिवारहरू विस्थापित भएका थिए । अक्टोबरमा पुनःस्थापित राष्ट्रिय भूमि आयोगले भूमिहीन र अनौपचारिक बस्तीका बासिन्दाहरूलाई आवास सुनिश्चित गर्न प्रभावकारी कदम नचालेको प्रतिवेदनले उल्लेख गरेको छ । यस्तै द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घन सम्बोधन गर्न अगस्टमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन पारित भएपनि अपराधको अस्पष्ट परिभाषा र युद्ध अपराधका दोषीलाई उन्मुक्ति दिन सक्ने प्रावधानले यो ऐन अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नभएको उल्लेख गरिएको छ । हजारौं नेपाली युवा अवैध भर्ना शुल्क र श्रम सुरक्षा बिना खाडी मुलुक र मलेसियामा खतरनाक काममा जान बाध्य भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, देशभित्र हिरासतमा यातनाले तीन जनाको मृत्यु भएको र भक्तपुरको बाल सुधार गृहमा भिडभाडका कारण जुलाईमा दङ्गा भएको प्रतिवेदनले उल्लेख गरेको छ । यद्यपि एलजीबीटीआई अधिकारमा प्रगति हासिल भएको छ । २०२४ मा तीन समलिङ्गी विवाह दर्ता भएका थिए भने जुलाईमा सर्वोच्च अदालतले एक ट्रान्सजेण्डर महिलाको लैङ्गिक पहिचानलाई कानूनी मान्यता दिएको थियो । जसलाई समावेशितातर्फको महत्त्वपूर्ण कदम रूपमा प्रतिवेदनले उल्लेख गरेको छ । एम्नेस्टी इन्टरनेसनलले नेपाल सरकारलाई प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग रोक्न, पत्रकारको संरक्षण गर्न, लैङ्गिक र जातीय हिंसा सम्बोधन गर्न र सङ्क्रमणकालीन न्याय सुनिश्चित गर्न आग्रह गरेको छ । साथै आप्रवासी श्रमिक र थुनुवाहरूको अधिकार संरक्षणमा पनि सुधार आवश्यक रहेको उल्लेख गरेको छ । यस्तै, एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदनले अधिनायकवाद, दण्डहीनता र प्रणालीगत असफलताले गहिरिएको विश्वव्यापी मानवअधिकार सङ्कटलाई उजागर गरेको छ । गाजा पट्टीको जातीय नरसंहारदेखि अभिव्यक्ति स्वतन्त्रतामाथिको अङ्कुश र लैङ्गिक हिंसासम्मका व्यापक उल्लङ्घनहरू प्रतिवेदनमा समेटिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले विश्वमा विद्यमान हानिकारक प्रवृत्तिहरूलाई थप तिब्र बनाइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । रुस–युक्रेन युद्ध, सुडान, इथियोपिया, कङ्गो लगायतका देशमा द्वन्द्वको कारणले धेरै नागरिक प्रभावित भएको समेत प्रतिवेदनले जनाएको छ ।
राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने हो : हरिवंश आचार्य
काठमाडौं । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आएका छन् । त्यस्तो त आचार्यले चलचित्र ‘बलिदान’ मै आफूलाई भिन्न रुपमा प्रस्तुत गरेर वाहवाही पाएका थिए । तर, प्रदर्शनरत चलचित्र ‘भूठान’ मा उनी हाँसो हराएको मान्छेका रुपमा प्रस्तुत भएका छन् । कलाकारितामा ‘ह्युमर कमेडी’ को प्रयोग गर्ने अभिनेता आचार्यले यस चलचित्रमा दुई दृश्यमा मात्र हाँसेको हेर्न पाइन्छ । यसकारण पनि पछिल्लो केही चलचित्रदेखि उनलाई हास्य कलाकार नभई अभिनेता भन्न थालिएको छ । सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई गम्भीरतापूर्वक लिएर पात्रलाई जीवन्त बनाएका बहुआयामिक आचार्य विविधता मन परान । “मलाई हास्य हराएको मान्छे बनेर चलचित्रमा अभिनय गर्ने रहर थियो, त्यो यसपटक पूरा भएको छ । मैले ‘महापुरुष’मा पनि आफ्नो छविभन्दा फरक रुपमा प्रस्तुत हुने कोसिस गरेको थिएँ, तर त्यसमा निर्देशकले मलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुभयो । यसपटक भने म भिन्न देखिएको छु,” अभिनेता आचार्य भन्छन् । प्रस्तुत छ, अभिनेता आचार्यसँग कला यात्रा, चलचित्र निर्देशन र राजनीति प्रवेशको सम्भावना, नेपाली चलचित्रको विदेशी बजारलगायत समसामयिक विषयमा राससका नवीन पौडेल र भेषराज कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः चलचित्र ‘भूठानमा’ हाँसो हराएको मान्छेको भूमिका गर्न कसरी तयार हुनुभयो ? मकहाँ धेरै चलचित्रहरुको पटकथा आउने गरेको छ । अहिले धेरैमा छोराछोरी विदेश र अभिभावक नेपाल रहेको कथा पाउने गरेको छु । तर, म आफूलाई नयाँ रुपमा प्रस्तुत गरौँ भन्ने सोचका साथ ती कथाहरु पढ्ने र सुन्ने गर्छु । तर, ‘सिचुएसनल कमेडी’ नभई संवादमा आधारित वा हाउभाउले गर्ने ‘कमेडी’ भएका कथा आइरहेका थिए । त्यही समयमा मैले ‘भूठान’ को पटकथा पाएँ । त्यो एकैपटकमा बुझ्न सहज थिएन, तर बुझ्दै गएपछि त्यसमा रहेको विविधताले मलाई आकर्षण ग¥यो । ‘बलिदान’ चलचित्रमा अभिनय गर्दा मैले सक्दिन कि भन्ने डर थियो, तर चलचित्र हेरेपछि धेरैले राम्रो गरेको प्रतिक्रिया दिनुभयो । ‘महाजात्रा’ मा पनि मैले केही फरक गर्ने कोसिस गरेको थिएँ । तर, निर्देशक प्रदीप भट्टराईले त्यसमा ‘ह्युमर’ हाल्नुभयो । तर ‘भूठान’ को पात्र नितान्त फरक छ । एकै पटक पढ्दा बुझिँदैन, अनि मैले दुई/तीनपटक पढिसकेपछि मेरो पात्र केही फरक र आफूले सोचेजस्तो पाएँ, त्यसछि कुरा अगाडि बढेको हो । तपाइँले चलचित्र ‘भूठान’ मा निर्वाह गर्नुभएको पात्र कसरी तयार भयो ? म पटकथा पढेपछि रुने दृश्यमा पनि ‘ग्लिसिरिन’ को प्रयोग गर्दिनँ । किनकि कथा र पात्र जोडिएपछि त्यसको भावना हामीमार्फत देखिनुपर्छ । चलचित्र ‘भूठान’ को कथाले मलाई केही आभाष गराइसकेको थियो । चलचित्र छायाङ्कन अगाडि भएको कार्यशालाले मलाई सहयोग गर्यो । तर, पनि आफैँलाई मैले निर्वाह गरेको विष्णुबहादुर केसी बन्न नसकिरहेको लागिरहेको थियो । एक दिन निर्देशक विनोद पौडेलले ‘दाइ, तपाइँ नेपाल जान पाउनु भएन भने के गर्नु हुन्छ ?’ भन्नुभयो । म एक्कासि निराश भएँ । किनकि विभिन्न कार्यक्रमका दौरान विदेश धेरै घुमिसकेको छु । म कार्यक्रम सकिनेबित्तिकै नेपाल फर्किन रुचाउने मान्छे । म निराश भएपछि अब यही भाव चलचित्रभर हुनुपर्छ भनेर निर्देशक पौडेलले भन्नुभयो । यसरी नै पात्र तयार भयो । छायाङ्कन अगाडि तपाइँको पात्रसँग मिल्दोजुल्दो व्यक्तिहरू भेट्नुभयो ? त्यहाँ (अमेरिका) मा रहनुभएका नेपाली मूलका भूटानीसँग भेटघाट गरेर उहाँको कुरा सुनेको छु । हाम्रो संस्कार र संस्कृतिमा केही फरक छैन, तर उहाँहरू आफ्नो देश फर्कन पाउनुभएको छैन । त्यो दुःखद हो । युवा काममा व्यस्त भए पनि वृद्ध उमेरका अभिभावकहरू भने खुसी कम हुनुहुन्छ कि जस्तो लाग्यो । म त्यसरी बस्नु परेको भए सायद जीवित रहन सक्दिन थिएँ । मैले त्यो कल्पना पनि गर्न नसक्ने तीतो सत्य हो । चलचित्र ‘भूठान’ मा तपाइँ पूर्ण रुपमा निर्देशकमा समर्पित हुनुभयो ? आफैँले यस क्षेत्रमा ५० वर्ष बिताइसक्दा पनि त्यो समर्पण गर्न सकिन्छ ? म कथामा ‘कन्भिन्स’ भएपछि निर्देशकलाई समर्पित गर्छु, किनकि चलचित्रको कप्तान नै निर्देशक हुन्छन् । म कार्यशाला गर्दा होस् वा दृश्य छायाङ्कन गर्दा आफ्नो काम दोहो¥याउनु पर्दा पनि झर्को नमानी गर्छु । किनकि हामी सबैको प्रयत्न राम्रो काम गर्ने नै हुन्छ । मैले चलचित्रमा चुम्बन गरेको छु, जहाँ शरीर नभई भावनाले एकअर्कालाई स्पर्श गरेको हो । श्रीमान्–श्रीमतीबीच यो स्वाभाविक हो । फेरि हामीले अन्तरराष्ट्रिय बजारलाई ध्यानमा राखेर चलचित्र निर्माण गरेका हौँ । मैले गरेका केही नयाँ दृश्य कलात्मक छन्, भद्दा लाग्ने छैनन् । अब आफैँ चलचित्र निर्देशन गर्ने तयारी पनि छ ? म चलचित्र निर्देशक बन्दिन होला । टेलिशृङ्खलामा छोटो समय र समूह हुने भएकाले गरेको हुँ । तर, चलचित्रको सुरुआतदेखि चलचित्र प्रदर्शन भएर चलचित्र भवनमा रहँदासम्म निर्देशकको दायित्व हुन्छ । मेरो उमेरका कारण पनि मैले त्यसरी समय दिन सक्दिनँ । अहिले मलाई विविधता भएको भूमिकाले आकर्षित गर्ने गरेको छ । म आफूलाई अभिनेताकै रुपमा व्यस्त पार्न चाहन्छु । मह सञ्चारमार्फत चलचित्र बनाउने योजना के छ ? चलचित्र निर्माणमा पनि अहिले योजना बनिसकेको छैन । तर, हाम्रा मित्र किरण केसीले विषयवस्तुसहित अन्य विविध विषयमा प्रयत्न गरिरहनुभएको छ । हामीले नगर्ने भन्ने होइन, तर तत्काल नै योजना बनिसकेको छैन । मैले हालै अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा पनि अभिनय गरेको छु, त्यसलाई छोरा मोहित (मोहितवंश आचार्य) र सरोज ओलीजीले निर्माण गर्नुभएको छ । त्यसको पनि जिम्मेवारी मैले उहाँहरु दुवैलाई नै दिएको छु । किनकि पुस्तान्तरण पनि हुन जुरुरी छ । गत वर्ष नेपाली चलचित्रको बजार बढेको देखियो । ‘पूर्णबहादुरको सारङ्गी’ को व्यापार इतिहास नै बन्यो, तपाइँले समग्र चलचित्र क्षेत्रलाई कस्तो रुपमा बुझ्नुभएको छ ? हाम्रो चलचित्र हेर्न आउने दर्शक बढ्नु हामी सबैका लागि खुसीको खबर हो । ती दर्शकलाई पुनः चलचित्र भवनसम्म फर्काइरहनु हाम्रो दायित्व हो । तर, चलचित्र निर्माणमा सङ्ख्यात्मक वृद्धिले मात्र हामीलाई दीर्घकालीन रूपमा फाइदा पुग्दैन । हाम्रो घरेलु बजारले धान्न सक्ने र चलचित्र बुझेका निर्माता वा निर्माण समूह बढ्नुपर्छ । कुनै एक चलचित्रको व्यापार हेरेर चलचित्र निर्माणमा हौसिँदा त्यसले सुखद परिणाम नदिन पनि सक्छ । त्यसकारण चलचित्र बुझेर मात्र निर्माणमा आउन म नवप्रवेशीलाई आग्रह गर्दछु । नेपाली चलचित्र अहिले विदेशमा पनि प्रदर्शन हुन्छन् ? तपाइँले बजार बढेको पाउनुभएको छ ? विदेशमा नेपाली बढेपछि हाम्रो चलचित्र बढी हेरिएको हो । त्यहाँ पुग्नुभएका नेपालीले नै हेर्नुभएको छ । त्यहाँका स्थानीयले नहेरेसम्म बजार कसरी बढ्यो भन्न सकिन्छ ? किनकि यहाँ रहेका नेपाली नै अहिले अस्ट्रेलिया, अमेरिकालगायतका देशमा पुगेका छन् । पहिला यहाँ हेर्थे, अहिले विदेशमा हेर्छन् । स्थानीयले नहेरेसम्म विदेशी बजार बढ्यो भन्न सकिन्न । पछिल्लो समय नेपाली दर्शक बढेका मात्र हुन् । तपाइँले प्रहसन धेरै गर्नुभयो, नाटक गर्ने रहर भएन वा संयोग जुरेन ? मलाई प्रहसन र नाटक उस्तै लाग्छ । हामीले प्रयोग गर्ने मञ्च नै हो । प्रहसनमा हास्यव्यङ्ग्य हुन्छ भने नाटकमा विविधता हुन्छ । हामीले गत वर्ष ‘मह जात्रा’ नामक प्रहसन प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेका थियौँ । त्यही कुनै नाटक घरमा गरेको भए, नाटक हुन सक्थ्यो । त्यसकारण यी दुईमा धेरै भिन्नता लाग्दैन । हामीले प्रत्यक्ष दर्शकसमक्ष आफूलाई मञ्चमा प्रस्तुत गरिरहेका हुन्छौँ । आगामी दिनमा कस्ता चलचित्र गर्ने सोच बनाउनुभएको छ ? म विविधता रुचाउने भएकाले यही गर्छु भन्ने छैन । तर, आफूलाई आएको प्रस्तावमा ‘ह्युमर’ भएका चलचित्र गर्छु । ‘भूठान’ मा काम गरे भन्दैमा म त्यस्तै मात्र चलचित्रमा काम गर्न रुचाउछु भन्ने पक्कै होइन । आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गर्न चाहन्छु । मेरो आउँदो चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा मैले हरिबहादुरको भूमिका गरेको छु । यसले पनि मैले भनिरहेको विविधता झल्काउँछ होला । तपाइँ र अभिनेता मदनकृष्ण श्रेष्ठले मह जोडीका रुपमा सहकार्यको ४५ वर्ष पूरा गर्नुभयो, यो सम्बन्ध टिकाइरहन महत्वपूर्ण कुरा के रह्यो ? म र मदन दाइ (मदनकृष्ण श्रेष्ठ) ले सहकार्य गरेको यही वैशाख १४ मा ४५ वर्ष पूरा भएको छ । हाम्रो जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया महत्वपूर्ण बन्यो । दर्शकले हामीलाई एकसाथ हेर्न इच्छा नराख्नु भएको भए हामीले यत्रो यात्रा पार गर्न गाह्रो हुन्थ्यो । अनि हामीलाई परिवारले सधैँ सहयोग गरेर अगाडि बढ्न मद्दत ग¥यो, हाम्रो सम्बन्धमा उनीहरू हाबी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवैको नाम दियो, एउटा स्थान बनायो । हामीले एकअर्कासँग कहिल्यै आरिस (इगो) राखेनौँ, सधैँ दर्शकको भावनाअनुरुप प्रस्तुत भइरहयौँ । तपाइँ र अभिनेता मदनकृष्ण श्रेष्ठले फरक फरक चलचित्रमा अभिनय गरिरहनुभएको छ, यद्यपि दर्शकले एकसाथ हेर्ने इच्छा जाहेर गरेका छन् । तयारी छ केही ? दर्शकलाई जस्तै हामीलाई पनि सँगै काम गर्दा खुसी लाग्छ । त्यहाँ काम नगरेर पारिवारिक माहोलमा रमाएको महसुस हुन्छ । त्यसकारण कथा अनुकूल हुने बित्तिकै हामीसँगै देखिने नै छौँ । फेरि हामीलाई एकअर्काको सानो भूमिका छ भन्ने पनि लाग्दैन तर त्यो पात्रको अर्थ हुनुपर्छ । हामी मह जोडी छौँ भनेर मात्र दर्शकलाई खुसी बनाउन सकिँदैन । हामीले निर्वाह गर्ने भूमिका सशक्त, कथामा महत्वपूर्ण भएमा पैसा र समय खर्चेर चलचित्र भवन आइपुग्नुभएका दर्शक पनि खुसी बन्नुहुन्छ । हामीसँगै काम गर्छौं, केही समय मात्र लागेको हो । किनकि मैले मदन दाइसँग काम नगरे कोसँग गर्ने ? अहिलेको नयाँ पुस्ताले हास्यव्यङ्ग्यमा कस्तो गरिरहेका छन् ? बेलाबखतमा उच्छृङ्खल भए भन्ने पनि आउँछ नि ? मह जोडी बनेर हामीले काम सुरु गर्दा आफ्ना कुरा सिधै भन्न पाइने व्यवस्था थिएन । हामीले अभिव्यक्त गर्ने कुराहरूलाई शब्दसँग खेल्दै त्यसलाई कलात्मक बनाएर प्रस्तुत गर्थ्यौं । अहिले द्विअर्थी लाग्ने संवाद वा उच्छृङ्खल भएको भन्ने सुनिन्छ, केही भएका पनि छन् । तर, दर्शकले रुचाउनुभएको छ । ती फेरि नेपाली मात्र नभई विदेशी च्यानल वा डिजिटल माध्यममा उत्तिकै छन् । दर्शकले रुचाउनु भएकै कारण त्यस्ता कार्यक्रम बढेका छन् । यद्यपि यो क्षणिक लहर हो जस्तो लाग्छ । विस्तारै यो परिवर्तन हुँदै जान्छ । पछिल्लो समय टेलिभिजनमा शृङ्खला कम पाइन्छ, किन जस्तो लाग्छ ? हामी कहाँ शृङ्खला निर्माण लागत बढेको र त्यसबापत प्राप्त हुने लाभ कम भएकाले शृङ्खला निर्माणमा कमी आएको हुनसक्छ । विदेशमा रहेका उद्योगले प्रायोजन गरेर शृङ्खला निर्माणमा सघाउने गरेको सुन्छु । तर, यहाँ त्यो अवस्था निकै कम छ । यसलाई सरकारले भाषा र संस्कृतिको माध्यमका रुपमा बुझेर सघाउनुपर्छ । भारतीय टेलिभिजन नेपालमा हेरिनुले अहिले बिस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ । यसले भाषामा पनि प्रहार गरेको छ । उदाहरणका लागि विवाह नै लिन सकिन्छ । पहिले र अहिले वैवाहिक कार्यक्रममा तपाईँले सहजै अन्तर देख्न सक्नुहुन्छ । त्यसले आर्थिक भार थपेको छ, अभिभावक देखासिकी गर्न बाध्य छन् । त्यसकारण नेपाली कार्यक्रम, शृङ्खलालगायतलाई प्रोत्साहन गर्न सरकार नै अग्रसर हुनु जरुरी छ । ‘चिना हराएको मान्छे’ को लोकप्रियतापछि किताब लेखनबारे सोच्नु भएको छ कि ? मैले एउटा पाण्डुलिपि तयार गरेको छु । सम्भवतः तीनदेखि चार महिनामा त्यो किताबका रुपमा आउनेछ । राजनीतिमा आउने तपाइँको चाहना छ ? म बिस्तारै ‘रिटायर्ड’ हुँदैछु । त्यसकरण राजनीतिमा आउने सोच पनि मैले बनाउनु हुँदैन । हामीले अहिले राजनीतिमा युवा आउनुपर्छ भनिरहेका छौँ, युवालाई नै प्रोत्साहन गर्ने हो । उहाँहरूसँग नयाँ जोस, जाँगर र काम गर्ने शैली हुन्छ । हामीले युवालाई सघाउने र अगाडि बढाउने हो । रासस
सरकारमाथि सत्तारुढ दलकै नेताले पोखे आक्रोश, तत्काल गभर्नर नियुक्त गर्न आग्रह
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सांसदल रामहरि खतिवडाले सरकारप्रति आक्रोश पोखेका छन् । उनले अहिले शिक्षकहरुको जायज मागहरु सम्बोधन गर्नुपर्ने अवस्थामा सरकारले रमिता देखाइरहेको धारणा राखेका हुन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘शिक्षकलाई यो पार्टीको त्यो पार्टीको भनेर ट्याग लगाउनु राम्रो होइन, शिक्षकका जायज माग सम्बोधन गरेर विद्यालयमा पठन पाठको वातावरण मिलाओस्,’ उनले भने । यस्तै, उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस समिति गठन हुँदा पनि अहिलेसम्म गभर्नर नियुक्त हुन नसकेको बताउँदै छिटो प्रक्रिया टुङ्ग्याउन आग्रह गरे । ‘मौद्रिक र वित्तीय नीतिको मूल्यांकन गर्नुपर्ने अवस्थामा गभर्नर नियुक्ति गर्न सकेको छैन, सरकारले तत्काल गभर्नर नियुक्त गरोस्,’ उनले भने ।
अध्ययन भन्छ- उच्च रक्तचापका बिरामीले दिनमा एउटा केरा खाँदा राम्रो हुन्छ
काठमाडौं । उच्च रक्तचाप (बीपी) नियन्त्रणमा राख्न चाहनेहरूका लागि हरेक दिन एउटा केरा खानु उपयोगी हुने देखिएको छ । पोटासियमयुक्त केरा उच्च रक्तचाप नियन्त्रण गर्न प्राकृतिक उपायका रूपमा फाइदाजनक मानिन्छ । विशेषज्ञहरूका अनुसार केरामा पाइने पोटासियमले शरीरमा सोडियमको असरलाई घटाउने र रक्तनलीमा हुने दबाब कम गर्ने काम गर्छ । अमेरिकन हार्ट एसोसिएसन र अमेरिकन जर्नल अफ फिजियोलोजी (रिनल फिजियोलोजी) मा प्रकाशित अध्ययनले पनि यसलाई पुष्टि गरेको छ । एक मध्यम आकारको केरामा करिब ४२२ मिलिग्राम पोटासियम हुन्छ, जुन दैनिक आवश्यकताको करिब १० प्रतिशत बराबर हो । अध्ययन अनुसार पोटासियमको अधिक सेवनले नुनको मात्रा घटाउनु भन्दा पनि बीपी नियन्त्रणमा अझ प्रभावकारी भूमिका खेल्छ । केरा खाने सही समय विज्ञहरूका अनुसार केरा बिहान वा बेलुकाको समयमा सन्तुलित नास्ताको हिस्सा बनाएर खान उपयुक्त हुन्छ । खाली पेट केरा खानु उपयुक्त मानिँदैन । रातमा पनि केरा खान सकिन्छ, जसले सुत्ने चक्रलाई सन्तुलित बनाउन मद्दत गर्छ । केरा सेवनका अन्य फाइदाहरू पाचन प्रणालीका लागि लाभदायक फाइबरको स्रोत प्रतिरोधी क्षमता (इम्युनिटी) बलियो बनाउने मेटाबोलिज्म बढाएर तौल घटाउन सहयोग गर्ने मुटु, मिर्गौला, स्नायु र मांसपेशीको कार्य सञ्चालनमा पोटासियमले भूमिका खेल्ने शरीरलाई ऊर्जावान राख्ने विशेषज्ञहरूले उच्च रक्तचाप भएका व्यक्तिहरूलाई औषधीसँगै यस्तो प्राकृतिक उपाय पनि अपनाउन सल्लाह दिएका छन् । तथापि, व्यक्तिगत स्वास्थ्य अवस्थाका आधारमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । एजेन्सी
बजाज ग्रान्ड कार्निभलमा पुराना बाइकको भ्यालुयसन ग्यारेन्टी, नयाँ बाइकमा छुट र सुविधा
काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज ग्रान्ड कार्निभल’ नामक बृहत मोटरसाइकल एक्सचेन्ज योजना ल्याएको छ । यो योजना वैशाख १६ गतेदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । योजना अन्तर्गत ग्राहकहरूले २० भन्दा बढी भ्यालुयटर्स बाट पुराना बाइकहरूको ग्यारेन्टीसहित उच्चतम मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रममा ग्राहकहरूले अन द स्पट फाइनान्स, निःशुल्क एक्सेसोरिज तथा ९.९९ प्रतिशत ब्याजदरमै सरल ऋण सुविधा समेत पाउनेछन् । यस योजनाले मोटरसाइकल खरिद प्रक्रियालाई झन्झटरहित बनाउँदै ग्राहकलाई घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोत प्रमाणपत्र जस्ता कागजात बिना पनि एक घण्टाभित्र ऋण पास गर्ने सुविधा उपलब्ध गराउने जनाएको छ । बजाज ग्रान्ड कार्निभल मा ग्राहकका लागि गेम जोन, टेस्ट राइड लगायत थप आकर्षण पनि रहनेछ । कम्पनीका अनुसार यो नेपालको सबैभन्दा ठूलो बाइक एक्सचेन्ज मेला हो, जसमा ग्राहकले आफ्नो पुरानो बाइक साटेर बजाजका नयाँ आकर्षक मोडेल पाउने विशेष अवसर पाउनेछन् ।
अमेरिकी अटो उद्योगका लागि राहत : ट्रम्पले ट्यारिफमा लचकता देखाउँदै ऐतिहासिक कदम चाल्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल उद्योगमा देखिएको आर्थिक दबाबलाई सहज बनाउँदै मंगलबारदेखि अटो ट्यारिफको प्रभाव कम गर्ने ऐतिहासिक घोषणा गर्न लागेका छन् । वाणिज्य सचिव हावर्ड लुटनिकका अनुसार अबदेखि स्वदेशमै उत्पादित कारहरूमा प्रयोग हुने विदेशी पार्टपुर्जाहरूमा लाग्ने ट्यारिफ कम गरिनेछ र विदेशमा बनेका कारहरूमा अनावश्यक दोहोरो शुल्क लगाइने छैन । 'राष्ट्रपति ट्रम्पले अमेरिकी अटो उत्पादक र कामदारहरूका लागि दीर्घकालीन साझेदारी निर्माण गर्दैछन्, 'लुटनिकद्वारा ह्वाइट हाउसमार्फत जारी वक्तव्यमा भनिएको छ, 'यो सम्झौता राष्ट्रपति ट्रम्पको व्यापार रणनीतिका लागि कोसेढुङ्गा सावित हुनेछ ।' यो कदम किन विशेष छ? वाल स्ट्रिट जर्नलले खुलासा गरेअनुसार ट्रम्पको यो कदमले स्टिल र एल्युमिनियममा लाग्ने अन्य शुल्कहरूसँग भीडन्त नगरी सन्तुलन कायम राख्नेछ । अघिल्ला ट्यारिफहरू तिरेका कम्पनीहरूलाई फिर्ता भुक्तानी दिइने समेत उल्लेख गरिएको छ। राष्ट्रपति ट्रम्प मिशिगन प्रस्थान गर्दैछन्, जहाँ उनले आफ्नो कार्यकालको पहिलो १०० दिनको कार्यकाललाई लिएर आयोजना गर्नेछन् । अटो ट्यारिफमा आएको लचकता ट्रम्प प्रशासनको व्यापार सम्बन्धी कठोर र कडा नीतिमा आएको परिवर्तनको एउटा स्पष्ट संकेत हो । उद्योगबाट स्वागत जनरल मोटर्स (जीएम) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) मेरी बार्रा भन्छिन्, 'राष्ट्रपति ट्रम्पको नेतृत्वले अमेरिकी निर्माण क्षेत्रका लागि खेलमैदान समतल बनाइरहेको छ। अब हामी अमेरिकामा झन् बढी लगानी गर्न सक्षम हुनेछौं ।' फोर्डका सीईओ जिम फार्लीले भन्छन्, 'यो निर्णयले अटो उद्योग, आपूर्तिकर्ता र उपभोक्ताहरू सबैलाई राहत दिनेछ ।' ट्यारिफले अटो उद्योगमा अस्थिरता पछिल्ला केही महिनायता अटो ट्यारिफले अमेरिकाको अटो उद्योगमा अस्थिरता ल्याएको थियो । स्टिल, एल्युमिनियम र पाट्र्समा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको योजनाले मूल्यवृद्धि, बिक्रीमा गिरावट र आपूर्ति श्रृंखलामा अवरोध ल्याउने चेतावनी दिइएको थियो । जीएम, टोयोटा, फक्सवागन, हुन्डाईलगायत ठूला ब्रान्डहरूको प्रतिनिधित्व गर्ने समूहले ट्रम्पलाई चेतावनी दिँदै पत्र पठाएका थिए, जसमा भनिएको थियो – 'यी ट्यारिफहरूले सम्पूर्ण अटो उद्योगमा धेरै असर पार्नेछन् ।' अब भने ट्रम्पको कदमले उद्योगलाई राहत दिइसकेको छ- नयाँ घोषणा मंगलबार औपचारिक गरिनेछ । सान्दर्भिक सामग्री बीवाईडीको त्रैमासिक नाफा गत वर्षको तुलनामा १००.४ प्रतिशतले वृद्धि लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्यो कमाल भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
संसदीय समितिबाट सरकारलाई नीति तथा कार्यक्रमसम्बन्धी सुझावसहितको प्रतिवेदन हस्तान्तरण
काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सरकारलाई आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रमसम्बन्धी सुझावसहितको प्रतिवेदन बुझाएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदनमा नेपाल सरकारको आगामी नीति तथा कार्यक्रममा ध्यान दिनुपर्ने मुख्य विषयवस्तुहरू, सुझावहरू तथा आवश्यक सुधारका बुँदाहरू समेटिएका छन् । समितिले सम्बन्धित विषयमा विस्तृत छलफल गरी नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रतिवेदन तयार पारेको हो ।
एनआरएनए फुटाउने खेलमा नलाग्न महाधिवेशन प्रतिनिधिहरूको चेतावनी
काठमाडौं । गैरआवासीय नेपाली संघको एकता महाधिवेशनका लागि नेपाल आएका प्रतिनिधिहरूले महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिएका छन् । वर्तमान समयमा नेपालका राजनीतिक दलहरुले एनआरएनएका विषयमा फरक-फरक तरिकाबाट व्याख्या गरिदिएकाले पनि यो महाधिवेशन विशेष रहेको उनीहरूको भनाइ छ । मंगलवार नेपाल आएका युरोपका प्रतिनिधिहरूले नेपालको कानुनले दिएका सम्पूर्ण प्रक्रिया पूरा गरी महाधिवेशन सफल बनाउने बताएका छन् । बाध्यात्मक अवस्थामा महाधिवेशन गर्नुपर्ने भएकाले सञ्चारकर्मी, राजनीतिक दल, नागरिक समाजलगायत सम्बद्ध सबैलाई महाधिवेशन सफल बनाउन उनीहरूको आग्रह छ । साथै प्रतिनिधिहरूले संस्थापक सदस्य या अन्य जो कोही भएपनि कुनै पनि बहानामा एनआरएनए फुटाउने खेलमा नलाग्न सम्बद्ध सबैलाई अनुरोध गरेका छन् ।