विकासन्युज

सरकारले गरेको राजनीतिक प्रतिशोधको प्रतिवाद गर्छौं : नेता पण्डित

काठमाडौं । नेकपा एमालेले राजनीतिक प्रतिशोधको सुरुवात गरेको बताएको छ । नकेपा एमालको नेता लालबाबु पण्डितले यस्तो बताएका हुन् ।  उनले भने, ‘प्रतिशोधको जवाफ प्रतिवाद हुन्छ । हामी कानुनी उपचारमा जान्छौं । पूर्व प्रधानमन्त्री तथा राजनीतिक पार्टीको अध्यक्ष र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु प्रतिशोध हो । यसले द्वन्द्वको स्थिति देखिएको छ ।’   

ओली र लेखकले बयानमा के-के भनेका छन् ?

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई शनिबार बिहान निवासबाट पक्राउ गरेको हो । ओली गुण्डुस्थित निवासबाट पक्राउ भए भने लेखक कटुण्जेबाट पक्राउ भए ।  गत भदौ २३ र २४ गते भएको दमनबारे छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगले उनीहरुलाई कारवाहीको सिफारिस गरेको थियो । उनीहरुले आयोग समक्ष पनि बयान दिएका थिए ।  यस्तो छ ओली र लेखकको बयान : ओलीको बयान : २०८२ साल चैत्रमा काठमाडौंको तीनकुनेको घटनापछि सबै सुरक्षा निकायहरूलाई त्यस्ता घटनाहरूको सन्दर्भमा कमभन्दा कम धनजनको क्षति होस् र अवान्छित तत्वको घुसपैठ नहोस् भन्नेतर्फ सुरक्षा निकायलाई निर्देशन दिने गरेको थिए । केन्द्रीय सुरक्षा समितिको अध्यक्ष गृहमन्त्री रहने हुँदा सुरक्षा संवेदनशीलता र सो सँग सम्बन्धित सूचनाहरू गृहमन्त्रीसँग हुने हुँदा तत्कालीन गृहमन्त्रीलाई जवाफको लागि आयोगमा जान भनेको हो । धेरै विषय गृहमन्त्रीको जवाफबाट खुलेकै होला । वास्तवमा भाद्र २३ र २४ गते देशमा हालसम्म नभएको अकल्पनीय र बर्बरतापूर्ण घटना घट्यो । भाद्र २३ गते जियनजेड पुस्ताद्वारा भएको आन्दोलनको दौरान भएका तत्काल र तुरुन्त हुने घटनाको सन्दर्भमा प्रधानमन्त्रीलाई सोझै जानकारी गराउने विषय होइन । प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन, यसको लागि गृह मन्त्रालय विभागीय मन्त्रालयको रुपमा नै रहन्छ । तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन । सुरक्षाकर्मीमाथि नै आक्रमण गर्ने, सुरक्षाकर्मीहरूका ड्रेस, बन्दुक खोसी लगाई सेल्फी खिच्ने जस्ता उच्छृङ्खल क्रियाकलाप गर्ने कार्य पक्कै पनि आन्दोलनको घोषणा गरेका जेनजीले होइन । आन्दोलनको फाइदा उठाएर घुसपैठ समूहबाट भएको हो । जियनजेड हरूले आफ्ना मागहरू हाइज्याक्ड भयो हाम्रो उद्देश्य यस्तो थिएन शान्तिपूर्ण आन्दोलन थियो भनेकै छन । संसद् भवन जलाउने प्रयास २३ गते भएकै हो । सो दिन आन्दोलनमा युवाहरूलाई अगाडि लगाएर आफ्नो उद्देश्य पूरा गर्ने समूहले सुनियोजित रुपमा युवाहरूमा उत्तेजना सिर्जित गरी ज्यान नै हताहती हुने सम्मको स्थिति सिर्जना गराएको हो । सरकारका तीनवटै निकायहरूमाथि आगजनी र आक्रमण सुनियोजित घटना हो । सार्वभौम जनताको प्रतिनिधित्व गर्ने थलो संसद भवन, देशको प्रशासनिक केन्द्र सिंहदरबार र न्याय निरुपणको थलो सर्वोच्च अदालतमा खोजी खोजी मिसिल हेरी हेरी छानेर डाटा खोजेर जलाइयो त्यसमा संलग्नहरूको भिडियो सार्वजनिक भएको छ उनीहरूको बयान आयोगद्वारा लिइएको छ ? राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतले बैठक बसी निर्देशन दिन सकिने अवस्था रहेको तर सरकारको तर्फबाट कम भन्दा कम हतियारको प्रयोग र मानवीय क्षति नहोस् भन्ने नै थियो । सेना परिचालन गर्ने मनसाय सरकारको नभएकोले त्यस्तो गरिएन । नेपाली सेनाको सुझाव पनि सोही बमोजिम थियो । २२ गते राति नै सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएकोमा सुरक्षा निकायबाट ६–७ हजार जति जियनजेड आई शान्तिपूर्ण हुने भनेको हो । हताहती हुन नदिन प्रधानमन्त्रीको हिसाबले निर्देशन दिइएको हो । मेरो सबै सम्पत्ति जलाइयो र मलाई बस्न दिए वापतको अरुको निजी सम्पत्ति जुन २३ वर्ष अघि नै बेचेको हो सो पनि जलाइयो । तेह्रथुम जिल्लामा एकमात्र आगलागि भएको घर मेरो रहेको । यो सबै गर्नेहरूलाई सोधीखोजी र बयान लिने काम आयोगबाट भयो भएन ? उद्योग जलाउनु देशको अर्थतन्त्र जलाएको होइन ? सामाजिक प्रबन्धमाथिको आक्रमण, आर्थिक प्रबन्धमाथिको आक्रमण र हाम्रो संस्कृति ध्वस्त गरी देशलाई तहसनहस बनाउने काम भयो । यसरी लगानी प्रवर्धन गर्न सकिन्छ र ? भाद्र २३ गतेको घटनामा प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार हुँदैन । यो भन्ने पनि होइन । यस्ता प्राविधिक प्रश्नहरू सम्बन्धित व्यक्तिहरूले जवाफ दिनुभएकै होला । भाद्र २३ गतेको घटनापछि बेलुका सरकारको बैठक बसी घटनाको निष्पक्ष छानविन सम्बन्धमा न्यायिक आयोग गठन गर्ने, घाइतेको प्रभावकारी उपचार साथै मृतक परिवारलाई राहत दिने र जियनजेड पुस्ताको माग बमोजिमको सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध खोल्ने निर्णय गरिएको हो । भाद्र २४ गते मैले राजिनामा दिएको हु । म बाधक भएको कारणले त्यो आन्दोलन भएको भए मेरो राजीनामापछि सबै ठीक हुनुपर्ने तर भएन त ? सामाजिम सञ्जालको नियमनको विषयमा सरकारले निर्णय गर्यो, सामाजिक संञ्जाल नियमन त हुनुपर्यो नि ! जवाफदेही हुनु पर्दैन? पर्छ नि ! हो त्यसै कारणले निर्णय गरेको हो । तत्कालीन जिम्मेवारीमा रहेका राज्यका पदाधिकारीहरूले घटना सम्बन्धमा आयोगमा बयान दिइसकेका, यस विषयमा सार्वजनिक रुपमा आफ्ना धारणा पटक पटक दिइसकेको छु ।   रमेश लेखकको बयान भाद्र २३ र २४ गते देशका विभिन्न भाग, विशेषतः काठमाडौं उपत्यकामा देखिएको असहज सुरक्षागत अवस्थाबारे म, गृहमन्त्रीको हैसियतमा, समग्र शान्ति सुरक्षा कायम गर्ने संवैधानिक र कानूनी दायित्वमा थिएँ। घटनाक्रम सुरु हुनुअघि नै सामाजिक सञ्जाल र अन्य माध्यमबाट असन्तुष्टि तथा आक्रोश बढिरहेको जानकारी सुरक्षा निकायमार्फत मलाई प्राप्त भएको थियो र सोही आधारमा गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँग निरन्तर समन्वय गर्दै स्थिति अनुगमन गरिरहेको थियो ।  मैले फिल्डमा प्रत्यक्ष आदेश नदिने, तर नीतिगत निर्देशन, समन्वय र राजनीतिक तहबाट आवश्यक सहजीकरणगर्ने जिम्मेवारी निर्वाह गरेको स्पष्ट पार्छु । नेपाल सरकार कार्यविभाजन नियमावलीले गृह मन्त्रालयलाई आन्तरिक सुरक्षा तथा शान्ति सुव्यवस्था सम्बन्धी नीति, मापदण्ड, कानून, योजना कार्यान्वयन र नियमनको कार्य तोकेको छ र यसको कार्यसम्पादन सम्बन्धित कानून अनुसार मन्त्रालय मातहतका निकायमार्फत हुँदै आएको छ । गृहमन्त्री, मन्त्रालयको प्रशासनिक निकाय र प्रहरी प्रशासनबीचको रिपोर्टिङ र निर्देशन पनि विषयगत कानून बमोजिम नै चल्ने गथ्र्यो, आवश्यकता अनुसार कहिलेकाहीँ सोझै सम्पर्क पनि हुन्थ्यो ।  नेपाल सरकार मन्त्रिपरिषदमा सामाजिक सञ्जालसम्बन्धी निर्णय गर्ने प्रस्ताव गृह मन्त्रालयको तर्फबाट नभएकाले यस विषयमा सुरक्षा निकायसँग छुट्टै राय सुझाव लिने प्रक्रिया भएको थिएन । भाद्र २२ गते साँझ बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो, जहाँ राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीलगायत सबै सुरक्षा निकायबाट भाद्र २३ गते जेनजेड युवाहरूले शान्तिपूर्वक प्रदर्शन गर्ने जानकारी दिइएको थियो र सम्भावित हिंसाबारे कुनै ठोस सूचना प्राप्त भएको थिएन। गृहमन्त्रीको हैसियतले मैले भाद्र २३ गतेको प्रदर्शनका सन्दर्भमा गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूलाई बल प्रयोग गर्दा हताहती नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्, समन्वयात्मक रूपमा शान्ति–सुरक्षाको उचित व्यवस्था मिलाउन, राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुन सक्ने जोखिम र सम्भावित घुसपैठप्रति सतर्क रहन निर्देशन दिएको थिएँ ।  भाद्र २३ गते प्रदर्शनकारी र प्रहरीबीच संसद भवन परिसरभित्र बाहिर भिडन्त भइरह भवनलाई कुनै पनि हालतमा सुरक्षित राख्नुपर्छ भन्ने मेरो धारणा थियो, तर गोली प्रहार गर्न भनी मैले कुनै आदेश दिएको थिइनँ । बल प्रयोग स्थलगत परिस्थि खटिएका अधिकारीले निर्णय गर्ने विषय हो र यस्ता विषयमा गृहमन्त्रीले प्रत्यक्ष आएको पनि छैन । प्रहरी महानिरीक्षकले गृहमन्त्रीसँग अन्तिम बल प्रयोगका लागि लिखित आदेश लिने कानूनी व्यवस्था र व्यवहारिक अभ्यास नभएकाले सो नगरिएको कुर स्पष्ट गरेको छ । बानेश्वरतर्फ प्रदर्शन उग्र र हिंसात्मक हुँदै गएको जानकारी सम्माननीय प्रधानमन्त्री माननीय रक्षामन्त्री र नेपाली सेनाका प्रधान सेनापतिलाई गोली चलेर व्यक्ति हताहत भएको खबर पाएपछि नागरिकको जीउज्यानको मिलाउन, हताहती रोक्न गृह मन्त्रालयका पदाधिकारी र सुरक्षा निकायहरूसँग त गरियो र घाइतेहरूको उपचारका लागि प्रशासनलाई सहजीकरण गर्न निर्देशन दिइ गतेको दुःखद र अकल्पनीय घटनाको कारण म अत्यन्त दुःखी र मर्माहित भई ठूलो पीडाबोधको कारण मैले तत्काल नैतिक जिम्मेवारी लिदै गृह मन्त्रीको पदबाट राजीनामा दिएँ । जेनजेड पुस्ताले उठाएका मागहरू मूलतः ठीक थिए भन्ने कुरा मैले सार्वजनिक र छु, तर त्यस पवित्र मनोभावनामा घुसपैठ भएर भएका दुःखद घटना र राज्यका अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित मेरो ठम्याइ छ। ’हाम्रो आन्दोलन सफल भएको छ यसलाई हाइज्याक गरेर हिंसा साथीहरू आ–आफ्नो घर फर्किनुस्’ भन्ने जेनजेड अगुवाहरूको अभिव्यक्तिले भएको तथ्य पुष्टि भएको मैले देखें ।  भाद्र २४ का घटनालाई युवाको मागभन्दा पृथः र आपराधिक कार्यमा संलग्न जो कोहीलाई कानूनबमोजिम कारवाही हुनुपर्छ भन्नेर काठमाडौंस्थित नैकाप र कञ्चनपुर महेन्द्रनगरमा रहेका मेरा निजी घरमा प्रदर्शनकारी तोडफोड, आगजनी र लुटपाट भयो नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी नयाँ संसदमा दर्ता भई राज्य व्यवस्था समितिमा छलफलमा थियो। मैले राज्यको देखिएका कमजोरी, सूचना संकलन र विश्लेषणको अभाव, युवापुस्तासँग राज्यको संवाद पूर्वतयारी पर्याप्त नहुनुजस्ता पक्ष आत्मालोचनासहित स्वीकार गरेको छु । दीर्घकालीन सुरक्षाको सुनिश्चितताका लागि कानूनी सुधार, सुरक्षा निकायको क्षमता अभिवृद्धि, मान भीड व्यवस्थापन, अन्तर– निकाय समन्वय, प्रविधिको प्रयोग र राजनीतिक प्रशासनिक उत्तरदायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता मैले औल्याएको छु ।  

नेपाली अटो बजारमा जीएफ–७ प्रविधियुक्त इन्जिन आयलको प्रवेश

काठमाडौं । नेपालको लुब्रिकेन्ट बजारलाई विश्वस्तरका नवीनतम मापदण्डसँग जोड्ने उद्देश्यका साथ लक्ष्मी ल्युब आयलले नेपालमै पहिलो पटक आईएलएसएसी जीएफ–७ (ILSAC GF-7) मापदण्डमा आधारित एपीआई एसपी ग्रेडको नयाँ प्यासेन्जर कार इन्जिन आयल रेन्ज सार्वजनिक गरेको छ । नेपालका लागि टोटल इनर्जिजको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले हालै आयोजित च्यानल पार्टनर्स मिट २०२६ कार्यक्रममा उक्त लुब्रिकेन्ट सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यससँगै नेपालमा पहिलो पटक जीएफ–७ मापदण्डमा आधारित लुब्रिकेन्ट औपचारिक रूपमा उपलब्ध भएको छ । कार्यक्रममा हाई–पर्फमेन्स रोयल क्रसर १५डब्लू–५० (२.५ लिटर) सेमी–सिन्थेटिक मोटरसाइकल आयल पनि सार्वजनिक गरिएको छ । विशेष गरी रोयल इन्फिल्ड मोटरसाइकललाई लक्षित गरी तयार गरिएको उक्त इन्जिन आयल क्लच प्रोटेक्ट टेक्नोलोजीसहित उपलब्ध रहेको छ, जसले मोटरसाइकलको क्लचको आयु बढाउने कम्पनीले जनाएको छ । देशभरबाट २०० भन्दा बढी च्यानल पार्टनरहरूको सहभागिता रहेको कार्यक्रममा टोटल इनर्जिज मार्केटिङ इन्डिया प्रालिका सीईओ तथा एक्जिक्युटिभ डाइरेक्टर विकेन नजरियान, सिनियर म्यानेजर–एक्सपोर्ट्स प्रविण कुमार तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठसहित कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य आकर्षण टोटल इनर्जिज क्वार्ट्ज जीएफ–७ रेन्ज सार्वजनिक गर्नु थियो । यसअन्तर्गत क्वार्ट्ज ९००० फ्युचर जीएफ–७ ०डब्लू–२० र ५डब्लू–३० लगायतका तीन प्रमुख उत्पादनहरू सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यी इन्जिन आयलहरू नवीनतम आईएलएसएसी जीएफ–७ मापदण्डअनुसार विकसित गरिएका हुन्, जसलाई विशेष गरी टर्बोचार्ज्ड तथा उच्च इन्धन दक्षता भएका आधुनिक पेट्रोल इन्जिनयुक्त सवारी साधनका लागि डिजाइन गरिएको बताइएको छ । नयाँ फर्मुलेसनले लो–स्पिड प्रि–इग्निसन (एलएसपीआई) विरुद्ध प्रभावकारी सुरक्षा, इन्धन दक्षता सुधार तथा इन्जिन सफाइमा उल्लेखनीय सुधार प्रदान गर्ने कम्पनीको दाबी छ । कार्यक्रममा उत्कृष्ट व्यवसायिक साझेदारहरूलाई पनि सम्मान गरिएको थियो । ‘डिलर अफ द इयर २०२५’ का रूपमा जोरपाटीस्थित शंकर यमुना अटो पार्ट्स, ‘रिटेलर अफ द इयर २०२५’ का रूपमा नक्सालस्थित मोटर मार्ट अटो पार्ट्स तथा ‘बेस्ट ओईएम/फ्लिट अफ द इयर २०२५’ का रूपमा एलआई सर्भिसलाई घोषणा गरिएको छ । डिलर अफ द इयरलाई थाइल्याण्ड भ्रमणको अवसर प्रदान गरिएको भने बेस्ट रिटेलरलाई वासिङ मेसिन पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमलाई थप आकर्षक बनाउन लक्की ड्रको समेत व्यवस्था गरिएको थियो, जसअन्तर्गत विजेतालाई १९० लिटर क्षमताको फ्रिज प्रदान गरिएको थियो । कम्पनीका अनुसार कार्यक्रम केवल उत्पादन सार्वजनिक गर्ने उद्देश्यमा सीमित नभई देशभर फैलिएको वितरण सञ्जाललाई थप सुदृढ बनाउने रणनीतिक प्लेटफर्मका रूपमा आयोजना गरिएको हो । जीएफ–७ प्रविधियुक्त नयाँ इन्जिन आयल तथा मोटरसाइकल लुब्रिकेन्ट सार्वजनिकसँगै नेपाली अटोमोबाइल प्रयोगकर्ताले आधुनिक इन्जिन प्रविधिका लागि उपयुक्त नेक्स्ट जेनेरेसन लुब्रिकेन्ट प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

ओली र लेखकको पक्राउबारे धारणा बनाउन कांग्रेस ११ बजे बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग््रेस नेता रमेश लेखकको सम्बन्धमा पार्टीको आधिकारिक धारणा तय गर्न ११ बजे पदाधिकारी बैठक आव्हान गरेको छ । एकजना पार्टी पदाधिकारीका अनुसार बिहान ११.३० मा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको प्रशिक्षण कार्यक्रम रहेको छ । त्यसभन्दा पहिले पछिल्लो घटनाक्रम बारे धारणा बनाउन पदाधिकारी बैठक बस्दै छौ ती पदाधिकारीले भने ।  कांग्रेसको चौधौं महाधिवेशनको संस्थापन समूहले भने पछिल्लो घट्नाक्रमप्रति  चिन्ता व्यक्त गरेको छ । नेता डा.प्रकाश शरण महतका अनुसार यो कदम अत्यन्तै अलोकतान्त्रिक कदम हो । ‘यसबारे आधिकारिक धारणा बनाउन र यसको प्रतिवाद कसरी गर्ने भन्ने सन्दर्भमा हामी केही छिनमै बैठक बस्दै छौ,’ महतले भने ।   

नेपालमा एथर रिज्टा एस सार्वजनिक, २ लाख ७४ हजार रुपैयाँमै नयाँ इलेक्ट्रिक स्कुटर

काठमाडौं । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जीले नयाँ इलेक्ट्रिक स्कुटर एथर रिज्टा एस औपचारिक रूपमा सार्वजनिक गरेको छ । यसअघि उपलब्ध रिज्टा जेडको सफलतालाई निरन्तरता दिँदै रिज्टा लाइनअपअन्तर्गत नयाँ स्कुटर नेपाली बजारमा ल्याइएको हो । नेपाली परिवारका लागि सरल, व्यावहारिक र पहुँचयोग्य बनाउने उद्देश्यले स्कुटर डिजाइन गरिएको वैद्य इनर्जीका सीईओ सुर्यांश वैद्यले बताए । उनका अनुसार स्कुटरसँगै उपलब्ध एथर एस्योरेन्स प्याकेजले इलेक्ट्रिक सवारीमा स्विच गर्न चाहने ग्राहकका वास्तविक चिन्ताहरू सम्बोधन गर्नेछ । एस्योरेन्स प्याकेजअन्तर्गत एथरका आफ्नै डिजाइनका ब्याट्री प्याकहरूमा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी उपलब्ध हुनेछ, जसलाई ५ वर्ष वा ६० हजार किलोमिटरसम्म विस्तार गर्न सकिने व्यवस्था गरिएको छ । यी ब्याट्रीहरू विभिन्न राइडिङ अवस्थाहरूमा एक दशकभन्दा बढी परीक्षण गरिएको कम्पनीले जनाएको छ । एथरले नेपालभर रणनीतिक स्थानहरूमा ३५ सार्वजनिक फास्ट चार्जर स्थापना गरिसकेको छ, जुन दुईपांग्रे ईभीका लागि सबैभन्दा ठूलो फास्ट चार्जिङ नेटवर्क भएको दाबी गरिएको छ । यी स्टेशनहरूमा एक वर्षसम्म निःशुल्क चार्जिङ सुविधा उपलब्ध हुनेछ । देशभर रहेका एथर एक्सपेरियन्स सेन्टरमार्फत सहज तथा भरपर्दो सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । साथै सीमित अवधिका लागि वार्षिक मर्मत सम्झौतामा ग्राहकहरूले २० प्रतिशत छुट पनि पाउनेछन् । रिज्टा एसमा २.७ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा १२३ किलोमिटरको आईडीसी रेन्ज प्रदान गर्छ । स्कुटरले ४.३ किलोवाट पिक पावर उत्पादन गर्ने, अधिकतम गति ८० किलोमिटर प्रतिघण्टासम्म पुग्ने तथा ० देखि ४० किलोमिटर प्रतिघण्टा गति ४.७ सेकेन्डमा हासिल गर्ने कम्पनीको दाबी छ । यसले २२ एनएम टर्क उत्पादन गर्छ । दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटरमा फराकिलो सिट, प्रशस्त बुट स्पेस र ठूलो स्टोरेज सुविधा दिइएको छ, जसले सहरदेखि ग्रामीण सडकसम्मको यात्राका लागि उपयुक्त बनाएको छ । सुरक्षाका लागि अटो होल्ड, फल सेफ र इमर्जेन्सी स्टप सिग्नलजस्ता सुविधा समावेश गरिएको छ, जसले विविध भौगोलिक अवस्था र व्यस्त ट्राफिकमा सवारी चलाउँदा आत्मविश्वास बढाउने कम्पनीको विश्वास छ । एथर रिज्टा एसको मूल्य २ लाख ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ । तर लन्च अफरअन्तर्गत पहिलो १५० ग्राहकले २० हजार रुपैयाँ छुट पाउनेछन्, जसअनुसार स्कुटरको मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ पर्नेछ । ग्राहकहरूले ९९९ रुपैयाँमै बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । यसअघि नेपाली बजारमा उपलब्ध रिज्टा जेडमा केही सुधार गर्दै कम मूल्यमा रिज्टा एस ल्याइएको हो । रिज्टा जेडमा ३.७ किलोवाट आवर ब्याट्री प्याक रहेको छ, जसले १५९ किलोमिटर रेन्ज प्रदान गर्छ र यसको मूल्य ३ लाख ८३ हजार ५ सय रुपैयाँ रहेको छ । रिज्टा लाइनअपकै परिष्कृत स्कुटर कम मूल्यमा खोज्ने ग्राहकका लागि रिज्टा एस उपयुक्त विकल्प बन्ने अपेक्षा गरिएको छ ।

बकुला किलोको ५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ८०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु १००, काउली तराई प्रतिकिलो रु ७०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७५ कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ७५, तिते करेला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ५० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३३०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३२० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु २३०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४५, रुखकटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १८०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ७०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ । 

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ शनिबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य उच्च विन्दुमा पुगेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलरलगायत अधिकांश विदेशी मुद्राको भाउ पनि उकालो लागेको छ ।      निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।      अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा तोकिएको छ ।      जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा कायम भएको छ ।      केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३३ पैसा र बिक्रीदर २३ रुपैयाँ ४२ पैसा तोकिएको छ ।      राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ८४ पैसा रहेको छ  । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।      राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।    

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

त्रिवेणी । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस र ट्रक सडकबाट तल खसेका थिए भने पिकअप सडक किनारमा पुगेको थियो । दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५–२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिए । उनका अनुसार मृतक दुई जनाको नाम थर खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएका १५ जनामध्ये १३ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ भने दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ । रासस