बकुला किलोको ५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ८०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु १००, काउली तराई प्रतिकिलो रु ७०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७५ कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ७५, तिते करेला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ५० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३३०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३२० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु २३०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४५, रुखकटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १८०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ७०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ शनिबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य उच्च विन्दुमा पुगेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलरलगायत अधिकांश विदेशी मुद्राको भाउ पनि उकालो लागेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३३ पैसा र बिक्रीदर २३ रुपैयाँ ४२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
त्रिवेणी । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस र ट्रक सडकबाट तल खसेका थिए भने पिकअप सडक किनारमा पुगेको थियो । दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५–२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिए । उनका अनुसार मृतक दुई जनाको नाम थर खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएका १५ जनामध्ये १३ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ भने दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ । रासस
गृहमन्त्री गुरुङले भने : ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुवात हो
गृहमन्त्री सुधन गुरुङले केपी शर्मा ओली र रमेश लेखकको पक्राउ प्रतिशोधन नभई न्यायको सुरुवात भएको बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’
ओली पक्राउकोे प्रतिवादमा उत्रियो एमाले, साढे ८ बजे सचिवालय बैठक बस्दै
काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउलाई लिएर गर्ने राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ । एमालेले यस कदमलाई स्पष्ट राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ । एमाले अध्यक्ष ओलीलाई पक्राउ गरिएको खबर सार्वजनिक भएसँगै उनका समर्थकहरू आक्रोशित बनेका छन् । पार्टीका नेता–कार्यकर्ताहरूले यो कदम लोकतान्त्रिक मूल्य र विधिको शासनविरुद्ध भएको आरोप लगाएका छन् । नागरिक अभियन्ता नीलाम्बर आचार्यले सरकारको यो निर्णयले मुलुकलाई थप द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिएका छन् । उनले भने, ‘राजनीतिक मतभेद समाधान गर्ने बाटो पक्राउ होइन, संवाद हो ।’ आचार्यले राज्यका निकायहरूलाई निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । यस्तै, एमाले सचिव महेश बस्नेतले पनि सामाजिक सञ्जालमार्फत कडा आपत्ति जनाएका छन् । उनले यो कदमलाई लोकतन्त्रविरुद्धको खतरनाक संकेत भन्दै तत्काल निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । बस्नेतले यदि यस्तो गतिविधि नरोके आन्दोलन चर्किने चेतावनी समेत दिएका छन् । सरकारनिकट स्रोतहरूले भने कानुनी प्रक्रिया अनुसार नै कारबाही अघि बढाइएको दाबी गरेको छ । तर, प्रतिपक्ष र नागरिक तहबाट उठिरहेको विरोधले राजनीतिक वातावरण थप तातिने संकेत देखिएको छ । अध्यक्ष ओली र पूर्व गृहमन्त्री लेखकलाई लक्षित गरिएको यस कदमले आगामी दिनमा देशको राजनीतिक स्थायित्वमा कस्तो असर पार्छ भन्ने चासो बढ्दो छ । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिको पक्राउपछि पार्टीको सचिवालय बैठक बस्ने तयारी गरिएको छ । सचिव बस्नेतका अनुसार अहिले बिहान साढे ८ बजे सचिवालय बैठक आव्हान गरिएको छ । ओली र लेखकलाई लाई काठमाडौं प्रहरी परिसर भद्रकाली पुर्याइएको छ । प्रहरीले ओलीलाई भक्तपुरको गुण्डु र लेखकलाई कटुञ्जेस्थत निवासबाट पक्राउ गरी भद्रकाली पु¥याएको हो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगले उनीहरुलाई कारवाहीको सिफारिस गरेको थियो । सरकारले बिहीबार सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
ओलीलाई पनि काठमाडौं प्रहरी परिसरमा पुर्याइयो
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं प्रहरी परिसर भद्रकाली पुर्याइएको छ । प्रहरीले उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरी भद्रकाली पु¥याएको हो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगले उनलाई कारवाहीको सिफारिस गरेको थियो । सरकारले बिहीबार सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
रमेश लेखकलाई भद्रकाली पुर्याइयो
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं प्रहरी परिसर भद्रकाली लगिएको छ । प्रहरीले उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरी भद्रकाली पु¥याएको हो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगले उनलाई कारवाहीको सिफारिस गरेको थियो । सरकारले बिहीबार सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
पूर्व प्रधानमन्त्री ओली निवासबाटै पक्राउ
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । ओलीलाई पक्रन शनिबार विहानै सयौंको संख्यामा प्रहरी टोली भक्तपुरको गुण्डुस्थित निजी निवासमा पुगेको थियो । सवा छ बजे ओलीलाई निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीका समर्थकहरु रातीदेखि नै ओली निवासमा पुगेका थिए । उनीहरुले सरकारको विरोध र ओलीको पक्षमा नाराबाजी गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको शुक्रबार मात्रै गठन भएको नयाँ सरकारले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा दोषीमाथि कारवाही गर्ने निर्णय गरेको थियो । आयोगले भदौ २३ र २४ गते भएको नवयुवा प्रर्दशनमा गरिएको दमनबारे करिव ९०० पृष्ठको प्रतिवेदन सरकारलाई बुझाएको छ । त्यसमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री, प्रहरी प्रमुखसहितलाई कारवाहीको सिफारिस गरिएको छ । पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि शनिबार विहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।