विकासन्युज

गरिमा विकास बैंकले ल्यायो ‘दम्पति बचत खाता’, वार्षिक ९ प्रतिशत व्याज दिने

काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा दम्पति बचत खाता’ संचालनमा ल्याएको छ । उक्त खातामा बैंकले बार्षिक ९ प्रतिशत व्याज दिने भएको छ । बुधबार झापाको मेची पुलबाट बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त खाताको सुरुवात गरेका हुन् । नयाँ खातामा उपलब्ध निशुल्क सेवाबाट बैंकमा खाता खोल्नेहरु लाभान्वित हुने बैंकका अध्यक्ष बरालको भनाई छ । बैंकमा उक्त खाता खोल्ने ग्राहकहरुले बार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् । साथै, ग्राहकले एटीएम कार्ड, मोबाईल बैंकिङ्ग सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।

प्लस टु मा नयाँ पाठ्यक्रम : सबै संकाय हट्यो, गणित विषय अनिवार्य गर्न माग

काठमाडौं – सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदद्वारा पारित राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ लागु हुने तयारीमा छ । पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्णप्रसाद काफ्लेले कक्षा ११ र १२ मा चार विषय अनिवार्य गरिएको बताए । कक्षा ११ र १२ लाई एकल पथिय बनाइएको छ । योसँगै अब ११ र १२ कक्षामा संकाय प्रणाली हटेको छ । अब ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीले यसअघिको विज्ञान संकायको कुनै एक विषय र मानविकी तथा शिक्षाको अन्य कुनै पनि विषय रोजेर अध्ययन गर्न सक्नेछन् । कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य गरिएको छ । कक्षा १० को स्वास्थ्य तथा जनसंख्या विषय पनि हटाएको उनले जानकारी दिए । कक्षा ११ र १२ मा ३ विषय ऐच्छिक रहने छन् । कक्षा ९ र १० मा ५ वटा अनिबार्य र २ वटा ऐच्छिक विषय रहने व्यवस्था भएको छ । २ वटा ऐच्छिक विषय मध्ये एउटा विषय पेशा व्यवसायिक विषय हुने छ । उक्त पाठ्यक्रम प्रारुप अनुसार कक्षा ११ र १२ मा ऐच्छिक विषयहको छनोट गर्दा चार ऐच्छिक विषयहरू मध्ये कुुनै तिन विषयको छनोट विद्यार्थीको रूचि, आवश्यकता, उपलब्ध शिक्षक तथा स्रोत र साधनको आधारमा स्थानीय तहको समन्वयमा विद्यालयले गर्ने ब्यवस्था गरिएको छ । यसरी विषय छनोट गर्दा ऐच्छिक प्रथम, द्वितीय र तृतीयबाट एक एक विषय गरी जम्मा ३ विषय छनोट गर्नु पर्नेछ । दिइएका एक समूहबाट कुनै एक मात्र विषय छनोट गर्नु पर्ने छ । ऐच्छिक प्रथम विषय जुन समूहबाट छानिएको छ । ऐच्छिक द्वितीय र तृतीय विषय पनि सोही समूहबाट छनोट गर्नु पर्नेछ । चार ऐच्छिक विषय मध्ये एक विषय (ऐच्छिक चतुर्थ) स्थानीय विषय हुने छ । यो विषय मूलत रोजगारमुलक तथा स्वरोजगारमुलक सीप आर्जनको लागि प्राविधिक तथा व्यवसायिक प्रकृतिको हुने छ । यो विषय स्थानीय आवश्यकताको आधारमा सम्बन्धित स्थानीय तहले आफै पाठ्यक्रम विकास गरी कार्यान्वयन गर्न सक्ने छ । पाठ्यक्रम संरचनामा दिइएका ऐच्छिक स्थानीय विषयले स्थानीय आवश्यकताको प्रतिनिधित्व गर्ने भएमा सो विषय छनोेट गरी अध्ययन अध्यापन गराउन सकिने छ । यो विषयको शिक्षक, पाठ्यसामग्री लगायतका व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने ब्यवस्था गरिएको छ । प्रदेश र स्थानीय तहले दिइएका ऐच्छिक विषयको पाठ्यक्रममा राष्ट्रिय पाठ्यक्रम प्रारूपद्धारा निर्दिष्ठ ढाँचामा न्यूनतम पाठ्य घण्टामा नघट्ने गरी आवश्यकता अनुसार प्रादेशिक र स्थानीय आवश्यकता समेत सम्बोधन हुने गरी पाठ्यवस्तुमा समायोजन गरि पठनपाठन गर्न सक्ने ब्यवस्था छ । प्रदेश र स्थानीय तहले दिइएका ऐच्छिक विषयहरू बाहेक राष्ट्रिय पाठ्यक्रम प्रारूपद्धारा निर्दिष्ट ढाँचामा न्यूनतम पाठ्यघण्टा सुनिश्चित हुने गरी आवश्यकता अनुसार थप विषयका पाठ्यक्रम विकास गरी कार्यान्वयन गर्न सक्ने छ । यस्तै फरक फरक समूहमा रहेता पनि एउटै विषयको पाठ्यक्रम भने एउटै हुने र कक्षा ११ मा जुन विषय छनोट गरिएको छ कक्षा १२ मा पनि सोही विषय छनोट गर्नु पर्ने ब्यवस्था गरिएको छ । त्रिभुुवन विश्वविद्यलयका प्रसिडेन्ट प्रा डा टंकनाथ धमलाले गणितलाई पनि अनिवार्य विषयमा राख्नुपर्ने जिकिर गरे । “विश्व जति अगाडी गएको छ त्यो गणित र विज्ञानको समिश्रणले हो” उनले भने “विश्वले नै गणितलाई अनिवार्य बनाउदै गहिरहेको छ । तर नेपाल विश्वको शिक्षा र नेपालको आवश्यता भन्दा उल्टो दिशा तिर जान लागेको छ । गणित विनाको आधारभुत विज्ञान कल्पना पनि गर्न सकिदैन ।” जीवविज्ञानका विद्यार्थीहरु गणित पढ्नबाट बञ्चित हुदा भविष्यमा उनिहरुले बिएससी, एग्रिकल्चर, भेटेनरी, बिएससी, सिएस आईटी र म्याथमेटिकल्स् साइन्स लगाएतका विषयहरुबाट विद्यार्थी वञ्चित हुन्छन । नेपाल गणित समाजले ज्ञापनपत्र र गणित विश्वविद्यालयका गणित केन्द्रीय विभागले पनि पाठ्यक्रम विकास केन्दका कृष्णप्रसाद काफ्लेलाई ध्यानाकार्षण पत्र बुझाएका छन् ।  

वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंकद्धारा फलफुलका विरुवारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसका दिन आफ्ना विभिन्न शाखा कार्यालयहरुको प्राङ्गणमा फलफुलका बिरुवाहरु रोपेको छ । नेपाल राष्ट्र बैंकको “एक कर्मचारी एक फलफुलको विरुवा” अभियानलाई पनि मध्यनजर गरी उक्त कार्यक्रम आयोजना गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकको कर्पोरेट कार्यालयको बगैँचामा एभोगार्डोको बिरुवा रोपी उक्त वृक्षारोपण कार्यक्रमको सुरुवात गरेका हुन् । बैकले विश्व वातावरण दिवसको अवसरमा बैंकका विभिन्न कार्यालयहरु, कान्तिपथ, कमलादी, पोखरा लगायतका शाखाहरुमा विभिन्न फलफुलका विरुवाहरु रोपेको छ ।

सिद्धार्थ बैंक र संसार रेमिटबीच रेमिट्यान्स सम्झौता, रकम भुक्तानी गर्न सजिलो

काठमाडौं । सिद्धार्थ बैंक र संसार रेमिट प्रालिबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल र संसार रेमिटको तर्फबाट अध्यक्ष चन्द्रकान्त आचार्यले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै संसार रेमिट मार्फत कोरिया, जापान, युरोप लगायत विश्वका विभिन्न देशहरुबाट पठाएको रकम बैंकको जुनसुकै शाखाहरुबाट झिक्नका साथै जम्मा गर्न सकिने छ । सम्झौतापछि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कडेलले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापाको १०० दिन : सिन्डिकेट, सुन काण्ड, ठेकदार लाइनमा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयमा कार्यभार सम्हालेको एक सय पुगेको छ । थापाले १ सय दिनमा सुन काण्ड, यातायातको सिन्डिकेट र काम नगर्ने ठेकेदारलाई लाइनमा ल्याउन सफल भएको बताएका छन् । गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले यातायात यातायातको क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानविन तथा ठेकेदारहरुलाई ठेगान लगाउने काम भएको बताएका हुन् । निर्माणका कार्यमा ढिला सुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदाहरुलाई भौतिक पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालय लगायतका नियकाहरुसँगको समन्वयमा कारवाही अघि बढाईएको उनले बताए । जतिसुकै शक्तिशाली ठेकेदार भएपनि उसलाई कारवाहीको दायरामा ल्याएर छोड्ने गृहमन्त्रीको भनाई छ । यस्तै सुन तस्करी प्रकरणमा अब ठुला कारोबारी पनि पक्राउ पर्ने संकेत गर्दै उनले भने ‘ सुन तस्करीका भुरा माछा र मझौला माछा पक्राउ परेका छन, अब ठुला माछा पनि पक्राउ पर्दैछन् । ’  

सिप्रदीकाे ‘टाटा ज्याक्सीस १४०एच्’ नेपाली बजारमा

काठमाडौं । नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले ‘टाटा ज्याक्सीस १४०एच्’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले बुधबार बिराटनगरमा आफ्नो उक्त नयाँ प्रोडक्टको लन्च गरेको हो । उक्त कार्यक्रममा आफ्ना ग्राहकहरुलाई विभिन्न किसीमका उपहारको पनि व्यवस्था गरिएको थियो । साथै, सिप्रदी विगत लामो समयदेखी नेपाली बजारमा विभिन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउँदै आएको छ ।

सडक विभागको प्रष्टिकरणः काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न भनेका छैनौं

काठमाडौं । सडक विभागले काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न सिफारिस नगरेको स्पष्ट पारेको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मार्फत समयमै सम्पन्न नगर्ने ठेकेदारहरुलाई पक्राउ गर्न आजै प्रहरीलाई पत्राचार गरेका बेला विभागको यस्तो प्रतिकृया आएको हो । सडक विभागले भने काम नगर्ने ठेकेदारहरुलाई पक्राउ गर्न आफुहरुले सिफारिस नगरेको स्पष्ट पारेको हो । सोमबार सडक विभागमै आयोजित पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मुक्ति गौतमले काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न कसैलाई पत्राचार नगरेको बताएका हुन् । ‘ठेकेदारसँग सडक विभागले सम्झौता गर्ने हो, काम गरे पुरस्कार गर्ने र नगरे कारवाही गर्ने हाम्रो आफ्नै नियम छ, हामी त्यहि अनुसार गरिरहेका छौं, कुनै ठेकेदारलाई पक्राउ गर्न भनेका होइनौं’, सडक विभागका प्रवक्ता गौतमले भने । उनले काम नगर्ने ठेकेदारहरुलाई हर्जना तिराउनेदेखि ठेक्का रद्ध गर्नेसम्मको अधिकार विभागसँग रहेको र त्यस्ता ठेकेदारलाई कारवाही गर्ने काम विगतदेखि नै जारी रहेको तर पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयलाई नभनेको स्पष्ट पारेका हुन् । ‘जिल्ला प्रशासनहरुले व्यवसायीहरुको कामको अवस्था के छ ? विवरण दिनुस भन्नुभयो, मातहतमा भएको कामको प्रगति विवरण पठाएका मात्रै हौं, त्यो भन्दा बढि केहि पनि गरेका छैनौं, प्रगति विवरण पठाइएको छ मात्रै भनेका छौं’, प्रवक्ता गौतमले भने । बालाजु त्रिशुली सडकको निर्माण ठेक्का पाएको आल्भाली सैलुङ निर्माण सेवासँग १८ लाख ६८ हजार जरिवाना तिराएको र अब प्रतिदिन एक लाख ५० हजार जरिवाना असुल्ने निर्णय भएको बताए । नगरकोट भक्तपुर सडकमा ७ लाख जरिवाना तिराएको जानकारी पनि दिए । पप्पु कन्स्ट्रक्सनसँग कोहलपुर नेपालगञ्ज सडकमा ४ करोेड जरिवाना लिएको पनि बताए । विभागले काम नगर्ने ठेक्का तोड्ने काम पनि भैरहेको बताए । उनले ठेक्का सम्झौता अनुसार मात्रै कारवाही गर्न सकिने समेत स्पष्ट पारे । ‘सडक विभागले केहि गरेकै छैन भन्ने जस्तो देखिन आयो, ठेक्का सम्झौतामा जे व्यवस्था छ, ऐनमा जे व्यवस्था छ, त्यो भन्दा बाहिर जान सक्दैनौं, त्यो अनुसार हामी कारवाही गरिरहेका छौं ।’, प्रवक्ता गौतमले भने । भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठले रुग्ण ठेकेदारहरुलाई कारवाही प्रक्रिया पनि अघि बढाएको बताए ।

सनराइज बैंकको शाखा ललितपुरकोे गोटीखेलमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो ८३ औं शाखा ललितपुरकोे गोटीखेलमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल र बैंकका नायब महाप्रबन्धक रबिन नेपालले शाखाको संयुक्त रुपमा गरेका छन् । यस शाखाको स्थापनाबाट बैंकले ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउने उद्देश्य लिएको छ ।