काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो ८३ औं शाखा ललितपुरकोे गोटीखेलमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल र बैंकका नायब महाप्रबन्धक रबिन नेपालले शाखाको संयुक्त रुपमा गरेका छन् ।
यस शाखाको स्थापनाबाट बैंकले ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउने उद्देश्य लिएको छ ।