वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंकद्धारा फलफुलका विरुवारोपण

<p>काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसका दिन आफ्ना विभिन्न शाखा कार्यालयहरुको प्राङ्गणमा फलफुलका बिरुवाहरु रोपेको छ । नेपाल राष्ट्र बैंकको “एक कर्मचारी एक फलफुलको विरुवा” अभियानलाई पनि मध्यनजर गरी उक्त कार्यक्रम आयोजना गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकको कर्पोरेट कार्यालयको बगैँचामा एभोगार्डोको बिरुवा रोपी उक्त वृक्षारोपण कार्यक्रमको [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसका दिन आफ्ना विभिन्न शाखा कार्यालयहरुको प्राङ्गणमा फलफुलका बिरुवाहरु रोपेको छ । नेपाल राष्ट्र बैंकको “एक कर्मचारी एक फलफुलको विरुवा” अभियानलाई पनि मध्यनजर गरी उक्त कार्यक्रम आयोजना गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकको कर्पोरेट कार्यालयको बगैँचामा एभोगार्डोको बिरुवा रोपी उक्त वृक्षारोपण कार्यक्रमको सुरुवात गरेका हुन् ।

बैकले विश्व वातावरण दिवसको अवसरमा बैंकका विभिन्न कार्यालयहरु, कान्तिपथ, कमलादी, पोखरा लगायतका शाखाहरुमा विभिन्न फलफुलका विरुवाहरु रोपेको छ ।

Share News