गरिमा विकास बैंकले ल्यायो ‘दम्पति बचत खाता’, वार्षिक ९ प्रतिशत व्याज दिने

<p>काठमाडौं । गरिमा विकास बैंकले &#8216;गरिमा दम्पति बचत खाता&#8217; संचालनमा ल्याएको छ । उक्त खातामा बैंकले बार्षिक ९ प्रतिशत व्याज दिने भएको छ । बुधबार झापाको मेची पुलबाट बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त खाताको सुरुवात गरेका हुन् । नयाँ खातामा उपलब्ध निशुल्क सेवाबाट बैंकमा खाता खोल्नेहरु लाभान्वित हुने बैंकका अध्यक्ष बरालको भनाई छ । बैंकमा [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा दम्पति बचत खाता’ संचालनमा ल्याएको छ । उक्त खातामा बैंकले बार्षिक ९ प्रतिशत व्याज दिने भएको छ ।

बुधबार झापाको मेची पुलबाट बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त खाताको सुरुवात गरेका हुन् । नयाँ खातामा उपलब्ध निशुल्क सेवाबाट बैंकमा खाता खोल्नेहरु लाभान्वित हुने बैंकका अध्यक्ष बरालको भनाई छ ।

बैंकमा उक्त खाता खोल्ने ग्राहकहरुले बार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् । साथै, ग्राहकले एटीएम कार्ड, मोबाईल बैंकिङ्ग सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।

Share News