एनजिओ/आईएनजिओलाई अन्तिम म्याद, १५ दिनभित्र दर्ता नविकरण नगरे स्वत खारेज
काठमाडौं । राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था(आईएनजिओ)को अनुगमन र नियमनमा अब कडाई गरीने भएको छ । त्यसका लागि गृहमन्त्रालयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापा तथा दुबै मन्त्रालयका पदधिकारीबीचको बैठकले एनजिओ र आईएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निश्कर्ष सहित यसको नियमनलाई तिव्रता दिने निर्णय गरेको छ । जसअनुसार वैठकमा पछिल्लो तीन वर्षदेखि दर्ता नविकरण नभएका एनजिओ र आईएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधीमा दर्ता नभए स्वत खारेज गर्ने समेत निर्णय भएको छ । हाल ४७ हजार एनजिओ र २ सय बढी आईएनजिओ मुलुकमा दर्ता भएपनि धेरै एनजिओहरुले वर्षौँदेखि दर्ता नविकरण गरिएको छैनन् । त्यस्तै भ्रष्टचारमा संलग्न, राजनीतिक गतिविधिमा संलग्न हुने, धर्म प्रचार गर्नेजस्ता कार्यमा संलग्न एनजिओ र आईएनजिओको समेत दर्ता नविकरण नगर्ने निर्णय बैठकले गरेको छ । बैठकले ७७ वटै जिल्लाबाट ति जिल्लामा सञ्चालित एनजिओ र आईएनजिओको विवरण र गतिविधि पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । यस्तै समाजकल्याण परिषद्बाट सहमति लिएर गतिविधि गरीरहेका सबै संघसंस्थाको विवरण पठाउन परिषद्लाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । बैठकमा महिला बेचविखन रोक्नका लागि दुबै मन्त्रालयले सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । हालको नियमनमा कमजोरी रहेको भन्दै अब जिल्ला प्रशासन कार्यालयले समेत नियमन गरी रिपोर्ट पठाउने बैठकमा निर्णय भएको छ । बैठकले एनजिओ र आईएनजिओका पदाधिकारीहरुको समेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी कार्यविधि बनाउने र त्यसलाई कडाई पूवर्क लागु गर्ने निर्णय गरेको छ ।
एनजिओ/आईएनजिओलाई कडाई गर्दै सरकार, तीनका पदाधिकारीहरुले अब सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
काठमाडौँ । राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था(आईएनजिओ)को अनुगमन र नियमनमा अब कडाई गरीने भएको छ । गृहमन्त्रालयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापा तथा दुबै मन्त्रालयका पदधिकारीबीचको बैठकले एनजिओ र आईएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निश्कर्ष सहित यसको नियमनलाई तिव्रता दिने निर्णय गरेको हो । हालको नियमनमा कमजोरी रहेको भन्दै अब जिल्ला प्रशासन कार्यालयले समेत नियमन गरी रिपोर्ट पठाउने बैठकमा निर्णय भएको छ । बैठकले एनजिओ र आईएनजिओका पदाधिकारीहरुको समेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी कार्यविधि बनाउने र त्यसलाई कडाई पूवर्क लागु गर्ने निर्णय गरेको छ । पछिल्लो तीन वर्षदेखि दर्ता नविकरण नभएका एनजिओ र आईएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधीमा दर्ता नभए स्वत खारेज गर्ने समेत निर्णय भएको छ । हाल ४७ हजार एनजिओ र दुई सय बढी आईएनजिओ दर्ता भएपनि धेरै एनजिओहरुले वर्षौँदेखि दर्ता नविकरण गरेका छैनन् । यस्तै भ्रष्टचारमा संलग्न, राजनीतिक गतिविधिमा संलग्न हुने, धर्म प्रचार गर्नेजस्ता कार्यमा संलग्न एनजिओ र आईएनजिओको समेत दर्ता नविकरण नगर्ने निर्णय बैठकले गरेको छ । बैठकले ७७ वटै जिल्लाबाट ति जिल्लामा सञ्चालित एनजिओ र आईएनजिओको विवरण र गतिविधि पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । यस्तै समाजकल्याण परिषद्बाट सहमति लिएर गतिविधि गरीरहेका सबै संघसंस्थाको विवरण पठाउन परिषद्लाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । बैठकमा महिला बेचविखन रोक्नका लागि दुबै मन्त्रालयले सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । यस्तै समाज कल्याण परिषद्को भृकुटीमण्डपमा लगायतका क्षेत्रमा रहेको भवन तथा जग्गामा वर्षौदेखि बसेका केही व्यवसायी एवम् संघसंस्थाले भाडा बापतको रकम नतिरेको जानकारी परिषद्का पदाधिकारीले बैठकमा गराएपछि भाडा नतिर्नेहरुलाई हटाउन गृह मन्त्रालयले सहयोग गर्ने निर्णय भएको छ । अमेरीका तथा छिमेकी भारत र चिनमा समेत एनजिओ र आईएनजिओका गतिविधिमाथि अंकुश लगाए पनि नेपालमा भने यस्ता संघसस्था मौलाउँदै गएको देखिन्छ ।
एनआईसी एशिया र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सम्झौता, बैंकको ११ प्रतिशत ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । एनआईसी एशिया बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सम्झौता ऋणपत्र निष्काशन गर्ने सम्झौता भएको छ । बैंकले ‘११ प्रतिशत ऋणपत्र २०८२/८३’ निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा बैंकतर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात नबिल इन्भेष्टमेन्ट बैंकिङले बैंकको रु.१,००० अंकित दरका १८,३०,००० कित्ताले हुन आउने १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । सो मात्राको ऋणपत्र मध्ये ८० प्रतिशत (१ अर्ब ४६ करोड ४० लाख) व्यक्तिगत र २० प्रतिशत (३६ करोड ६० लाख) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे बैंकले जनाएको छ । यस अगाडि बैंकले जारी गरेको ९ प्रतिशत वार्षिक व्याज भएको ३० लाख कित्ता (कुल रकम ३ अर्ब) ऋणपत्र सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको र सो नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने अवसर हुने विश्वास बैंकले लिएकोे छ ।
फोर्ब्सको सूचिमा पर्ने चीनको एक मात्रै मूल्यवान ब्राण्ड हुवावे, मूल्य ८.४ बिलियन यूएस डलर
काठमाडौं । ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सले हरेक बर्ष प्रकाशित गर्ने विश्वका सबैभन्दा मूल्यवान ब्रान्डहरूको सूचि’मा यसपटक पनि हुवावे परेको छ । हुवावे यस सूचिमा पर्ने सफल एकमात्र चिनियाँ ब्रान्ड रहेको कम्पनीको दावी छ । सन् २०१७ मा पहिलो पटक फोब्र्सको सूचिमा पर्न सफल हुवावेले यस बर्ष पनि आफ्नो स्थान सुरक्षित गरेको छ । ८.४ बिलियन अमेरिकी डलर ब्रान्ड मूल्य भएको हुवावे फोर्ब्सको सूचिमा ७९ औं स्थानमा छ । गत साल ७.३ अमेरिकी डलर ब्रान्ड मूल्यसहित हुवावे फोर्ब्सको सूचिमा ८८ औं स्थानमा थियो । एक बर्षमै हुवावेको ब्रान्ड मूल्यमा १५ प्रतिशत वृद्धि भएको छ र फोर्ब्सको सूचिमा नौ स्थान माथि उक्लिन सफल भएको कम्पनीको भनाइ छ । फोर्ब्सको सूचिमा प्रविधि उत्पादन गर्ने कम्पनीहरूको बर्चस्व रहँदै आएको छ । यस बर्ष पनि प्रविधि उत्पादन गर्ने कम्पनीहरू नै पहिलो पाँच स्थानमा छन् । तिनले सूचिमा समावेश १०० कम्पनीको कुल ब्रान्ड मूल्यमा २० प्रतिशत हिस्सा ओगट्छन् । विगत ८ बर्षमा झै यस बर्ष पनि एप्पल सूचिको पहिलो स्थानमा रहन सफल भएको छ । त्यसपछिका चार स्थानमा क्रमशः गूगल, माइक्रोसफ्ट, फेसबुक र अम्याजन छन् । सूचिमा समावेश १०० कम्पनीहरू विभिन्न १६ देशका छन् । तीमध्ये सबैभन्दा बढी ५४ कम्पनी अमेरिकामा छन् । दोस्रोमा १२ कम्पनीसहित जर्मनी छ । जापान र फ्रान्सका ७–७ वटा कम्पनी छन् । चीनबाट अझै पनि हुवावे बाहेक अर्को ब्रान्ड सूचिमा छैन । सन् २०१७ मा हुवावेको अन्तर्राष्ट्रिय बजार तीव्र रुपले विस्तार भएको हो ।
सनराइज बैंकको एटीएम महाराजगंजको चिरायु नेशनल अस्पतालमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले चिरायु नेशनल अस्पताल एण्ड मेडिकल इन्स्टीट्यूट, महाराजगंजमा एटिएम संचालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका संचालक भोगेन्द्र गुरागाई र अस्पतालका संचालन अधिकृत तथा संचालक समितिका सदश्य चन्देश्वर बैधले संयुक्त रुपमा गरेका थिए । हाल बैंकले मुलुकभर आफ्नो ८३ वटा शाखा, ९६ वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल बङ्गलादेश बैंकको ७१औं शाखा कोटेश्वरमा
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ७१ औं शाखा काठमाडौंको कोटेश्वरमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष जलाल अहमदले गरेका थिए । यस शाखा सहित बैंकले ७१ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ५२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
धितोपत्र बोर्डले माथिल्लो तामाकोसीलाई आईपीओ निष्कासन गर्न दियो अनुमति, २६४ करोडको आउने
काठमाडौं । धितोपत्र बोर्डले निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बिहीबार आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । केही दिनभित्रै प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ । तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । ४५६ मेगावाटको सो आयोजना १ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
नुवाकोटको त्रिशुलीमा यामाहाको नयाँ शोरुम
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिहीबारबाट नुवाकोटको त्रिशुलीस्थित बट्टारमा नयाँ डिलर शुरु गरेको छ । एमएडब्लुले त्रिशुली अटोमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा शुरु गरेको हो । नुवाकोटमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत् गरी नयाँ डिलरसिप सुरु गरिएको हो । नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति, नुवाकोटका सभापति शान्तमान तामाङले गरेका थिए । त्रिशुली अटोबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् । पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा खुसी लागेकाे त्रिशुल अटोका प्रबन्ध निर्देशक विवेक थापाले बताए । उनले यामाहा ब्रान्डका दुईपाँग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनु नपर्ने बताएका छन् । ‘यहाँबाट हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन्,’ उनले भने । यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ । साथै, फेजर प्लेटफर्मको फेजर२५ले पनि राइडरहरुलाई आकर्षित गरिरहेको छ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिन जडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।