सनराइज बैंकको एटीएम महाराजगंजको चिरायु नेशनल अस्पतालमा

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले चिरायु नेशनल अस्पताल एण्ड मेडिकल इन्स्टीट्यूट, महाराजगंजमा एटिएम संचालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका संचालक भोगेन्द्र गुरागाई र अस्पतालका संचालन अधिकृत तथा संचालक समितिका सदश्य चन्देश्वर बैधले संयुक्त रुपमा गरेका थिए । हाल बैंकले मुलुकभर आफ्नो ८३ वटा शाखा, ९६ वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडले चिरायु नेशनल अस्पताल एण्ड मेडिकल इन्स्टीट्यूट, महाराजगंजमा एटिएम संचालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका संचालक भोगेन्द्र गुरागाई र अस्पतालका संचालन अधिकृत तथा संचालक समितिका सदश्य चन्देश्वर बैधले संयुक्त रुपमा गरेका थिए ।

हाल बैंकले मुलुकभर आफ्नो ८३ वटा शाखा, ९६ वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

Share News