विकासन्युज

विकास फ्लोर मिललाई ‘उत्कृष्ट स्वच्छ र गुणस्तरीय खाद्य उद्योग’ अवार्ड 


काठमाडौं । लोकप्रिय ब्रान्डहरु ज्ञान चक्की आटा, ज्ञान मैदा, ज्ञान लिटोहरु उत्पादन गर्ने केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी बिकास फ्लोर मिल प्रालिलाई उत्कृष्ट गुणस्तरीय खाद्य उद्योग अवार्ड प्रदान गरिएको छ । दशौँ राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७५ को अवसर पारेर कृषी, भूमी ब्यबस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको खाद्य प्रबिधि तथा गुणनियन्त्रण बिभागले सम्मान गरेको छ । केएल दुगड ग्रुपद्वारा उत्पादित लोकप्रिय ब्रान्डहरु ज्ञान चक्की आँटा, ज्ञान मैदा, ज्ञान लिटोहरु उत्पादन गर्ने कम्पनी बिकास फ्लोर मिल प्रालिले, स्वछ र गुणस्तरिय खाद्य पदार्थहरु उत्पादन गर्दै आएको जानकारी गराएको छ । कम्पनीका उत्पादनहरु मानव स्वाथ्यको लागि निकै उत्कृष्ट रहेको भन्दै नेपाल सरकारले स्वछ र गुणस्तरीय खाद्य पदार्थहरु उत्पादन गर्ने ठुला तथा मझौला उद्योगहरु मध्ये उत्कृष्ट उद्योगको रुपमा सम्मान गरिएको हो । उक्त अबसरमा केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले भने ‘विगत तीन दसकदेखि हामी नेपाली बजारमा उत्कृष्ट खाद्य बस्तुहरु उत्पादन र बिक्री वितरण गर्दै आएका छौं,’ उनले भने ‘हाम्रो मुख्य उद्देश्य भनेकै गुणस्तरीय खाद्य सामग्री उत्पादन गर्दै उपभोक्ताको स्वास्थ्य र स्वादमा सदैब समर्पित हुनु हो ।’ आगामी दिनमा उत्पादनहरुको गुणस्तरमा कुनै पनि सम्झौंता नहुने कम्पनीको भनाइ छ ।

एक वर्षभित्र लागुऔषधको निस्तेज पार्छु: रामबहादुर थापा

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले १ वर्षभित्र लागूऔषधको कारोबार निस्तेज पार्ने बताएका छन् । थापाले लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशनालय तथा समन्वय समितिको बैठकमा लागुऔषधको कारोबार घटाउने बताएका हुन् । बैठकमा गृहमन्त्री थापाले समयसिमा बनाएर लागुऔषधको नियन्त्रणको कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘ अहिले लागुऔषधको प्रयोगकर्ता वार्षिक ११ प्रतिशतका दरले बढीरहेको रिपोर्ट आएको छ , हामीले आँट गर्ने हो भने एक वर्षमा त्यसलाई घटाउन सकिन्छ । उनले यो सरकार पाँच वर्ष चल्ने भएकोले सो अवधीभित्र लागुऔषधको प्रयोग र ओसारपसार देशभित्र पूर्ण रुपमा निषेध हुने गरी कार्ययोजना बनाउन निर्देशन दिए । उनले चिकित्सकको सिफारिसबिना मनोद्धिपक औषधी बेच्ने स्वास्थ्यसंस्था र औषधी पसलहरुलाई ईजाजतपत्र रद्ध गर्नेसम्मको कानुनी व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले सातै प्रदेशमा टोली बनाएर एकै पटक लागु पदार्थ विरुद्ध कारवाही सुरु गरीनुपर्ने बताए ।  

प्रभु लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंक्यासोरेन्स सम्झौता

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबीच बैंक्यासोरेन्स गर्ने सम्झौता भएको छ । सम्झौता पश्चात प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकलाई जीवन बीमा सम्बन्धि सेवाहरु मुक्तिनाथ बिकास बैंक सबै शाखाहरु मार्फत समेत उपलब्ध हुनेछ । उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने र मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका थिए । अब जीवन बीमाको प्रिमियम मुक्तिनाथ बिकास बैंक मार्फत समेत बुझाउन सकिने व्यवस्था गरिएको छ ।

५७ वटा जिल्लामा टेलिकमको अप्टिकल फाइबर जडान, बाँकी असोजसम्म सक्ने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाहरुको स्तरोन्नती गर्दै सेवाको गुणस्तर बृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई तीव्रताका साथ अघि बढाइरहेको छ । हाल सम्म टेलिकमले कुल ५७ वटा जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिसकेको छ र चालु आयोजना सम्पन्न हुँदा कुल ६४ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार कार्य सम्पन्न हुनेछ । मुलुकभरका ७७ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य पूरा गर्न बाँकी रहेका थप १३ जिल्लामा हाल सर्भे कार्य प्रारम्भ भइसकेको छ । यी जिल्लामा उपयुक्त प्रविधि प्रयोग गरी चरणबद्ध रुपमा कार्य सम्पन्न गर्ने योजना रहेको छ । कम्पनीले २०७५ असार मसान्तसम्म ४ सय किलोमिटर एडीएसएस(अल डिइलेक्ट्रिक सेल्फ सर्पोटिङ) अप्टिकल फाइबर जडान सम्पन्न गर्ने लक्ष्य राखेकोमा बैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर जडान सम्पन्न भइसकेको छ । अव असार मसान्तसम्म थप १ सय ७५ किलोमिटर नेटवर्क जडान गर्ने कार्य सम्पन्न हुनेछ । आगामी आर्थिक वर्ष २०७५/७६ को प्रथम चौमासिक अवधिमा बाँकी ४ सय ५० किलोमिटर थप जडान कार्य सम्पन्न गरी कुल १ हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य रहेको छ । हालसम्म सम्पन्न भएका नेटवर्कहरुमा बसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खादबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही–तुलसिपुर रहेका छन् । त्यसैगरी, तामाकोशी पुल–खिम्ती–मन्थली–सिन्धुली बीचको ११५.८० किलोमिटर मध्ये ९० किलोमिटर सम्पन्न भएको छ भने बेनी–जोमसोम बीचको ११३.४४ किलोमिटर रुट मध्ये ९५ किलोमिटरमा अप्टिकल फाइबर जडान गर्ने कार्य सम्पन्न भइसकेको छ । यस्तै बुड्डी–बिजगौरी, तौलिहवा–मर्यादापुर, डण्डाबजार–चोरमारा, तौलिहवा–बहादुरगञ्ज र कोहलपुर–लम्कीलाई जोड्ने १६३.२ किलोमिटर लामो अन्डरग्राउन्ड अप्टिकल फाइबर नेटवर्क हाल जडान तथा परीक्षण सम्पन्न भई सञ्चालनको तयारी भइरहेको छ । त्यस्तै केरखा–कोरोबारी र गौरादह–कोहोबारा जोड्ने अप्टिकल नेटवर्क जडान सम्पन्न भई स्प्लाइसिङ र टेस्टिङको चरणमा छ । स्याफ्रुबेसी–रसुवागढी १५ किलोमिटर मध्ये १० किलोमिटर ट्रेन्चिङ र डक्टिङ कार्य सम्पन्न भइसकेको छ भने बाँकी खण्डमा ट्रेन्चिङ र डक्टिङ कार्य भइरहेको छ । अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमुकामहरु र विभिन्न जिल्लाका नगरपालिका तथा सहरोन्मुख क्षेत्रहरु आवद्ध हुने छन् । ती पहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेलधुरा, डोटी, अछाम र बैतडी लगायतका जिल्लाहरु हुन् । यसबाट हाल सञ्चालनमा रहेका ३८ एक्सचेन्ज, ३४ बीटीएस र १९ रिपिटरहरुमा अप्टिकल फाइबर जोडिने छन् । हाल सम्म नेपाल टेलिकमले कुल ५७ वटा जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिसकेको छ र चालु आयोजना सम्पन्न हुँदा कुल ६४ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार कार्य सम्पन्न हुनेछ । मुलुकभरका ७७ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य पूरा गर्न बाँकी रहेका थप १३ जिल्लामा हाल सर्भे कार्य प्रारम्भ भइसकेको छ । यी जिल्लामा उपयुक्त प्रविधि प्रयोग गरी चरणबद्ध रुपमा कार्य सम्पन्न गर्ने योजना रहेको छ । कम्पनीले यस अघि नै विभिन्न चरणमा पाल्पा, पर्वत, बागलुङ,उदयपुर, सुर्खेत, धनकुटा, तेह्रथुम,सल्यान, म्याग्दी, गोर्खा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, स्याङजा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, लमजुङ र रसुवा जिल्लाका सदरमुकामलाई अप्टिकल फाइबर नेटवर्कबाट जोड्ने कार्य सम्पन्न गरिसकेको छ । अप्टिकल फाइबर नेटवर्क विस्तार भए पछि कम्पनीको भ्वाइस र डाटा सेवा अझ गुणस्तरीय हुनेछ । कम्पनीको ब्याकबोन प्रसारण निर्देशनालय, अप्टिकल आयोजना कार्यान्वयन विभागले यो योजनालाई अगाडि बढाइरहेको छ ।

द्वन्द्वमा जलेको लालपूर्जाकाे वितरण अर्घाखाचीबाट शुरु, तीन वर्षभित्र सकिने

काठमाडौं । सरकारले तत्कालिन नेकपा माओवादी आक्रमणको क्रममा जलेका किसानका लालपुर्जा वितरणको काम शुरु गरेको छ । द्वन्द्वको क्रममा लालपुर्जा जलेपछि पुनः नापी गरेर लालपुर्जा वितरण गर्न लागिएको हो । त्यसको शुरुवात अर्घाखाचीबाट शुरु भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले अर्घाखाचीको सन्धीखर्क नगरपालिका वडा नम्बर २ बाट लालपूर्जा वितरण शुरु गर्नु गरेका छन् । त्यहाँ आर्थिक वर्ष २०७२/७३ मा नापनक्साको काम शुरु भएको थियो । सन्धीखर्क वडा नम्बर २ मा मात्र ४ हजार ७ सय ४७ कित्ता क्षेत्रफलको ८ सय ४१ जना जग्गाधनीका लालपूर्जा जलेको पाइएको थियो । द्वन्द्वको क्रममा पाल्पा, अर्घाखाची, सिरहा, संखुवासभा र अछाममा भएका आक्रमणमा लालपुर्जा जलेका थिए । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टका अनुसार अछाममा नापजाँचको काम सकिइसकेको छ । अछाममा आर्थिक वर्ष २०६४/०६५ मा, पाल्पामा ०७१/७२ मा र सिरहामा ०७२/७३ मा काम नापीको काम शुरु भएको थियो । अहिलेसम्म पाल्पामा २५ प्रतिशत नापीको काम सकिएको महानिर्देशक भट्टले बताउनुभयो । सिरहा सहदरमुकाम क्षेत्रमा नापीको काम चलिरहेको छ भने संखुवासभाको चैनपुरमा काम नै शुरु हुन सकेको छैन । यो वर्ष पनि संखुवासभामा नाप नक्साको कार्यक्रम पर्न सकेको छैन । सरकारले आगामी ३ वर्ष भित्रमा सबैको जग्गाधनी दर्ता प्रमाण पुर्जा विततरण गरिसक्ने दावी गरेको छ ।

जोडीलाई लक्षित गरि मेगा बैंकले ल्यायो दुई वटा बचत खाता, ५ हजारमै खोल्न सकिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि दुई वटा आकर्षक बचत खाता योजना ल्याएको छ । ग्राहकहरुको चाहना बमोजिम नवीनतम सुविधाहरु प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा जीवन साथी बचत खाता’ र ‘मेगा स्वर्णिम बचत खाता’ योजना ल्याएको हो । बिहे गर्ने तयारीमा रहेका र विवाहिता जोडीलाई प्राथमिकता दिएर ल्याइएको ‘मेगा जीवन साथी बचत खाता’ योजनामा आकर्षक सुविधाहरु छन् ।  न्यूनतम ५ हजार रुपैयाँमै खोल्न सकिने यो खातामा त्रैमासिक रुपमा भुक्तानी हुने गरी बार्षिक ७ प्रतिशत ब्याज पाइनेछ । यस योजनामा ग्राहकहरुलाई चेकबुक, अनलाइन बैंकिङ, अकाउन्ट स्टेटमेन्ट, सी–आस्वा लगायतका सुविधा निःशुल्क रुपमा प्रदान गरिनेछ । मेगा भिसा डेबिट र क्रेडिट कार्ड, मेगा स्मार्ट मोबाइल बैंकिङ लगायतका सुविधा समेत लिन पाइने यस योजनामा ग्राहकहरुलाई पाँच लाख रुपैँयासम्मको निःशुल्क दुर्घटना मृत्यु बिमा, ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा, सामान खरिदका लागि पाँच लाख रुपैयाँसम्मको इएमआई सेवा दिइने बैंकले जनाएको छ । बिहेको खर्च तिर्न, बैंकबाट कर्जा लिन, लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्न, गरगहना, कपडा पसल, पार्टी प्यालेस र ट्राभल एजेन्सीहरुको सुविधा लिन विशेष छुट उपलब्ध गराइने भएको छ । यस योजना अन्तरगत डाक्टर, पाइलट, इन्जिनियर, सरकारी कर्मचारी र म्यानेजर पदमा निजी कार्यालयमा कार्यरतहरुलाई प्रोफेसनल लोन समेत प्रदान गरिने मेगा बैंकले जनाएको छ । ‘मेगा स्वर्णिम बचत खाता’ योजनामा पनि दैनिक ८ प्रतिशत ब्याज पाइने यो खाता पाँच हजार रुपैयाँमै खोल्न सकिनेछ । यो योजनामा चेकबुक, मेगा स्मार्ट मोबाइल बैंकिङ सेवा, अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट निःशुल्क पाइन्छ । यस्तै, दुई लाख रुपैयाँसम्म एबीबीएस सेवा निःशुल्क गरिएको छ । यो खाता खोलेर त्रैमासिक रुपमा १० लाख रुपैयाँ बचत गर्ने ग्राहकहरुलाई बैंकका कर्मचारीले घरदैलोमै पुगेर सुविधा प्रदान गर्नेछन् । उपत्यका र उपत्यका बाहिरका ग्राहकहरुले यस योजना अन्तरगत प्राइभेट बैंकिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

माउरिन्होको प्रक्षेपण: अन्तिम ८ काे लागि उरुग्वे भर्सेस पोर्चुगल, ब्राजिल भर्सेस मेक्सिको भिड्ने

काठमाडौं । इग्लिंस क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले अन्तिम ८ का लागि उरुगवे भर्सेस पोर्चुगल र ब्राजिल भर्सेस मेक्सिको पर्ने दाबी गरेका छन् । स्पेनिस अनलाइन मार्कासँग कुरा गर्दै माउरिन्होले अन्तिम १६ मा पुग्ने देशहरुको भविस्यवाणी गरेका हुन् । उनले ग्रुप ‘ए’ बाट उरुग्वे र इजिप्ट, ‘बी’ बाट स्पेन र पोर्चुगल, ‘सी’ बाट फ्रान्स र अस्ट्रेलिया, ‘डी’ बाट अर्जेन्टिना र नाइजेरिया अन्तिम १६ मा पुग्ने बताएका छन् । यस्तै समुह ‘ई’बाट ब्राजिल र स्वीजरल्यान्ड, ‘एफ’बाट जर्मनी र मेक्सिको, ‘जी’बाट बेल्जियम र इंग्ल्यान्ड र समुह ‘ए’फबाट सेनेगल र पोल्यान्ड छनोट हुने बताएका छन् । उनले ग्रप एच का सेनेगल र पोल्यान्डले उत्कृष्ट प्रर्दशन गर्ने अनुमान गरेका छन्

ग्लोबल आइएमई बैंकको मकवानपुरमा २ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले मकवानपुर जिल्लामा २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ । बैंकले मकवानपुरको चित्लाङ्गमा ८८ औँ र सोही जिल्लाकै धादिङ्गमा ८९ औँ शाखारहित बैकिङ्ग सेवा शुरु गरेको हो । चित्लाङ्गको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले गरेका हुन् । त्यस्तै, धादिङ्गमा खोलिएको सेवाकोे उद्घाटन मकवानपुरगढी गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपबहादुर घिमिरेले गरेका छन् । त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय राजन कपालीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले यी स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । हाल बैंकले १२९ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८९ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त सेवा प्रदान गर्दे आइरहेको छ ।