जोडीलाई लक्षित गरि मेगा बैंकले ल्यायो दुई वटा बचत खाता, ५ हजारमै खोल्न सकिने

<p>काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि दुई वटा आकर्षक बचत खाता योजना ल्याएको छ । ग्राहकहरुको चाहना बमोजिम नवीनतम सुविधाहरु प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा जीवन साथी बचत खाता’ र ‘मेगा स्वर्णिम बचत खाता’ योजना ल्याएको हो । बिहे गर्ने तयारीमा रहेका र विवाहिता जोडीलाई प्राथमिकता दिएर ल्याइएको ‘मेगा जीवन साथी बचत [&hellip;]</p>

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि दुई वटा आकर्षक बचत खाता योजना ल्याएको छ । ग्राहकहरुको चाहना बमोजिम नवीनतम सुविधाहरु प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा जीवन साथी बचत खाता’ र ‘मेगा स्वर्णिम बचत खाता’ योजना ल्याएको हो ।

बिहे गर्ने तयारीमा रहेका र विवाहिता जोडीलाई प्राथमिकता दिएर ल्याइएको ‘मेगा जीवन साथी बचत खाता’ योजनामा आकर्षक सुविधाहरु छन् ।  न्यूनतम ५ हजार रुपैयाँमै खोल्न सकिने यो खातामा त्रैमासिक रुपमा भुक्तानी हुने गरी बार्षिक ७ प्रतिशत ब्याज पाइनेछ । यस योजनामा ग्राहकहरुलाई चेकबुक, अनलाइन बैंकिङ, अकाउन्ट स्टेटमेन्ट, सी–आस्वा लगायतका सुविधा निःशुल्क रुपमा प्रदान गरिनेछ ।

मेगा भिसा डेबिट र क्रेडिट कार्ड, मेगा स्मार्ट मोबाइल बैंकिङ लगायतका सुविधा समेत लिन पाइने यस योजनामा ग्राहकहरुलाई पाँच लाख रुपैँयासम्मको निःशुल्क दुर्घटना मृत्यु बिमा, ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा, सामान खरिदका लागि पाँच लाख रुपैयाँसम्मको इएमआई सेवा दिइने बैंकले जनाएको छ ।

बिहेको खर्च तिर्न, बैंकबाट कर्जा लिन, लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्न, गरगहना, कपडा पसल, पार्टी प्यालेस र ट्राभल एजेन्सीहरुको सुविधा लिन विशेष छुट उपलब्ध गराइने भएको छ । यस योजना अन्तरगत डाक्टर, पाइलट, इन्जिनियर, सरकारी कर्मचारी र म्यानेजर पदमा निजी कार्यालयमा कार्यरतहरुलाई प्रोफेसनल लोन समेत प्रदान गरिने मेगा बैंकले जनाएको छ ।

‘मेगा स्वर्णिम बचत खाता’ योजनामा पनि दैनिक ८ प्रतिशत ब्याज पाइने यो खाता पाँच हजार रुपैयाँमै खोल्न सकिनेछ । यो योजनामा चेकबुक, मेगा स्मार्ट मोबाइल बैंकिङ सेवा, अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट निःशुल्क पाइन्छ । यस्तै, दुई लाख रुपैयाँसम्म एबीबीएस सेवा निःशुल्क गरिएको छ ।

यो खाता खोलेर त्रैमासिक रुपमा १० लाख रुपैयाँ बचत गर्ने ग्राहकहरुलाई बैंकका कर्मचारीले घरदैलोमै पुगेर सुविधा प्रदान गर्नेछन् । उपत्यका र उपत्यका बाहिरका ग्राहकहरुले यस योजना अन्तरगत प्राइभेट बैंकिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

Share News