विकासन्युज

सडक विभागले भन्यो : अब पिच सडक खन्न प्रतिवन्ध

काठमाडौं । सरकारले धारा, ढल, बिजुली र टेलिफोन सेवा विस्तारका लागि पिच सडक खन्न प्रतिवन्ध लगाएको छ । वर्षायाममा सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितीमा ल्याउन नसकिने र सडक पनि बिग्रिदै जाने भएकाले खन्न प्रतिवन्ध लगाएको सडक विभागले जनाएको छ । विभागका अनुसार असार १ गतेदेखि भदौमसान्तसम्म ३ महिना पिच सडक खन्न नपाइने भएको छ ।  पिच सडक खन्नलाई स्वीकृति नदिन विभागले सडक कार्यलयहरुलाई परिपत्र समेत गरेको छ । स्वीकृति नलिई जवर्जस्ती सडक खनेको पाइए कडा कार्वाही गर्ने विभागले चेतावनी दिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले कर्जाको ब्याजमा विशेष छुट दिने

काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कर्जाको ब्याजमा विशेष छुट दिने भएको छ । बैंकले आउदो असारसम्म ऋण असुली बढाउन ब्याजदर छुट दिन जानकारी दिएको हो । बैंकले विभिन्न शिर्षकबाट कर्जा लिई २०६३ चैतअघिको भुक्तानी म्याद नाघेका मध्ये १ करोड रुपैयाँ कर्जा लिई हालसम्म साँवा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीले असारसम्म कर्जा चुत्ता गरेमा बाँकी ब्याजमा विशेष छुट दिने जानकारी दिएको छ । कर्जा भुत्तानीका लागि सम्बन्धित शाखामा सम्पर्क गर्न बैंकले ऋणीलाई भनेको छ । असारसम्म पनि कर्जा चुत्ता नगर्ने ऋणीको धितोलिलामी प्रक्रिया सुरु हुने बैंकले जनाएको छ ।

पक्राउ पुर्जी जारी गरिएका निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष यक्षध्वज कार्की अर्थमन्त्री खतिवडासंग भेटिए

काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंले पक्राउ पुर्जि जारी गरेका नेपाल निर्माण व्यवसायी महासंघको पुर्वअध्यक्ष यक्षध्वज कार्की बुधवार अर्थमन्त्री डा. युवराज खतिवडासंग भेटिएका छन् । गत जेठ २० गते जिल्ला प्रशासनले कार्कीलाई पक्राउ गर्न २४ घण्टे पुजी जारी गरेको थियो । उनी नेपाल कम्युनिस्ट पार्टी निकट छन् । राजनीतिक संरक्षणका लागि कार्की अर्थमन्त्री खतिवडाको शरणमा पुगेका हुन् । कार्कीको कम्पनी विकोई स्काई जेभीले मालपोत कार्यालय काठमाडौंको भवन निर्माण गर्न ठेक्का लिएको लामो समयदेखि सम्पन्न नगरेपछि पक्राउ गर्न पत्राचार गरेको हो । विकोइ स्काइले ०७३ फागनु २० गते सम्पन्न गर्ने सम्झौता गरेको थियो । उसले मालपोत कार्यलयको भवन निर्माणको ०६९ सालमा ठेक्का पाएको हो । चावहिलमा भवन निर्माण गर्न जिम्मा लिएर हालसम्म काम नगरेपछि कार्कीलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

कर्णाली प्रदेशको बजेट २३ अर्ब, ५ कराेड ६७ लाख राजश्व संकलन लक्ष्य

  सुर्खेत । आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको लागि करिब २३ अर्बको बजेट प्रस्तुत हुने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी असार १ गते प्रस्तुत गरिने बजेटको अन्तिम तयारीमा रहेको जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघीय प्रस्तुत गरिने बजेटमध्ये सरकारको अनुदानबाट ९ अर्ब १३ करोड, राजस्वबाट करिब ५ अर्ब ६७ करोड र सशक्त अनुदानबाट ६ अर्ब ६१ करोड प्राप्त हुने जानकारी दिए । राजस्व संकलनको अवस्था कमजोर रहेको भन्दै उनले यसलाई बढाउने प्रयास गर्ने बताउ। “यस पटक यही बजेटलाई कार्यान्वयन गर्नुप¥र्यो’ उनले भने, “आगामी वर्ष बजेटको आकार बढाउनेछौ ।” असारे विकास मोडललाई निरुत्साहित गर्ने र हतारमा बजेट बाड्ने प्रवृक्तिको अन्त्य गरेर बजेट दुरुपयोग हुनबाट रोक्ने उनको भनाइ थियो । रासस

स्वच्छ वातावरण महाअभियान शुरु, खाली जग्गामा वृक्षारोपणदेखि ३० प्रतिशत प्रदूषण घटाउनेसम्मको कार्यक्रम

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले नेपाल स्वच्छ वातावरण महाअभियान शुरु गरेको छ । नेपालभर जनताले अनुभूत गर्न सक्ने गरी प्रदुषण नियन्त्रण, सरसफाई र फोहोरमैला व्यवस्थापन गर्दै शहरको खालि भागमा हरियाली प्रवद्धन गर्ने लक्षयकासाथ उक्त अभियान शुरु गरेको हो । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले मुलुकमा जलवायु परिवर्तनका नकरात्मक असर, खाद्य सुरक्षाको अभाव र रोगव्यादि जस्ता विभिन्न चुनौतिहरुको सामाना गर्न परेको बताए । यी चुनैतीहरुको सामामन गर्दै नेपलाको संबिधानले परिकल्पना गरेको समाजबाद उन्मुख अर्थन्त्र निर्माण गर्न सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय संकलप्लाई साकार बनाउन लागेको जानकारी दिए । ‘वातावरणीय सुरक्षा एउटा महत्वपूर्ण पूर्वशर्त हो,’ उनले भने ‘तसर्थ मन्त्रालयले यस राष्ट्रिय संकल्पमा उल्लेख्य योगदान पुर्याउने लक्ष्य लिएर महाअभियान शुरु गरेका हौं ।’ मन्त्रालयले महाअभियानलाई सफल पार्न तीन खम्बे वातावरणीय संरक्षण र सम्वद्र्धन गर्ने नीति लिएको छ । जसमा वातावरण्मा प्रतिकूल प्रभाव पार्ने गरी प्रदुषण सिर्जना हुन नदिने र तोकिएको मापदण्ड विपरित फोहरमैला निष्कासन हुन दिने छैन । दोस्रो वातावरण संरक्षण र विभिन्न श्रोतबाट हुने जल, स्थल, वायु र अन्य प्रदूषण रोक्न संघ, प्रदेश र स्थानीय तहहरुबाट जारी कानूनहरुको कडाईका साथन पालना र कार्यन्वयन गर्ने गराउने र तेस्रो प्रदूषणको रोकथाम, नियन्त्रण, हरियाली प्रवद्र्धन लगायतबाट सफल अभ्यासहरुको आधारमा क्रियाकलाप अघि बढाउने महानिर्देशक दवाडीको भनाइ छ । मन्त्रालयको लक्ष्य तथा उद्देश्य हासिल गर्न एक वर्षे कार्ययोजना तय गरेको छ । जसमा जनचेतना तथा सन्देशमूलक कार्यक्रम, सरसफाई तथा फोहोर व्यवस्थापन, प्रदूषण नियन्त्रण र हरियाली प्रबद्र्धन कार्यक्रमहरु रहेका छन् । मुलुकभर सञ्चलन हुने उक्त कार्यक्रमबाट स्थानिय तहका खाली जग्गामा कम्तिामा पनि ५ प्रतिशत वृक्षरोपण हुने, काठमाडौं उपत्यका लगायत देश भरका सहरमा दैनिक उत्सर्जन हुने फोहोरमा २० प्रतिशत कमी आउने विश्वास सरकारले गरेको छ । त्यस्तै विकास निर्माण कार्य, अस्पताल, औद्योगक क्षेत्र लगायतबाट निस्कासन हुने धूलो, धुँवा जल र ध्वनि प्रदुषणको मात्रामा कम्तिमा ३० प्रतिशत कमि आउने, प्लाष्टिक झोलाको उत्पादन र प्रयोगमा कमी ल्याई देशभरमा ५० प्रतिशत प्लाष्टिक झोलाको प्रयोग घटाउने लगायतका उपलब्धि हासिल हुने सरकारको अपेक्षा छ । मन्त्रालयका अनुसार महाअभियान कार्यक्रम समन्वय र सहजिकरण समितिका संयोजक स्याम् मन्त्री, कार्यक्रम कार्यान्वयन समितिका संयोेजक सचिव लगायत विभिन्न उपसमितिहरु निर्माण गरि जिम्मेवारी वाडफाँट गरिएको छ ।

सुन तस्करी प्रकरणमा राजधानीस्थित बाजेको सेकुवामा छापा, रेष्टुराँकाे काराेबार राेक्का हाेटल शिल

काठमाडौँ । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौँका विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेष्टुराँ छापा मारेको छ । समितिले सुन तस्करीमा संलग्न रहेका चेतन भण्डारीले सञ्चालन गरेको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तीसपुतली, कमलपोखरी र गैरीधारास्थित सेकुवा रेष्टुराँमा छापा मारेको हो । जिल्ला अदालत मोरङको अनुमति प्राप्त गरी रेष्टुराँको कारोबार रोक्का र होटल बन्द गराई शिलबन्दी गरिएको समितिले जनाएको छ । सुन तस्करीपछि फरार रहेका भण्डारीलाई यसै प्रकरणमा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको थियो । समितिका अनुसार बाजेको सेकुवा नाममा हाल १० रेष्टुराँ सञ्चालनमा रहेका छन् जसमध्ये पाँच वटा भण्डारी र एउटा उनको सालोको नाममा रहेका छन् । रासस

एनआईसी एशिया बैंकको दुई नयाँ शाखा कञ्चनपुर र महोत्तरीमा

काठमाडौं । एनआईसी एशिया बैंकले थप दुई नयाँ शाखा कञ्चनपुरको बेदकोट र महोत्तरीको सम्सीमा सञ्चालनमा ल्याएको छ । उक्त बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले बेदकोटको र सम्सी गाँउपालिकाका अध्यक्ष मोशेख फारुकले सम्सी शाखाको उद्घाटन गरेका हुन् । बैंकले हाल २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

गृहमन्त्री बादलले अब विद्युत चोरी नियन्त्रण गर्ने (निर्णयसहित)

काठमाडौं । गृह मन्त्रालय र उर्जा मन्त्रालयको सहकार्यमा विजुली चोरी नियन्त्रण हुने भएको छ । गृह मन्त्रालयमा बुधबार बसेको सयुक्त बैठकले विद्युत चुहावट नियन्त्रण गर्ने निर्णय भएको हो । प्राधिकरणको प्रणालीमा चैतसम्ममा २०.०६ प्रतिशत विद्युत चुहावट रहेको छ । आर्थिक वर्ष ०७३÷७४मा चुहावट २२.९ प्रतिशत थियो । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने ,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा बितरण लाइनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।     यस्तो छ मन्त्रालयले गरेको संयुक्त निर्णयहरु