
काठमाडौं । सरकारले धारा, ढल, बिजुली र टेलिफोन सेवा विस्तारका लागि पिच सडक खन्न प्रतिवन्ध लगाएको छ ।
वर्षायाममा सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितीमा ल्याउन नसकिने र सडक पनि बिग्रिदै जाने भएकाले खन्न प्रतिवन्ध लगाएको सडक विभागले जनाएको छ ।
विभागका अनुसार असार १ गतेदेखि भदौमसान्तसम्म ३ महिना पिच सडक खन्न नपाइने भएको छ । पिच सडक खन्नलाई स्वीकृति नदिन विभागले सडक कार्यलयहरुलाई परिपत्र समेत गरेको छ । स्वीकृति नलिई जवर्जस्ती सडक खनेको पाइए कडा कार्वाही गर्ने विभागले चेतावनी दिएको छ ।