काठमाडौं । एनआईसी एशिया बैंकले थप दुई नयाँ शाखा कञ्चनपुरको बेदकोट र महोत्तरीको सम्सीमा सञ्चालनमा ल्याएको छ । उक्त बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले बेदकोटको र सम्सी गाँउपालिकाका अध्यक्ष मोशेख फारुकले सम्सी शाखाको उद्घाटन गरेका हुन् ।
बैंकले हाल २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।