विकासन्युज

थोरै विद्यार्थी लिन्छौं र १०० प्रतिशत सफल बनाउँछौं- राजन खड्का

नेपाली युवाहरु देशमा स्तरीय शिक्षाको अभाव देखाउँदै विदेशिने परम्पराले निरन्तरता पाइरहेको छ । देशमानै प्राविधिक र राम्रो शिक्षा उपलब्ध हुन नसक्दा युवा वर्ग अध्ययनका लागि विदेशिन बाध्य छन् । यसरी बाहिर गएर पढ्न चाहने विद्यार्थीहरुलाई परामर्श दिने र आवश्यक सहयोग गर्ने उद्देश्यका साथ आज विभिन्न कन्सल्टेन्सीहरुले सेवा विस्तार गरिरहेका छन् । तिनै कन्सल्टेन्सीहरु मध्येमा पर्दछ काठमाडौंको बागबजार स्थित ब्रेभ एजुकेशनल कन्सलटेन्सी पनि । यस कन्सल्टेन्सीले ९ वर्षदेखि जापान र अष्ट्रेलियामा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदे आइरहेको छ । प्रस्तुत छ यसै कन्सल्टेन्सीका सञ्चालक तथा शैक्षिक परामर्श संघ नेपाल (इक्यान) को कार्यसमिति सदस्य राजन खड्कासँग विकासन्युजका राजाराम न्यौपानेले गरेको कुराकानी :- राजन खड्का, सञ्चालक, ब्रेभ  एजुकेशनल कन्सल्टेन्सी, बागबजार कन्सल्टेन्सी कस्तो खालको व्यवसाय हो ? यो सेवामुलक व्यवसाय हो । हामीले विद्यार्थीलाई विदेशमा अध्ययन गर्दा के हुन्छ, त्यहाँ गएर कसरी अध्ययन गर्ने, कस्ता खालका कोर्षहरु हुन्छन् र कति समयमा कोर्ष सकिन्छ भन्ने जस्ता कुरा बुझाउने हो । शैक्षिक परामर्शकर्ता भएको नाताले विद्यार्थीको शैक्षिक भविष्यको बारेमा उचित परामर्श दिने गर्दछौं । नेपाली विद्यार्थीहरु के कारणले विदेश अध्ययन गर्न जान्छन् ? नेपालमा राम्रो शिक्षाको व्यवस्था नभएर विदेश अध्ययन गर्न जाने गरेका छन । नेपालमै बसेर अध्ययन गर्दा रोजगारको अवसर पाइँदैन । कुनै पनि विषयमा मास्टर्स नै गरियो भने पनि सोर्षफोर्स विना काम पाउन गाह्रो छ । विद्यार्थीले पढ्न चाहेको कोर्सहरु पनि छैन । नेपालको शैक्षिक अवस्था पछाडी परेको कारणले नै विद्यार्थीहरु अध्ययनको लागि विदेशिने गरेका हुन् । नेपालमा पढ्ने कलेज नभएर नै नेपाली विदेश अध्ययन गर्न गएका हुन् ? नेपालमा हुँदै नभएको भन्ने त हैन । तर जति चाहिने हो त्यती छैन । नेपालमा पनि बिस्तारै त्यस्ता खालका कलेजहरु खुल्दै छन् । त्यसैगरी जति छने ती पनि सहरमा मात्रै केन्द्रित भएका छन् । विश्वमा बिक्ने खालको शिक्षामा पनि कमि छ । रोजगारी र सिपमुलक शिक्षाको पनि देशमा कमि छ । नेपालले विदेशमा विद्यार्थी पठाँउदा के पाउँछ ? नेपालबाट विद्यार्थी विदेशीएकोमा देशलाई घाटा छ । नेपालबाट अरबौं पैसा विदेशीइरहेको छ । देशका युवाहरुको श्रम अन्य देशले लुटिरहेका छन् । नेपालीहरुले बहिर गर्ने जति दुख नेपालमा गरेका भए देशमा आज धेरै परिवर्तन हुने थियो । अर्काे अर्थमा नेपालीहरुले विदेशमा गरेको अध्ययन, कामको अनुभव र सिपको प्रयोग यता आएर गरेमा देशको अवस्था चाँडै नै राम्रो बन्न सक्छ । नेपालबाट गएका विद्यार्थीहरु थोरै मात्र नेपाल आएको पाइन्छ । उतै बसेका विद्यार्थीहरुले के काम गर्छन् ? ग्रास लेबल, होटल, ड्राइभिंग, स्टोर र क्याफे लागायतका ठाउँमा काम गर्ने गरेका छन् । धेरै विद्यार्थी उतै नै बस्ने सपना बोकेर गएका हुन्छन् । उनिहरुले उतैको पिआर लिने गरेका छन् । नेपालबाट गएका विद्यार्थीहरुले नेपालको भन्दा त्यहाँको सबै कुरा राम्रो देख्ने गरेका छन् । नेपालले पनि त्यस्ता विद्यार्थीहरुलाई नेपाल फर्कने वातावरण निर्माण गरेको पाइँदैन । नेपाल आउँदा उसले जिरो बाट नै सुरु गर्नु पर्छ । तपाइँको विचारमा हाल नेपालमा कति कन्सल्टेन्सीहरु सञ्चालनमा होलान् ? मेरो विचारमा शिक्षा मन्त्रालयमा दर्ता भएका २ हजार जति कन्सल्टेन्सीहरु छन् । दर्ता बिना पनि सञ्चालन भएका धेरै छन् । त्यसमा कुनै दर्ताको प्रक्रियामा पनि छन् । यसरी हेर्दा नेपालमा हाल २५ सयको हाराहारीमा कन्सल्टेन्सीहरु हुनुपर्छ । सरकारले समय समयमा अनुगमन गर्ने गर्छ नि, किन होला ? आजभोलि पनि सञ्चार माध्यमहरुमा कन्सल्टेन्सीहरुलाई छापा मारेको कुरा आहिरहेको छ । गलत नियतले खोलेको कन्सल्टेन्सीहरुलाई छापा मारिरहनु पर्छ । राम्रो काम गर्ने हाम्रोजस्ता कन्सल्टेन्सीहरु पनि ति कन्सलटेन्सीहरुको कारणले गर्दा बदनाम हुन पुगेको छ । नेपालबाट सीमापारी अध्ययन गर्न जाने विद्यार्थीहरु कुन वर्गका छन् ? पहिले उच्च र मध्यम वर्गका विद्यार्थीहरु मात्र अध्ययनका लागि विदेश जाने गरेका थिए । अहिले त्यसमा निम्न वर्गका पनि थपिएका छन् । यो कन्सल्टेन्सीले विद्यार्थीलाई जापान र अष्ट्रेलिया पठाउँछ भन्नुभयो । नेपाली विद्यार्थीका लागि जापान र अष्ट्रेलिया कस्तो गन्तव्य हो ? जापान र अष्ट्रेलिया अहिले सबै विद्यार्थीको क्रेज बनेको छ । अन्य देशको तुलनामा यी देशहरु बढि सुरक्षित भएकोले गर्दा पनि यस्तो भएको हो । त्यसैगरी त्यहाँ पढाइ सकेर प्राप्त हुने सर्टिफिकेट पनि संसारभर मान्यता पाइने भएकोले गर्दा पनि नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया र जापान राम्रो गन्तव्य हो भन्ने मलाई लाग्छ । नेपालबाट धेरै विद्यार्थीहरु पढ्न जाने देश कुन कुन हुन् ? पछिल्लो तथ्याङ्क अनुसार नेपालबाट धेरै विद्यार्थी अष्ट्रेलिया गइरहेका छन् । अष्ट्रेलिया बाहेक जापान, अमेरिका, जर्मनी, डेनमार्क, चीन, भारत, जापान लगायतका देशमा पनि गएका पाइन्छन् । विद्यार्थीले विदेश अध्ययन गर्न जाँदा के बुझनु पर्छ? अरुको देखासिकीमा विदेश अध्ययन गर्न जानुभन्दा पनि विद्यार्थीले आफू जाने देशको बारेमा राम्रोसँग बुझेर मात्र जानु पर्छ । त्यहाँ गएर कुन र कस्तो कोर्ष पढ्ने र ति कोर्षहरु कति समयमा सकिन्छ भन्ने जस्ता कुराहरु बुझनु पर्छ । त्यहाँको नीति कस्तो छ, कति काम गर्न पाइन्छ जस्ता कुराहरु पनि विद्यार्थी आफैंले बुझ्न जरुरी छ । त्यसमा परामर्शदाताले कस्तो भूमिका खेल्नुपर्छ ? हामीले पढ्न जाने विद्यार्थीलाई त्यहाँको सबै सत्य तथ्य जानकारी इमान्दारिताका साथ दिनुपर्छ । पैसा कमाउने उद्देश्यले मात्र परामर्शको काम गर्नु हुँदैन । विद्यार्थीको भविष्यप्रति पनि जिम्मेवार बन्नुपर्छ । विद्यार्थीको आर्थिक र शैक्षिक अवस्था हेरेर सोही अनुसारको शिक्षण संस्थाको छनौट गरिदिनु पर्छ । जापान र अष्ट्रेलिया पढेपछिको अवसरका बारेमा पनि स्पष्ट पारिदिनुपर्छ ।

सुजाता कोइरालाले भनिनः कोईरालाको नेतृत्वमा काँग्रेस हुँदैमा राम्रै हुन्छ भन्ने छैन

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले काँग्रेसको नेतृत्वमा कोईरला हुने वित्तिकै राम्रो हुन्छ भन्ने नभएको बताएकी छिन् । रिपोर्टर्स क्लबमा आयोजीत कार्यक्रममा नेतृ कोइरालाले पार्टीमा काँग्रेसको नेतृत्व सँधै कोइराला परिवारमा नरहने भएकाले सक्षमहरुको अग्रसरता लिनुपर्ने धारणा राखिन् । ‘‘सधैँ कोइराला परिवार रहँदैन,कोइराला हूँदैमा सबै राम्रो हुन्छ भन्ने छैन, कोइरालाहरु भ्गवान पनि होइनन्, तर विपिको सिद्धान्त लागु गर्न सक्ने व्यक्ति चाहिन्छ ।”–उनले भनिन् । तीनै तहको निर्वाचनमा पार्टीले पराजय व्यहोरेकाले सभापति शेर बहादुर देउवा असफल भएको र अब सक्षम युवा पुस्ताले काँग्रेसको जिम्मेवारी लिनुपर्ने समय आएको पनि बताईन् । पार्टीको नीति, सिद्धान्त र विचार भन्दाबाहिर जानखोज्नेलाई नेतृत्वदिननहुने उनको तर्क थियो । सबै एकजुट भएर पार्टी सुधारतर्फ केन्द्रितहुन सके उपलब्धि हाँसिल हुनेमा आफू विश्वस्त रहेको नेतृ कोइरालाले बताईन् । फरक प्रसंगमा उनले नेपालका दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध एक नासले अगाडि बढाउनु पर्नेमा जोड दिइन् । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको सन्दर्भमा उनले नेपालको हितमा हुनेगरि भ्रमणलाई केन्द्रित गर्न सुझाब दिइन् । उनले भनिन्,‘भारत र चीन दुवै देशबाट नेपालले फाईदा लिन सक्नुपर्छ, दुवैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ ।’

ऋणमा र प्लटिङ रोक्का छिचोल्ने संघर्षमा रियलस्टेट क्षेत्र

काठमाडौं । नेपालको रियल स्टेटमा क्षेत्र राष्ट्र बैंकले ऋण लगानीमा व्यापक कटौती गर्दै आएको छ । कृषि, भूमि व्यवस्था तथा शहकारी मन्त्रालयले कृषि योग्य जमिनमा प्लटिङ गर्न रोक लगाएको छ । त्यति मात्रै नभएर जग्गा कित्ता काटमै पनि यतिबेला निकै झमेला खेप्नुपर्छ । रियल स्टेट क्षेत्र अहिले ऋण र प्लटिङमा गरिएको कडाईलाई छिचोल्ने संघर्ष गरिरहेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले रियल स्टेट र आवास कर्जाको सीमा बढाउनु पर्ने बताए । ‘आवास कर्जाको सीमा २ करोड बनाईयोस्, त्यो भन्दा कम मूल्यमा घर बन्न छाडिसक्यो’, नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढुंगानाले भने । वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले पनि उपत्यका भित्रको ४० र बाहिरको ५० प्रतिशतको सीमामा रहेको कर्जा सीमालाई ६० प्रतिशत बनाउनुपर्ने बताए । उनले व्यक्तिगत आवास कर्जाको सीमा पनि १ करोड ५० लाखबाट वृद्धि गरेर २ करोड बनाउनुपर्ने बताए । नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मिनमान श्रेष्ठले व्यक्तिगत तर्फको आवास कर्जाको सिमा ७० प्रतिशत र रियल स्टेट तर्फको ६० प्रतिशत बनाउनुपर्ने धारणा राखे । उनले २०७४ फागुन २ गतेदेखि कित्ता काटमा नरोक्ने परिपत्र आएपनि लागु नभएको बताए । बैशाख मसान्त अवधिमा रियल स्टेट र आवास कर्जामा गरि कुल २ खर्ब ३८ अर्ब रुपैंयाँ कजौ प्रवाह भएको देखिन्छ । आवास कर्जामा एक खर्ब ९६ अर्ब ८८ करोड पाँच लाख रुपैंयाँ कर्जा प्रवाह भएको छ भने रियलस्टेटमा १७ अर्ब ७० करोड कर्जा प्रवाह भएको छ । जबकी पुस मसान्तमा यस्तो कर्जा ३ खर्ब २१ अर्ब ६० करोड रुपैंयाँ थियो । मौद्रिक नीतिको मध्यावधि समिक्षाले काठमाडौं उपत्यका भित्र रियल स्टेट कर्जा ४० प्रतिशतमा झारिदिएको थियो । त्यस अघिसम्म रियलस्टेट कर्जा ५० प्रतिशतसम्म पाउने सुबिधा थियो । उपत्यका बाहिरका हकमा भने ५० प्रतिशत नै कर्जा पाउने सुबिधा प्राप्त थियो । मध्यावधिक समिक्षा अवधिसम्म कुल कर्जामा रियल स्टेट कर्जाको हिस्सा १४.६ प्रतिशत थियो । यसमै व्यक्तिगत आवासिय कर्जालाई समेत समावेश गरिएको थियो । तर बैशाख महिनामा आईपुग्दा भने कुल कर्जामा रियल स्टेट कर्जाको हिस्सा २ खर्ब १३ अर्ब ८८ करोड ७० लाखमा झरेको छ । जबकी चैत मसान्तमा त्यस्तो कर्जाको हिस्सा ३ खर्ब ३२ अर्ब थियो जुन कुल कर्जाको १४.४ प्रतिशत हुन्थ्यो । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षाबाट व्यक्तिगत आवासिय कर्जाको सिमालाई एक करोडबाट बढाएर एक करोड ५० लाख बनाएको थियो । अहिले भने बैंक तथा वित्तिय संस्था र रियल स्टेट व्यवसायीले रियल स्टेट कर्जालाई ६० प्रतिशत बनाउनुपर्ने माग गरिरहेका छन् । यद्यपी राष्ट्र बैंकले भने उत्पादन मुलक क्षेत्रमा लगानी बढाउनुपर्ने परिस्थिती आएको बताउँदै आएको छ ।

एउटै एक्स्पोमा ५५ वटा अपार्टमेन्ट बुक भयो- शाक्य

क्लासिक टावर अपार्टमेन्ट २०११ मा सुरु भएको हो । यो क्लासिक डायमण्ड ज्वेलर्सबाट क्लासिक डेभलपर्स कम्पनीको स्थापना गरिएको हो । कम्पनीले सातदोबाटोबाट २ सय मिटर भित्र सुबिधा सम्पन्न अपार्टमेन्टहरु निर्माण गरेर बिक्री गरिरहेको छ । ९ रोपनी जमिनमा फैलिएको क्लासिक टावरमा १६७ वटा अपार्टमेन्ट छन् । २ बेडरुम देखि ६ वेड रुमसम्मका अपार्टमेन्ट छन् । हामीसँग ७३० स्क्वायर फिटदेखि १५०० स्क्वायर फिटसम्मका अपार्टमेन्ट छन् । ती अपार्टमेन्टहरु ७५ लाखदेखि एक करोड २५ लाखसम्ममा उपलब्ध छन् । आजका दिनमा पनि हामी प्रति स्क्यावर फिट अपार्टमेन्ट १० हजार रुपैंयामा बिक्री गरिरहेका छौं । एक्स्पोबाट बुकिङ गर्नेहरुका लागि मोडुलर किचेन, १.५ टनको एसी र ३ प्रतिशतसम्म नगद छुटको व्यवस्था गरेका छौं । अघिल्लो एक्स्पोपछि ५५ वटा अपार्टमेन्ट बेचेका थियौं । अब ४० वटा अपार्टमेन्ट बेच्न बाँकी छ । एक्स्पोबाट २५ वटा जति अपार्टमेन्ट बुकिङ हुने अपेक्षा गरेका छौं । प्राइम लोकेशन, सपिङ महलहरु नजिकै हुनु, राम्रा स्कुलहरु नजिकै छन् । हस्पिटल पनि नजिकै छ । क्लासिक टावरको १३ औं तल्लाबाट पूरै काठमाडौंको दृश्यावलोकन गर्न सकिन्छ । अहिले १३ तल्लाको भवनमा अपार्टमेन्ट बेचिरहेका छौं । यो भूकम्प प्रतिरोधी भवन हो । भूकम्पछि भवनहरुमा कुनै पनि क्षति नभएकाले क्लासिक टावरले छुट्टै पहिचान बनाएको छ । क्लासिक टावरको यो पहिलो परियोजना हो । मूल्य, लोकेशन, गुणस्तर जस्ता सबै कुराले क्लासिक टावरले मानिसहरुलाई आकर्षित गरिरहेको छ । हामी अहिलेसम्म अपार्टमेन्टमा मात्रै काम गरिरहेका छौं । डेढ वर्षपछि हाउजिङ निर्माण थाल्दैछौं । दोस्रो परियोजनाका रुपमा हाउजिङ र ६/६ तले अपार्टमेन्ट बनाउने योजना सुरु गर्दैछौं । अहिले नेपालमा अपार्टमेन्टहरु प्रति आकर्षण बढिरहेको छ । जग्गा किनेर घर बनाउँदा तीन करोड जति पर्न जान्छ तर हामी तयारी अवस्थाका अपार्टमेन्टहरु अधिकतम १ करोड २५ लाख रुपैंयाँमा बेचिरहेका छौं । काठमाडौंमा घर बनाउन जमिनको अभाव छ, त्यसकारण अपार्टमेन्टमा जान सबैले प्रेरित गरिरहेका छन् । अपार्टमेन्ट वा हाउजिङरुमा बत्ति, पानी, सुरक्षा, लगायतका सबै कुराको राम्रो प्रबन्ध हुन्छ । (शाक्य क्लासिक डेभलपर्स प्रा.लि. का सिनियर मेनेजर हुन् ।)

एसबिआई बैंकको सञ्चालकमा दुई जना नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन् । बैंकले संस्थागत सेयरधनीको तर्फबाट आरएस रमेश र कर्मचारी संचय कोषको तर्फबाट विष्णुप्रसाद पौडेलाई संचालक समितिमा नियुक्त गरेको हो । कम्पनीको असार २ गते बसेको ४२३औँ संचालक समितिको बैठकले दुई जनालाई नियुक्त गरेको हो । साथै, यसअघि कम्पनीको संचालक पदबाट भिके त्यागी र बैकल्पिक संचालकको पदबाट धुब्र भट्टराईले सोही दिनदेखि लागू हुने गरी राजिनामा दिएका छन् ।

एसइई परीक्षाको नतिजा एक साताभित्र

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको जानकारी दिए । उनले भने-“नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेका छौँ, कुनै प्राविधिक गडबढी भएन भने पाँच दिनभित्र नतिजा सार्वजनिक गछौँ ।” यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । रासस

अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई बर्ष मात्रै

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा २ बर्षपछि मन्त्रीबाट हट्ने भएका छन् । गोला प्रथा गर्दा खतिवडाको राष्ट्रिय सभामा पदावधि आगामी २ बर्ष मात्रै कायम भएको हो । नयाँ संबिधानले संघिय संसदको सदस्य नरहेका व्यक्तिलाई मन्त्री बनाउँदा ६ महिना भित्र सदस्य बनाइसक्नुपर्ने उल्लेख गरेको छ । राष्ट्रिय सभा सदस्यहरुले पदावधि सम्बन्धी गोला प्रथा गर्दा खतिवडाले २ बर्ष कार्यकाल हुने चिठ्ठा तान्न पुगेका हुन् ।

‘मैले ५ पटक पेनाल्टी मिस गरे तर म अझै कडा म्यरोडोना’

काठमाडौं । अर्जेन्टिनाका पुर्व स्टार स्ट्राइकर म्यरोडोनाले मेसीलाई निराश नहुन आग्रह गरेका छन् । म्यरोडोनाले आफुले जिवनमा ५ पटक पेनाल्टीमा गोल नगरेको भन्दै मेसीलाई सहानुभुति दिएका हुन् । खेल हेर्न रसिया पुगेका म्यरोडोनाले मेसीले पहिलो खेलमै पेनाल्टी प्रहार गर्न नसकेकोप्रति निराश हुने कुनै कारण नभएको उनले बताएका हुन् । उनले अग्रेजी अनलाईन गोलसंग बोल्दै भने-‘मैले जीवनमा ५ पटक पेनाल्टी मिस गरेको छु । तर म अहिले पनि म्यरोडोनाका नामले प्रसिद्ध छु ।’