अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई बर्ष मात्रै

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा २ बर्षपछि मन्त्रीबाट हट्ने भएका छन् । गोला प्रथा गर्दा खतिवडाको राष्ट्रिय सभामा पदावधि आगामी २ बर्ष मात्रै कायम भएको हो । नयाँ संबिधानले संघिय संसदको सदस्य नरहेका व्यक्तिलाई मन्त्री बनाउँदा ६ महिना भित्र सदस्य बनाइसक्नुपर्ने उल्लेख गरेको छ । राष्ट्रिय सभा सदस्यहरुले पदावधि सम्बन्धी गोला प्रथा गर्दा खतिवडाले [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा २ बर्षपछि मन्त्रीबाट हट्ने भएका छन् । गोला प्रथा गर्दा खतिवडाको राष्ट्रिय सभामा पदावधि आगामी २ बर्ष मात्रै कायम भएको हो ।

नयाँ संबिधानले संघिय संसदको सदस्य नरहेका व्यक्तिलाई मन्त्री बनाउँदा ६ महिना भित्र सदस्य बनाइसक्नुपर्ने उल्लेख गरेको छ ।
राष्ट्रिय सभा सदस्यहरुले पदावधि सम्बन्धी गोला प्रथा गर्दा खतिवडाले २ बर्ष कार्यकाल हुने चिठ्ठा तान्न पुगेका हुन् ।

Share News