विकासन्युज

शिखर इन्सुरेन्सले फोटो पत्रकारहरुको बीमा गर्दिने, विभिन्न विधामा कुल ८ लाख रूपैयाँ

काठमाडौं । शिखर इन्सुरेन्स र फोटोपत्रकार क्लबले आइएमइ ग्लोबल आइएमइ नेपाल फोटो प्रतियोगिता २०७५को ‘नेपाल स्माईल बिधा’ प्रयोजनका साथै फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बीमा सम्झौता गरेका छन् । उक्त सम्झौतामा शिखर ईन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । आईएमई ग्लोबल आईएमई नेपाल फोटो प्रतियोगिताको नेपाल स्माईल बिधामा प्रायोजन गरेको शिखर ईन्सुरेन्सले २०७५ सालका लागी फोटोपत्रकारहरुको क्यामेरामा २ लाख, स्वास्थ्यमा २ लाख र दुर्घटनामा ४ लाख गरी जम्मा ८ लाखको बीमा गर्ने सम्झौता गरेको हो । यस बीमा नितिलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने गरेर सम्झौता भएको हो । कार्यक्रममा शिखर ईन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले फोटोपत्रकारसँग गरिएको बीमा सम्झौताले नेपाली फोटोपत्रकारीता क्षेत्रमा नयाँ मोड लिएको बताउँदै यसलाई अझ फराकिलो दायरामा लैजाने जानकारी दिए । यस बीमा अन्तगर्त फोटोपत्रकारहरुको क्यामरा चोरी तथा सफ्टवयेरका बिग्रेको अबस्था बाहेक अन्य (दुर्घटना, हुलदंङ्गा, प्रकृतिक प्रकोप) अबस्थामा क्लबको सिफारिसमा बीमा दाबी गर्न सकिनेछ । फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्कीले शिखर ईन्सुरेन्ससँगको सहकार्यले फोटोपत्रकारहरुलाई निर्धक्क साथ आफ्नो जिम्मेवारीमा लाग्न प्रेरित गरको बताए । अन्य मानिसहरु जान नचाहाने ठाँउहरुमा समेत नेपाली फोटोपत्रकारहरुले प्राय आफ्नै उपकरण प्रयोग गदै जिउज्यान तथा उपकरणको समेत जोखिम मोलेरै तस्बिर संकलन तथा संम्प्रेषण गदै आएको अबस्था यस बीमाले फोटोपत्रकारहरु क्षतिको आर्थिक भारबाट मुक्त भएको बिचार ब्यक्त गरे । शिखर ईन्सुरेन्स र फोटोपत्रकार क्लब बिच भएको सहकार्यलाई लामो समयसम्म निरन्तरता दिने बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले आगामी दिनमा स्वास्थ्य बीमा अन्तर्गत फोटोपत्रकारहरु मात्रै नभई उनीहरुसग आश्रित परिवारको बिमा समेत आपसी सहमतीबाट तय गदै जाने जानकारी दिए । फोटो पत्रकार (पिजे) क्लबले नेपाल पर्यटन बोर्डसगकोे सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रयोजनमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरीसकेको छ भने यही असार ६ गते मध्यरातमा १२ बजेसम्ममा प्रतियोगिता सहभागी जनाउन सक्नेछन् । सबै नेपाली सहभागी जानाउनसक्ने यस नेपालकै ठूलो फोटो प्रतियोगितामा विभिन्न सात विधामा प्रतिस्पर्धा भईरहेको यस प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले क्लबको आधिकारिक वेभसाइट www.pjclub.com.np मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सक्नेछन् । नेपाल पर्यटन बोर्डको सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन हुन लागेको प्रतियोगितामा अर्घाखाँची सिमेन्ट न्यूज फोटो, आईएमएस डेली लाइफ, #एक्सपिरीयन्स नेपाल कल्चर एण्ड टुरिजम, नेचर एण्ड वाईल्डलाइफ, शिखर ईन्स्योरेन्स नेपाल स्माईल, डिस एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् । प्रत्येक विधामा प्रतियोगीले बढीमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् । यस प्रतियोगिता तथा प्रर्दशनीलाई बिपी कोइराला भारत–नेपाल प्रतिष्ठान, साहस स्पोर्टस, सिटी एक्सप्रेस, रियो फ्रुट जुस, एडभेन्चर स्पोर्टस, भायनेट, राष्ट्रिय खेलकुद परिषदलगायतका संस्थाहरुले सहयोगीको भूमिका गरेका छन् । ५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशी रहेको प्रतियोगिताको मुख्य विधा आइएमई-ग्लोबल आइएमई बैंक फोटो अफ दि इयरको विजेताले १ लाख रुपैयाँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् ।

चौधरी फाउण्डेसनले लागू गर्यो विभिन्न विद्यालयमा ‘डिजिटल क्लासरूम’, प्राविधिक सामाग्री सहयोग

काठमाडौं । चौधरी फाउण्डेसनले तीन वटा विद्यालयमा ‘डिजिटल क्लासरूम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ । सूचना प्रविधिमा आधारित विश्व ब्यापी अध्ययन/अध्यापनको पहु्ँचमा नेपाली बालबालिका पनि पुग्न सकून् भन्ने सोचका साथ यो अवधारणा कार्यान्वयनमा ल्याइएको हो । पहिलो चरणमा नवलपुरका दुई र सिन्धुपाल्चोकको एक विद्यालय डिजिटल क्लासरूम परियोजनाका लागि छनौट भएका छन् । जसमा नवलपुरकाे शान्ति श्रृजना आधारभूत विद्यालय र कावासोतीकाे कालिका आधारभूत विद्यालय रहेका छन् । चौधरी फाउण्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरीले नवलपुरका दुई विद्यालयमा स्थापित डिजिटल क्लासरूमको शनिवार छुट्टाछुट्टै कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । यस परियोजनाअन्र्तगत पहिलो चरणमा प्रत्येक विद्यालयले सातवटा ल्यापटप, चारवटा डेक्सटप, ३२ इन्चको एउटा एलजी टेलिभिजन र प्रोजेक्टर प्राप्त गरेका छन् । डिजिटल क्लासरूमको विस्तारमा पनि फाउण्डेसनले सहयोग गर्नेछ । अध्यक्ष चौधरीले विश्वमा अहिले साक्षरताको परिभाषा परिवर्तन भएको भन्दै कम्प्युटर शिक्षा र अंग्रेजी भाषाको ज्ञान भएको व्यक्तिलाई मात्रै साक्षर मान्ने प्रचलन विकास भएको बताए । विश्वब्यापी यस्तो वातावरणमा नेपाली बालबालिकाको भविष्य सुरक्षित बनाईदिन कम्प्युटर, इन्टरनेटका माध्यमद्वारा डिजिटल क्लासरूमहरू स्थापना गर्नुको विकल्प नरहेको बताएका छन् । ‘डिजिटल क्लासरूम मार्फत् मात्रै हामीले हाम्रा विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सम्भव हुनेछ’, अध्यक्ष चौधरीले भने– शिक्षाको गुणस्तर सुधार्न यो अभियानलाई द्रुतगतिमा राष्ट्रब्यापी बनाउन आवश्यक छ । यसका लागि सरकार, निजी क्षेत्र र फाउण्डेसनहरूबीचमा सहकार्यको खाँचो छ ।’ डिजिटल क्लासरूम संचालन गर्न फाउण्डेसनले सूचना प्रविधिमा दख्खल भएका शिक्षकलाई तालिम पनि दिएको छ । डिजिटल क्लासरूमको अवधारणा कार्यान्वयनमा ल्याएकोमा अभिभावक र शिक्षकहरूले प्रसन्नता व्यक्त गरेका छन् । शान्ति श्रृजना आधारभूत विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष रामथापाले विद्यार्थीको सिकाइ प्रकृयामा यस अवधारणाले सकारात्मक प्रभाव पार्ने बताउँदै फाउण्डेसनप्रति कृतज्ञता व्यक्त गरे । सिन्धुपाल्चोकको विद्यालयमा निकट भविष्यमै डिजिटल क्लासरूम उद्घाटन गर्ने कार्यक्रम छ । डिजिटल क्लासरूम संचालन गरिएका विद्यालयसहित पाँच विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था समेत मिलाईएको छ । विदेशबाट ‘वाटर फिल्ट्रेसन सिस्टम’ आयातगरि अन्तर्राष्ट्रिय मापदण्डमा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको हो । यस प्रणाली प्राप्त गर्ने विद्यालयहरूमा शान्तिश्रृजना आधारभूत विद्यालय, सकलादेवी माध्यमिक विद्यालय, नवजागरण आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालय रहेका छन् । विद्यार्थी, शिक्षक एवं स्थानीयवासीले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको शुद्ध खानेपानी पाएका छन् । अध्यक्ष चौधरीले यी सबै परियोजनाको उद्घाटन गरि शुद्ध खानेपानी प्रणाली समेत विद्यालयहरूलाई हस्तान्तरण गरेका छन् ।

गण्डकी विकास बैंकको तीन शाखा विस्तार, असारसम्म थप १५ वटा संचालनमा ल्याउने

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले थप तीन नयाँ शाखा विस्तार गरेको छ । बैंकले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ्ग तथा लामाचौरमा नयाँ कार्यालयहरुको विस्तार गरी कारोबार शुरु गरेको छ । यो संगै बैंकको शाखा सञ्जाल विभिन्न ६२ स्थानमा पुगेको छ । बंैकका उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप परिचालन, विभिन्न प्रकारका कर्जा प्रवाह गर्नुका साथै ग्राहकका लागि आधुुनिक बैंकिङ्ग सेवा प्रदान गरिने जनाईएको छ । साथै बैकका विभिन्न ठाउँमा १५ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यी शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैंकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट बैंकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले बताए ।  

केपी ओलीको चीन भ्रमणसँगै रेल निर्माणले गति लिन्छः भीम रावल

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसँगै रेल निर्माणले गति लिने दावी गरेका छन् । उनले ओलीको चीन भ्रमणसँगै केरुङ–काठमाडौं रेलमार्ग निर्माणले गति लिने दावी गरेका हुन् । उनले रसुवागढी हुँदै नेपाल र चीन जोड्ने रेल निर्माणको सहमतिलाई ठोस रुपमा कार्यान्वयन गर्ने पहल पनि यो पटकको भ्रमणमा हुने विश्वास दिलाए । उनले भने,‘अहिलेसम्म आएको जानकारी अनुसार वर्तमान प्रधानमन्त्री नै प्रधानमन्त्री हुनु भएको बेलामा १० बुँदे सहमति भएका थिए, ती १० विषयहरुका साथसाथै अरु थप विषयहरुमापनि सहमति तथा सम्झौता हुने कुरा जानकारीमा आएको छ, प्रधानमन्त्रीको यो भ्रमणसँगै रेल निर्माण सहमतिले गति लिन्छ ।’ राजधानीमा आयोजीत एक कार्यक्रममा रावलले चीनसँग पारवाहन तथा यातायातसम्बन्धी सम्झौताबारे प्राटोकलमा हस्ताक्षर हुनसक्ने पनि जनाए । यसअघि चीनसँग भएको १० बुँदे सहमतिहरुमा सबैभन्दा महत्वपूर्ण, उल्लेखनीय र दिर्घकालिन चरित्रको विषयहरुमा नेपालले चीनीयाँ भूमी भएर पारवाहन सुविधाको उपभोग गर्न पाउने कुरा रहेको बताउँदै रावलले भने,‘हामीले यसभन्दा अगाडि जहिल्यैपनि पारवाहन सुविधाको कुरा गर्नेवित्तिकै भारतमात्रै गर्ने कुरा थियो, तर अब त्यसो होईन, नेपालले भारतबाटपनि चीनबाटपनि भुपरिवेष्ठित मुलुकको हैसियतबाट पारवाहन सुविधा लिनसक्छ, पाउँछ, यो अन्र्तराष्ट्रिय कानूनबाट प्रदत्त कुरा हो भन्ने कुरालाई हामीले स्थापित गरेका छौं ।’  

३७ लाख मै सिभिल होम्सको अपार्टमेन्ट किन्न सकिन्छ- सुदर्शन पराजुली

सुदर्शन पराजुली–म्यानेजर सेल्स एण्ड मार्केटिङ, सिभिल ग्रुप प्रपर्टी एक्स्पोमा सिभिल होम्स्को स्टलमा अवलोकनकर्ताले के के पाउँछन् ? नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गर्ने हरेक एक्स्पोमा हाम्रो कम्पनी सिभिल होम्स सहभागी हुँदै आएको छ । मेलामा आउने अवलोकनकर्तालाई हाम्रा विभिन्न प्रोजेक्टको बारेमा जानकारी दिनेछौं । कम्पनीले प्रदान गरेको छुटको बारेमा जानकारी गराउँछौं । साथै, सिभिल होम्सले गर्ने काम र प्रदान गर्ने सेवा, सुविधा लगायत सम्पूर्ण जानकारी ग्राहकले पाउनेछ । कम्पनीले अहिले कस्तो प्रोजेक्टलाई अघि बढाएको छ ? अहिले हाम्रो विभिन्न प्रोजेक्टहरु अघि बढिरहेको छ । जसमा फेज फोर धापाखेल, फेज सेभेन सितापाईला र फेज ९ गोदावरीमा सञ्चालनमा आएको छ । ती प्रोजेक्टहरुमा इण्डिभ्यूजल होम र अपार्टमेन्टहरुको बिक्री भइरहेको छ । हाम्रो घरको मोडल साढे २ तलाको छ । हामीले धापाखेलमा ३७ लाखको अपार्टमेन्टको बिक्री शुरु गरेका छौं । दुई टावर छन् । टावर ए र बी मध्ये बी सकिसकेको छ । अहिले ए टावरमा केही अपार्टमेन्ट बाँकी छन् । त्यसको लागि बुकिङ खुलाएका छौं । मेलाको अवसरमा के-कस्तो अफर छ ? हामीले विभिन्न अफर ल्याएका छौं । सोही योजना अन्तर्गत ३७ लाख रुपैयाँमा वान बेड रुमका अपार्टमेन्ट बिक्री गर्दैछौं । यस्ता अपार्टमेन्टहरुमा कम्तिमा ३५० स्क्वार फीट स्पेस हुन्छ । त्यस्तै त्योभन्दा बढीको टु बेड रुम र थ्री बेड रुम भएका अपार्टमेन्टहरु पनि छन् । उक्त अपार्टमेन्टहरुमा बेड रुमसहित एउटा लिविङ रुम, साथमा बाथरुम र किचन हुन्छ । अपार्टमेन्टको बिक्री भने धापाखेलको कोलोनिमा मात्रै छ । थ्री बेड रुमको आपर्टमेन्टलाई एक कोरोड रुपैयाँसम्म पर्छ । इण्डिभ्यिूजल घरहरुको मूल्य १ करोड ५५ लाखदेखि ३ करोड रुपैयाँसम्म पर्छ । ती घरहरुमा पनि अफर राखेका छौं । सितापाइलाको घरहरु १ करोड ९५ लाख रुपैयाँमा अफर दिएका छौं । गोदावरीमा अफर अन्तर्गत नै १ करोड ५५ लाख रुपैयाँदेखि बिक्री शुरु गरेका छौं । मेला सकिएपछि उक्त मूल्यमा पाइदैन । ती घरहरु साढे दुई आनादेखि चार आनासम्ममा बनेका छन् र साढे दुईतलाका छन् । ३/४ ओटा वेड रुम छन् । त्यसमा आफूलाई कस्तो मोडल, टाइपको मनपर्छ सोही अनुसार छनौट गर्न सकिन्छ । निर्माणाधिन, निर्माण भइसकेका घरहरु शुरुमै खरिद गर्न सकिन्छ । निर्माण भइरहेका घरहरुलाई समेत आफ्नो डिजाइन दिन सकिन्छ । त्यस्तै, हामीले मेला अबधिमा करिब ८५ युनिट अपार्टमेन्ट मध्ये ३० प्रतिशत र ‘इण्डिभ्यूजल’ ३० देखि ४० घर बुक हुने अपेक्षा गरेका छौं । ३७ लाख मूल्य भएको अपार्टमेन्टमा कति जनाको परिवार बस्न सकिन्छ ? विगतमा जस्तो ठूलो र संयुक्त परिवारमा अहिले विरलै हुन्छन् । अधिकांशको परिवार सानो र स्मार्ट हुन्छ । जसमा श्रीमान्, श्रीमती बच्चा हुन्छ । साथमा प्यारेन्ट्स भए पनि सहजै बस्न सकिन्छ । पछिल्लो समय अपार्टमेन्टप्रति मानिसहरुको आकर्षण बढिरहेको देखिएको छ । अहिले बजारमा ५० लाखभन्दा तलको अपार्टमेन्ट पाउन गाह्रो छ । सिभिल होम्स सबै माझ छाइसकेको कम्पनी भएकोले पनि हामीले भने शुरुको फेज भएको कारण कम मूल्यमा अपार्टमेन्ट बिक्री गरिरहेका छौं । पछि बिक्री बढ्दै जाँदा अहिलेको मूल्यमा दिन सक्दैनौं । भाउ पनि बढ्छ । ल्याण्ड प्रोपर्टीको भाउ क्षणभरमै बढ्न सक्छ । अन्य रियलस्टेट कम्पनी भन्दा सिभिल होम्समा के फरक छ ? सिभिल होम्सले एक्स्पो लगायतको अबधिमा जुन अफरहरु दिएको छ त्यस्तो अफर अरु कम्पनीहरुले दिएका छैनन् । सिभिल होम्सलाई बजारमा नम्बर वानको रुपमा लिने गरेका छन् । हाम्रो अफर अफोर्डएबल छ । हामीले ३/४ आनामा साढे २ तलाको, मोडर्न आर्किटेक्चरहरुको नयाँ कन्सेप्टमा घरहरु बनाएका छौं । भित्र फिनिसिङ समेत रहेको उक्त घरहरुलाई अफोर्डएबल मूल्यमा बजारमा उपलब्ध गराएका छौं । यस कम्पनीले बनाएका घरहरु राम्रो पृष्ठभूमि भएका व्यक्तित्वहरुले खरिद गरिरहेका छन् । त्यस्तै, हाम्रो घरहरु एकआपसमा टाँसिएका छैनन् । प्रत्येक घरमा बगैचाँ, गाडी राख्ने स्पेस छ । त्यसकारणले पनि हाम्रो प्रोजेक्ट छुट्टै छ । धापाखेलमा मात्रै ३ सय बढी घरहरु छन् । सितापाइला र गोदावरीमा ११० युनिटभन्दा बढी घर बनइरहेका छौं । कम्पनीको आगामी योजना के छ ? तत्काल हामीले उपत्यकामा मात्रै काम गरिरहेका छौं । हालसम्म राजधानीमा ९ फेजको प्रोजेक्ट सञ्चालन गरिसकेका छौं । अब राजधानीबाहिर जाने हाम्रो योजना छ । माग बढिरहेको छ । बाहिर लैजाने अवसर खोजिरहेका छौं । आगामी दिनमा अन्य विजनेश पनि थप्दैछौं । जसमा रेन्टल, लिजका घरहरुतर्फ काम गर्ने योजना बनाइरहेका छौं । कसैले सिभिल होम्सको घर अथवा अपार्टमेन्ट बेच्न चाहे, भाडामा लगाउन चाहे सहजीकरण गर्ने हो कि भन्ने छलफल अगाडि बढाएका छौं । करिब दुई दशकअघि स्थापना भएको सिभिल सेभिङ एण्ड को अपरेटीभबाट सिभिल ग्रुपको जन्म भएको हो । सिभिल ग्रुपअन्तर्गत सिभिल सेभिङस, सिभिल रियलस्टेट, बैंक, मनोरन्जन, सिनेमा, इन्जियरिङ, कन्सल्टेन्सी लगायत विभिन्न कम्पनी सञ्चालनमा छन् ।  

एमभी दुगडको मोटरसाइकल र्यालि सम्पन्न, ५० जना राइडरको सहभागिता

काठमाडौं । एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलस् प्रालिले “युथ इम्पावरमेन्ट थ्रु मोटरसाइकल स्पोर्ट” कार्यक्रम सम्पन्न गरेको छ । र्यालिमा ४२ वटा रोयल इन्फिल्ड मोटर साइकलमा ५० जना राइडर उपस्थित थिए । कम्पनीले असार २ गते उक्त स्पोर्टको सम्पन्न गरेको हो । अटोमोवाइलस्ले युवाहरुको सशक्तिकरण अनि खेल्कुदप्रति आकर्षणको लागी नेपाल ओलम्पिक कमिटिको सहयोगमा रोयल इन्फिल्ड (बुलेट) मोटरसाइल र्यालि आयोजना गरेको हो । उक्त र्यालिको उद्घाटन नेपाल ओलम्पिक कमिटिका प्रेसिडेन्ट तथा सांसद जिवन रामश्रेठबाट भएको थियो । र्यालि नेपाल ओलम्पिक कमिटिको भवनबाट शुरु भएको उक्त र्यालि पाटन, कुपण्डोल, त्रिपुरेश्वर, बसन्तपुर, टेकु, बल्खु हुदैँ झम्सिखेलको स्पोर्टस हाइभ एन्ड बारमा समापन भएको थियो । सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतना, खेल्कुदप्रतिको आकर्षण तथा स्वास्थ्य जीवन शैलीको सन्देश प्रवाह गर्ने र्यालिको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

म्याक लुब्रिकेन्ट्सको नयाँ प्याकेजिङ बजारमा, आकर्षक विशेषताका साथै ४ कलरमा पाइने

काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड( विपिसिएल) ले प्रमुख ब्राण्ड म्याक लुब्रिकेन्ट्सको पूर्ण नयाँ प्याकेजिङ रेन्जको नेपाली बजारमा शुभारम्भ गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता विपिसिएलका अध्यक्ष तथा म्यानेजिङ डाईरेक्टर डि. राजकुमार र सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी निर्देशक सिद्धार्थ शम्सेर जबराले गरेका छन् । सिप्रदी ट्रेडिङ्ग प्रा. लि. म्याक लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक विक्रेता हो । म्याक लुब्रिकेन्ट्सले सारै आकर्षक र नयाँ डिजाईनमा पूर्णरुपमा नयाँ रेन्जको प्याकेजिङको सुरुवात गरेको छ । नयाँ प्रविधि र वस्तुको कार्यगत क्षमताबाट उत्प्रेरित भएर आएको नयाँ प्याकमा भविष्यवादी जेन–एक्स प्रोफाईल भएकोले यसले बजारमा आफ्नो स्थान ओगट्ने कम्पनीको दाबी छ । नयाँ प्याकमा भएका मुख्य विशेषताहरु: ट्याम्पर ईभिडेन्ट क्याप – ग्राहकहरुको विश्वास जित्न र भरपर्दो प्रोडक्ट डेलिभरीको लागि । दुईवटा ह्याण्डल ग्रिप – सजिलै बोक्नको लागि टप ह्याण्डल र खन्याउन सजिलोको लागि साईड बटम ह्याण्डल । ह्याण्डलको ग्रिपमा यूनिक टेक्चर – नवीन प्रविधिबाट प्याक डिजाईन भएको प्रकटीकरण । गतिलो ग्रिपिङको लागि अगाडि पट्टि घुमाईएको प्रोफाईल – खन्याउने बेलामा सहज र सुरक्षित ग्रिपिङ सुनिश्चित गर्न । कम आवाज आउने गरी बनाईएको नेक – खन्याउदा एकनाश र राम्रो सँग फ्लो हुने र आवाज पनि कम आउने गरी बनाईएको नेक । नयाँ प्याकहरु विभिन्न चारवटा कलरहरुमा वर्गीकृत गरिएको छ । रातो – पेट्रोल ईन्जिन सेग्मेन्टको लागि गोल्ड – प्रिमियम सेग्मेन्टको लागि (पेट्रोल/डिजेल) नीलो ग्रे – डिजेलको लागि, गियर आयलको लागि, संरक्षित/विशेष सेग्मेन्टको लागि ग्रिन – कृषि सामग्री तथा पर्यावरण अनुकुल सेग्मेन्टको लागि ईन्जिनको पार्ट वरिपरि उर्जा भरिएको र प्रविधिको संयोजन भएको देखाउने गरी लेबलको डिजाईन गरिएको छ जसले प्रोडक्ट र यसका विशेषताहरुलाई पनि उर्जागर गर्ने गरी बनाईएको नयाँ प्याक यसको प्रस्तुति र ओभरअल लुकमा अद्वितीय छ । विपिसिएलको कार्यकारी निर्देशक (ल्यूब) भी आनन्दले भने, “हाम्रो नयाँ प्याकले विपिसिएलको नयाँ परिवर्तन वा नवीनताको मान्यता, ध्यान र विश्वसनीयतालाई दर्शाउँछ । आफ्ना सरोकारवालाहरुलाई सबैभन्दा राम्रो प्रोडक्ट दिने  प्रतिबद्धता र नवीनतम प्रोडक्टर सेवाहरु ग्राहकहरुमा लैजाने हाम्रो लक्ष्य रहेकाे छ ।”

एनएमबी बैंकको एफपीओमा १ अर्ब ७२ करोडको आवेदन, सोमबारदेखि संस्थागत लगानीकर्ता पनि खुला

काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) खुलेको चौथो दिन आइतबारसम्म १ अर्ब ७२ करोड रुपैयाँको आवेदन परेको छ । १ हजार आवेदकबाट ५१ लाख ६५ हजार १६५ कित्तालाई आवेदन परेको हो । आवेदकको संख्या रुजुकोका काम भइरहेकाले यसको संख्या बढ्ने बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । उनले पुरै एफपीओ बिक्री नभएकाले सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिने जानकारी दिए । संगठित संस्थाले पनि नकिने आधा दजर्न मर्चेन्ट बैंकरले सकार्ने छन् । उनले संस्थागत लगानीकर्तालाई खुला गरेपछि पुरै बिक्री हुने उनले बताए । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणले न्युनतम १० र अधिकतम ५७ हजार ७० कित्ता एफपीओ खरिदका लागि आवेदन दिन सक्ने छन् । बैंकले प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ । बैंकले सो रकम पछि लगानीकर्तालाई लाभांश वितरण गर्न सक्नेछ । बैंकले इक्रा नेपाल लिमिटेडबाट आईपीओको ग्रेडी थ्री प्रमाणपत्र दिएको छ । बैंकको एफपीओमा ६ संस्थाले प्रत्याभूति (अण्डर राइटिङ) गर्ने भएका छन् । लगानी कोषका अतिरित्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।