काठमाडौं । एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलस् प्रालिले “युथ इम्पावरमेन्ट थ्रु मोटरसाइकल स्पोर्ट” कार्यक्रम सम्पन्न गरेको छ । र्यालिमा ४२ वटा रोयल इन्फिल्ड मोटर साइकलमा ५० जना राइडर उपस्थित थिए ।

कम्पनीले असार २ गते उक्त स्पोर्टको सम्पन्न गरेको हो । अटोमोवाइलस्ले युवाहरुको सशक्तिकरण अनि खेल्कुदप्रति आकर्षणको लागी नेपाल ओलम्पिक कमिटिको सहयोगमा रोयल इन्फिल्ड (बुलेट) मोटरसाइल र्यालि आयोजना गरेको हो ।
उक्त र्यालिको उद्घाटन नेपाल ओलम्पिक कमिटिका प्रेसिडेन्ट तथा सांसद जिवन रामश्रेठबाट भएको थियो । र्यालि नेपाल ओलम्पिक कमिटिको भवनबाट शुरु भएको उक्त र्यालि पाटन, कुपण्डोल, त्रिपुरेश्वर, बसन्तपुर, टेकु, बल्खु हुदैँ झम्सिखेलको स्पोर्टस हाइभ एन्ड बारमा समापन भएको थियो । सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतना, खेल्कुदप्रतिको आकर्षण तथा स्वास्थ्य जीवन शैलीको सन्देश प्रवाह गर्ने र्यालिको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।