संचय कोषलाई एनएमबी बैंकको एफपीओ किन्न सीमा हट्यो, बुधबार नै सबै बिक्री हुने संभावना
काठमाडौं । कर्मचारी संचय कोषलाई एनएमबी बैंकको थप निष्कासन (एफपीओ) किन्ने सीमा हटेको छ । नयाँ व्यवस्थाअनुसार कोषले एनएमबीको बाँकी सबै एफपीओ खरिद गर्न सक्नेछ ।नेपाल धितोपत्र बोर्डले मंगलबार अधिकतम सीमाको प्रावधान खारेज गरेपछि संचय कोषलाई एनएमबीको हालसम्म बिक्री नभएको सबै एफपीओ खरिदका लागि बाटो खुला भएको हो । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा संशोधन गरेर अधिकतम् सीमा हटाएको छ । अब संस्थागत लगानीकर्ताले सबै एफपीओ किन्न पाउने भएका हुन् । संचय कोष र निर्जीवन बीमा कम्पनीले अधिकतम सीमा हटाउन अनुरोध गरेका थिए । बैंकको आग्रह अनुसार बोर्डले अधिकतम सीमा हटाएको हो । बुधबारदेखि संचय कोष र बीमा कम्पनीले बिक्री नभएको एफपीओ सबै खरिद गर्न सक्ने बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । अधिकतम सीमा हटेकाले संभवत भोली नै एफपीओ बिक्री हुन सक्ने संभावना रहेको उनले जानकारी दिए । आइतबारसम्म आईपीओ बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । सीमा बढाए कोष र बीमा कम्पनीले एफपीओ सबै किन्न तयार रहेको उनको भनाई छ । खुलेको छैठौ दिन मंगलबारसम्म २ अर्ब ५ करोड रुपैयाँको आवेदन परेको छ । ५५ हजार आवेदकले ६१ लाख ५६ हजार १५६ कित्तालाई आवेदन परेको कार्कीले जाकारी दिए । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणले न्युनतम १० र अधिकतम ५७ हजार ७० कित्ता एफपीओ खरिदका लागि आवेदन दिन सक्ने छन् । बैंकले प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ ।
१० हजार घुस खाने नायव सुब्बा जुनेस सापकोटामाथी मुद्दा दायर
काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंमा कार्यरत नायव सुब्बा जुनेस सापकोटामाथी मुद्दा दायर भएको छ । सापकोटामाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सापकोटा कम्पनी नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १० हजार लिएको आरोपमा पक्राउ परेका थिए । अब उनीमाथी भ्रष्ट्राचार निवारण ऐन अनुसार कारबाही हुने अख्तियारले जनाएको छ ।
संचय कोषले निगमलाई एयरबसको अन्तिम किस्ता भुक्तानी गर्न बुधबार ८ अर्ब दिदै, एक सातामा विमान आउने
काठमाडौं । अर्को साता नेपालमा आउने एयरवस खरिदको अन्तिम किस्ता भुक्तानीका लागि कर्मचारी संचय कोषले नेपाल वायुसेवा निगमलाई बुधबार ८ अर्ब रुपैयाँ दिने भएको छ । असार १४ गते बुधबार २६७ सिट क्षमताको एयरबस नेपालमा अवतरण गर्दैछ । जहाज कम्पनीलाई अन्तिम वक्यौता भुक्तानी गर्न निगमलाई ८ अर्ब दिन लागेको संचय कोषका प्रशासक तुल्सी गौतमले बताए । कोषले दिने ऋण रकम निगमले जहाज बिक्रेता कम्पनी एएआर कर्पोरेसनलाई बुझाउने छ । एयरबस खरिद गर्न कोषले निगमलाई १२ अर्ब रुपैयाँ ऋण दिने सहमति गरेको थियो । गौतमका अनुसार विमान खरिदका लागि ४ अर्ब पहिले नै प्रदान गरिसकेको छ । सरकारको जमानतमा कोषले जहाज खरिदको लागि १२ अर्ब रुपैया ऋण दिने सहमति गरेको थियो । कोषले प्रदान गर्ने ऋण रकमको ब्याजदर ९ प्रतिशत रहेको छ । सहमति अनुसार जहाज खरिदको लागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो व्यवसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने व्यवस्था गरिएको छ । उक्त जहाज खरिदको लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ बर्षको राखिएको छ । निगमले ल्याउने २ वटा विमानको लागि बैना स्वरुप ८ अर्ब पहिले नै प्रदान गरिसकेको निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले बताए । अब कर्पोरेशनलाई निगमले दोस्रो एयरबसका लागि ८ अर्ब तिर्न बाँकी रहेको छ । एउटा एयरबस १४ गते र अर्को एक महिनापछि ल्याउने तयारी भएको निगमका प्रवक्ता श्रेष्ठले बताए । ‘विमान आएको ३ हप्ता आन्तरिक काममा व्यस्त हुन्छौं, ४ हप्तापछि विमानलाई दुबैको दोहामा उडान गर्ने तयारी गरेका छौं प्रवक्ता श्रेष्ठले विकासन्युजसँग भने । उनका अनुसार २ वटा एयरबस सञ्चालन गर्नका लागि १२ जना को पाइलट र २ जना सिनयर पाइलटको आवश्यक पर्छ । जसमध्ये ६ जना को पाइलटको तयार भैसकेका छन् । निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई एयरबस ३३० र २०० सिरिजको विमान ल्याउन जिम्मा दिएको छ । श्रेष्ठका अनुसार नयाँ जहाजका लागि क्याप्टेन पाइलटको व्यवस्था एएआर कर्पोरेशनले नै गर्नेछ । नयाँ विमानले जापानको ओसाका, कोरियाको सिउल, र साउदी अरबको रियादमा उडान भर्नेछ । निगमले थप्न लागेको अर्को नयाँ न्यारोबडी ३२० अग्रेजी वर्ष २०१९ सम्ममा आइपुग्नेछ । १५६ सिट क्षमताको जहाज आएपछि ठूला एयरबसलाई लामो दुरीको उडान भर्ने जिम्मा दिइनेछ । निगमसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्ने ७४ जना पाइलट रहेका छन् । २९ जनाले आन्तरिक उडान भरिरहेका छन् । भने ४५ जना अन्तराष्ट्रिय उडान भर्ने पाइलट रहेको छन् । हाल ६ वटा साना र ३ वटा ठुला विमान रहेको निगमसँग ६ साना विमानले देशभित्र विभिन्न २२ स्थानमा उडान भरिरहेका छन् । हप्तामा सेक्टर हेरी १ देखि ३ उडान गरिहेको छ । यस्तै एक महिनापछि आउने जाहाका लागि नागरिक लगानी कोषले ८ अर्ब रुपैया दिने भएको छ ।
एभरेष्ट बैंकले विद्यालयलाई वितरण गर्यो शैक्षिक साम्रगी
काठमाडौं । एभरेष्ट बैंकले सतुंगलमा अवस्थित सामुदायिक बिष्णु देवी शिक्षा सदनलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रमकाबीच उक्त सामग्री वितरण गरेको हो । विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक, एल.वी. प्रभाकरले शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरण गरेका थिए ।
एक महिनादेखि बन्द नुवाकोटकाे क्रसर उद्योग सञ्चालनमा अायाे
काठमाडौं । एक महिनादेखि बन्द रहेका नुवाकोटका क्रसर उद्योग सर्वोच्च र उच्च अदालतको आदेशमा सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको शाखा कार्यालय नुवाकोटमा दर्ता भएर सञ्चालनमा रहेका तर, दुई वर्षदेखि नवीकरण नहुँदा मापदण्ड उल्लंघन भएको भन्दै गत वैशाख २५ गते सर्वोच्चको आदेशमा बन्द भएका ती उद्योग पुनःअदालतको आदेशमा सञ्चालनमा आएको प्रजिअ उद्धबहादुर थापाले बताए । अवैध रुपमा क्रसर उद्योग सञ्चालनमा रहेको र त्यसबाट वातावरणीय क्षति पुगेको दाबी गर्दै बेलकोटगढी नगरपालिका– ८ का राजेन्द्र चित्रकारले माग गरेको उत्प्रेषण परमादेशअनुसार सर्वोच्चले बन्द गराउन दिएको आदेशले रोकिँदै आएकोमा उच्च अदालत पाटनको निषेधाज्ञा आदेश र सर्वोच्च अदालतको प्रतिषेध आदेशमार्फत सञ्चालनमा आएको हो । यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र केदारप्रसाद चालिसेको सयुक्त इजलाशले उक्त स्थानको त्रिशूली, तादी लगायतका नदीबाट उत्खनन् गरी सञ्चालनमा रहेका क्रसरले घरेलु उद्योग शाखामा नवीकरण नभएको र कच्चापदार्थ उत्खननमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तथा प्रारम्भिक वातावरणीय परीक्षण (आइई) समेतको पालना नभएको निवेदकको दाबी अनुसार अदालतले क्रसर उद्योग बन्द गराउन आदेश दिएपछि गत जेठ १ देखि प्रशासनले बन्द गराएको थियो । त्यसको विरुद्धमा व्यवसायीकोतर्फबाट नाट्यश्वरी रोडाढंगा उद्योगले नुवाकोट प्रशासनलाई विपक्षी बनाएर उच्च अदालतमा दर्ता गराएको निषेधाज्ञामा न्यायाधीशद्वय भानुभक्त शर्मा र रमेशकुमार पोखरेलको अन्तरिम आदेशमार्फत सञ्चालनमा रोक नलगाउन विपक्षीलाई आदेश दिनुभएको हो । यस्तै, त्रिशूली बालुवा प्रशोधन उद्योगका सञ्चालक दाताराम अकौलिया र विभिन्न आठ वटा क्रसर व्यवसायीकोतर्फबाट निरञ्जना रोडा उद्योग प्रालिका सञ्चालक शिवप्रसाद अधिकारी सहितले सर्वोच्चमा छुट्टाछुट्टै दर्ता गराएको प्रतिषेधमा न्यायाधीश विश्वम्भर श्रेष्ठले आइई गरी दर्ता भएका उद्योगलाई मुद्दाको अन्तिम किनारा नभएसम्म सञ्चालन गर्न दिनु भन्ने अन्तरिम आदेश दिएअनुसार एक महिनादेखि बन्द क्रसर उद्योग सञ्चालनमा आएका छन् । उद्योग बन्द हुँदा निर्माण सामग्री अभावले नुवाकोट र रसुवामा सञ्चालित रु १५ अर्ब भन्दा बढीको विकास निर्माणका योजना प्रभावित भएको छ । यसैगरी, रसुवाका २० हजार र नुवाकोटका ७० हजार परिवारको भूकम्पले क्षति पुगेको घर पुनःनिर्माण रोकिएको र जिल्ला समन्वय जिससले लगाएको रु १० करोड २४ लाखको निकासी कर समेत जोखिममा परेको दाबी अनुसार उच्च र सर्वोच्चको छुट्टाछट्टै तीनवटा आदेशले खुला भएको हो । रासस
कुमारी बैंक लिमिटेड र ओम हस्पिटलबीच उपचारमा छुट दिने सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच उपचारमा सहुलियत दिने सम्झौता भएको छ । उक्त सम्झौतामा कुमारी बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात् कुमारी बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा उपचार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यसअघि कुमारी बैंकले भारतको नयाँ दिल्लीस्थित मेद्धान्त अस्पताल लगायत देश भित्रका अन्य अस्पतालहरु नर्भिक, ग्रान्डी, वयोद्या, चिरायु, अल्का, आदिमा उपचार गराउँदा विशेष छुटको सुविधा दिने सम्झौता गरिसकेको छ । कुमारी बैंकले हाल ८६ वटा शाखाहरु, ६१ वटा एटिएम्हरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरुद्धारा सेवा दिइरहेको छ । त्यस्तै, बैंकले अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिंङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा तथा भाईबर बैंकिंङ्ग सेवा पनि प्रदान गर्दै आईरहेको छ ।
सिभिल बैंक ‘छक्कापञ्जा-३’ चलचित्रसँग आवद्ध, वित्तीय शिक्षाको प्रवद्धन गर्ने
काठमाडौं । सिभिल बैंक लिमिटेड ‘छक्कापञ्जा-३’ चलचित्रसँग आवद्ध भएको छ । बैंकले चलचित्रका माध्यमबाट वित्तीय शिक्षाको प्रवद्धन गर्ने उद्देश्यका साथ उक्त चलचित्रसँग आवद्ध हुने सम्झौता गरेको हो । सो सम्बन्धी सम्झौतामा मंगलबार एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र छक्कापञ्जा-३ का निर्देशक दिपा निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकले वित्तीय साक्षरता बगैर नेपाल समृद्ध नहुने कुरालाई मनन गर्दै उक्त सम्झौता गरेको बैंकले जनाएको छ ।
सेयर निष्कासन तथा बाँडफाड नियमावलीमा संशोधन, अब जति पनि आईपीओ अावेदन दिन पाइने
काठमाडौं । धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) र थप निष्कासन(एफपीओ) आवेदनको अधितकतम सीमा हटाएको छ । आईपीओमा आवेदन दिदा १० कित्ता मात्र पर्ने र लगानीकर्ताले सोहीअनुसार मात्र आवेदन दिने गरेपछि यस प्रावधानलाई हटाइएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकालाई संशोधन गरी यस्तो व्यवस्था गरेको हो । लगानीकर्ताबाट धेरै गुनासो आएपछि यस्तो व्यवस्था गरेको बाेर्डले बताएकाे छ ।