२८ वाणिज्य बैंकले ४४ अर्ब प्रोभिजन गरे, ९ महिनामा थपियो ३ अर्ब खराब कर्जा
काठमाडौं । २८ वाणिज्य बैंकहरुको खराब कर्जा बढ्दै गएको छ । बैंकले निर्धारित समय सीमामा ऋण उठाउन नसकेपछि चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ४४ अर्ब रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजिङ) गरेका हुन् । बैंकले आफ्नाे नाफा रकमबाट प्रोभिजिङ गरेका हुन् । निर्धारित समयभित्र कर्जा नउठ्ने भएपछि केन्द्रीय बैंकले कर्जा नोक्सानीको व्यवस्था गर्न लगाएको हो । चालु आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकको मात्र कर्जा नोक्सानी बढेको देखिएको छ । गत आर्थिक वर्षमा ४१ अर्ब र सो भन्दा अघिल्लो वर्ष ३५ अर्ब प्रोभिजन गरिएको थियो । ठुलो रकम प्रोभिजिनिङ गर्नुपर्दा बैंकको नाफामा असर गरेको छ । कुल निष्क्रिय कर्जा अनुपात १.७ प्रतिशत छ । केन्द्रीय बैंकले तेस्रो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै वाणिज्य बैंकको असल कर्जा १९ खर्ब ७० अर्ब रुपैयाँ रहेको जानकारी दिएको छ । कुल कर्जा मध्ये ३७ अर्ब रुपैयाँ सुक्ष्म निगरानीमा रहेको केन्द्रीय बैंकले जनाएको छ । ९ महिनामा निष्क्रिय कर्जा बढेर ३३ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा २७ अर्ब रुपैयाँ थियो । एक वर्षको अवधिमा यस्तो कर्जा ६ अर्ब रुपैयाँ बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । निष्क्रिय कर्जा अन्तर्गत खराब कर्जा १५ अर्ब रुपैयाँ छ । केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँलाई संकास्पद र १० अर्ब रुपैयाँलाई निष्क्रिय कर्जाको रुपमा लिएको छ ।
आइएमई लाइफ इन्स्योरेन्सको बिक्री प्रवन्धकमा सिभिल क्यापिटल
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौतामा आइएमई लाइफ इन्स्योरेन्सका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटल मार्केटका तर्फबाट निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्काशनको सम्पूर्ण काम बिक्री प्रवन्धक सिभिल क्यापिटलले गर्ने छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको र उक्त सेयर निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजी २ अर्ब रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ । साथै, संस्थापक सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत रहने छ । कम्पनीले हालसम्म मुलुकभर ५० शाखा उपशाखा मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।
दाना-खुर्कोटका प्रभावितले पाए ४ करोड ६३ लाख मुआब्जा
म्याग्दी । दुई सय २० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइनका प्रभावितलाई चार करोड ६३ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ दानादेखि पर्वतको कुश्मा नगरपालिका-१ खुर्कोटसम्ममा टावर रहने जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण गरेको हो । करीब ३९ किलोमिटर दूरीको प्रसारण लाइनको ११४ वटा टावरबाट प्रभावित १७५ घरधुरीलाई रु सात करोड ८६ लाख मुआब्जा वितरण गर्नुपर्नेमा हालसम्म ९९ जनालाई चार करोड ६३ लाख रुपैयाँ वितरण गरिएको आयोजनाका लेखापाल गोविन्द सुवेदीले जानकारी दिए । ञम्याग्दी खण्डमा ४२ जनालाई दुई करोड ६० लाख रुपैयाँ र पर्वतका ५७ जनालाई एक करोड चार लाख रुपैयाँ मुआब्जा उपलब्ध गराएको छ । थप ७६ घरधुरीलाई तीन करोड २३ लाख रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ । आयोजनाका अनुसार ९३ रोपनी जग्गा अधिग्रहण गरिनेछ । जग्गाधनी सम्पर्कमा नआउनु र वनको समस्याका कारण जग्गा अधिग्रहण तथा मुआब्जा वितरणमा समस्या भएको लेखापाल सुवेदीले बताए । बेनी र कुश्मास्थित जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरणको काम भइरहेको छ । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित २०१६ मे ३० मा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग रु दुई अरब ९० करोडमा ठेक्का सम्झौता भएको थियो । हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाको प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुयाँलले बताए । म्याग्दी र मुस्ताङमा कालीगण्डकी र सहायक नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि दाना र कुश्मामा सबस्टेशनका साथै प्रसारण लाइन निर्माण हुन लागेको हो । एशियाली विकास बैंकको सहयोगमा विद्युत् प्राधिकरणले खुर्कोट हुँदै नवलपरासीको बर्दघाटसम्म दोस्रो चरणमा कालीगण्डकी करिडोर प्रसारण लाइन बनाउने तयारी गरेको छ । सबस्टेशनमा पूर्वाधार निर्माण, उपकरण खरिदका साथै प्रसारण लाइनको टावर बनाउने काम तीव्र गतिमा अघि बढेको फुयाँलले बताए । हालसम्म २७ वटा टावर निर्माण भइसकेको छ । सतसट्ठीवटा टावरको फाउण्डेशन खनिएको छ । तार तान्ने काम पनि शुरु गर्ने तयारी भएको छ । आयोजनाका प्रमुख चन्दनकुमार घोषले विद्युत् प्राधिकरणमार्फत सञ्चालित प्रसारण लाइन आयोजनामध्ये कालीगण्डकी करिडोरको खुर्कोट दानाखण्डको काम तीव्र रुपमा भइरहेको बताए । उक्त प्रसारण लाइनअन्तर्गत हाल नौवटा जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । प्रसारण लाइन र सबस्टेशनसँगै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको छ । रासस
किमजोङ उन र केपी ओली एकै दिन चीन भ्रमणमा, संयोग कि कम्युनिष्ट सहकार्यको रणनीति ?
काठमाडौं । प्रधानमन्त्री केपी ओली र उत्तर कोरियाका सर्वाेच्च नेता किमजोङ उन एकै दिन चीन भ्रमणमा उत्रिएका छन् । प्रधानमन्त्री ओली बेईजिङ उत्रिएकै दिन मंगलबार किमजोङ उन पनि अकस्मात रुपमा २ दिने भ्रमणका चीन आईपुगेका हुन् । ओली पाँच दिनसम्म चीनमा रहेछन् भने किमजोङ उन दुई दिन मात्रै चीन भ्रमण्मा रहनेछन् । चीनले विश्भरका बामपन्थी।कम्युनिष्ट सरकारहरुबीच रणनीतिक सहकार्यका लागि वातावरण बनाईरहेको छ ।लामो समयदेखि कम्युनिष्ट अधिनायकवादी शासन सञ्चालन हुँदै आएको उत्तर कोरियालाई पश्चिमा मुलुकहरुले नाका बन्दी लगाउँदै आएका थिए । उत्तर कोरियाले चीनकै सल्लाह अनुसार भर्खरै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेर विश्व राजनीतिक मञ्चमा आफ्नो उपस्थिती देखाएका छन् । सो वार्तापछि नै उत्तर कोरियामाथी लगाइएको नाका बन्दी खुल्ला गर्न दबाव दिने चिनियाँ रणनीति रहेको बिश्लेषकहरुले बताएका छन् । किमजोङ उनले पछिल्लो तीन महिनामै तेश्रो पटक चीन भ्रमण गरेका हुन् । नेपालका प्रधानमन्त्री केपी ओली र उत्तर कोरियाका सर्वाेच्च नेता किमजोङ उन एकै पटक चीन भ्रमणमा पुग्नु संयोग हो वा चीनको रणनीतिक योजना ? यसको छिनोफानो भने एकाध दिनभित्रै लाग्नेछ । यस अघि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उत्तर कोरियाको भ्रमण गरेका थिए । उनको भ्रमण रोक्न यरोपियन युनियन तथा अमेरिकी कुटनीतिज्ञहरुले प्रयास गरेका थिए । एकै पटक चीन पुगेका ओली र किमजोङ उनको भेट गराएर चीनले संसारभर कम्युनिष्ट सरकारहरुबीच सहकार्यको सन्देश दिन सक्ने सम्भावना रहेको छ । यद्यपी किमजोङ उन र केपी ओलीको एकै पटक सुरु भएको चीन भ्रमणका बारेमो चिनियाँ सञ्चार माध्यमहरुले भने अझैसम्म केहि बोलेका छैनन् । के भन्छन् नेकपाका नेता किम जोङ उन र केपी ओलीको एकै पटक भएको चीन भ्रमणलाई जोडर हेर्न नहुने चीनका लागि पूर्व नेपाली राजदुत तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य टंक कार्कीले बताए । ‘ओली र उनको भ्रमण कागताली मात्रै हो, यसमा गोरु बेचेको साईनो पनि छैन्, सिंगापुर वार्ताको उपलब्धिबारे छलफल गर्न उन अकस्मात रुपमा चीन पुगेका हुन, ओलीको भ्रमणमा तालिका अनुसार नै भएको हो ।’, कार्कीले भने । उनले चीनमा विश्व राजनीतिक घट्नाक्रमलाई नै प्रभावित पार्ने सिंगापुर वार्ताको उपलब्धि खोज्ने बताउँदै कार्कीले भने–‘उनले ट्रम्पसँगको वार्ताको उपलब्धि खोज्नेछन्, ओली भने द्धिदेशिय सम्बन्ध सुधार र विकास निर्माणमा सहकार्यको एजेण्डा बोकेर चीन पुगेका हुन, उनीहरुबिच भेट हुने सम्भावना छैन ।’ प्रधानमन्त्री ओलीले यथेष्ठ तयारी नगरि चीन भ्रमण गरेको पनि कार्कीले बताए । ओलीले अघिल्लो पटकको भ्रमणमा गरिएका सम्झौताहरुको कार्यान्वयनका लागि अहिलेको भ्रमणमा जोड दिने पनि कार्कीको ठम्याई छ ।
ब्रिटिश गोर्खा सैनिकको कोटा ५० हजार पुर्याउने बेलायत सरकारको तयारी
काठमाडौ । ब्रिटिस गोर्खा सैनिकको संख्या ५० हजार पुर्याउन सकिने नेपालको लागि वेलायती राजदुत रिचार्ड मोरिसले बताएका छन् । उनले मंलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग सिहंदरबारमा भएको भेटवार्तामा ब्रिटिस गोर्खा सैनिकलाई थप गर्न सकिने बताएका हुन् । ‘आगामी पाँच वर्षभित्र बेलायतबाट नेपालमा ५० हजार संख्या पर्यटक भित्र्याउन सकिन्छ,’ उनले भने ‘त्यस्तै ५० हजारकै संख्यामा गोर्खाली सैनिक बेलायत लान सकिन्छ ।’ त्यसका लागि दुई देशबीच साझेदारीको आवश्यकता रहनु पर्ने उनले बताए । त्यस्तै मन्त्री यादवले उक्त भेटमा नेपालमा वैदेशीक लागानीको वातावरण बनेकाे राजदुत माेरिसलार्इ जानकारी गराए । साेही अवसरमा उनले नेपालमा रहेको बेरोजगारी समस्याकाे लागि सीपमूलक तालिम सञ्चालनमा सहयाेग पुर्याउन समेत राजदुतलाई अनुरोध गरेका छन् ।
शेखर गाेल्छाकाे छाेरा अभिमन्युले लिए यूरोग्रीपकाे व्यापार, वाइकमा राजपछि टायरमा हात
अभिमन्यु गोल्छा काठमाडौं । दुई पाङ्ग्रे सवारीकाे व्यापार गर्दै अाएकाे हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले टायर व्यापारमा हात हालेकाे छ । यसअघि सूर्य डिष्ट्रिव्यूटरले बिक्री गर्दै अाएकाे यूरोग्रीपकाे व्यापार शेखर गाेल्छाकाे कम्पनी हंशराज हुलासचन्दले लिएकाे हाे । बजाज ब्राण्डकाे माेटर साइकलकाे बिक्री र सर्भिस मार्फत बाइककाे बजारमा अग्रस्थानमा अाएपछि याे कम्पनीले टायर व्यापारमा हात हालेकाे हाे । टायरकाे व्यापार शेखर गाेल्छाकाे छाेरा अभिमन्यु गाेल्छाले सम्हालेका छन् । दुई महिनाअघि कम्पनीले यूरोग्रीपका टायर नेपाली बजारमा बिक्री गर्ने अधिकार लिएकाे यूरोग्रीपका म्यानेजर वाशु श्रेष्ठले बताए । उनले दुई पाङ्ग्रे सवारी बिक्री गर्दै आएको कम्पनीले सवारी चालकहरुको माग र बजारलाई ध्यानमा राखेर विश्व बजारमा चर्चित टायर यूरोग्रीप नेपाली बजारमा बिक्री थालेकाे बताए । ‘सार्वजनिक गरिएको टायर ओर्जीनल फीटमेन्ट, रबर कम्पाउन्ट हाई क्वालीटीको, एक्स्ट्रा लाईभ, प्याट्रन सडक सुहाउँदो लगायतका विशेषताहरु छन्,’ उनले भने ‘जसबाट टायर मोटरसाइकलकाे लागि लामो अबधिसम्म टिकाउ हुन्छ ।’ उनका अनुसार अहिले कम्पनीले सो टायर विभिन्न बजाजको डीलरशिप र आधिकारीक सर्भिस सेन्टरमार्फत बिक्री गरिरहेका छ । डिलर्स लिन इच्छुकहरुलाई कम्पनीले सम्पर्कको लागि आह्वान पनि गरेको छ । उपत्यकाभित्र काठमाडौं, भक्तपुर, बनेपा र ललितपुरको लागि इच्छुकहरुले डिलर्सकाे लागि सम्पर्क गर्न सक्ने यूरोग्रीपका म्यानेजर श्रेष्ठले बताए । त्यस्तै, उपत्यका बाहिरको लागि बीरगन्ज, कलैया, गरुडा, हेटौडा, नारायणघाट, निजगढ, जनकपुर, बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, लाहान, राजविराज, नेपालगन्ज, दाङ, वुटवल, भैरहवा, पोखरा र दमौलीको लागि पनि डिलर्स लिन इच्छुकहरुले सम्पर्क गर्न सक्ने छन् । म्यानेजर श्रेष्ठले साउनदेखि मुलुकको विभिन्न ठूला उल्लेखित सहरहरुका डिलर्सहरुबाट यूरोग्रीप टायरको बिक्री शुरु हुने जानकारी दिए ।
पोखरा फाइनान्सको ८.६९ प्रतिशत लाभांश पारित, सीईओमा रविचन्द्र गुरुङ
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रस्तावित ८.६९ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार(आज) सम्पन्न कम्पनीको २१औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेपश्चात कम्पनीले हालको चुक्ता पूँजीको सो मात्राको लाभांश दिने भएको छ । हाल संस्थाको चुक्ता पूँजी ७५ करोड ४१ लाख रुपैयाँ रहेको छ । ८.६९ प्रतिशत लाभांश पछि संस्थाको कुल चुक्ता पुँजी ८१ करोड ६४ लाख रुपैयाँ पुग्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए । सभाले संस्थापक समृ्हबाट सञ्चालकहरु क्रमशः भुवनसिंङ गुरुङ, डा.दीर्घमान गुरुङ, शोभा गुरुङ तथा रेसम लाल पौडेललाई निर्वाचित गरेको छ । साथै, सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रविचन्द्र गुरुङलाई चयन गरेको छ । नवनियुक्त सीईओ गुरुङले आगामी असार १० गतेबाट लागु हुने गरी कम्पनीको उक्त पदको कार्यभार सम्हाल्ने छन् । कम्पनीले हालसम्म ४ अर्ब १५ करोड रुपैयाँ निक्षेप र ३ अर्ब ९७ करोड रुपैयाँ कर्जा कायम गरिसकेको छ ।
सी जीनपिङलाई ओलीको प्रस्तावः केरुङ-काठमाडौं रेलमार्गको डीपीआर बनाऔं
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई केरुङ–काठमाडौं रेलमार्गको डीपीआर निर्माणको प्रस्ताव गर्ने भएका छन् । पाँच दिने चीन भ्रमणमा रहेका ओलीले चिनियाँ राष्ट्रपतिसँगको भेटमा केरुङ–काठमाडौं रेलमार्गको डीपीआर निर्माण गर्ने सम्बन्धी ठोस प्रस्ताव गर्न लागेका हुन् । रेल विभागले पनि प्रधानमन्त्री ओलीलाई डीपीआर निर्माणको प्रक्रिया अघि बढाउने गरि ठोस प्रस्ताव राख्न अनुरोध गरेको विभागका एक अधिकारीले बताए । यद्यपी चिनियाँ पक्ष भने ‘क्रस बोर्डर कनेक्टीभीटीका लागि रेलमार्ग निर्माण गर्न दुबै पक्ष सहमति भए’ भन्ने अमुर्त बुँदामा सहमति गराउने तयारीमा रहेको छ । ‘हामीले डीपीआर निर्माणको काम अघि बढाउने गरि सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छौं, तर चिनियाँ पक्ष भने अमूर्त बुँदा मात्रै उल्लेख गर्ने मनस्थितीमा पायौं’, रेल विभागका ती अधिकारीले भने । चीनले निर्माणको मोडालिटीबारे स्पष्ट नभएसम्म ठोस काम अघि नबढाउने सोँच बनाएको उनले दावी गरे । ‘चीनले सहुलियत ऋणको प्रस्ताव गरिरहेको छ, हामीले अनुदान भनिरहेका छौं, यसको छिनोफानो नभएसम्म डीपीआर बनाउन पनि उनीहरुले आनाकानी गरिरहेका छन्’, श्रोतले भन्यो । चिनियाँ प्राबिधिको टोलीले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन गरिसकेको छ । अब सम्भाव्यता अध्ययन गराउने रेल विभागको तयारी छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ र सचिव मुधुसुदन अधिकारी चिन भ्रमणमै गएका छन् । उनीहरु प्रधानमन्त्री ओली भन्दा केहि दिन अघि नै चीन पुगेका हुन् । चीनमा उनीहरुले केरुङ–काठमाडौं रेलमार्गको डीपीआर निर्माणका लागि लबिङ गरिरहेका छन् । चीनसँग केरुङ–काठमाडौं रेलमार्गको डीपीआर निर्माण सम्बन्धी सम्झौता गर्न सकिए ठूलो उपलब्धि हुने रेल विभागको ठम्याई छ । चीनले सुरुमा सम्भाव्यता अध्ययन गरेर प्रारम्भिक लागत निकाल्ने र अनुदान, सहुलियत ऋण वा अन्य कुनै मोडलमा निर्माणबारे ठोस सहमति गरेर मात्रै डीपीआर निर्माण थाल्ने प्रष्ट संकेत दिईसकेको छ । ७५ किलोमिटर लामो हुने पुर्वानुमान गरिएको केरुङ–काठमाडौंको प्रति किलोमिटर निर्माण लागत ४ अर्ब भन्दा बढि हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ । ९० प्रतिशल रेल पुल र सुरुङमा हुनेछ भने बाँकी १० प्रतिशत खण्ड मात्रै जमिनमाथी रहनेछ । २०७४ भदौ अन्तिम साता तत्कालिन परराष्ट्र मन्त्री कृष्ण बहादुर महराको चीन भ्रमणका क्रममा सो रेलमार्ग निर्माणबारे सहमति भएको थियो । कात्तिक अन्तिम साता चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङ चियन नेतृत्वको २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल मार्ग निर्माणबारे अध्यययन गरेर भौतिक पुर्वाधार मन्त्रालयसँग माइन्युटमा हस्ताक्षर गरेको थियो ।