काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंमा कार्यरत नायव सुब्बा जुनेस सापकोटामाथी मुद्दा दायर भएको छ ।

सापकोटामाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
सापकोटा कम्पनी नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १० हजार लिएको आरोपमा पक्राउ परेका थिए । अब उनीमाथी भ्रष्ट्राचार निवारण ऐन अनुसार कारबाही हुने अख्तियारले जनाएको छ ।