
काठमाडौं । धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) र थप निष्कासन(एफपीओ) आवेदनको अधितकतम सीमा हटाएको छ ।
आईपीओमा आवेदन दिदा १० कित्ता मात्र पर्ने र लगानीकर्ताले सोहीअनुसार मात्र आवेदन दिने गरेपछि यस प्रावधानलाई हटाइएको हो ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकालाई संशोधन गरी यस्तो व्यवस्था गरेको हो । लगानीकर्ताबाट धेरै गुनासो आएपछि यस्तो व्यवस्था गरेको बाेर्डले बताएकाे छ ।