विकासन्युज

केरुङ काठमाडौं रेलमार्ग अनुदानमा नबन्ने भए विकल्प खोज्नुपर्छ : विश्व पौडेल

सन १९२३ मा नेपाललाई वेलायतले स्वतन्त्र मुलुकको मान्यता दियो । त्यसको ४ वर्षपछि रक्सौलमा रेल आयो जुन अमलेखगन्जसम्म जोडियो र यसरी नेपाल र भारत रेलले जोडियो । यि दुबै घटना प्रधानमन्त्री चन्द्रशम्ंसेरको पालामा भएको थियो । उनी मेट्रिपास गर्ने पहिलो प्रधानमन्त्री थिए । उनले आफुलाई ठुलो विद्वान र राष्ट्रादी पनि ठान्थे । मुलुकमा उद्योग थिएन तर रेलले ल्याएको उमंगमा केही वर्षपछि सन १९३५ मा कम्पनी ऐन आयो र त्यो औद्योगिकरणको प्रथम तरंगमा २९ वटा भन्दा बढी उद्योगधन्दा र कम्पनी राणा प्रधानमन्त्री जुद्धशम्ंशेरले स्थापना गरे । नेपाल वैक, बिराटनगर जुट उद्योगहरु त्यही मेसोमा स्थापना भएका हुन । पछिसम्म पनि रेलको बाटो वीरगञ्ज (अमलेखगन्ज मै धेरै उद्योग खुलेका थिए । त्यसरी संसारसँग नेपाललाई जोड्ने, उद्योगको मुल फुटाउने, नेपाललाई स्वतन्त्र राख्ने जस्ता काम राणा प्रधानमन्त्री चन्द्रशम्शेरले गरे पनि किन उनलाई मानिसले गाली गरिराख्छन ? किनकी यि कुराहरु शासनको लक्ष्य हैनन, खाली सम्भावित साधन मात्र हुन । हाम्रो शासनको लक्ष्य सम्पन्न नेपालको निर्माण हो । जसमा चन्द्रशम्शेर र उनका खलक असफल भए । मुलुकका अरु जनतालाई नगनेर आफना वरिपरिका मान्छेलाई सम्पन्न गराएकोले चन्द्रशम्शेर र जुद्धलाई मान्छेले बिर्सेंका हुन । भारतलाई रेलले छोएको १०० वर्षपछि चीनलाई रेलसंग जोड्ने संभावना बढेको छ । भारतले नाकाबन्दी गरेर दुःख दिइरहेकोले चीनबाट रेल आइदिए हुन्थ्यो भन्ने चाहाना सबै नेपालीलाई छ । त्यसैले यो रेललाई कसरी सफल बनाउने ताकी यसले अमलेखगन्जको नियती नभोगोस भन्नेमा रेल बनाउनुअघि नै सोच्नुपर्छ । वीरगन्ज–पथलैया कोरिडोरमा उद्योगधन्दा खुल्दा र भारतका करोडौ जनसंख्यासम्म यती सजिलो पहुँच हुँदा त त्यो रेल चल्न सकेन भने चीन जोड्ने रेल खाली फर्किने र चाँडनै बन्द हुने संभावना कम भने छैन । यसलाई संबोधन गर्ने एक मुख्य उपाय भनेको चीनको केरुङदेखी वीरगन्जसम्म विशेष आर्थिक क्षेत्र घोषणा गरेर यहाँँ लगानी गर्ने चिनियाँ र भारतीयलाई नेपाली लगानिकर्ता सरह सुविधा दिने घोषणा गर्नु हो । नत्र यो रेलले के बोक्ने र आफनो खर्च कसरी उठाउने हो भन्ने प्रश्न मूल हुनेछ । केही महिनापछि हामीलाई अर्को एक प्रश्नले अप्ठेरो बनाउने भने छ । यदी केरुङदेखि काठमाडौसम्मको रेललाई ४ अर्ब डलर लाग्ने र चीनले सित्तैमा नबनाउने भन्ने चर्चा चलेको छ । यदी यो कुरा सही हो भने त ४ अर्ब डलरमा केही थपेर बरु काठमाडौंदेखि निजगढ, काठमाडौं केरुङ, काठमाडौं–पोखरा, वीरगञ्ज (नारायणगढ, पोखरा–बुटवल र काँकडभिटट र इटहरी कोरिडोरमा फास्टट्रयाक बनाए मुलुकको मुहार कायापलट हुन्छ कि भन्ने धेरैलाई लाग्न सक्छ । केरुङसम्म राम्रा चिनियाँ रोड आइसकेको परीप्रेक्ष्यमा हाम्रो तत्कालिन उत्तरतर्फको कनेक्टिभिटिको लक्ष केरुङ केरला, किमाथाँकासम्मको सडकले पनि पुरा गर्न सक्ला ।

काठमाडौंमा नक्सा पास नगरी बनेका घरको नक्सा पास हुने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नियमअनुरुप निर्माण भएका तर नक्सा पास नभएका भवनका लागि विशेष व्यवस्था ल्याएको छ । निर्माण भइसकेका र नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्साअनुरुप बनाउनका लागि यस किसिमको व्यवस्था ल्याएको कामपाले जानकारी दिएको छ । कामपाका इन्जिनियर राम थापाका अनुसार कामपाका धेरै घर नक्सा पास गरेर निर्माण भएका छैनन्, यसरी निर्माण भएका घरमध्ये केही कामपाको नियमअनुरुप तर नक्सा पास नभएको पाएपछि कामपाले यस किसिमको व्यवस्था गरेको हो । थापाले भने, “नगरवासीका लागि यो एउटा मौका हो, यस मौकाको पनि सदुपयोग नगरे धेरै नगरवासीको घर नक्साविहीन हुने र उक्त घरबाट लिनुपर्ने फाइदाबाट वञ्चित हुनुपर्नेछ ।” अबको एक महिनासम्म नियमअनुरुप निर्माण भएका तथा नक्सा पास नभई निर्माण भएका घरधनीले घरको विवरणसहित कामपामा निवेदन पेश गर्नुपर्नेछ । नगरवासीको सेवालाई मध्यनजर गर्दै कामपाले केही दिनअघि विवरणसहित निवेदन पेश गर्नका लागि ३५ दिने सूचना जारी गरिसकेको छ । पेश गरिएको सूचनाको आधारमा कामपाको प्रतिनिधि सम्बन्धित घर धनीको घरमा पुगी नक्सा पासको प्रक्रियामा लगिने छ । स्थानीय सरकार सञ्चालन ऐनमा नक्सा स्वीकृत नगरी बनेका नियमअनुरुपका र स्वीकृत नक्साभन्दा फरक किसिमले बनेका घरका लागि एकपटकका लागि विशेष व्यवस्था गरिनुपर्ने प्रावधान रहेको छ । यसैबीच कामपामा पछिल्लो समय नक्सापास गर्न आउने नगरवासीको संख्यामा कमी आएको छ । अघिल्ला वर्षहरुमा दैनिक २० वटासम्म नक्सापास गर्नका लागि निवेदन आउने गरेकामा अहिले दैनिक १० वटामात्र आउने गरेको छ । कामपाले नक्सा पास गर्नका लागि केही विशेष प्रावधान ल्याएको र क्रमिकरुपमा कामपाभित्र भवन निर्माण गर्ने जमिनको अभावका कारण पनि नक्सा पास गर्न आउनेको संख्यामा कमी आएको कामपाको भनाइ छ । निर्माण सम्पन्न प्रमाणपत्रबिना निर्माणाधीन भवनबाट कुनै पनि बैंक सम्बन्धित काम गर्न नपाइने भएको हुँदा पछिल्लो समय निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको भने दैनिकरुपले वृद्धि भएको छ । रासस

फेरी एक व्यापारी काठमाडाैंबाट पक्राउ, चार पसल सिलबन्दी

काठमाडौं । काठमाडाैंदेिख फेरी एक व्यापारीलार्इ पक्राउ गरिएकाे छ । व्यवसाय दर्ता नविकरण नगरेको, म्याद नाघेको सामानहरु ठूलो परिमाणमा राखेको जस्ता कैफियत भेटाएपछि काठमाडौंको स्वयम्भुस्थित पिलग्रिम ग्रोसरका सञ्चालकलाई अनुसन्धानको लागि शुक्रबार पक्राउ गरिएको हो । केही दिनअघि देखि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आक्रमक रुपमा अनुगमन शुरु गरेयता १० जना व्यापारीलार्इ पक्राउ गरिसिकएकाे छ । विभागको शाखा अधिकृत ढुण्डिराज पोखरेलले पक्राउ गरिएको संञ्चाकलाई महानगरिय प्रहरी परिसर टेकु पठाइएको जानाए । बुधबार ७ र बिहीबार २ जना खुद्रादेखि भाटभाटेनी सुपरमार्केटसम्मका सञ्चालक पक्राउ गरिएको थियो । चार पशल सिल अनुगमनकै क्रममा काठमाडौंको ४ विभिन्न खाद्यन्न तथा खुद्रा पसलहरु सिलबन्दी गरिएको छ । जसमा सोही पिलग्रिम ग्रोसर, अर्को काठडौंको चावहीलस्थित जय भोले ट्रेडर्स, सोही स्थानको एकता मार्केटीङ र होप मार्टलाई सिलबन्दी गरिएको हो । उक्त पसलहरुमा मूल्य सूचि नएको, ठूलो परिमाण म्याद नाघेँको खाद्य सामाग्री रहेको, लेभल नभएको समानहरु फेला परेको लगायतको कारणले पसल सिलबन्दी गरिएको शाखा अधिकृत पोखरेलले जानकारी दिए । साथै अनुगमन गर्ने क्रममा फेला पारिएको म्याद गुज्रेको तथा लेबल नभएको सामाग्रीहरुलाई नष्ट पारिएको छ । विभागले काठमाडौं र ललितपुरमा गरी १४ खुद्रा तथा थोक व्यापारीहरुको पसल अनुगमन गरेको थियो । अन्य विभिन्न पसलहरुमा समेत आवश्यक सुझाब तथा निर्देशन दिइएको शाखा अधिकृत पोखरेलले जनाएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको ४२औं शाखा बानेश्वरमा, १२८ करोड बीमा संकलन गर्न सफल

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा काठमाडौंको बानेश्वरमा खोलेको छ । उक्त कम्पनीको यो ४२औं शाखा हो । यस नयाँ शाखाको उद्घाटन यही असार ८ गते कम्पनीका कम्पनीका नायब महाप्रवन्धक तुल्सी नारायण मानन्धरले गरेका छन् । यस सहित इन्स्योरेन्सले ४२ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा तथा लघु बीमाको सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालसम्म १२८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरिसकेको बताएको छ ।

नेइमार खेल्ने पक्का, कोको परे ब्राजिलको टीममा हेर्नुहोस्

काठमाडौं । घाइते भएको हल्ला चलिरहँदा ब्राजिलका नेइमार जुनियर कोष्टारिका विरुद्ध खेल्ने भएका छन् । नेइमार सहित ग्राबियल जिसस पनि टोलीमा परेका छन् । टिटेको नेतृत्व मैदान उत्रिने टोलीमा कप्तान मार्सेल्लो, कौटिन्हो, विलियम, पाउलिन्हो, कासिमेरो, मिरान्डा, थियगो सिल्भा, फान्गर र किपर एलिसन रहेका छन् । खेल नेपाली समय अनुसार ५ ४५ बजे सुरु हुदैछ ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले १० हजार युवाउधमी बनाउने

काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आगामी एक दशक भित्रमा १० हजार यूवालाई उधमी बनाउने अभियान शुरु गरेको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठान अन्तर्गतको नेपाल उधमशील समाजले शुक्रबार राजधानीमा आयोजना गरेको नेपाल स्टाटप मिटमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष एंव पूर्व उधोगमन्त्री नविन्द्रराज जोशीले यूवाहरुलाई उधमी नबनाएसम्म समृध्दि हासिल हुन नसक्ने बताए । पढाई सकेपछि जागिर खोज्ने सोचमा परिवर्तन ल्याउन जरुरी रहेको भन्दै उनले यूवाहरुको नयाँ नयाँ सोचलाई व्यबसायीक रुपदिन प्रतिष्ठानले सधाउने बताए । यसका लागि यूवाको नयाँ नयाँ सोचलाई स्थापित उधमीसंग अन्तरकृया गरी सम्भाव्य परियोजनहरुमा लगानी जुटाई दिने अध्ययन प्रतिष्ठान अन्तर्गतको नेपाल उधमशील समाजले सहजकर्ताको भूमिका निर्वाह गर्ने उनले बताए । भाषणबाट मात्र समृध्दि प्राप्त नहुने भन्दै उनले समृद्धि हासिल गर्नका लागी लगानी गर्ने नीजि क्षेत्रको हौसला बढाउने काम सरकारले गर्न नसकेको बताए । आफु मन्त्री हुदा उधोगका लागी आबश्यक नीति निर्माणमा आफुले विषेश ध्यान दिएको भन्दै उनले रोजगारी सृजनामा महत्वपूर्ण योगदान गर्दै आएको नीजि क्षेत्रको हौसला बढाउने काममा सरकारले ध्यान दिन जरुरी रहेको औल्याए । नेपाल स्टाटप मिटमा देश भरिबाट छानिएका २३ वटा यूवा उधमीहरुको नयाँ व्यबसायी परियोजना प्रस्ताव माथी छलफल भएको थियो। कूल१०० परियोजना प्रस्ताव मध्ये बाट ती २३ वटा नयाँ व्यबसायी परियोजना प्रस्ताव छनौट भएका थिए। नेपाल स्टाटप मिटमा मूलुकका स्थापित उधमीहरुका सामू सो प्रस्ताव माथी छलफल गरि उपयुक्त प्रस्तावमा लगानी जुटाउने छलफलको मुख्य उध्देश्य रहेको थियो।

एनआईसी एशियाले ल्यायो ‘भिसा इन्टरनेशनल यूएसडी कार्ड’, नेपाल र भारतमा नचल्ने

काठमाडौं । एनआईसी एशिया बैंकले “भिसा इन्टरनेशनल यूएसडी कार्ड” संञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको इकमर्शप्रतिको बढ्दो आकर्षणलाई मध्येनजर गरी उक्त कार्डको शुरुवात गरेको हो । बैंकले ल्याएको यस कार्ड नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने छ । उक्त कार्डको विभिन्न विशेषताहरु छन्: अमेरिकी डलर ५०० देखि १५ हजारसम्मको कर्जा सिमा, निशुल्क इकमर्श (अनलाईन पेमेन्ट)को सुविधा, कर्जा सिमितको ५० प्रतिशतसम्म नगद झिक्न सकिने छ । साथै, यस कार्ड प्रयोगमा १० प्रतिशत वा १०० प्रतिशत भुक्तानीको व्यवस्था र अधिकतम ४५ दिनसम्म सर्भिस चार्ज फ्री क्रेडिट पिरियड उपभोग गर्न सकिने बैंकले जनाएको छ । त्यस्तै, यस कार्डको प्रयोगबाट बढीभन्दा बढी ग्राहकहरुले उच्चतम लाभ उठाउने बैंकको विश्वास लिएको छ ।

४७ मुलुकमा नेपाली पश्मिना निर्यात, वार्षिक साढे २ अर्बको कारोबार

काठमाडौ । विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ । सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको छ । च्याङ्ग्राको रौँ पश्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो । यसलाई प्रशोधन गरी पश्मिना उत्पादन हुन्छ । पश्मिना उत्पादनका लागि उद्यमीले कच्चा पदार्थकारुपमा ‘पश्मिना यार्न, शिल्क यार्न, डाय्स तथा रसायन चीन, भारत र युरोपबाट आयात गर्दैआएका छन् । नेपालको पश्मिना अमेरिका, जापान तथा युरोपमा लोकप्रिय छ । नेपालमा पश्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वीटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादन हुन्छ । नेपाल पश्मिना उद्योग संघका प्रमुख कार्यकारी अधिकृत हरिचन्द्र अर्यालले देशको आर्थिक विकासमा सघाउँदै आएको पश्मिना उद्योगलाई सरकारले टेवा दिए सम्भावना बोकेको क्षेत्रमा पर्ने बताए। पश्मिनाको कारोबार सन्तोषजनक रहेको उनले बताए । वाणिज्य मन्त्रालयको सहयोग तथा समन्वयमा पश्मिनाको उत्पादन, आयात तथा निर्यात प्रवद्र्धन भइरहेको बताउँदै नेपालमा स्थानीयस्तरमा २ अर्ब ५० करोड रुपैयाँको पश्मिनाजन्य वस्तुको बिक्री हुने गरेको संघले जनाएको छ । विदेशी मुलुकमा २ अर्ब रुपैयाँ बराबरको पश्मिना निर्यात हुने गरेको कार्यकारी अधिकृत अर्याल बताउछन् । अधिकांश पश्मिना उद्योग काठमाडौँ उपत्यकामा रहेका छन् । रासस