एनआईसी एशियाले ल्यायो ‘भिसा इन्टरनेशनल यूएसडी कार्ड’, नेपाल र भारतमा नचल्ने

<p>काठमाडौं । एनआईसी एशिया बैंकले “भिसा इन्टरनेशनल यूएसडी कार्ड” संञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको इकमर्शप्रतिको बढ्दो आकर्षणलाई मध्येनजर गरी उक्त कार्डको शुरुवात गरेको हो । बैंकले ल्याएको यस कार्ड नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने छ । उक्त कार्डको विभिन्न विशेषताहरु छन्: अमेरिकी डलर ५०० देखि १५ हजारसम्मको कर्जा सिमा, [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले “भिसा इन्टरनेशनल यूएसडी कार्ड” संञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको इकमर्शप्रतिको बढ्दो आकर्षणलाई मध्येनजर गरी उक्त कार्डको शुरुवात गरेको हो ।

बैंकले ल्याएको यस कार्ड नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने छ । उक्त कार्डको विभिन्न विशेषताहरु छन्: अमेरिकी डलर ५०० देखि १५ हजारसम्मको कर्जा सिमा, निशुल्क इकमर्श (अनलाईन पेमेन्ट)को सुविधा, कर्जा सिमितको ५० प्रतिशतसम्म नगद झिक्न सकिने छ ।

साथै, यस कार्ड प्रयोगमा १० प्रतिशत वा १०० प्रतिशत भुक्तानीको व्यवस्था र अधिकतम ४५ दिनसम्म सर्भिस चार्ज फ्री क्रेडिट पिरियड उपभोग गर्न सकिने बैंकले जनाएको छ ।

त्यस्तै, यस कार्डको प्रयोगबाट बढीभन्दा बढी ग्राहकहरुले उच्चतम लाभ उठाउने बैंकको विश्वास लिएको छ ।

Share News