सन १९२३ मा नेपाललाई वेलायतले स्वतन्त्र मुलुकको मान्यता दियो । त्यसको ४ वर्षपछि रक्सौलमा रेल आयो जुन अमलेखगन्जसम्म जोडियो र यसरी नेपाल र भारत रेलले जोडियो । यि दुबै घटना प्रधानमन्त्री चन्द्रशम्ंसेरको पालामा भएको थियो । उनी मेट्रिपास गर्ने पहिलो प्रधानमन्त्री थिए । उनले आफुलाई ठुलो विद्वान र राष्ट्रादी पनि ठान्थे ।

मुलुकमा उद्योग थिएन तर रेलले ल्याएको उमंगमा केही वर्षपछि सन १९३५ मा कम्पनी ऐन आयो र त्यो औद्योगिकरणको प्रथम तरंगमा २९ वटा भन्दा बढी उद्योगधन्दा र कम्पनी राणा प्रधानमन्त्री जुद्धशम्ंशेरले स्थापना गरे । नेपाल वैक, बिराटनगर जुट उद्योगहरु त्यही मेसोमा स्थापना भएका हुन । पछिसम्म पनि रेलको बाटो वीरगञ्ज (अमलेखगन्ज मै धेरै उद्योग खुलेका थिए ।
त्यसरी संसारसँग नेपाललाई जोड्ने, उद्योगको मुल फुटाउने, नेपाललाई स्वतन्त्र राख्ने जस्ता काम राणा प्रधानमन्त्री चन्द्रशम्शेरले गरे पनि किन उनलाई मानिसले गाली गरिराख्छन ? किनकी यि कुराहरु शासनको लक्ष्य हैनन, खाली सम्भावित साधन मात्र हुन । हाम्रो शासनको लक्ष्य सम्पन्न नेपालको निर्माण हो । जसमा चन्द्रशम्शेर र उनका खलक असफल भए । मुलुकका अरु जनतालाई नगनेर आफना वरिपरिका मान्छेलाई सम्पन्न गराएकोले चन्द्रशम्शेर र जुद्धलाई मान्छेले बिर्सेंका हुन ।
भारतलाई रेलले छोएको १०० वर्षपछि चीनलाई रेलसंग जोड्ने संभावना बढेको छ । भारतले नाकाबन्दी गरेर दुःख दिइरहेकोले चीनबाट रेल आइदिए हुन्थ्यो भन्ने चाहाना सबै नेपालीलाई छ । त्यसैले यो रेललाई कसरी सफल बनाउने ताकी यसले अमलेखगन्जको नियती नभोगोस भन्नेमा रेल बनाउनुअघि नै सोच्नुपर्छ ।
वीरगन्ज–पथलैया कोरिडोरमा उद्योगधन्दा खुल्दा र भारतका करोडौ जनसंख्यासम्म यती सजिलो पहुँच हुँदा त त्यो रेल चल्न सकेन भने चीन जोड्ने रेल खाली फर्किने र चाँडनै बन्द हुने संभावना कम भने छैन । यसलाई संबोधन गर्ने एक मुख्य उपाय भनेको चीनको केरुङदेखी वीरगन्जसम्म विशेष आर्थिक क्षेत्र घोषणा गरेर यहाँँ लगानी गर्ने चिनियाँ र भारतीयलाई नेपाली लगानिकर्ता सरह सुविधा दिने घोषणा गर्नु हो । नत्र यो रेलले के बोक्ने र आफनो खर्च कसरी उठाउने हो भन्ने प्रश्न मूल हुनेछ ।
केही महिनापछि हामीलाई अर्को एक प्रश्नले अप्ठेरो बनाउने भने छ । यदी केरुङदेखि काठमाडौसम्मको रेललाई ४ अर्ब डलर लाग्ने र चीनले सित्तैमा नबनाउने भन्ने चर्चा चलेको छ । यदी यो कुरा सही हो भने त ४ अर्ब डलरमा केही थपेर बरु काठमाडौंदेखि निजगढ, काठमाडौं केरुङ, काठमाडौं–पोखरा, वीरगञ्ज (नारायणगढ, पोखरा–बुटवल र काँकडभिटट र इटहरी कोरिडोरमा फास्टट्रयाक बनाए मुलुकको मुहार कायापलट हुन्छ कि भन्ने धेरैलाई लाग्न सक्छ । केरुङसम्म राम्रा चिनियाँ रोड आइसकेको परीप्रेक्ष्यमा हाम्रो तत्कालिन उत्तरतर्फको कनेक्टिभिटिको लक्ष केरुङ केरला, किमाथाँकासम्मको सडकले पनि पुरा गर्न सक्ला ।