विकासन्युज

‘एम्बाप्पे धेरै नाटक नगर, जिदानकै शैलीमा विश्वकप गुम्ला’: थोमस मेउनिर

काठमाडौं । फ्रान्सका १९ वर्षिय सुपरस्ट्रार केलियन एम्बाप्पेको खराब आचरणको आलोचना शुरु भएको छ । उरुग्वे र बेल्जियम विरुद्धको खेलमा समय सक्ने नाममा खराब बानी प्रर्दशन गरेपछि उनको आलोचना शुरु भएको हो । एम्बाप्पेका सेन्ट पेरिस जर्मनका समकक्षी थोमस मेउनिरले उनको कडा शब्दमा आलोचना गरेका छन् । इंग्लिस अनलाईन गोल डटकममा अन्तवार्ता दिदैं मेउनिरले एम्बाप्पे जस्तो सुपरस्ट्रारले चलचित्रमा जस्तो नाटक गर्न नहुने बताएका हुन् । उनले भने-‘बेल्जियम विरुद्धको खेलमा उनले किन यस्तो व्यवहार देखाए म प्रश्न गर्न चाहान्छु, साथै चेतावनी पनि जिनेदिन जिदान र रोनाल्डोले जस्तै विश्वकप गुमाउन सक्छौ । तिमी एक युवा अवश्थामा छौं, यो उमेरमा धेरै कुरा सिक्नु जरुरी छ । हुन त तिमी यो संसामा उत्कृष्ट खेल खेलिरहेका छौ । तर बेल्जियमसँगको खेलमा पटक पटक समाय बर्बाद गर्न किन लागि पर्यो । यो महान खेलाडीको आचरण होइन ।’ ‘जिदान र रानाल्डो उनीहरु महान खेलाडी हुन् । उनीहरुले चलचित्रमा जस्तो नाटक गरेका छैनन् । उनीहरुले आफ्नो इच्छा र क्षमताले फुटबल खेले । उनीहरुले विगतमा जस्ता क्रियाकलाप गरे त्यो नाटकिय थिएन, त्यसैले उनीहरुले अहिले सम्म सम्मान पाइरहेका छन् । त्यसैले तिमी महान बन्नु छ भने इटालीका खेलाडीसँग आफ्नो खराब बानीलाई सुधार गर ।’ एम्बाप्पेले बेल्जियमसँगको खेलमा फ्रि किक हान्न लागेको बल टिपेर हिडेका थिए भने उरुग्वेसँगको खेलमा आफैं लडेर नाटक गरेका थिए । उनले लगातार २ वटा पहेंलो कार्ड समेत खाइसकेका छन् । सेमिफाइनलमा फ्रान्सले सामुइल उमटीटीको हेडिङ गोलको मद्धले बेल्जियलाई हराउदै फाइनल यात्रा तय गरेको थियो । अब बेल्जियमले तेस्रो स्थानको लागि इंग्ल्यान्ड र फाइनल फ्रान्स र क्रोयोसियाबिच हुनेछ ।

विद्युतीय बैंकिङ सेवा प्रयोग गर्नेको संख्या १ करोड बढी

काठमाडौं । विद्युतीय बैंकिङ सेवाको प्रयोग गर्नेको संख्या १ करोड नाघेको छ । हालसम्म मोवाइल, इन्टरनेट, डेविट कार्ड, क्रेडिट कार्ड प्रयोग गर्नेको संख्या १ करोड १ लाख १६ हजार पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार मोवाइल बैंकिङ ४० लाख, इन्टरनेट बैंकिङ ७ लाख ८४ हजार, डेविट कार्डको संख्या ५२ लाख ३५ हजार र क्रेडिट कार्ड प्रयोगकर्ता ९७ हजार रहेका छन् । पछिल्लो समयमा विद्युतीय प्रविधिको प्रयोग गर्नेको संख्या बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खाताको संख्या २ करोड २५ लाख, कर्जा खाता १२ लाख ८७ हजार पुगेको छ । यस्तै एटीएमको संख्या २ हजार ६२४ रहेको छ । ७५३ स्थानीय तहमध्ये ५५६ मा बैंकको पंहुच पुगेको छ । बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ६ हजार ४१८ पुगेको केन्द्रीय बैंकले जनाएको छ । एउटा शाखाबाट ५ हजार ८०९ जनसंख्याले वित्तीय सेवा पाइरहेका छन् ।

तीन दशकपछि जापानमा पहिलो पटक भारी वर्षा, २०४ जनाको मृत्यु

टोकियो । जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराएका छन् । यसमा परेर २८ जना व्यक्ति हराइरहेका छन् । हराएकाहरुको अवस्था कैयौँ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै रहने सम्भावना नरहेको पनि प्रवक्ता सुगाले जानकारी दिएका छन् । विशेषगरी जापानको मोतोयामा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । सो क्षेत्रमा मात्र १५० जनाको ज्यान गएको छ । उक्त क्षेत्र जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित छ । त्यसपछि अरु क्षेत्रहरु हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप रहेको छ । जापानका धरैजसो स्थानमा विगत लामो समयपछिकै सबैभन्दा बढी वर्षा भएको छ । मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो । जापानी अधिकारीहरुले तीन दशकपछि जापानमा पहिलो पटक यति भारी मात्रामा वर्षा भएको जनाएका छन् । मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताइएको छ । अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्धारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी हराइरहेकाहरुको खोजीका लागि पनि वर्षाका कारण व्यवधान उत्पन्न भएको छ । प्रधानमन्त्री आबे बाढी प्रभावित क्षेत्रमा यसैबीच प्राप्त अर्को एक समाचारअनुसार जापानी प्रधानमन्त्री सिन्जो आबे जापानको बाढी प्रभावित क्षेत्र मोतोयामाको भ्रमणमा गएका छन् । प्रधानमन्त्री आबे शुक्रबार बाढीका कारण ठूलो क्षति पुगेको सो क्षेत्रमा पुगेका अधिकारीहरुले जनाएका छन् । उनले सो क्षेत्रमा पुगेर उद्धार र सहयोगका काममा भएका प्रगतिहरुको बारेमा जानकारी लिएका थिए । उनले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धार र सहयोगका काममा लाग्न सरकारी अधिकारीहरुलाई निर्देशन दिएका हुन् । बाढी प्रभावित क्षेत्रमा सहयोग र उद्धारका लागि ७० हजार भन्दा बढी उद्धारकर्मी खटिरहेका छन् । बाढीले पुर्याएको क्षतिको आर्थिक लेखाजोखा भने भइसकेको छैन । बाढीका कारण निकै ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री आबेले हालै मात्र आफ्नो विदेश भ्रमण रद्द गरेका थिए । उनी गएको बुधबार युरोपका केही देशको सताव्यापी भ्रमणमा जानुहुने पूर्व निर्धारित कार्यक्रम थियो । रासस/एएफपी

२५ लाखको लागतमा कभर्ड हल निर्माण हुँदै

पाल्पा । रामपुर क्षेत्रमा जिल्लाकै सबैभन्दा ठूलो कभर्ड हल निर्माण गर्न लागिएको छ । राष्ट्रिय खेलकूद परिषद्को कूल २५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको कभर्ड हल १८ मिटर चौंडाई र ३० मिटर लम्बाइको छ । हल निर्माणबाट ब्याटमिण्टन, भलिबल, तेक्वान्डो, कराँते लगायतका विभिन्न खेल सञ्चालनमा सहज हुनेछ । उक्त नगरपालिकाको वडा नं ७ कठानस्थित बेलेआँपमा निर्माण गर्न लागिएको सो हलको शिलान्यास बिहिबार नगर प्रमुख रमणबहादुर थापाले शिलान्यास गरेका थिए । रासस

गैरकानूनी रुपमा नेप्सेको सीईओबाट हटाइएको भन्दै चन्द्रसिंह साउद पुगे सर्वोच्च अदालत, आइतबार सुनुवाइ हुदै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट हटाइएका चन्द्रसिंह साउद पुर्नवहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । प्रतिस्पर्धाबाट नेप्सेको सीईओ बनेका साउद गैरकानुनी ढंगले प्रतिशोध साध्नका लागि हटाइएको भन्दै उनले सर्वोच्चमा रिट दर्ता गराएका हुन । उनको रिटको आइतबार सुनुवाइ हुदैछ । “सरकारले प्रतिस्पर्धाबाट ४ वर्षका लागि मलाइ नियुक्त गरेको छ, हटाउन मिल्दैन” उनले भने । देउवा सरकारले उनलाई गत असोज २४ गते ४ वर्षका लागि नियुक्त गरेको थियो । सरकारले उनलाई हटाएर अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई सीईओ बनाइएको छ । ओली नेतृत्व सरकारले दउवा पालामा भएका नियुत्तिलाई धमाधम वदर गर्न थालेपछि सर्वोच्चले धमाधम उल्ट्याएको छ । यसले गर्दा सरकार नौतिक संकटमा पर्ने संभावना बढेको छ ।

मनकामना, भालेश्वर मन्दिरपछि मौलाकाली केबलकारको पनि काम अघि बढ्यो

काठमाडौं । पुर्व नवलपरासी जिल्लाको प्रसिद्ध धार्मिक स्थल मौलाकालीमा केबलकार निर्माणको काम अघि बढेको छ । मौलाकाली केबलकार प्रालीले गैडाकोट नगरपालिका वडा नं १, धोबीधारा टोलबाट मौलाकाली मन्दिर परिसरसम्म केबलकारको निर्माण गर्न लागिएको हो । प्रालीले केबलकार निर्माणका लागि प्रारम्भिक चरणको काम शुरु गरेको आयोजनाका सूचना अधिकारी उपेन्द्र घिमिरेले बताए । ‘हामी अहिले आयोजनाको प्रारम्भिक चरणमा छौं, वातावरणीय प्रभाव मूल्याङकनका लागि साउन ५ गते सार्वजनिक सुनुवाई कार्यक्रम राखेका छौं घिमिरेले भने स्थानीयको प्रतिक्रिया सहित भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन बुझाउने छौं ।’ उनका अनुसार ईआइए सकिएपछि विस्तृत आयोजना प्रतिवेदन डिपीआरको लागि काम अघि बढ्नेछ । आयोजनाको प्राविधिक पक्षको धमाधम काम भैरहेको र ईआइए पास भएपछि काम अघि बढ्ने घिमिरेले बताए । ईआएका लागि आयोजनाबाट प्रभावित हुने मानिसहरुले सहभागिता जनाउन सक्नेछन् । यसअघि मनकामना र चन्द्रागिरी भालेश्वर मन्दिरमा केबलकार शुरु भैसकेका छन् ।

लक्ष्मी बैंकको ३ शाखा सिन्धुपाल्चोक, दार्चुला र सप्तरीमा

काठमाडौं । लक्ष्मी बैंकले शुक्रबार सिन्धुपाल्चोकको लिसानखुपखर, दार्चुलाको लेकम, र सप्तरीको बलान बिहुलमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी तीन शाखा सहित बैंकको शाखा संजाल ८९ पुगेको छ । साथै, बैंकको १०४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुकै रोजाईको माध्यमअर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ ।

पहिरोले मुग्लिन सडक बन्द

रत्ननगर, चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार अहिले स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम जारी छ । पहिरोका कारण चितवनबाट जाने र आउने सवारी साधन बीचबाटोमा नै रोकिएका छन् । सडक बन्द भएकाले ओभरटेक नगरी सवारी लाइनमा मिलाएर राख्न प्रहरीले चालकलाई अनुरोध गरेको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा असार महिनामा मात्रै दर्जनौँ पटक पहिरो खसेर यात्रुलाई प्रभावित बनाइसकेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक चौडा पार्ने र भित्तो काटेको स्थानमा पहिरो खस्ने गरेको छ । यहाँको भालुढुंगा, एकनम्बर पुल, भतेरी जंगल क्षेत्रमा सडक भासिने र केही फाट्टिने क्रमसमेत देखिएको छ । सो क्षेत्रमा सडक एकतर्फ बनाएर आवश्यक कामसमेत भइरहेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । रासस