मनकामना, भालेश्वर मन्दिरपछि मौलाकाली केबलकारको पनि काम अघि बढ्यो

<p>काठमाडौं । पुर्व नवलपरासी जिल्लाको प्रसिद्ध धार्मिक स्थल मौलाकालीमा केबलकार निर्माणको काम अघि बढेको छ । मौलाकाली केबलकार प्रालीले गैडाकोट नगरपालिका वडा नं १, धोबीधारा टोलबाट मौलाकाली मन्दिर परिसरसम्म केबलकारको निर्माण गर्न लागिएको हो । प्रालीले केबलकार निर्माणका लागि प्रारम्भिक चरणको काम शुरु गरेको आयोजनाका सूचना अधिकारी उपेन्द्र घिमिरेले बताए । &#8216;हामी अहिले आयोजनाको प्रारम्भिक [&hellip;]</p>

काठमाडौं । पुर्व नवलपरासी जिल्लाको प्रसिद्ध धार्मिक स्थल मौलाकालीमा केबलकार निर्माणको काम अघि बढेको छ ।

मौलाकाली केबलकार प्रालीले गैडाकोट नगरपालिका वडा नं १, धोबीधारा टोलबाट मौलाकाली मन्दिर परिसरसम्म केबलकारको निर्माण गर्न लागिएको हो ।

प्रालीले केबलकार निर्माणका लागि प्रारम्भिक चरणको काम शुरु गरेको आयोजनाका सूचना अधिकारी उपेन्द्र घिमिरेले बताए । ‘हामी अहिले आयोजनाको प्रारम्भिक चरणमा छौं, वातावरणीय प्रभाव मूल्याङकनका लागि साउन ५ गते सार्वजनिक सुनुवाई कार्यक्रम राखेका छौं घिमिरेले भने स्थानीयको प्रतिक्रिया सहित भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन बुझाउने छौं ।’

उनका अनुसार ईआइए सकिएपछि विस्तृत आयोजना प्रतिवेदन डिपीआरको लागि काम अघि बढ्नेछ । आयोजनाको प्राविधिक पक्षको धमाधम काम भैरहेको र ईआइए पास भएपछि काम अघि बढ्ने घिमिरेले बताए ।

ईआएका लागि आयोजनाबाट प्रभावित हुने मानिसहरुले सहभागिता जनाउन सक्नेछन् । यसअघि मनकामना र चन्द्रागिरी भालेश्वर मन्दिरमा केबलकार शुरु भैसकेका छन् ।

Share News