काठमाडौं । लक्ष्मी बैंकले शुक्रबार सिन्धुपाल्चोकको लिसानखुपखर, दार्चुलाको लेकम, र सप्तरीको बलान बिहुलमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ ।
यी तीन शाखा सहित बैंकको शाखा संजाल ८९ पुगेको छ । साथै, बैंकको १०४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ ।
यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुकै रोजाईको माध्यमअर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ ।