गैरकानूनी रुपमा नेप्सेको सीईओबाट हटाइएको भन्दै चन्द्रसिंह साउद पुगे सर्वोच्च अदालत, आइतबार सुनुवाइ हुदै

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट हटाइएका चन्द्रसिंह साउद पुर्नवहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । प्रतिस्पर्धाबाट नेप्सेको सीईओ बनेका साउद गैरकानुनी ढंगले प्रतिशोध साध्नका लागि हटाइएको भन्दै उनले सर्वोच्चमा रिट दर्ता गराएका हुन । उनको रिटको आइतबार सुनुवाइ हुदैछ । “सरकारले प्रतिस्पर्धाबाट ४ वर्षका लागि मलाइ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट हटाइएका चन्द्रसिंह साउद पुर्नवहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।
प्रतिस्पर्धाबाट नेप्सेको सीईओ बनेका साउद गैरकानुनी ढंगले प्रतिशोध साध्नका लागि हटाइएको भन्दै उनले सर्वोच्चमा रिट दर्ता गराएका हुन । उनको रिटको आइतबार सुनुवाइ हुदैछ । “सरकारले प्रतिस्पर्धाबाट ४ वर्षका लागि मलाइ नियुक्त गरेको छ, हटाउन मिल्दैन” उनले भने ।
देउवा सरकारले उनलाई गत असोज २४ गते ४ वर्षका लागि नियुक्त गरेको थियो । सरकारले उनलाई हटाएर अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई सीईओ बनाइएको छ ।
ओली नेतृत्व सरकारले दउवा पालामा भएका नियुत्तिलाई धमाधम वदर गर्न थालेपछि सर्वोच्चले धमाधम उल्ट्याएको छ । यसले गर्दा सरकार नौतिक संकटमा पर्ने संभावना बढेको छ ।

Share News