भूकम्प प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्तिकाे अवसर, ब्रिजवाटरले दिँदै छ प्रतिविद्यार्थी ५० हजार रुपैयाँ
काठमाडौं । नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका माध्यमिक तहको परिक्षामा सहभागी भएका विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्ने अवसर आएको छ । ब्रिजवाटर इन्टरनेशनल कलेजले लायन्स क्लबइ न्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए२ र लायन्स क्लब अफ काठमाडौं सिटिजन्ससँग समझदारी पत्रमाहस्ताक्षर गरेको छ । समझदारी पत्रअनुसार कमजोर आर्थिक अवस्था भएका तथा पिछडिएका ग्रामीण क्षेत्रका विद्यार्थीहरु जो ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रबाट आएका छन्, उनीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ । यो समझदारी कोषको लागि नभए पनि अतिपिछडिएका तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थहरुका लागि आवश्यक पर्ने रकम उठाउन सहकार्य गरिने प्रतिबद्धता हो । यो आवश्यकतामा आधारित छात्रवृत्ति कार्यक्रम एसईई सहभागी भएका विद्यार्थीहरुको लागि हो । जसलाई वित्तिय सहयोग निकै आवश्यक रहेको देखिएको छ, ब्रिजवाटर इन्टरनेशनल कलेजका प्रिन्सिपल संदिप खनालले भने । ‘क्रिएटिङ न्यू डाइमेन्सन टू एजुकेशन’ भन्ने मुलनाराका साथ ब्रिजवाटर इन्टरनेशनल कलेज आफूले चाहेको क्षेत्रमा भविश्यकोर्न सहयोग पुर्याउने माध्यमको रुपमा रहेको छ । यो छात्रवृत्ति १०० जना अति पिडछिएका तथा कमजोर आर्थिक अवस्था भएका नेपाली विद्यार्थीहरुका लागि अवसरको रुपमा आएको छ जसले प्रतिविद्यार्थी ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
एचएच बजाजको नयाँ शोरुम सिराहाको ट्राफिक चोकमा
काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडको एचएच बजाजले सिराहाको ट्राफिक चोकमा नयाँ शोरुम संचालनमा ल्याएको छ । एचएचले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम स्नेहा आटो जोन उक्त स्थानमा खोलेको हो । एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले कँहीकतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ । नयाँ शोरुमको शुभारम्भ सँगै शोरुमले ग्राहकहरुका लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।
१५ प्रतिशत बोनस सेयरले लगानीकर्ता लोभिएपछि एनएमबी बैंकको एफपीओ सबै बिक्री
काठमाडौं । एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको भोलिपल्ट थप निष्कासन (एफपीओ) पुरै बिक्री भएको छ । एफपीओ बन्द हुने अन्तिम दिन आज बिहीबारसम्म ७० हजार ७०० आवेदकबाट ३ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । केही अस्विकृत हुने भएकाले तथ्याँक घट्न सक्ने निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । उनले माग भन्दा बढी आवेदन परेको जानकारी दिए । बैंकले अझै तथ्याँक अद्याविधिक गरिरहेकाले अझै बढने संभावना रहेको उनले सुनाए । बैंकले चुत्तापुँजी बढाउन प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । बुधबारसम्म ७७ हजार आवेदकबाट २ अर्ब ७७ करोड रुपैयाँ बरारबको एफपीओका लागि आवेदन परेको थियो । बैंकले एफपीओमा लगानी गर्नेलाई पनि १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेपछि यसको असर एफपीओमा परेको हो । बैंकको मंगलबार बसेको ३५९ औं सञ्चालक समिति बैठकले एफपीओ बाँडफाँडपछि चुत्तापुँजी अर्थात ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्ने र सोको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर दिने बैंकले स्पष्टपारेको छ । एफपीओ बिक्री नहुने अवस्था आएपछि नागरिक लगानी कोषले भोली शुक्रबारदेखि सोमबारसम्मका लागि संस्थापक सञ्चालक तथा तिनका परिवारका लागि खुला गरिने कोषले जानकारी दिएको थियो । एफपीओका लगानीकर्ताले समेत बोनस सेयर पाउने भएपछि बैंकको चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पुग्ने छ ।
गण्डकी विकास बैंकका ग्राहकहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलबाट छुट पाउने
काठमाडौं । गण्डकी विकास बैंकका ग्राहकहरुले काठमाडौं स्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलको उपचार र्खचमा छुट पाउने भएका छन् । बिहीबार गण्डकी विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच ग्राहकहरुलाई अस्पतालको विभिन्न उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र ग्राण्डी विकास बैकको तर्फबाट मार्केटिङ्ग विजनेश डेभलपमेन्ट विभाग प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका एटीएम होल्डर ग्राहकहरुले भ्यालिड एटीएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्न सक्नेछन् ।
नबिल बैंकले ६०० जना कर्मचारीलाई तालिम दिने
काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्रार्ष्ट्रिय स्तरको जानबि कोर्समा ६०० जना कर्मचारीहरुलाई तालिम दिने भएको छ । बैंकले कर्मचारीहरुको कार्यदक्षता विकासका लागि एनबीआईद्धारा संचालित उक्त कोर्समा सो मात्राको कर्मचारीहरुलाई तालिम दिन लागेको हो । नबिल बैंक मौद्रिक नीति २०७/७६मा उल्लिखित बैंक कर्मचारी तालिम सम्बन्धि प्रावधान कार्यान्वयन गर्ने प्रथम बैंक भएको छ । बैंकले बुधबार जारी भएको मौद्रिक नीतिको बुँदा नम्बर ९७ अन्तर्गत सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीहरुलाई तालिम दिन लागेको हो । नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई)बीच बिहीबार सो तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्तारक्षर गरेका छन् ।
बैंकले ब्रोकर लाइसेन्स पाएपछि होला त सेयर बजार विस्तार ?
काठमाडौं । वाणिज्य बैंकले पनि धितोपत्र कारोबारको अनुमतिपत्र (ब्रोकर लाइसेन्स) पाउने भएपछि सेयर बजारमा अझ बढी प्रतिस्पर्धा र विस्तार हुने देखिएको छ । वाणिज्य बैंकले पनि ब्रोकर कारोबारको लाइसेन्स पाएपछि राजधानीमा मात्र केन्द्रित सेयर कारोबार अब जिल्लामा पुग्ने देखिएको छ । हाल ५० ब्रोकर कम्पनीमार्फत सेयरको कारोबार हुदै आएको छ । बैंकले ब्रोकर कारोबारको लाइसेन्स पाएपछि सेयर बजार वृद्धि हुनुका साथै दायरा विस्तारमा सहयोग पुग्ने नेपाल धितोपत्र बोर्डका प्रवत्ता निरज गिरी बताउँछन् । बैंकले ब्रोकर कारोबारको लाइसेन्स पाएपछि सेयर कारोबार अझ बढी प्रतिस्पर्धी हुने उनको भनाई छ । धितोपत्र कारोबार नियमावलीले बैंकलाई पनि ब्रोकर कारोबार खुला गरिसकेको बताउँदै उनले भने “नियामक नेपाल राष्ट्र बैंकले पनि बाटो खुला गरेकाले अब चाहाने बैंकले लाइसेन्स पाउने छन् ।” कारोबार सिष्टमका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) संग सहकार्य आवश्यक पर्ने उनको भनाई छ । स्टक ब्रोकरमा असन्तुष्ठि आउन सक्ने बताउँदै उनले यसले भविष्यमा उनीहरुलाई नै राम्रो बनाउने गिरीको तर्कछ । प्रतिस्पर्धा र दायरा बढ्नु राम्रो कुरा भएको गिरी बताउँछन् । नेपाल स्टक ब्रोकर एसोसियसनका निवर्तमान अध्यक्ष तथा कालिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिजापतिले बजारमा प्रतिस्पर्धा क्षमता बढाउनुका साथै लगानीकर्तालाई पंहुच विस्तार हुने बताउँछन् । लगानीकर्ताको मागअनुसार केन्द्रीय बैंकले बैंकलाई ब्रोकर लाइसेन्स खुला गरेको बताउँदै कसरी काम अघि बढ्छ त्यसमा निर्भर रहने उनको भनाई छ । बैंकहरुको लविङ राम्रो हुने भएकाले सहज रुपमा नीतिगत सुधार हुने, क्षेत्र विस्तारले गर्दा लगानीकर्ताको संख्या अझ बढ्ने ब्रोकरहरुको भनाई छ । यद्यपी बैंकले नै ब्रोकर कारोबार गर्न पाउने भएपछि स्वार्थको द्धन्द्ध (कन्फिल्ट अफ इन्ट्रेष्ट) अधिक संभावना र सेयर रजिष्टारको काम गर्नेले पूर्वसुचना पाउने संभावना रहन्छ । ब्रोकर कम्पनीको चुक्ता पुँजी २ करोड रुपैयाँ रहेको छ । नेप्सेमा १९६ कम्पनी सुचिकृत रहेका छन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा ब्रोकर कारोबार गर्ने बैंकले सहायक कम्पनी स्थापना गर्नुपर्ने उल्लेख छ । वाणिज्य बैंकले आवश्यकता ठानेमा स्वीकृति पाउने छन् । बैंकलाई पनि ब्रोकर कारोबारको लाइसेन्स दिनुपर्ने लगानीकर्ताको मागलाई खुला गरेको राष्ट्र बैंकले जनाएको छ ।
कालोबजारी गर्नेलाई बहिस्कार गर्न र तिनकाे नाम सार्वजनिक गर्न उद्योग वाणिज्य महासंघकाे अपिल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिना दर्ता वा बील बिजक जारी नगरी कारोबार गर्ने, न्यून मूल्यमा तथा कम वा बढी परिमाण गरी हुने बस्तु तथा सेवाको कारोबार गर्ने/गराउने व्यवसायीलाई बहिष्कार तथा तीनको परिचय समेत सार्वजनिक गर्न सबै तह र तप्कालाई अनुरोध गरेको छ । उत्पादन, थोक तथा खुद्रातह एवं आम उपभोक्ताहरूले आफुले खरिद, बिक्री गरेको बस्तु र सेवाको यथार्थ परिमाण र यथार्थ भुक्तानी मूल्यको बील बिजक लिएर/दिएरमात्र कारोबार गर्न पनि महासंघ सबैलाई आग्रह गरेको छ । ‘निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ मुलुकभित्र सधै स्वच्छ र पारदर्शी व्यापार व्यवसायको पक्षपाती रहदै आएको छ । साथै सरकारबाट समय समयमा बजार अनुगमन हुनुपर्दछ भन्ने कुरामा दृढ छ’ महासंघले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘आफूले खरिद गर्ने सामानमा उत्पादन तथा उपभोग्य मिति उल्लेख भए/नभएको एकिन गरी खरिद बिक्री गर्न, उपभोग्य मिति गुज्रेको माल वस्तु बिक्री वितरण नगर्न, कानुनले तोकेको अत्यावश्यक बस्तुहरुको सिमाभित्र रहेर मूल्य र नाफा लिई सामान बिक्री वितरण गर्न, बील बिजक जारी गर्न, सबैले देख्ने गरी अत्यावश्यक बस्तुहरूको मूल्य सूची राखेर वा सकभर बस्तुमै मूल्य राखेर कारोबार गर्न/गराउन महासंघ सबै व्यवसायीहरूमा आग्रह गर्दछ ।’ महासंघले बजारलाई स्वच्छ र पारदर्शी बनाई आम उपभोक्तालाई गुणस्तरीय सेवा दिन निजी क्षेत्र सदैव तयार र प्रतिवद्ध रहेको जनाएको छ । गैह्र कानुनी कार्य गर्नेलाई सदैव कानुनको दायरामा ल्याउनु पर्ने र स्वच्छ व्यापार व्यवसाय गर्नेले निर्वाध व्यापार व्यवसाय गर्न पाउनु पर्नेमा महासंघले जोड दिएको छ । ‘जनतालाई सरकारबाट राहतदिने भनेकै करको माध्यमबाट हो । यथार्थ मूल्यमा आयात, निर्यात र कारोबार गराउन सरकारबाट पनि हालका बिद्यमान करका दरहरू न्यूनतम कायम गरी खुल्ला सिमानाबाट भैरहेको अनधिकृत व्यापार नियन्त्रणमा सुन्य सहनशिलता राख्न समेत अनुरोध गर्दछौ । यसका लागि सिमापारी करका दर कम रहेका बस्तुहरूमा स्वदेशमा लाग्ने कूल कर राजस्व समयमै समायोजनका लागि पनि अनुरोध गर्दछौ । साथै बजार अनुगमनका लागि विधि, प्रक्रिया तयार गर्ने र यस कार्यलाई व्यवस्थित र मर्यादित बनाउन मूल्यसूची, नापतौल, गुणस्तर आदि बारे गरिनु पर्ने सुधार बारे आ–आफ्नो तर्फबाट रचनात्मक सल्लाह सुझाव दिई सहयोग गर्न महासंघ सम्बन्धित सवैमा हार्दिक अपिल गर्दछ’ महासंघको विज्ञप्तीमा लेखिएको छ । महासंघ अध्यक्ष भवानी राणा सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय/वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट हाल जारी बजार अनुगमनलाई मर्यादित र व्यवस्थित गर्ने, स्वच्छ र पारदर्शी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने सम्बन्धमा यही असार १५ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा सम्पन्न व्यवसायीसंगको बृहद अन्तरक्रियाबाट गठित समिति, समग्र अनुगमनका विषयमा विस्तृत सुझाव दिई सोको कार्यान्वयनका लागि सरोकारवालाहरू समेतसंग छलफलगरी अनुगमनका विधि, प्रक्रिया र हाल भैरहेको तीन तह र चौध निकायबाट हुने अनुगमनलाई एकिकृत, सरल र न्यूनतम जनशक्ति मार्फत स्वचालितरूपमा बजार ब्यवस्थित हुने अवस्था सृजनाका लागि गम्भीर गृहकार्य गरिरहेको पनि महासंघले जनाएको छ । महासंघले आफ्ना सबै व्यवसायिक सदस्य संघ/संस्था मार्फत मुलुकभर क्रियाशील व्यापारीहरूलाई स्वच्छ र पारदर्शी व्यापार व्यवसाय गर्न र यथार्थ मुल्यमा बील बिजक जारी गरेर मात्र व्यापार व्यवसाय संचालन गर्न आव्हान गरेको छ । महासंघले अहिलेसम्म सरकारी अनुगनमा यसरी खुलेर सहयोग गरेको थिएन । कतिपय अवस्थामा गैरकानुनी कारोबार गर्ने व्यवसायीहरुको पक्षमा महासंघ उभिदै आएको थियो ।
नेपाल बंगलादेश बैंकले शुरु गर्यो शैक्षिक अभियान, टिच फर नेपाललाई ५ लाख रुपैयाँ सहयोग
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले संयुक्त रूपमा सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान शुरू गरेको छ । बैंकले टिच फर नेपालसँग सहकार्य गरी उक्त अभियान शुरु गरेको हो । टिच फर नेपालले वि.सं. २०७१ सालदखि सिन्धुपाल्चोक जिल्लाबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षालाई सबल बनाउने उद्धेश्यले उक्त अभियान शुरु गर्दै अाएकाे छ । उक्त अभियानबाट हालसम्म २०० जनाभन्दा बढी प्रज्ञार्थी (फेलो) हरू सरिक भई सार्वजनिक विद्यालयहरूमा शिक्षण गराई सकेका छन् । हाल ६ वटा जिल्लाका ५१ वटा सार्वजनिक विद्यालयहरूमा १११ प्रज्ञार्थी (फेलो) हरूले ९ हजार भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा शिक्षण गराईरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । यस अभियानलाई निरन्तरता दिदैं ग्रामीण समुदायका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यले स्वरुप बैंकले उक्त सहयोग गरेको हो ।