काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडको एचएच बजाजले सिराहाको ट्राफिक चोकमा नयाँ शोरुम संचालनमा ल्याएको छ । एचएचले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम स्नेहा आटो जोन उक्त स्थानमा खोलेको हो ।

एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले कँहीकतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।
नयाँ शोरुमको शुभारम्भ सँगै शोरुमले ग्राहकहरुका लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।