विकासन्युज

वृज सिमेन्टको प्रायोजनमा चितवनको विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण

काठमाडौं । पुष्पतारा केडिया सेवा संस्थाको आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिको प्रायोजनमा चितवनको एक विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण गरिएको छ । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले चितवनको श्री नारायणी नमुना माध्यमिक विद्यालयलाई उक्त सामाग्री हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा मेयर दाहालले यस फुटबल सामाग्रीले यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका खेलकुद विकासमा एक कोषेढुङ्गा सावित हुनेछ मेयर दाहालले बताइन् । सो विद्यालयका प्राध्यापक पुर्ण दवाडीले नेपाली फुटबल खेलमा वृज सिमेन्टले गरेको सहयोग एकदमै राम्रो भएको र यसरी निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला हुने तथा उनीहरुले आफनो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्न सक्ने बताएका छन् । भविष्यका कर्णधार साना साना प्रशिक्षण लिइरहेका खेलाडी भाईबहिनीहरुलाई यो सामाग्री अत्यन्तै प्रभावकारी हुने दवाडीले बताए । वृज सिमेन्टले आगामी दिनहरुमा पनि यो फुटबल सामाग्री वितरण कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताएको छ ।

साउन १ गतेदेखि विद्युतीय भुक्तानी सेवा शुरु हुदै, घरैमा बसेर मोवाइलबाट सरकारलाई कर तिर्न सकिने

काठमाडौं । तपाईं सरकारलाई कर तिर्न चेक वा नगद बोकेर आफै बैंक र कार्यालय धाइरहनु भएको छ ? अब चिन्ता नलिनुस, आउदो मंगलबार अर्थात साउन १ गतेदेखि विद्युतीय प्रणालीबाट (इलोक्ट्रोनिक पेमेन्ट सिष्टम) बैंक नै नगई चेक नलिइ आफनै घर वा कार्यालयबाट सरकारलाई कर तिर्न सकिने भएको छ । बैंक र कार्यलय जानका लागि समय नभएकालाई अब revenue.fcgo.gov.np वा rajaswa.fcgo.gov.np मार्फत विद्युतीय माध्यमबाट समेत राजश्व जम्मा गर्न सकिने व्यवस्था मिलाएको महालेखा नियन्त्रकको कार्यलयले जनाएको छ । घर वा का महालेखाको कार्यलयमा रहेको बैंक खातामा जम्मा हुने गरी सरकारी कारोबार गर्ने बैंकको जुनसुकै शाखाबाट पनि जम्मा गर्न सकिने भएको छ । हाल सरकारलाई बुझाउनु पर्ने राजश्व र कारोबार गर्न स्वीकृति पाएका बैंक शाखमा रहेको सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको नाममा रहेको खातामा जम्मा गर्नुपर्ने, खाता रहेको बैंक शाखाले प्रमाणित गरेको भौचर मात्र मान्य हुने विद्यमान व्यवस्थामा परिवर्तन गरिको महालेखाले जानकारी दिएको छ । अब सरकारलाई राजश्व तिर्न र सरकारबाट भुक्तानी गर्न भौतिक रुपमा बैंकमा उपस्थित हुनु पर्दैन । करदाताले आफनो कम्प्युटर, ल्यापटप र मोवाइलबाट सिधै सरकारलाई राजश्व भुक्तानी गर्न सक्ने छन् । यो व्यवस्था लागु भएपछि कर तिर्न र भुक्तानी लिन धाउनु पर्ने अवस्थाको अन्त्य भई समयको पनि वचत हुने छ । अब चेक लिएर वा बैंकमा गएर वित्तीय कारोबार गर्नुपर्दैन र आफनो क्रेडिट कार्ड, डेविट कार्ड भए पीएसओ मेसिनमार्फत भुक्तानी गर्न सकिने छ । विद्युतीय भुक्तानीका लागि सरकारले नेपाल इलोट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडमार्फत चिप्स वा डेविट कार्डमार्फत पिएसओ मेशिनमा गएर पैसा भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको छ । गत बैंशाख १२ गतेदेखि नै अर्थ मन्त्रालयले पहिलो पाइलट योजनाको रुपमा करदाता सेवा कार्यालय ठमेलबाट १ लाख रुपैयाँ भन्दा कम राजश्व भुक्तानी घर वा कार्यालयबाट हुने गरी विद्युतीय सेवाको सुरु गरेको थियो । अर्थमन्त्रीमा नियुक्त भएकै दिन डा. युवराज खतिवडाले विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने निर्णय गरेका थिए । उनको सोही निर्णय कार्यान्वयनमा आएको हो । अर्थमन्त्री डा. खतिवडाले करदाताहरुको डिजिटल रेकर्ड तयार गरेर साउन महिनादेखि देशै भरका राजश्व कार्यालयहरुबाट जतिसुकै रकम पनि विद्युतिय प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन हुने पनि बताएका थिए । उनले कानुन तथा कार्य्बिधीहरु संसोधन गरेर डिजिटल सिग्नेचर कार्यान्वयन तथा ठुलो रकम पनि विद्युतिय प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था अघि बढाउने पनि जानकारी गराएका थिए ।

विद्युत प्रणाली २२० केभीमा स्तरोन्नती, ढल्केबर–मुज्जफपुरबाट २५० मेगावाटसम्म बिजुली प्रवाह हुने

काठमाडौं । नेपालको विद्यत प्रणाली पहिलो पटक २२० केभी क्षमतामा विस्तार भएको छ । १३२ केभी क्षमताबाट स्तरोन्नोती भई २२० केभीमा विस्तार भएको हो । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन अन्र्तगत नेपालतर्फको क्षमता बढेर २२० केभीमा पुगेको हो । यो लाइनबाट अब २५० मेगाावट बिजुली प्रवाह हुनेछ । नेपालले २५० मेगावाट बिजुली भारत पठाउने र ल्याउन सक्ने गरी संरचना तयार भएको नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभागका प्रमुख प्रवल अधिकारीले जानकारी दिए । धनुषाको ढल्केबरमा रहेको सवस्टेशनलाई २२० केभीमा स्तरोन्नोती गर्न शनिबार १६० एमभीए क्षमताको ट्रान्सफर्मर शनिबार साँझ चार्ज गरिएको छ । यस्तै १६० एमभीएको ट्रान्सफर्मर आईतबार चार्ज भएपछि २५० मेगावाट बिजुली प्रवाह हुने उनको भनाई छ । हाल १३२ केभीमा चार्ज गर्दा १४५ मेगावाट बिजुली प्रवाह भइरहेको छ । चीनको सीसीपीजीसंग ठेक्का तोडिएपछि आयोजना केही समय अन्यौलमा फसेको थियो । बाँकी काम भारतको टेल्मसले पावर ट्रान्सफरमर आपूर्ति र जडानका लागि एम्कोले सम्पन्न गरेको हो । यस्तै बिजुली प्रवाह क्षमता साढे २ सयबाट ५०० मेगावाट पुर्याउन थप ट्रान्सफरमर जडानको काम सुरु हुन लागेको छ । आगामी २ वर्ष भित्र १ हजार मेगावाट बिजुली प्रवाह हुने गरी आवश्य संरचना विस्ताको काम सुरु भइसकेको उनले जानकारी दिए । यसका लागि ठेक्काको काम पनि शुरु भएको छ । अन्तरदेशिय प्रसारणलाइनलाई ४०० केभी क्षमतामा स्तरोन्नोती गरेपछि १ हजार मेगावाट बिजुली आयात र निर्यात गर्न बाटो खुला हुनेछ । ढल्केबर सवस्टेशन २२० केभीमा चार्ज भएपछि भारतको मुज्जफपुरमा पनि सोही प्रणाली सञ्चालन गर्नका लागि प्राधिकरणको प्राविधिक टोली त्यहाँ जाने भएको छ । ४ दिनको काम बाँकी रहेको उनले जानकारी दिए । आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाबाट बिजुली उत्पादन भएपछि वर्षामा बढी भएको ऊर्जा भारतमा र हिउँदमा आयात हुने गरी ऊर्जा बैंकिङको काम यो प्रसारणलाइनबाट हुने अधिकारीले बताए । ऊर्जा बैकिङका लागि भारत सहमत भइसकेको छ । यो प्रसारणलाइन पुर्ण क्षमतामा सञ्चालन नहुँदा विद्युत प्राधिकरणले वर्षको १ अर्ब ८ करोड रुपैयाँ प्रसारणलाइन शुल्क (ह्लिङ चार्ज) तिर्नुपरेको छ ।

तनहुँको बन्दीपुरमा ५६ करोडको लागतमा केबुलकार निर्माण हुने

दमौली । तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आरकेबी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको संयुक्त लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो । फाइल फाेटाे ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार ५६ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त केबुलकारका अध्यक्ष रहेका उपाध्यायले जानकारी दिए। केबुलकारका लागि आर केवी रियल स्टेटले ७० प्रतिशत र आफूले ३० प्रतिशत लगानी व्यहोर्ने उनले जानकारी दिए। १ किमी ६०० मिटर लामो उक्त केबुलकारमा ७ वटा टावर रहनेछन् । केबुलकार निर्माणका लागि जग्गाजमीन खरीदका साथै सबै क्षेत्रबाट स्वीकृति लिई अन्तिम डिपीआरसमेत तयार भइरहेको अध्यक्ष उपाध्यायले बताए। यसैगरी तनहुँको ऐतिहासिक नगरी एवं पुरानो सदरमुकाम बन्दीपुरमा करिव ६० करोड रुपैयाँको लगानीमा आधा दर्जन होटल बन्न थालेका छन् । बढ्दो पर्यटकलाई ध्यानमा राखी यहाँ सुविधा सम्पन्न होटलहरु थपिने क्रम बढेको हो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले होटलहरु थपिने क्रम तीव्र भइरहेको र आफैँले पनि ७ करोड ५० लाख रुपैयाँको लागतमा होटल बनाइरहेको जानकारी दिउ । यहाँ होटल खोल्न काठमाडौँबाट समेत व्यवसायीहरु आइरहेको बताइएको छ । पहाडकी रानी उपनामबाट समेत परिचित बन्दीपुरमा यतिबेला चिनियाँ र स्पेनिस पर्यटकको संख्या बढेको छ । दैनिक करिव १०० विदेशी पर्यटक बन्दीपुर भित्रिने गरेको पर्यटन व्यवसायीको भनाइ छ । आन्तरिक पर्यटकको समेत बन्दीपुर रोजाइ बन्दै गएको छ । गर्मी समयमा चिसो हावा, स्वच्छ हराभरा र त्यहाँबाट देखिने दृश्वालोकनका साथै भक्तपुरे शैलीका ऐतिहासिक घरहरुले बन्दीपुरमा पर्यटकको आकर्षण बढ्दै गएको हो । पर्यटकलाई ध्यानमा राखी सूचना केन्द्र स्थापना गरी पथ प्रदर्शकहरु परिचालन र प्याकेज कार्यक्रमसमेत सञ्चालन गरिएको छ । रासस

पानीजाहाज सञ्चालन गर्न नेपाल र भारतबीच आजदेखि वार्ता

काठमाडौं । हिन्द महासागरबाट नेपालमा सिधा पानी जाहाज सञ्चालन गर्ने विषयमा नेपाल र भारतका अधिकारीबीच आइतबारदेखि काठमाडौंमा वार्ता सुरु हुने भएको छ । वार्तामा नेपालसम्म जाहाज चलाउने विषयमा प्रारम्भीक छलफल हुने भएको छ । वार्ता टोलीमा नेपालको तर्फबाट जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेल्वासे र भारतका जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डले नेतृत्व गर्नेछन् । जाहाज सञ्चालनका विषयमा संभाव्यता अध्ययन गर्नका लागि वार्ता केन्द्रीत हुने नेपाली टोलीका प्रमुख वेल्वासेले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला हिन्द महासागरबाट नेपालमा पानी जाहज सञ्चालन गर्ने विषयमा दुई देशबीच सहमति भएको थियो । त्यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल समुद्रसंग जोडिएको उद्घोष गरेका थिए । पानीजाहाज सञ्चालनमा आएमा वस्तु आयात र निर्यात लागत घट्ने देखिएको छ ।हाल कोलकोता बन्दरगाहमार्फत सामान आयात निर्यात भइरहेको छ । यो बन्दरगाह नेपालका लागि धेरै खर्चिलो भएको छ ।

पूर्व परराष्ट्र मन्त्री प्रकाशचन्द्र लोहनीलाई कतारले भिसा नदिएपछि……

विदेश भ्रमण गर्न मसँग हरियो पासपोर्ट छ र म यही प्रयोग गर्दछु। अमेरिका जादा मा दोहा जान्छु र त्यहाँ १० घण्टा कुरेपछि कतार बिमान कम्पनी बाट उड्छु। यो दस घण्टा भने कतारको विमानस्थलमा अल्पकालीन ट्रान्जिट भिसा लिएर सहर को होटेलमा बस्न दिन्छ। यसपटक पनि अमेरिकाबाट दोहा आएर होटेलमा आराम गर्ने अल्पकालीन ट्रान्जिट भिसा मागे। तर कतारको अध्यागमनले स्वीकृति दिएन मलाई अचम्म लाग्यो। कतार बिमानको सुपरभाईजरसंग सोधे मलाई मा १५ घण्टा कतार बिमान को यात्रा पछि ५ घण्टा सहर को होटेल मा बस्ने किन भिसा नदिएको ? उ सँग उत्तर थिएन। अध्यागमनले आफ्नो लागेको गर्छ हाम्रो केहि लाग्दैन भने । अध्यागमनको हाकिमलाई भेट्न अनुरोध गरे। त्यो पनि मिलेन र बाध्य भएर १० घण्टा एउटा मेचमा बिताए् कतार नेपाल को धेरै नजिक को मित्र हो। सानो तर सम्पन्न यो राष्ट्र ले हजारौ नेपालीलाई रोजगारी दिएर नेपाली प्रति मित्रता र गुन लगाएको छ भने नेपाली कामदारले पनि इमान्दारी र लगनशीलताका साथ आफ्नो काम गरेका छन् । दुई देशबिच येति राम्रो सम्बन्ध हुदा पनि १० घण्टाका लागि ट्रान्जिट भिसा नदिएको देख्दा दुःख लग्यो। मलाई लाग्छ हरियो पासपोर्टमा यात्रा गर्ने म जस्ता सर्ब साधारण नेपालीले यो महसुस गरेको हुनुपर्छ। यसमा हाम्रो पररास्ट्र मन्त्रीजीको ध्यान जाओस।

लगानीकर्ताले पाए ३३ अर्ब २ करोड बोनस सेयर, हेर्नुस कुन कम्पनीले दिए कति ? (सुचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष ०७४/०७५ को साउनयता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत विभिन्न क्षेत्रका १०९ कम्पनीले लगानीकर्तालाई ३३ अर्ब २ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका छन् । ती कम्पनीले लगानीकर्तालाई ३३ करोड ८० लाख ७८ हजार कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीले न्युनतम ५ देखि ११४ प्रतिशतसम्म बोनस सेयर दिएका छन् । कम्पनीको बोनस सेयर नेप्सेमा सुचिकरण भई कारोबार समेत भइसकेको छ । अधिकाँश कम्पनीले अघिल्लो आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । बोनस सेयर वितरण गर्नेमा अधिकाँश बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् । यस्तै जलविद्युत, होटल र उत्पादनमुलक कम्पनीले पनि लगानीकर्तालाई बोनस सेयर दिएको बोर्डले जानकारी दिएको छ । (विवरण हेर्नको लागि यसमा क्लिक गर्नुहोस) यो बोनस सेयर मात्र हो । लगानीकर्तालाई कम्पनीले बोनसका अतिरित्त अर्बौ रुपैयाँ नगद लाभांश पनि वितरण गरेका छन् । बैंक तथा वित्तीय संस्थाले चुत्तापुँजी बढाउन लगानीकर्तालाई बोनस सेयर वितरण गरेका हुन् । बैंकले न्युनतम चुत्तापुँजी पुर्याएकाले आगामी वर्षदेखि लगानीकर्ताले बोनस सेयर पाउने संभावना न्युन छ । आगाामी वर्ष लगानीकर्तालाई बोनस भन्दा पनि नगद लाभांश वितरणको संभावना बढी छ । सबैभन्दा बढी बोनस सेयर दिनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले लगानीकर्तालाई गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११४ प्रतिशत बोनस सेयर दिएको छ । यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले १००, कालिका लघुवित्त विकास बैंकको ६५, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० र एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर सुचिकृत भएको हो । अधिकाँश कम्पनीले औसत २० प्रतिशत हारहारीमा बोनस सेयर दिएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन बोनस सेयर वितरण गरेका छन् ।नेपाल क्रेडिट एन्ड कमर्श(एनसीसी) बैंक, एनएमबी बैंकको बोनस सेयर सुचिकृत हुन बाँकी छ ।

ढल्केबर मुज्जफपुर प्रसारणलाइन अब २२० केभीमा, थप बिजुली ल्याउन र पठाउन सकिने

काठमाडौं । ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन अन्र्तगत नेपालतर्फको क्षमता बढेर २२० केभीमा पुगेको छ । धनुषाका ढल्केबरमा रहेको सवस्टेशनलाई २२० केभीमा स्तरोन्नोती गर्न शनिबार १६० एमभीए क्षमताको ट्रान्सफर्मर शनिबार साँझ चार्ज गरिएको छ । यस्तै १६० एमभीएको ट्रान्सफर्मर आईतबार चार्ज हुने नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभागका प्रमुख प्रवल अधिकारीले बताए । दुबै ट्रान्सफर्मर चार्ज भएपछि सो प्रसारणाइनमार्फत २२० केभीमा थप बिजुली आयात र निर्यात गर्न सकिने उनले जानकारी दिए । आगामी १ वर्षमा सो प्रसारणलाइनलाई ४०० केभी क्षमतामा स्तरोन्नोती सम्पन्न हुने छ । यसपछि १ हजार २०० मेगावाट बिजुली आयात र निर्यात गर्न बाटो खुला हुनेछ । हालसमम सो प्रसारणलाइन १३२ केभीमा थिय केही ो । चीनको सीसीपीजीसंग ठेक्का तोडिएपछि आयोजना केही समय अन्यौलमा फसेको थियो । सो प्रसारणलाइनबाट १६० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।