सेन्चुरी बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सम्झौता
काठमाडौं । सेन्चुरी कमर्सियल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानीका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा सेन्चुरी बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र खल्तीका तर्फबाट निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार सेन्चुरी बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सुबिधा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले भने “यस सम्झौताबाट सेन्चुरी बैंकका ग्राहकहरुले बैंकबाट पैसा झिकिराख्ने झन्झट गर्नुपर्दैन । उनीहरुले सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन् । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीलाई खल्ती नगद पैसा बिनाको नेपालको लागि एक पाइला अगाडी बढेको भान भएको छ ।” खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिने छ ।
सिभिल बैंकले ल्यायो अनलाईन फी पेमेन्ट सिस्टम, विदेशमा पैसा बुझाउन झन्झट नहुने
काठमाडौं । सिभिल बैंक लिमिटेडले अनलाईन फी पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । बैंकले विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई विदेशमा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो । नेपालका विभिन्न स्थानहरूबाट विदेशमा अध्ययन गर्न गएका हजारौं विद्यार्थीहरुले अब बैंकको कुनै पनि शाखाबाट अनलाईन फि पेमेन्ट गर्न सक्नेछन् । साथै, विदेशको उच्च शिक्षा हासिल गर्न दिनुपर्ने अनिवार्य परिक्षाहरु स्याट, जीआरई, जीम्याट, एसीटी, यूएसएमएलईको रेजिस्ट्रेसन शुल्क पनि बैंकको जुनसुकै शाखाबाट लिन सकिने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपालमै बसी अध्ययन गर्न सकिने अन्तराष्ट्रिय कोर्स एसीसीए लगायत अन्य अनलाईन कोर्सहरुकोे रेजिष्ट्रेसन तथा फि पनि अब विद्यार्थीहरुले सजिलै भुक्तानी गर्न सक्ने बताएका छन् । बैंकले हाल ६८ वटा शाखाबाट बैंकिङ सेवा दिँदै आईरहेको छ । सिभिल बैंकले हालसम्म ४० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ३९ अर्ब भन्दा बढी कर्जा परिचालन गरेको छ ।
सेयरकर्जामा ४६२ प्रतिशत गिरावट, यो वर्ष तङग्रिएला बजार ?
काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा बैंक तथा वित्तीय संस्थाले दिने सेयरधितो कर्जामा ( मार्जिननेचर लोन) भारी गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सेयरधितो कर्जा ४६२ प्रतिशत घटेको छ । गत वर्ष बैंक तथा वित्तीय संस्थाले ६० करोड ९६ लाख रुपैयाँ मात्र सेयरधितोमा कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्ष २ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ सेयर धितोमा कर्जा लगानी गरेका थिए । हालसम्म बैंकको सेयरमा लगानी ४१ अर्ब ८ करोड रुपैयाँ हाराहारीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष ४० अर्ब ४७ करोड रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको थियो । लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) संकटले अघिल्लो वर्षको तुलनामा सेयरधितो लगानीमा भारी गिरावट आएको हो । क्रेडिट क्रन्चले गर्दा कर्जाको ब्याजदर बढेको छ । ब्याजदरका कारण सेयरमा लगानी गर्दा प्रतिफल ऋणात्मक हुने अवस्था आएपछि बजारमा ठुला लगानीकर्ताको प्रवेश नहुदा बजार बढ्न सकेको छैन । बुधबार नेप्से परिसुचक घटेर १ हजार १८२ अंकमा झरेको छ । राष्ट्र बैंकले सेयरमा हुने लगानीलाई अनुत्पादक क्षेत्रमा गणना गरेपछि यसको असर बजारमा परेको हो । अघिल्लो वर्ष ७.५ प्रतिशत बढेको बजार गत वर्ष १.५ प्रतिशत मात्र बढेको छ । सेयरधितो कर्जासीमा ५० प्रतिशत कायम गरिएको छ । यता लगानीकर्ताले यसको सीमा बढाएर ७० प्रतिशत पुर्याउन माग गरेका थिए । क्रेडिट क्रन्च भएपछि कर्जाको ब्याजदर दोब्बर बढ्दा सेयरमा लगानी बढ्न नसकेको हो । ब्याजदर बढ्ने र बजार घट्दै गएपछि लगानीकर्ताले बैंकबाट ऋण लिन सकेनन् । बजार निरन्तर घट्दै गएपछि नेपाल इन्भेष्टर्स फोरमले सेयरधितो कर्जा सीमा बढाउन सरकारसंग माग गरेको थियो । लगानीकर्ताको मागलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि सम्बोधन गरेन । १८० दिनको र हालको कारोबार मूल्यमा जुन कम छ त्यही आधारमा बैंकले सेयर धितोराखी कर्जा दिन पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । हाल बैंकको ब्याजदर औसत १३ प्रतिशत हाराहारीमा रहेको छ ।
महालक्ष्मी विकास बैंकको नयाँ शाखा बानेश्वरमा, डेपुटी गभर्नरद्धारा उद्धघाटन
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा मध्यबानेश्वर स्थित बानेश्वरमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन थप शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरेका छन् । बैंकले हाल ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहको छ । हालसम्म बैंकले करिब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
एनएमबि बैंकको एक करोड १४ लाख कित्ता एफपीओ नेप्सेमा सूचिकृत
काठमाडौं । एनएमबि बैंक लिमिटेडको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको छ । बुधबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । सो दिन बैंकको सेयर प्रतिकित्ता ३१९ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
बैंकले दिने अटोलोन ५० प्रतिशत घट्यो, अब के होला अटो व्यवसाय ?
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) भएपछि यसको असर सवारीसाधन कर्जा (अटोलोन) मा परेको छ । क्रेडिट क्रन्च भएपछि पछिल्ला वर्ष अटोमा बैंकको लगानी घटेको छ । गत असारसम्म बैंक तथा वित्तीय संस्थाको सवारी क्षेत्रमा हुने लगानी ५० प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३९ अर्ब २४ करोड रुपैयाँ सवारीसाधनमा लगानी भएको थियो । गत आर्थिक वर्षमा घटेर २१ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष १४.५ प्रतिशतले मात्र अटोलोन वृद्धि भएको छ । अघिल्लो वर्ष सवारीसाधन कर्जा ३५.५ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले अटो लोनलाई सुरक्षित र बढी नाफा हुने क्षेत्रका रुपमा लिने गरेका छन् । व्यवसायिक प्रयोजनका लागि सवारीसाधनमा १८ अर्ब र व्यक्तिगत प्रयोजनका लागि ३ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । हालसम्म १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।बैंकिङ प्रणालीमा क्रेडिट क्रन्च भएपछि पछिल्लो २ वर्षमा बैंकले गाडी खरिदमा दिने कर्जा घट्दै गएकाले यो वर्ष पनि यो व्यवसायका लागि शुभ संकेत देखिएको छैन् । अटो लोन खुम्चिदै गएपनि नेपाली बजारमा नयाँ कम्पनीको प्रवेश भएको छ । मंगलबार मात्रै वेलायतमा बनेको एमजी मोटर्सको नयाँ गाडी सार्वजनिक गरिएको छ । नेपालमा टाटा, हुण्डाइ, मारुती सुजिकी, डाट्सन, होण्डा, टोयटा, निसान, मित्सुविसी, इसीजी, किया, सेभरले, स्कोडा र भग्वागसनलगायत ब्राण्डका गाडी बढी बिक्री हुने गरेका छन् । केन्द्रीय बैंकले निजी सवारी साधन खरिद गर्दा मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाउने व्यवस्था गरेको छ । राज्यलाई बढी कर तिर्ने सवारी साधन क्षेत्रलाई राष्ट्र बैंकले अनुत्पादक भनेको छ । ९० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले लगानी गर्दै आएकोमा त्यसलाई घटाएर ५० प्रतिशतमात्र गर्न पाउने व्यवस्था गरेको छ ।
दैनिक छालाको केयरमा ध्यान दिए मेकअपको हानिकारक प्रभावबाट बच्न सकिन्छ
फुरदिकी शेर्पा, ब्युटीसीयन तथा मेकअप आर्टिस्ट काठमाडौं। आजको समयमा आएर सुन्दर देखिनु मानिसहरुको एउटा चाहना भएको छ। सुन्दरता बढाउनको लागि मेकअप गर्नु सामान्य जस्तै भइसक्यो। शायद अब आफ्नो अनुहारमा मेकअप नगर्ने मान्छे बिरलै भेटिछन्। मानिसहरु मेकअप त गर्छन् तर आफ्नो छालालाई मेकअपले कस्तो असर गरिरहेको छ भन्ने कुरा त्यती वास्ता गर्दैनन। यसो गर्नाले छालामा निकै ठूलो समस्या देखिन सक्छ । तर, छालाको सुरक्षामा ध्यान दिएर मेकअप गर्ने हो भने यस्तो खतराबाट जोगिन सक्नुहुन्छ । दैनिक छालाको केयरमा केही टिप्स अपनाए मेकअपको हानिकारक प्रभावबाट छालालाई जोगाउन सक्नुहुन्छ। स्किनको प्रकार चिनेर प्रडक्ट प्रयोग गर्ने हामीले हाम्रो आफ्नो स्किन टाईपस हरु छुटाएर त्यही अनुरुप स्किन गर्यौ भने राम्रो हुन्छ। छाला अनुसारको प्रोडक्ट प्रयोग नगर्दा छालालाई नकरात्मक असर पर्न सक्छ त्यसैले सबैभन्दा पहिले आफ्नो छालाको प्रकार चिन्न जरुरी छ। सामान्य,चिल्लो, ड्राई , सेन्सिटिभ, हाईड्रेटेड, डिहाईट्रेटेड, मेट्युर स्किन, कम्बिनेसन स्किन यि सात वटा स्किनको प्रकार चिनेर आफ्नो स्किन अनुसारको प्रडक्ट प्रयोग गरे स्किन एकदम राम्रो हुन जान्छ। मुख जहिले पनि सफा पानीले धुने हाम्रो छालालाई स्वस्थ राख्नलाई यो अर्को महत्वोपूर्ण कुरा हो। मेकअप गर्नुभन्दा अगाडी जहिले पनि हामीले राम्रोसँग सफा पानीले मुख धुन पर्छ। छालामा भएको सबै फोहोर सफा गरेर मात्र किमहरु प्रयोग गर्नुपर्छ। चिल्लो छाला भएको ब्यक्तीहरुले फेसवासको प्रयोग गर्ने र ड्राइ स्किन छ भने क्लिन्जिङ र सामान्य र सुक्खा छाला भएको ब्यक्तीहरुले सफा पानीले मात्रा धुए हुन्छ। सबै प्रकारको छालाले फेस वास प्रयोग गर्न सक्छन्। सस्तो पायो भन्दैमा जुन पनि मेकअप प्रडक्ट प्रयोग नगर्ने हामीले सस्तो पायो भन्दैमा जे पनि किन्नु हुँदैन। आफ्नो छालालाई उक्त प्रडक्टले असर गर्छ कि गर्दैन भन्ने कुरामा पनि हामीले एकदम ध्यान दिन जरुरी हुन्छ। सस्तो प्रडक्टले एक दुई दिन राम्रो गरे पनि लामो समयमा यसले छालालाई नराम्रो असर गर्नेसक्छ। कति प्रडक्टहरुमा त अझै कहिले बनेको भनेर पनि लेखिएको हुँदैन। हेर्दा सक्कली जस्तै देखिए पनि सस्तो मेकअप प्रडक्ट बन्न प्रयोग भेएको केमिकलनै नराम्रो हुनेगर्छ। तर यसको मतल सबै सस्तो प्रडक्ट नराम्रो हुन्छ र सबै महङो राम्रो हुन्छ भन्ने होईन। छालालाई सुहाउँदो प्रडक्ट चिन्न सके सस्तो र महँगोमा त्यती फरक पर्न जाँदैन जस्तो लाग्छ मलाई। सनब्लक क्रिमको प्रयोग गर्ने जाडो होस् या गर्मी, घरभित्र रहनुहोस् या बाहिर जानुपर्ने होस्, तपाईंलाई सनब्लक अत्यावश्यक हुन्छ । कतिपयको बुझाइ छ, बाहिर घाममा ननिस्किने भएपछि कोठाभित्र त सूर्यको किरणले कुनै असर गर्दैन । तर, यो बुझाइ गलत हो । कोठाभित्र पनि रिफ्लेक्सन या विभिन्न माध्यमबाट सूर्यको किरण छिरेको हुन्छ । त्यसैले छालाको प्रकृति र मौसमअनुसार सनब्लक क्रिम लगाउनुपर्छ । मोस्टराईजरको प्रयोग गर्ने दिनहुँ मेकअप गर्नुहुन्छ भने तपाईंले छालालाई मोस्चराइज राख्न आवश्यक पर्छ । दिनका लागि मोस्चराइजर डे प्रयोग गर्दा राम्रो हुन्छ।. मोस्चराइज भएको छालामा मेकअप पनि नेचुरल देखिन्छ । छालामा फाउन्डेसनले पार्न सक्ने असरलाई पनि मोस्चराइजरले जोगाउँछ । राम्रो एसपिएफ (सन प्रोटेक्सन फ्याक्टर) क्रिम लगाउनुहोला। यो क्रिमले घामको हानिकारक किरणबाट छालालाई जोगाउँछ। आईक्रिमको प्रयोग गर्ने आँखामुनिको छाला निकै संवेदनशील र पातलो हुन्छ । यसकारण यहाँ बढी हाइड्रेसन आवश्यक पर्छ । यसकारण मेकअप गर्नुअघि आई क्रिम लगाउने गर्नुहोस् । आई क्रिम बजारमा सर्बत्र उपलब्ध हुन्छ । मेकअप जहिले पनि राम्रोसँग धुने सुत्नुअघि जहिल्यै मेकअप हटाउन अल्छी नगर्नुहोला । किनभने जब लामो समयसम्म छालामै मेकअप रहन्छ, छालामा मेकअपको असर त्यो अवस्थामा बढी पर्नजान्छ। । पुरानो मेकअप सफा नगरी त्यहीँमाथि नयाँ मेकअप थप्नु झन् हानिकारक हुन्छ । बेलुका हेभी मकेअप गर्नुभएको छ भने क्लिन्जिङ-टोनिङ-मोस्टराईजिङ गर्नुहोस्। यसो गर्दा मकेअप क्लिन हुन को साथै स्किन पनि राम्रो हुन्छ। हामीले मकेअप गर्नुभन्दा अगाडी पनि येहि प्रकृया गरे स्किन भने राम्रो हुन्छ। नाईट क्रिमको प्रयोग गर्ने सूर्यको हानिकारक किरणका कारण छालामा परेको नोक्सानबाट बचाउन छालालाई नाइट क्रिमको आवश्यक पर्छ । नाइट क्रिमले मेकअपको हानिकारक प्रभावबाट पनि छालालाई सुरक्षित राख्छ । नाइटका लागि केही आयली मोस्चराइजर हुन्छ । आँखामुनि डार्क सर्कल छ भने आई क्रिम मोस्चराइजर पाइन्छ ।
युनिग्लोब कलेजको ग्राजुयशन कार्यक्रम सम्पन्न
काठमाडौं। नयाँ बानेश्वरमा अबस्थित पोखरा विश्विद्यालयद्धारा सम्बन्धन प्राप्त युनिग्लोव कलेजले आफ्नो एम.विं.ए फाइनान्स तर्फको १२औं र १३ औं व्याचका विद्यार्थीहरुको लागि ग्राजुयशन कार्यक्रम होटल ¥याडिशन, लाजिम्पाटमा सम्पन्न गरेको छ । कार्यक्रममा गेष्ट अफ अनरका रुपमा नेविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले किनोट स्पिच दिनुभएको थियो। कार्यक्रममा अनिल केशरी शाहले विद्यार्थीहरुलाई सहि मार्ग चित्रण कोरी आफ्नो बाटोमा निरन्तर रुपमा लागि परे अवश्य आफ्नो पहिचान बनाउन सकिन्छ भन्ने कुरामा जोड दिनु भयो ।कार्यक्रममा ग्राजुयशन भाषण सोहीकलेजका शैक्षिक निर्देशक प्रा.डा. राधेश्याम प्रधानद्धारा दिइएको थियो । उक्त ग्राजुयशन कार्यक्रममा १२० जना एम ए विं।ए। फाइनान्सका विद्यार्थीहरु ग्राजुयट भएका थिए । कार्यक्रममा ४० जनाभन्दा बढी विषयगत प्राध्यापकहरु उपस्थितिका साथै कार्यक्रमको सभापतित्व त्यस कलेजका अध्यक्ष डा.खगेन्द्र ओझाले गरेका थिए । कार्यक्रममा विभिन्न विधामा पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा १२ औं व्याचकापोखरा विश्वविद्यालयले लिएको परीक्षामाउच्चतमअंकप्राप्त गर्ने मोधावी छात्र श्री सुदिप घिमिरेलाई पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट शोधपत्रतर्फको विधामा सुश्री कृतीथापा मगरले पुरस्कार हात पारेकी थिइन । त्यसैगरी कार्यक्रमा त्यस क्याम्पसका प्राचार्य डा.नरबहादुर विष्टले विद्यार्थीहरुलाई बजारको भिडमा आफ्नो क्षमता र कलालाई मध्यनजर गरि उत्कृष्टताको बाटोमा सधै अग्रशर रहि राष्ट्र निर्माणमा आफ्नो अग्रणी भुमिका निर्वाह गर्नका लागि प्रोत्साहन गरेका थिए। उक्त कार्यक्रमका सभापती डा. खगेन्द्र ओझाले व्यवस्थापन शिक्षामा युनिग्लोव कलेजले खेलेको भुमिकाबारे प्रकाश पार्दै २१औं शताब्दीमा विद्यार्थीमा प्रयोगात्मक शिक्षाको जोड दिदै व्यत्तित्व निर्माणमा समय परिस्थिती अनुरुप आफुले आफुलाई समयकाृ माग अनुसार बदल्दै लैजानु पर्ने र साथसाथै आफ्नो भुमिका र दायित्वप्रति सधै सजक रही देशविकासमा टेवा पु¥याउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा शैक्षिक निर्देशक प्रा.डा. राधेश्याम प्रधानले सधै सत्यको बाटमा हिँडी आफुले अध्ययन गरेको विधाले सामाजिक, आर्थिक तथा वित्तिय क्षेत्रमा उल्लेखनिय योगदान दिइ सधै स्वभिमान पुर्णतरिकाले राष्ट्रको लागि सेवादिन अनुरोध गरेका थिए।