महालक्ष्मी विकास बैंकको नयाँ शाखा बानेश्वरमा, डेपुटी गभर्नरद्धारा उद्धघाटन

<p>काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा मध्यबानेश्वर स्थित बानेश्वरमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन थप शाखा विस्तारको क्रमलाई निरन्तर [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा मध्यबानेश्वर स्थित बानेश्वरमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन थप शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरेका छन् ।

बैंकले हाल ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहको छ । हालसम्म बैंकले करिब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Share News