युनिग्लोब कलेजको ग्राजुयशन कार्यक्रम सम्पन्न

<p>काठमाडौं। नयाँ बानेश्वरमा अबस्थित पोखरा विश्विद्यालयद्धारा सम्बन्धन प्राप्त युनिग्लोव कलेजले आफ्नो एम.विं.ए फाइनान्स तर्फको १२औं र १३ औं व्याचका विद्यार्थीहरुको लागि ग्राजुयशन कार्यक्रम होटल ¥याडिशन, लाजिम्पाटमा सम्पन्न गरेको छ । कार्यक्रममा गेष्ट अफ अनरका रुपमा नेविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले किनोट स्पिच दिनुभएको थियो। कार्यक्रममा अनिल केशरी शाहले विद्यार्थीहरुलाई सहि मार्ग चित्रण कोरी [&hellip;]</p>

काठमाडौं। नयाँ बानेश्वरमा अबस्थित पोखरा विश्विद्यालयद्धारा सम्बन्धन प्राप्त युनिग्लोव कलेजले आफ्नो एम.विं.ए फाइनान्स तर्फको १२औं र १३ औं व्याचका विद्यार्थीहरुको लागि ग्राजुयशन कार्यक्रम होटल ¥याडिशन, लाजिम्पाटमा सम्पन्न गरेको छ ।

कार्यक्रममा गेष्ट अफ अनरका रुपमा नेविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले किनोट स्पिच दिनुभएको थियो। कार्यक्रममा अनिल केशरी शाहले विद्यार्थीहरुलाई सहि मार्ग चित्रण कोरी आफ्नो बाटोमा निरन्तर रुपमा लागि परे अवश्य आफ्नो पहिचान बनाउन सकिन्छ भन्ने कुरामा जोड दिनु भयो ।कार्यक्रममा ग्राजुयशन भाषण सोहीकलेजका शैक्षिक निर्देशक प्रा.डा. राधेश्याम प्रधानद्धारा दिइएको थियो ।

उक्त ग्राजुयशन कार्यक्रममा १२० जना एम ए विं।ए। फाइनान्सका विद्यार्थीहरु ग्राजुयट भएका थिए । कार्यक्रममा ४० जनाभन्दा बढी विषयगत प्राध्यापकहरु उपस्थितिका साथै कार्यक्रमको सभापतित्व त्यस कलेजका अध्यक्ष डा.खगेन्द्र ओझाले गरेका थिए । कार्यक्रममा विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

उक्त कार्यक्रममा १२ औं व्याचकापोखरा विश्वविद्यालयले लिएको परीक्षामाउच्चतमअंकप्राप्त गर्ने मोधावी छात्र श्री सुदिप घिमिरेलाई पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट शोधपत्रतर्फको विधामा सुश्री कृतीथापा मगरले पुरस्कार हात पारेकी थिइन । त्यसैगरी कार्यक्रमा त्यस क्याम्पसका प्राचार्य डा.नरबहादुर विष्टले विद्यार्थीहरुलाई बजारको भिडमा आफ्नो क्षमता र कलालाई मध्यनजर गरि उत्कृष्टताको बाटोमा सधै अग्रशर रहि राष्ट्र निर्माणमा आफ्नो अग्रणी भुमिका निर्वाह गर्नका लागि प्रोत्साहन गरेका थिए।

उक्त कार्यक्रमका सभापती डा. खगेन्द्र ओझाले व्यवस्थापन शिक्षामा युनिग्लोव कलेजले खेलेको भुमिकाबारे प्रकाश पार्दै २१औं शताब्दीमा विद्यार्थीमा प्रयोगात्मक शिक्षाको जोड दिदै व्यत्तित्व निर्माणमा समय परिस्थिती अनुरुप आफुले आफुलाई समयकाृ माग अनुसार बदल्दै लैजानु पर्ने र साथसाथै आफ्नो भुमिका र दायित्वप्रति सधै सजक रही देशविकासमा टेवा पु¥याउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा शैक्षिक निर्देशक प्रा.डा. राधेश्याम प्रधानले सधै सत्यको बाटमा हिँडी आफुले अध्ययन गरेको विधाले सामाजिक, आर्थिक तथा वित्तिय क्षेत्रमा उल्लेखनिय योगदान दिइ सधै स्वभिमान पुर्णतरिकाले राष्ट्रको लागि सेवादिन अनुरोध गरेका थिए।

Share News