गाडीका लागि आवश्यक १०० अर्बका विभिन्न उपकरणहरु अायात, सबैभन्दा धेरै भारतबाट
काठमाडौं । एक वर्षको अवधिमा झण्डै १ खर्ब रुपैयाँका गाडीका लागि आवश्यक विभिन्न उपकरणहरु नेपालमा आयात हुने गरेको छ । गत आर्थिक वर्षमा ९८ अर्ब ५९ करोड २० लाख ५२ हजार रुपैयाँ बराबरको गाडीका पार्टस, लुब्रिकेन्टस र टायर नेपालमा आयात भएको हो । व्यापार तथा प्रवद्र्धन केन्द्रको तथ्याङक अनुसार ८६ अर्ब २९ करोड ७९ लाख ५३ हजारको विभिन्न मोडलका १ करोड ३८ लाख ९५ हजार ३०१ वटा गाडी र पार्टस आयात भएको छ । भारत, चीन, जापान, जर्मन र कोरिया लगायतका देशबाट गाडी र पार्टस् आयात भएका छन् । ७ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ बराबरको २२ करोड ९ लाख १२ हजार ९७९ वटा टायर र ट्युव विभिन्न देशबाट नेपाल भित्रिएको छ । सबैभन्दा धेरै भारतबाट ७ अर्ब ३० करोड ४८ लाखको २६ करोड ६६ लाख ३ हजार ९३७ वटा टायर र ट्युव नेपाल आयात भएको छ । यस्तै, ४ अर्ब २९ करोड ५३ लाख ८७ लाखको १ करोड ९१ लाख ९१ हजार ६७३ लिटर लुब्रिकेन्टस आयात भएको केन्द्रले जानकारी दिएको छ । सबैभन्दा धेरै लुब्रिकेन्टस भारतबाट आयात भएको छ । भारतबाट मात्रै ३ अर्ब ३३ करोड ६० लाख २१ हजार रुपैँयाको १ करोड ५९ लाख १६ हजार ४०१ लिटर लुब्रिकेन्टस आयात भएको छ । हाल नेपालमा भारत, चीन, जापान, जर्मन र फ्रान्स लगायतको देशबाट लुब्रिकेन्टस आयात भैरहेको छ ।
रन सुजको थप नयाँ २० मोडेलका जुत्ता चप्पल सार्वजनिक, ६ महिनाको वारेन्टी
काठमाडौं । फुटवेयर क्षेत्रमा स्थापित ब्राण्ड रन सुजले नगरकोटमा डिलर्स मिट सम्पन्न गरेको छ । कम्पनीद्धारा आयोजित सो कार्यक्रममा देशभरबाट सय भन्दा बढी डिलर प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रन सुज इण्डष्ट्रिज प्रा.लि.को उत्पादन रहेको रन सुजले ब्यवसाय प्रर्वद्धन एवं बृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रुद्र न्यौपानेद्धारा उत्कृष्ट डिलरहरुलाई पुरस्कृत गरिएको थियो भने कम्पनीका थप नयाँ २० मोडेलका जुत्ता तथा चप्पलहरु समेत सार्वजनिक गरिएको थियो । नयाँ सार्वजनिक गरिएका मोडलहरुमा स्पोर्टस सुज, क्याजुयल सुज, पार्टी सुज तथा लेडिज र जेन्ट्सका चप्पलहरु रहेका छन् । साथै सुपथ मुल्यमा बजारमा उपलब्ध रहेको उक्त जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिने कम्पनीले जनाएको छ । सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक न्यौपानेले आउँदो वर्ष उत्कृष्ठ डिलर तथा विक्रेतालाई सिङ्गापुर भ्रमण गराउने जानकारी गराए । नेपाललाई जुत्ता चप्पलमा आत्मनिर्भर बनाउन रन सुजले ठुलो योगदान दिएको तथा आगामी दिनमा अझ उच्च प्रविधिको प्रयोग गरी जुत्ता तथा चप्पल उत्पादन गर्नुका साथै उपभोक्ताको चाहना र बजारको आवश्यकता अनुसार फेसन, भेराइटी तथा गुणस्तरियतामा विशेष जोड दिइने उनले बताए ।
बाहिरी चक्रपथको काम रोकिनुको कारण १५ दिनभित्र पेश गर्न विकास समितिको निर्देशन
काठमाडौँ । संघीय संसद अन्र्तगतको विकास समितिले बाहिरी चक्रपथको काम रोकिनुको कारण १५ दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले बाहिरी चक्रपथ अन्र्तगत चोभारदेखि सतुङगलसम्म ६.६ किलोमिटरको काम रोकिएपछि समितिले शहरी विकास मन्त्रालयलाई कारण पेश गर्न भनेको हो । त्यसक्षेत्रमा जग्गाको कित्ताकाटका कारण सरकारलाई चक्रपथ निर्माणको काम अघि बढाउन समस्या भएको हो । चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी क्षेत्रमा अनुमानित ७ हजार व्यक्तिको जग्गा छ । करिव ९८ प्रतिशतभन्दा बढी जग्गाधनीले चक्रपथ निर्माण गर्न सहमति दिएपनि कित्ताकाटको समस्याले काम अवरुद्ध भएको हो । बाहिरी चक्रपथको सो खण्डमा त्रिभुवन, पृथ्वी, काठमाडौँ–तराई दु्रतमार्ग र काठमाडौँ–केरुङ मार्गसमेत जोडिनेछ ।
सेञ्चुरी बैंकका ग्राहकले नेपाल क्यान्सर हस्पिटलमा १० प्रतिशत छुट पाउने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने छन् विभिन्न सेवा सुविधामा सो मात्राको छुट दिइने सम्बन्धि सेञ्चुरी बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
आइमार्स् माेवाइल फोन नेपाली बजारमा आउदै, ब्राण्ड एम्बेस्डरमा अनमोल केसी नियुत्त
काठमाडौं । ओपल मल्टिनेशनल प्राइभेट लिमिटेडको आधिकारिक बितरकले बजारमा आउन लागेको आइमार्स् मोबाइल्स्ले ब्राण्ड एम्बेस्डरको रुपमा लोकप्रिय अभिनेता अनमोल केसी नियुक्त गरेको छ । अब आइमार्स नेपालका नयाँ रेन्जका स्मार्ट फोन तथा बार फोनहरु छिट्टै नेपाली बजारमा आउने भएका छन् । आइमार्स् अन्तर्गत वृहत प्रोडक्टहरुको रेन्ज भएता पनि प्रारम्भिक चरणमा कम्पनीले विभिन्न फिचर फोन तथा स्मार्ट फोनका ६ वटा मोडल मात्र लन्च गर्ने भएको छ । यस अन्तर्गत फिचर फोनका २ मोडल तथा स्मार्ट फोनका ४ मोडल रहेका छन् । स्मार्ट फोनका ४ मोडलमध्ये एक मोडल पनि रहेको छ । नयाँ आकर्षक फोनहरु कम्पनीले आउने केही हप्तामै लन्च गर्ने कम्पनीले जनाएको छ । त्यसको केही समयपछि फेरि दुई नयाँ मोडलहरु लन्च गर्ने योजना बनाएको छ । नेपाली बजारमा आउने आइमासर्् स्मार्ट फोनका हरेक मोडलमा अत्याधुनिक फोर–जी टेक्नोलोज तथा भाल्ट टेक्नोलोजी रहेको छ । ३ वटा मोडलमा सीडीएमए नेटवर्क क्षमता पनि छ । भविष्यमा कम्पनीले आप्mनो अन्य प्रोडक्टहरु जस्तै ल्यापटप, टेलिभिजन, तथाअन्य एक्सेसरिज पनि नेपाली बजारमा ल्याउने योजना बनाएको जानकारी दिएको छ । आइमार्स्ले देशभरका विभिन्न स्थानहरुमा आइमार्स् प्लाजाको स्थापना गरी विभिन्न प्रोडक्टहरुको रेन्ज प्रदान गर्ने योजना बनाएको छ । आइमार्स् चाइनाले ब्राण्डको नेपालमा बजार व्यवस्थापन तथा सर्भिस प्रत्यक्ष रुपमा हेर्ने भएको छ । नेपालका लागि कन्ट्री म्यानेजरमा सुशील न्यौपानेलाई नियुक्त गरेको छ । आइमार्स् बारे आइमार्स् चाइनाको ‘हेङ् दा ग्रुप’अन्तर्गतको सञ्चार क्षेत्रमा कार्यरत एक कम्पनी हो । सन् २०१८ मा कम्पनीले आप्mनो प्रोडक्टलाई विश्वव्यापी रुपमा लैजाने निर्णय लिई आइमार्स् नाम अन्तर्गत फिचर फोन, स्मार्टफोन, स्मार्ट टेलिभिजन, ल्यापटप तथा अन्य एक्सेसरिजको बिक्रीवितरण गर्न सुरु गरेको हो । ‘हेङ् दा ग्रुप’बारे ‘हेङ् दा ग्रुप’विगत १५ वर्षदेखि विभिन्न अग्रणी मोवाइल ब्राण्ड जस्तै लेनोभो, लाभा, इन्टेक्स्, प्mलाई, बर्ड तथा कोन्का प्रस्तुत गर्दै आइरहेको कम्पनी हो । वृहत रुपमा रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, बिक्रीवितरण तथा अपरेटिङ्गमा संलग्नयोे हाई–टेक कम्पनीआप्mनो मूलनारा “बदलावस्मार्ट जिन्दगीको लागि”मा प्रतिबद्ध रहँदै आएको छ ।
५ वर्षमा ८ हजार किलोमिटर सडक बन्ने, पुर्वपश्चिम राजमार्ग ४ लेनको बनाउन बोलपत्र आब्हान हुदै
विराटनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले आउदो ५ वर्षमा ६ हजार किलोमिटर लामो सडक निर्माण गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प ‘सुखी नेपाली, समृद्ध नेपाल’ पूरा गर्न पूर्वाधारको विकासमा जोड दिइएकाले अबको ५ वर्ष्भित्रमा न्युनतम ६ देखि ८ हजार किलोमिटर सडक निर्माण गर्ने उनले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गरी चार लेनको बनाउन चाँडै बोलपत्र आह्वान गरिने मन्त्री महासेठले जानकारी दिए । निर्माण व्यावसायी संघ मोरङ, बिराटनगरको २४औँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री महासेठले मुलुकमा ऐतिहासिक परिवर्तनपछि राजनीतिक एजेण्डा समाप्त भएकाले अब मुलुकको समृद्धि र विकासमा मात्र सरकार केन्द्रित हुने बताए । भदौपछि सरकारले सोचेअनुसारको काममा लाग्ने उनले दावी गरे । अगामी संसदीय निर्वाचनअघि मेचीदेखि महाकालीसम्म हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्ने अठोटका साथ सरकारले काम गरिरहेको मन्त्री महासेठको भनाई छ । मुस्ताङमा रहेको युरेनियम खानी प्रयोगमा ल्याउन सके ५० देखि ६० वर्षको बजेट त्यसैले धान्ने उनको भनाइ थियो । निर्माण व्यवासायीलाई मुलुकी ऐनबाट होइन, निर्माण करार ऐनबाट कारबाही गरिने र निर्माणका क्रममा कमी कमजोरी रहेको पाइए व्यावसायी मात्र होइन, सम्बन्धित कर्मचारीलाई समेत कारवाही गरिने स्पष्ट पारे।
युवा उद्यमीको प्रश्नः होङसी शिवमको विदेशी लगानी यहि हो ?
प्रबलजंग पाण्डे काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डेले होङसी शिवम् सिमेन्टले विदेशी लगानी ल्याउने भनेर नेपाली बैंकबाटै ऋण लिएको भन्दै प्रश्न गरेका छन् । नेपाली लगानीमै मुलुक सिमेन्टमा आत्मनिर्भरताको बाटोमा अघि बढिरहेका बेला विदेशी लगानीका नाममा नेपाली बैंकबाटै ऋण लिएर प्रतिफल विदेश जाने अवस्था बनेको भन्दै पाण्डेले प्रश्न गरेका हुन् । नेपाल उद्योग बाणिज्य महासंघका कार्य समिति सदस्य समेत रहेका युवा उद्यमी पाण्डेको पनि सिमेन्ट उद्योगमा लगानी रहेको छ । विदेशी लगानीका नाममा नेपाली बैंकबाट ऋण लिएर नाफा जति विदेश लैजानुको साटो स्वदेशी उद्योगीहरुलाई नै अवसर दिनुपर्ने पनि उनले बताएका छन् । उनले फेसबुकमा लेखेका छन्ः ‘नेपाल को सबै भन्दा ठुलो बिदेशी लगानीमा भर्खरै सन्चालनमा आएको सिमेन्ट उद्योगले सबै लगानी बिदेशबाटै ल्याउछ भनेको त नेपाली बैक हरुबाटै ऋण लिएर प्रतिफल बिदेश जाने रै छ । नेपाली पुंजी नै लगानी हुने हो भने नेपाली नै लगानी कर्ता भएको भए त प्रतिफल बिदेश जाने त थिएन , जबकी नेपाली कै लगानीमा नेपाल सिमेन्टमा आत्मनिर्भर उन्मुख भैरहेको थियो ।’
फिफा उत्कृष्ट खेलाडीको मनोनयनमै परेनन मेस्सी
लण्डन । अर्जेन्टियन स्टार फुटबलर लियोनेल मेस्सी यसपालीको विश्व फुटबल महासंघ (फिफा) विश्व पुरुष खेलाडीको मनोनयनमै पर्न असफल भएका छन् । उनीसँगै ब्राजिलियन स्टार नेइमार पनि उत्कृष्ठ खेलाडीको सूचिमा पर्न असफल भएका हुन । यस बर्ष उत्कृष्ठ खेलाडीको सूचिमा क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको छ। यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए । तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए । फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै बर्ष प्रशिक्षक अवाडीका लागि मनोनयनमा परिसकेका छन् । रासस