रन सुजको थप नयाँ २० मोडेलका जुत्ता चप्पल सार्वजनिक, ६ महिनाको वारेन्टी

<p>काठमाडौं । फुटवेयर क्षेत्रमा स्थापित ब्राण्ड रन सुजले नगरकोटमा डिलर्स मिट सम्पन्न गरेको छ । कम्पनीद्धारा आयोजित सो कार्यक्रममा देशभरबाट सय भन्दा बढी डिलर प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रन सुज इण्डष्ट्रिज प्रा.लि.को उत्पादन रहेको रन सुजले ब्यवसाय प्रर्वद्धन एवं बृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रुद्र न्यौपानेद्धारा [&hellip;]</p>

काठमाडौं । फुटवेयर क्षेत्रमा स्थापित ब्राण्ड रन सुजले नगरकोटमा डिलर्स मिट सम्पन्न गरेको छ । कम्पनीद्धारा आयोजित सो कार्यक्रममा देशभरबाट सय भन्दा बढी डिलर प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

रन सुज इण्डष्ट्रिज प्रा.लि.को उत्पादन रहेको रन सुजले ब्यवसाय प्रर्वद्धन एवं बृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रुद्र न्यौपानेद्धारा उत्कृष्ट डिलरहरुलाई पुरस्कृत गरिएको थियो भने कम्पनीका थप नयाँ २० मोडेलका जुत्ता तथा चप्पलहरु समेत सार्वजनिक गरिएको थियो ।

नयाँ सार्वजनिक गरिएका मोडलहरुमा स्पोर्टस सुज, क्याजुयल सुज, पार्टी सुज तथा लेडिज र जेन्ट्सका चप्पलहरु रहेका छन् । साथै सुपथ मुल्यमा बजारमा उपलब्ध रहेको उक्त जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक न्यौपानेले आउँदो वर्ष उत्कृष्ठ डिलर तथा विक्रेतालाई सिङ्गापुर भ्रमण गराउने जानकारी गराए । नेपाललाई जुत्ता चप्पलमा आत्मनिर्भर बनाउन रन सुजले ठुलो योगदान दिएको तथा आगामी दिनमा अझ उच्च प्रविधिको प्रयोग गरी जुत्ता तथा चप्पल उत्पादन गर्नुका साथै उपभोक्ताको चाहना र बजारको आवश्यकता अनुसार फेसन, भेराइटी तथा गुणस्तरियतामा विशेष जोड दिइने उनले बताए ।

Share News