आइमार्स् माेवाइल फोन नेपाली बजारमा आउदै, ब्राण्ड एम्बेस्डरमा अनमोल केसी नियुत्त

<p>काठमाडौं । ओपल मल्टिनेशनल प्राइभेट लिमिटेडको आधिकारिक बितरकले बजारमा आउन लागेको आइमार्स् मोबाइल्स्ले  ब्राण्ड एम्बेस्डरको रुपमा लोकप्रिय अभिनेता अनमोल केसी नियुक्त गरेको छ । अब आइमार्स नेपालका नयाँ रेन्जका स्मार्ट फोन तथा बार फोनहरु छिट्टै नेपाली बजारमा आउने भएका छन् । आइमार्स् अन्तर्गत वृहत प्रोडक्टहरुको रेन्ज भएता पनि प्रारम्भिक चरणमा कम्पनीले विभिन्न फिचर फोन तथा [&hellip;]</p>

काठमाडौं । ओपल मल्टिनेशनल प्राइभेट लिमिटेडको आधिकारिक बितरकले बजारमा आउन लागेको आइमार्स् मोबाइल्स्ले  ब्राण्ड एम्बेस्डरको रुपमा लोकप्रिय अभिनेता अनमोल केसी नियुक्त गरेको छ । अब आइमार्स नेपालका नयाँ रेन्जका स्मार्ट फोन तथा बार फोनहरु छिट्टै नेपाली बजारमा आउने भएका छन् ।

आइमार्स् अन्तर्गत वृहत प्रोडक्टहरुको रेन्ज भएता पनि प्रारम्भिक चरणमा कम्पनीले विभिन्न फिचर फोन तथा स्मार्ट फोनका ६ वटा मोडल मात्र लन्च गर्ने भएको छ । यस अन्तर्गत फिचर फोनका २ मोडल तथा स्मार्ट फोनका ४ मोडल रहेका छन् । स्मार्ट फोनका ४ मोडलमध्ये एक  मोडल पनि रहेको छ ।

नयाँ आकर्षक फोनहरु कम्पनीले आउने केही हप्तामै लन्च गर्ने कम्पनीले जनाएको छ । त्यसको केही समयपछि फेरि दुई नयाँ मोडलहरु लन्च गर्ने योजना बनाएको छ । नेपाली बजारमा आउने आइमासर्् स्मार्ट फोनका हरेक मोडलमा अत्याधुनिक फोर–जी टेक्नोलोज तथा भाल्ट टेक्नोलोजी रहेको छ । ३ वटा मोडलमा सीडीएमए नेटवर्क क्षमता पनि छ ।

भविष्यमा कम्पनीले आप्mनो अन्य प्रोडक्टहरु जस्तै ल्यापटप, टेलिभिजन, तथाअन्य एक्सेसरिज पनि नेपाली बजारमा ल्याउने योजना बनाएको जानकारी दिएको छ । आइमार्स्ले देशभरका विभिन्न स्थानहरुमा आइमार्स् प्लाजाको स्थापना गरी  विभिन्न प्रोडक्टहरुको रेन्ज प्रदान गर्ने योजना बनाएको छ । आइमार्स् चाइनाले ब्राण्डको नेपालमा बजार व्यवस्थापन तथा सर्भिस प्रत्यक्ष रुपमा हेर्ने भएको छ । नेपालका लागि कन्ट्री म्यानेजरमा सुशील न्यौपानेलाई नियुक्त गरेको छ ।

आइमार्स् बारे

आइमार्स् चाइनाको ‘हेङ् दा ग्रुप’अन्तर्गतको सञ्चार क्षेत्रमा कार्यरत एक कम्पनी हो । सन् २०१८ मा कम्पनीले आप्mनो प्रोडक्टलाई विश्वव्यापी रुपमा लैजाने निर्णय लिई आइमार्स् नाम अन्तर्गत फिचर फोन, स्मार्टफोन, स्मार्ट टेलिभिजन, ल्यापटप तथा अन्य एक्सेसरिजको बिक्रीवितरण गर्न सुरु गरेको हो ।
‘हेङ् दा ग्रुप’बारे

‘हेङ् दा ग्रुप’विगत १५ वर्षदेखि विभिन्न अग्रणी मोवाइल ब्राण्ड जस्तै लेनोभो, लाभा, इन्टेक्स्, प्mलाई, बर्ड तथा कोन्का प्रस्तुत गर्दै आइरहेको कम्पनी हो । वृहत रुपमा रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, बिक्रीवितरण तथा अपरेटिङ्गमा संलग्नयोे हाई–टेक कम्पनीआप्mनो मूलनारा “बदलावस्मार्ट जिन्दगीको लागि”मा प्रतिबद्ध रहँदै आएको छ ।

Share News