५ वर्षमा ८ हजार किलोमिटर सडक बन्ने, पुर्वपश्चिम राजमार्ग ४ लेनको बनाउन बोलपत्र आब्हान हुदै

<p>विराटनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले आउदो ५ वर्षमा ६ हजार किलोमिटर लामो सडक निर्माण गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प ‘सुखी नेपाली, समृद्ध नेपाल’ पूरा गर्न पूर्वाधारको विकासमा जोड दिइएकाले अबको ५ वर्ष्भित्रमा न्युनतम ६ देखि ८ हजार किलोमिटर सडक निर्माण गर्ने उनले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति [&hellip;]</p>

विराटनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले आउदो ५ वर्षमा ६ हजार किलोमिटर लामो सडक निर्माण गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प ‘सुखी नेपाली, समृद्ध नेपाल’ पूरा गर्न पूर्वाधारको विकासमा जोड दिइएकाले अबको ५ वर्ष्भित्रमा न्युनतम ६ देखि ८ हजार किलोमिटर सडक निर्माण गर्ने उनले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गरी चार लेनको बनाउन चाँडै बोलपत्र आह्वान गरिने मन्त्री महासेठले जानकारी दिए ।

निर्माण व्यावसायी संघ मोरङ, बिराटनगरको २४औँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री महासेठले मुलुकमा ऐतिहासिक परिवर्तनपछि राजनीतिक एजेण्डा समाप्त भएकाले अब मुलुकको समृद्धि र विकासमा मात्र सरकार केन्द्रित हुने बताए । भदौपछि सरकारले सोचेअनुसारको काममा लाग्ने उनले दावी गरे ।

अगामी संसदीय निर्वाचनअघि मेचीदेखि महाकालीसम्म हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्ने अठोटका साथ सरकारले काम गरिरहेको मन्त्री महासेठको भनाई छ । मुस्ताङमा रहेको युरेनियम खानी प्रयोगमा ल्याउन सके ५० देखि ६० वर्षको बजेट त्यसैले धान्ने उनको भनाइ थियो । निर्माण व्यवासायीलाई मुलुकी ऐनबाट होइन, निर्माण करार ऐनबाट कारबाही गरिने र निर्माणका क्रममा कमी कमजोरी रहेको पाइए व्यावसायी मात्र होइन, सम्बन्धित कर्मचारीलाई समेत कारवाही गरिने स्पष्ट पारे।

Share News