बजारमा एकाएक हरियाली, नेप्से ९ अंकले बढ्दा १३९ कम्पनीको सेयर मूल्यमा वृद्धि
काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ । सामान्य घटबढ भइरहेको बजारमा बिहीबार नेप्से परिसूचक ९ दशमलब ३९ अंकले बढेर ११८१ दशमलब ६९ अंकमा पुगेको छ । लगातार घटेको बजारमा आज केही मात्रामा सुधार भएको देखिन्छ । कारोबार खुलेदेखि निरन्तर उकालो लागेको बिहीबारको बजारमा २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६७ कम्पनीका ७६ लाख ९९ हजार कित्ता सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी एनआइसी एशिया बैंकको २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड रुपैयाँ बढीका प्रमोटर सेयर कारोबार भएका छन् । बिहीबार कमाउने १० उत्कृष्ट कम्पनीहरू झण्डै दोहोरो अंकले बढेको बजारमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस संस्थाका लगानीकर्ताले एकैदिन ८.८८ प्रतिशत कमाएका छन् । त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्था, पूर्णिमा विकास बैंक र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले क्रमशः ५.७७, ५.३३ र ५ प्रतिशत कमाएका छन् । दिनभर १६७ कम्पनीको कारोबार भएको बजारमा १३९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको भएको छ । बाँकी २८ कम्पनीका लगानीकर्ताले भने सामान्य अंकले गुमाएका छन् । बिहीबार सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४२ प्रतिशत गुमाएका छन् । बिहीबार होटल बाहेक कारोबारमा आएका सबैसमूह हरिया भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ६२ अंकले बढेको छ । त्यस्तै, जिवन बीमा र माइक्रोफाइनान्स समूह क्रमशः २६ र १४ अंकले उकालो लागेका छन् । होटल समूह २.३१ अंकले ओरालो लागेको छ भने बाँकी समूहको सूचक सामान्य एकल अंकले बढेका छन् ।
१९ कम्पनीले ७ अर्ब ३५ करोडको आईपीओ निष्कासन गर्दै, कसको कति (सूचिसहित)
काठमाडौं । जलविद्युत र वित्तीय क्षेत्रका गरी १९ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । १९ मध्ये १७ वटा जलविद्युत कम्पनी रहेका छन् । ७ अर्ब ३५ करोड ७७ लाख ८३ हजार रुपैयाँ बराबरको ७ करोड ३५ लाख ७७ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । सबै कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सूचि हेर्न यहाँ क्लिक गर्नुस अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता र कालिका पावर कम्पनी लिमिटेडले १२ करोड रुपैयाँको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाइसकेका छन् । अन्य १७ कम्पनी बोर्डको अनुमति पर्खाइमा छन् । आईपीओ निष्कासन गर्न लागेका जलविद्युत कम्पनीमा रसुवागढी हाइड्रोपावर लिमिटेड रहेको छ । रसुवागढीले १ अर्ब ७१ करोड रुपैयाँ बराबरको १ करोड ७१ करोड कित्ता निष्कासनको तयारी थालेको छ । यस्तै मध्यभोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक लगानीकर्ता र आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई गरी १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना निर्माण गरिरहेको छ । यस्तै युनिभर्सल पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको ९६ लाख ६१ हजार कित्ता आईपीओ निष्कासन हुदैछ । सीईडीबी हाइड्रो फण्ड लिमिटेडले पनि सर्वसाधारणलाई २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । पछिल्लो समयमा आईपीओ निष्कासन गर्नेमा जलविद्युत कम्पनीको संख्या बढेको छ । न्युनतम १० प्रतिशत आईपीओ जारी गर्नुपर्ने कानूनी व्यवस्थाले गर्दा जलविद्युत कम्पनी सर्वसाधारणमा जान लागेका हुन् । आईपीओ निष्कासन माग गर्नेमा पाँचथर पावर कम्पनी, सयपत्री हाइड्रोपावर, घलेम्दी हाइड्रो, शुभश्री हाइड्रोपावर, जोशी हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर, सीबीआइएल क्यापिटल, चौतारी लघुवित्त वित्तीय संस्था, हिमालय ऊर्जा विकास कम्पनी, मैलुङखोला जलविद्युत, युनिक हाइडेल, गज्र्याङ उपत्याका हाइड्रो र लाफिङ वुद्ध पावर कम्पनी रहेका छन् ।
सरकारको विरोध गर्ने बेला भएको छैन: अध्यक्ष थापा
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताएका छन् । विराटनगरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्याङ्कनको बेला नभएको स्पष्ट पारे । थापाले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) हटाउने र काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कार्य रोकेकामा सरकारप्रति गुनासो व्यक्त गरेका छन्। उनले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दलको सहमति लिएर सहकार्य गर्नु उपयुक्त हुने विचार व्यक्त गरे । अध्यक्ष थापाले सनातन हिन्दू राष्ट्र, लोकतन्त्रसहितको राजसंस्थालगायतका विषय सहमतिका आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । रासस
लक्ष्मी बैंक र एनबीआईबीच तालिम संचालन गर्ने सम्झौता
काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) लिमिटेडबीच तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार लक्ष्मी बैंकले आफ्नो कर्मचारीहरुका लागि एनबीआईबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
माथिल्लो तामाकोसीको आईपीओ भर्ने ७ दिन थप, भदौ २१ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) भर्ने म्याद ७ दिन थप भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएकाले आईपीओको आवेदन दिने म्याद एक साता थप भएको अपरतामाकोसी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए । उनका अनुसार आयोजना प्रभावित स्थानीयबासिन्दाले भदौ २१ गतेसम्म आवेदन दिन सक्ने छन् । साउन १६ देखि भदौ १४ गतेसम्म खुला गरिएकोमा अत्याधिक चापका कारण स्थानीयवासिन्दा र जिल्ला समन्वय समितिको अनुरोधमा म्याद थप भएको श्रेष्ठले जानकारी दिए । आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । यस्तै सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन हुदैछ ।
उच्च सुरक्षाबीच बिम्स्टेक उद्घाटन, हेर्नुहोस् यी रुट हुनेछन् दिनभर प्रभावित
काठमाडौं । उच्च सुरक्षाबिच दिउँसो ३:४५ बजे ‘होटल सोल्टी’मा बिम्स्टेकको उदघाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् । भीआर्इपी सवारी हुँदा भने उपत्यकाका केहि सडक खण्डहरु दिनभर प्रभावित हुने भएका छन् । सम्मेलनमा भाग लिन ६ देशका राष्ट्र प्रमुखहरु काठमाडौं आइपुगिसकेका छन् । परराष्ट्र मन्त्रालयका सुजन ज्ञवालीका अनुसार दिउँसो १२:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दिवाभोज आयोजना गर्ने कार्यक्रम रहेको छ । सबै अतिथिहरु सोल्टी होटलमा रहेकाले दिनभर सवारी हुने हुँदा सोल्टीमोड, कालिमाटी, टेकू, त्रिपुरेश्वर, जमल र महाराजगंज रुट दिनभर प्रभावित हुनेछ । राष्ट्रपतिसँग शिष्टाचार भेटपछि अतिथिहरु पुन ‘सोल्टी होटल’ प्रस्थान गर्नेछन् । उद्घाटन समारोह सकिएपछि सबै देशका राष्ट्र प्रमुखले सम्बोधन गर्नेछन् । सम्बोधन सकिएपछि सबै अतिथिहरु सोल्टीमोड, कालिमाटी, टेकू, त्रिपुरेश्वर, माइतिघर, बानेश्वर, कोटेश्वर रुट हुँदै ‘होटल हायत’ पुग्नेछन् । होटल हायतमा प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोज दिने कार्यक्रम रहको परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञावालीका प्रेस सल्लाहकार खेमराज ज्ञावालीले बताए । ज्ञावालीका अनुसार (भोली) शुक्रबार १० बजे केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटघाट हुनेछ । दिउँसो १ बजे काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुनेछ । यसपछि मोदी पशुपतिनाथमा बनेको धर्मशालाको उद्घाटनमा जाने कार्यक्रम रहेको छ । मोदी शुक्रबार नै नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको छ । सवारीमा उच्च सुरक्षा अतिथिहरुका लागि सेनाको नेतृत्वमा ५ घेरा भन्दा बढी सुरक्षा प्रदान गरिएको छ । पहिलो घेरामा ट्राफिक प्रहरी, दोस्रो घेरामा जनपथ प्रहरी, तेस्रो घेरामा शसस्त्र प्रहरी, चाैथाे घेरामा सेनाले सुरक्षा प्रदान गरिरहेको छ । सवारीको समयमा नेपाली सेनाले हेलिकप्टरबाट समेत सुरक्षा प्रदान गरिरहेको छ ।
स्वदेशी लघुवित्तको भदौ २५ गते बुक क्लोज, १०० प्रतिशत हकप्रद जारी गर्दै
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको आगामी भदौ २५ गते बुक क्लोज हुने भएको छ । संस्थाले हकप्रद सेयर जारी गर्नको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस संस्थाले सेयरधनीहरुलाई १ बराबर १ को अनुपातमा (१०० प्रतिशत) हकप्रद निष्काशन गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि लघुवित्तको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्ने छ ।
जमघट र कार्यक्रममा जाँदा ‘ऊ रेल आयो’ भनेर उडाउँछन् : प्रकाश उपाध्याय
१.करिव २ वर्ष अगाडि रेल विभाग, रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनामा सरुवा भएर आएको हुँ। २. यो मेरो ईच्छाको सरुवा थिएन, करिव २४ वर्ष सडक विभागमा सेवा गरे पश्चात मलाई अन्तिम २ वर्ष काठमाडौं वा नजिकको कुनै कार्यालयको प्रमुख दिनुस म गरेर देखाई दिन्छु भनेको थिएँ। ३.तर मैलै आश्वासन पाएको भएता पनि कतै सरूवा भएन, तर सडक सुधार आयोजनाबाट सरुवा भने भयो भन्ने साथिहरुबाट मौखिक थाहा पाएँ यद्दपी पत्र छैन। मेरो ठाउमा अर्का मित्र आउनु भयो। ३ महिना पुरानै कार्यालयमा बसे। ४.करिव ८८ वर्षको बुवा र भॉचिएको खुट्टा मेरो टाढा जान नसक्ने प्रमुख कारण थिए। यद्दपी मेरो पिडा बुझिएन। ५. अन्त्यमा सडक विभागबाट बाहिरिएर रेल विभागमा भएको दरवन्दिमा गएर काम गर्न तयार हुँदा पनि बल्ल बल्ल करिव १ महिनापछि रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनामा सरुवा भयो । र, काम गर्न थालेको हुँ। ६.सिलगढी सॉफे सडक योजना, दोधारा चॉदनी झोलुङेपुलको डिजाईन, बिमलनगर मोटेरेवल झोलुगंगे पुल, मुग्लिन नारायणघाट सडक पूर्नस्थापना योजना १ वर्षमै, र मध्यपहाडी सडक योजनाको योजना स्थापना र सम्पूर्ण कार्य योजना तयार गरि संचालन गरेको क्षमताका साथ नेपालमा रेल मार्गको विकास, संचालन र संम्बर्धन गर्ने हेतुले सम्बद्ध स्थानमा हाजिर गर्न पुगेको हो । ७. हाजीर भएका दिनबाट शुरू भए नयॉ बिधाका कार्यहरु। नयॉ योजना भएकाले योजना र आयोजना निर्माणमा सोही अनुरुपका अध्ययनका कार्यहरु गरेको थिएँ। ८. त्यस समयमा रेललाई ओलीको योजना भन्थे। नेपाली कांग्रेसका मन्त्रिभएको हुदा कुनै सहयोग हुने कुरै थिएन। ९. रेल विभागमा गएपछि सो विभाग र रेलमार्गको केही परिमाणमुखी नतिजा आउने गरी काम गर्न सुरू गर्यौै। १०. यसकारण सर्वप्रथम रेल सम्बन्धी अध्ययन र एसिया र यूरोपबीच तथा भारत र चीनको रेल नेटवर्कको ज्ञान लिने काम भयो। ११.यही तथ्यलाई सार्वजनिक गरियो “सिङापूरको रेल नेपाल हुदै यूरोप जान सक्छ” भनेर। पत्रिकाहरुमा मुख्य पृष्ठमा छापीयो। तब, शुरुभयो नेपालमा रेलको अन्तरकथा। १२.गर्नु पर्ने कार्य प्रसस्त थिए, काम गर्ने प्राविधिकहरु भने न्यून छौ झनै सिभिलमा त महानिर्देशकज्यू, म तथा इन्जिनियर साथीहरु किरण कार्कि र विश्व केसी। र, मोहनचन्द्र भट्ट ३ वर्ष अगाडी निबृत्त भएर पनि साधारण वेतनमा रेलमार्गका लागि कामगरीरहका सिभिल ईन्जिनियरहरु । वन तथा मुआव्जाका बिषयहरुमा समन्वय गरी जग्गा प्राप्ती गर्नु पर्ने विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्नको लागि परामर्शदाताको छनौट गर्नुपर्ने सम्पूर्ण कार्य भारतिय पक्षबाट निर्माण भैरहेका निर्माण कार्यको समन्वय गर्नुपर्ने निर्माण र डीपीआर तयार गर्ने क्रममा सरोकारवाला स्थानियवासीसंगको कठीन विवाद समाधानका कार्य। आयोजना संग सम्बन्धित केन्दिय निकायहरूमा पेश गर्नु पर्ने बुझाउनु पर्ने विवरण तयार गर्ने, बुझाउने, छलफल ईत्यादि। १३. निर्वाचन पश्चात झनै कार्यबोझ थपीयो नयॉ लिकंहरुका बिषयमा केरुगं–काठमाडौं र वीरगंज–काठमाडौं चीन र भारतको सहयोगमा निर्माणहुने कुराअगाडी बढेपछी दुईपक्षिय छलफल डेलीगेसन आउने जाने बैठकहरु सो का तयारीहरु गर्न पनि पर्यो। १४.यी सबै कार्यका अतिरिक्त ठाउँ ठाउँमा नेपालमा रेलमार्गका विकास सम्बन्धी प्रस्तुती गर्ने तथा सूचना अधिकारीको नाताले रेलमार्ग सम्बन्धी सूचना प्रवाह गर्ने कार्यहरु पनि निरन्तर चलिरह्यो। १५.यी सबै कार्य सम्पन्न गर्न अती नै व्यस्त तरीकाले काम गरिरहन पर्यो कतिपय रात त १२ बजेसम्म पनि काम गरीयो,कुनै बिदामा रमाउन पाईएन, साईट गएका बखतमा भने स्वतन्त्र भएको महशुस हुने भएता पनि स्थानीय समस्याहरु सल्टाउदैको हैरान हुन्थ्यो। १६. डिजाईन परामर्शदाताका प्रस्तुतीहरु, छलफल तथा बैठकहरुबाट रेलमार्ग सम्बन्धमा प्रसस्त ज्ञान आर्जन गर्न पाईयो। हामीलाई निर्माण र योजना तयार गर्न पनि उहॉहरुको व्यापकै सहयोग लिईयो। १७. केही अचम्मका पक्ष पनि छन् (क) रेल विभागमा काम गर्छु भन्दा उडाउ ने ए रेल विभाग, रेलै छैन केको रेल विभाग भन्ने। (ख) कतै जमघट, विवाह, भोज भतेरको कार्यक्रममा जॉदा उ रेल आयो भनेर उडाउने, रेलका विषयमा जानकारी दिदा दिदा हैरान भईने यसकारण यस्ता समारोहमा जानै मन लाग्न छोड्यो। (ग) स्थायी रुपमा रेलमार्ग मन नपराउने साथी तथा हाकीमहरू विषेश गरी प्रतिपक्षकै जस्तो गरि भूमिका निर्वाह गर्ने सडक सम्बध्द अधिकारीहरु। बुध्दिजिवी र नागरिकहरु। एउटा सानो टोलीले मुलुकको नीति अनुरूप रात दिन काम गरीरहेको लाई राम्रो भन्न पनि नसक्ने समाज। अचम्म। (घ) मेरो एउटा राम्रो अथवा नराम्रो के बानी छ भने जुन संस्था कार्यालयमा काम गर्यो त्यसमा पूर्ण लगावका साथ काम गर्ने।यसकारण, पनि कती मित्रहरु, अग्रजहरु, बुध्दिजिवीहरू संग रेलमार्ग सम्बन्धी बहसमा चर्का चर्की पनि पर्यो। यो कुनै व्यक्तिगत थिएन। (ङ) जहॉ गए पनि नाम भने पछी सबैले चिन्ने नाम भन्ने बित्तीकै ए तपाई रेल विभागको प्रवक्ता हो भनेर सोघ्नेले गर्दा आम जनसमुदायको रेल सम्बन्धी चासो कती रहेछ भन्ने थाहा हुन्थ्यो। अझ, पटकौ पटक त मेरी छोरीलाई पनि सोधेछन तिम्रो बाबा रेल विभागको प्रवक्ता हो भनेर १८. अब समय घर्कीदै गयो, रात दिन एकै बनाएर काम गर्दा गर्दै पत्तै भएन। अब, नेपालमा रेलमार्गको विकासका सम्बन्धमा रेल विभागका सूचना अधिकारीको रुपमा मेरा स्टाटसहरु आउदैनन् किनभने म अब सरकारी जागिरमा रहन्न। यद्दपी, मेरो लगाव नेपालमा रेलमार्गको विकासको लागि सदा रहने छ। १९.मेरो मेहनतलाई उत्प्रेरीत गर्ने रेल विभागका महानिर्देशक ज्यू तथा मित्र अनन्त आचार्य, त्यस्तै पूर्व महानिर्देशक तथा मित्र बिष्णुओम बादे ज्यू मन्त्रालयका सहसचिव मित्रहरु केशवकुमार शर्मा र राजेन्द्रराज शर्मालाई, त्यसै गरि पूर्व सचिव श्री घनबहादुर तमाङ, देवेन्द्र कार्की तथा वहालवाला सचिव मधुसुदन अधिकारीज्यूलाई आभार व्यक्त गर्दछु। २०. सरकारी सेवामा रहेर काम गर्दा परामर्शदाता तथा निर्माण व्यवशायीसंग कतिपय पटक धारणा बाझेहोलान यसलाई नितान्त व्यवशायीक रुपमा बुझीदिनु होला। अस्तु।