विश्वकै अग्रणी ड्रोन व्राण्ड डिजेआई नेपालमा, अाधिकारिक बिक्रेता अाइएमएस ग्रुप
काठमाडौं। आईएमएसले विश्वकै अग्रणी ड्रोन व्राण्ड डिजेआई नेपालमा भित्र्याएकाे छ । ड्रोन व्यवसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको डिजेआई विश्वकै सबैभन्दा शिर्ष स्थानमा पर्ने व्यवसाय हो । क्यामरा ड्रोन, एरियल फोटोग्राफीका स्ट्याबलाईजर र भिडियोग्राफिका डिजेआई विश्व प्रख्यात छ। विशेष सृर्जनासिलता, निर्देशन र सिनेम्याटोग्राफी भएको डिजेआई, कमउचाई एरियल तस्बिरका लागि पहुँच योग्य छ । अतुलनीय अनुसन्धान र विकास भइरहने यस ब्राण्ड नविनतामा अग्रसर छ जसले गर्दा जटिल प्रविधि पनि सजिलो यन्त्रमा परिणत हुन्छ । आईएमएस ग्रुपले नेपालमा डिजेआईका म्याभिक २ जुम , स्पार्क कन्ट्रोलर कम्बो वाईट , म्याभिक एअर ब्ल्याक , म्याभिक एअर वाईट , टेल्लो ग्लोबल , फ्यान्टोम ४ प्रो भि २.0, स्पार्क फ्लाई मोर कम्बो रेड , टेल्लो बुस्ट कम्बो , ओस्मो मोबाईल २ , ओस्मो मोबाईल २ पार्ट वान बेस मोडलहरु उपलब्द गराउनेछ। डिजेआईका अरु नयाँ मोडलहरु पनि छिट्टै नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ । साथै कम्पनीले यी सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइन पनि उपलब्ध गराएको छ । आईएमएस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले फेरि पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र डिजेआई ड्रोन नेपाली बजारमा भित्रयाउन पाएकोमा खुसी व्यक्त गरे । भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको विकासोन्मुख डिजिटल जमानामा ड्रोन व्यवसायकाे भविष्य अाफू निकै अाशाबादी भएकाे उनले बताए ।
झम्सिखेलमा रहेको चौधरी ग्रुपको होटल व्यवस्थापन ताज ग्रुपले सम्हाल्ने
काठमाडौं : चौधरी ग्रुपको मुख्य लगानीमा निर्माण गरिएको ललितपुरको झम्सिखेल स्थित चार तारे डिलक्स होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय ख्याती प्राप्त ताज ग्रुपले सम्हाल्ने भएको छ । सीजी हस्पिटालिटीका कार्यकारी निर्देशक राहुल चौधरी र द इन्डियन होटल्स कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक एवं कार्यकारी अधिकृत पुनित चटवालबीच संझौतापत्रमा हस्ताक्षर भएपछि उक्त होटल ‘भिभान्ता काठमाडौं’का नाममा सञ्चालनमा आउनेछ । हस्पिटालिटी उद्योगमा विश्वभर प्रख्यात ताजलाई चौधरी ग्रुपले डेढ दशकपछि काठमाडौं भित्रयाएको हो । ताजको आगमनले नेपालको पर्यटन उद्योगमा उत्साह थप्ने एवं पर्यटकले उच्च गुणस्तरको सेवा पाउने वातावरण तयार भएको छ । यसअघि ताजले चौधरी ग्रुप अन्तर्गतकै विख्यात जंगल सफारी रिसोर्ट मेघौली सेराईको व्यवस्थापन पनि सम्हालिरहेको छ । ‘नेपालको हस्पिटालिटी क्षेत्रमा अब हामी सशक्त रूपमा उपस्थित भएका छौँ । ताज जस्तो विख्यात ब्राण्डमा होटल संचालनमा ल्याउन पाएकोमा हामी अत्यन्तै खुसी छौँ’, ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीले भने, ‘हामी नेपालको पर्यटनलाई अर्को तहमा पु¥याउन प्रतिवद्ध छौँ । सोंही सोंचमा आधारित रहेर हामीले हाम्रा होटल एवं रिसोर्टहरूको निर्माण गरिरहेका छौँ ।’ यो होटल सन् २०१८ को नोभेम्वरमा उद्घाटन गर्ने लक्ष्य राखिएको छ । हाल होटलमा आन्तरिक सजावटका कामहरू भईरहेका छन् । होटलमा सुइट सहित १११ रूम रहेका छन् । इन्डियन होटल्सका महाप्रबन्धक एवं कार्यकारी अधिकृत पुनित चटवालले भने – नेपालमा चौधरी ग्रुप जस्तो प्रतिष्ठित ग्रुपद्वारा प्रवर्धित आर एण्ड आर होटल्स एण्ड रिसोर्टसँग नयाँ होटेलमा साझेदारी बन्न पाउनु गौरवको कुरा हो । पर्यटकीय दृष्टिकोणले काठमाडौ प्रख्यात स्थान हो । यस साझेदारीले मेघौली सराईसँग टुरिष्ट सर्किटको रुपमा जोड्ने हाम्रो चाहना पुरा हुनेछ । होटलको १० औँतलामा ‘इन्फिनिटी स्विमिङ पुल’निर्माण गरिएको छ । जुन नेपालका लागि संभवतःनयाँ अनुभव सावित हुनेछ । त्यसैगरि होटलमा २५ देखी ३५ बर्ष उमेर समुहका युवाहरूलाई लक्षित गरि रुफ टप बारको व्यवस्था मिलाइएको छ । जहाँ डिजेको प्रस्तुतिसँगै विश्वमा उपलब्ध सबै प्रकारका मदिराहरू उपलब्ध हुनेछन् । सुविधा सम्पन्न लबि, क्याफे, डाईनिङ लाउन्जको सुविधा उपलब्ध हुनेछ । पार्किङ्का लागि बेसमेन्ट पार्किङको ब्यवस्था गरिएको छ । शारीरिक ब्यायामका लागि फिटनेस क्लब उपलब्ध हुनेछ । ब्यवसायिक प्रयोजनका लागि छुट्टै बिजनेस सेन्टरको व्यवस्था मिलाइएको छ । सुरक्षाको प्रत्याभुतिको लागि सिसिटिभि एवं अन्य सुरक्षा तथा मानवीय सम्वेदनशिलतालाई ध्यानमा राखि अलाम, फायर एक्सटिङ्ग्युर तथा वाटर स्प्रिन्कल्स आदि सेवा उपलब्ध रहनेछन् । होटेलमै साउना, सैलुन र स्पाको ब्यवस्था मिलाइनेछ । चौधरी ग्रुप र ताजबीचको साझेदारीमा श्रीलंका, माल्दिभ्स, थाईलैण्ड, दुवई र भारतमा विख्यात होटल एवं रिसोर्टहरू संचालनमा छन् । आर एण्ड आर होटल्स एण्ड रिसोर्ट आर एण्ड आर होटल्स एण्ड रिसोर्ट नेपालको हस्पिटालिटि क्षेत्रलाई नयाँ उचाई दिने अभिप्रायले सी जी हस्पिटालिटिको मुख्य लगानीमा स्थापना भएको कम्पनी हो । यस कम्पनीको स्वामित्व नेपाललाई प्रतिनिधित्व गर्दै फोब्र्स लिस्ट पर्न सफल अर्बपति बिनोद चौधरीको ग्रुप हो । सी जी हस्पिटालिटि अन्तर्गत १२ देशका ,७० स्थानमा ९५ भन्दा बढि होटेल, रिसोर्ट, लज र स्पा सञ्चालनमा छन । हाल सी जी गु्रपको मातहतमा सञ्चालित होटेलहरुको रुम क्षमता ५७ सय रहेको छ । सन २०२० सम्ममा सी जी हस्पिटालिटिको पोर्टफोलियोमा २०० भन्दा बढि होटेल पुर्याई विभिन्न २० देशका १ सय स्थानमा पुर्याउने लक्ष्य छ । होटेलको विस्तारसँगै रुमको क्षमता १० हजार पुग्नेछ । आर एण्ड आर होटेल्स एण्ड रिसोर्टको प्रबधक कम्पनीको रुपमा एनई गु्रपको शतप्रतिशत लगानी भएको सहायक कम्पनी शिबक्रीम ल्यान्ड एण्ड ईन्डस्ट्रियल कम्पनी प्राली रहेको छ । शिबक्रीम ल्यान्ड एण्ड ईन्डस्ट्रियल कम्पनी प्रालीको अध्यक्षता रभिभक्त श्रेष्ठ रहेका छन्। द इन्डियन होटल्स कम्पनी लिमिटेड द ईन्डियन होटल्स कम्पनी लिमिटेड र यसका सहायक कम्पनीहरु अन्तर्गत सिर्जना भएका बिभिन्न ब्रान्डहरुले विशेष भारतिय आतिथ्यत था विश्वस्तरिय सेवाप्रदान दिईरहेका छन । जस अन्तर्गत हस्पिटालिटि क्षेत्रमा परिचितताज, परिष्कृत ठुला होटेल तथा रिसोर्टको स्वामित्व भएको भिभान्त र बजेट होटेलको रुपमा परिचित जीन्जर ब्रान्ड रहेका छन । टाटा गु्रपका संस्थापक जमशेदजी टाटाले सन १९०३ बम्बईमा स्थापना गरेको द ताजमहल प्यालेश यस कम्पनीको पहिलो होटेल हो । हाल यस कम्पनी अन्तर्गत १७० होटेल विश्वको ४ महादेश, १२ देश र ८० स्थानमा सञ्चालित छन । त्यस्तै २५ होटेल निमार्णको चरणमा छन । बजार पुँजीकरणको आधारमा द ईन्डियन होटल्स कम्पनी लिमिटेड दक्षिण एसियाको ठुलो कम्पनीमा पर्दछ । कम्पनी भारतको बम्बई स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जमा सुचिकृत छ ।
बजार १८ अंकले घट्यो, नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार
काठमाडौं । सोमबार दोस्रो दिन पनि सेयर बजार १८ अंकले घटेको छ । साताको पहिलो दिन बजार १०.४७ अंकले घटेकोमा सोमबार १८ अंकले घटेर नेप्से परिसुचक १ हजार २३८ अंकमा सीमित भएको छ । बजार घटेपछि सेयर कारोबारमा पनि गिरावट आएको छ । सोमबार ५३ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार ५८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । सोमबार उत्पादनमुलक बाहेक, बैंक, वित्त, जलविद्युत, बीमाको सेयर मूल्य घटेको छ । व्यापारिक समूहको परिसुचक यथावत छ । सेयर बजार घटेका बेला नेपाल बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको प्रतिकित्ता ३१३ रुपैयाँ ७ करोड ८८ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आईतबार ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको थियो । सोमबार नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन डिष्टिलरी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।
राष्ट्र बैंकको नाफा २८ अर्ब ५० करोड, १५ अर्ब पुनरकर्जामा लगानी गर्दै
काठमाडौं । गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले साढे २८ अर्ब रुपैयाँ नाफा गरेको छ । बैंकले विदेशमा गरेको लगानीलगायत विभिन्न शिषर्कबाट यो नाफा गरेको हो । अघिल्लो वर्ष राष्ट्र बैंकले १९ अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो । गत वर्ष झण्डै ९ अर्ब रुपैयाँ नाफा बढाएको हो । अघिल्लो वर्षको नाफाबाट सरकारलाई साढे ७ अर्ब रुपैयाँ लाभांश बुझाएको थियो । यो वर्ष नाफा बढे पनि सरकारलाई दिने लाभांशमा भने गिरावट आउने राष्ट्र बैंकका अधिकारी बताउछन् । नाफा बढे पनि सरकारलाई कति बुझाउने हो भन्ने अझै निश्चित हुन नसकेको स्रोतको भनाई छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट यो वर्ष पुनरकर्जालाई थप रकम छुट्टाउनु परेकाले सरकारलाई दिने रकममा कमी आउने भएको हो । चाल आर्थिक वर्षको बजेटमा सरकारले पुनरकर्जा सीमा २० अर्बबाट बढाएर ३५ अर्ब रुपैयाँ पुर्याएको छ । पुनरकर्जाका लागि थप रकम नाफाबाट व्यवस्थापन गर्न लागेको केन्द्रीय बैंक स्रोतले बतायो । थप १५ अर्ब रुपैयाँ दायित्वका अतिरित्त जगेडा कोष लगायत अन्य थुप्रै कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ ।
विराटनगरमा ३ दिनदेखि टेलिफोन अवरुद्ध, निर्माण गर्न २ महिना लाग्ने
काठमाडौं । विराटनगर महानगरपालिकामा यही असोज १२ गतेदेखि केही क्षेत्रमा टेलिफोन अवरुद्ध भएको छ । शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको छ लेनको बाटामा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय विराटनगरमा प्राविधिक अधिकृत बच्चुराज खतिवडाले जानकारी दिए । नाला बनाउने क्रममा ३०० लाइन र ९०० लाइनका दुई संरचना ध्वस्त भएकाले सो क्षेत्रमा वितरित ७०० टेलिफोन अवरुद्ध भएको प्राविधिक खतिवडाले बताए । प्राविधिक खतिवडाले ध्वस्त संरचना तयार गर्न लगभग दुई महिना लाग्ने जानकारी दिए ।रासस
एनसीसी बैंकको ३८ लाख ५९ हजार कित्ता संस्थापक हकप्रद सेयरमा संचय कोषको आँखा
काठमाडौं । कर्मचारी संचय कोषले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको संस्थापक सेयर किन्ने भएको छ । कोषले बिक्री हुन बाँकी हकप्रद सेयर खरिदका लागि प्रस्ताव गरेको छ । मुख्य लगानीकर्ता एनबी ग्रुप र निर्मल प्रधानले हकप्रद सेयर खरिद नगरेपछि कोषले किन्ने जानकारी गराएको हो ।केहि दिनअघि मात्रै बैंकलाई औपचारिक रुपमा पत्राचार गरी हकप्रद सेयर किन्ने जानकारी गराएको कोष स्रोतले बतायो । बैंकको ३८ लाख ५९ हजार कित्ता १९१ कित्ता हकप्रदलाई आवेदन नपरेपछि कोषले किन्न चासो देखाएको हो । कोषले बैंकको न्युनतम १५ प्रतिशत स्वामित्व लिने तयारी गरेको छ । बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । सर्वसाधारण हकप्रद निष्कासन असोज २२ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सनराइजले जनाएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ हुने छ । हकप्रद निष्कासनपछि पनि बैंकको ९९ करोड रुपैयाँ चुक्तापुँजी नपुग्ने देखिएको छ । तोकिएको समयमा पुँजी नपुर्याउनेमा एनसीसी बैंक मात्र भएको छ । यसअघि एनबी ग्रुपले आफनो स्वामित्वमा रहेको ७२ लाख कित्ता संस्थापक सेयर बेच्नका लागि लिलामी आब्हान गरेको थियो । सीबीआईएल क्यापिटल लिमिटेडमार्फत उसले प्रतिकित्ता २१० रुपैयाँमा बिक्री गर्न प्रस्ताव गरेको थियो ।
नेकपा केन्द्रिय सदस्य लेख्छन्ःबानेश्वर चोकमा उभिएर सरकारबारे जनताको धारणा बुझौं
बिष्णु रिजाल, केन्द्रिय सदस्य, नेकपा काठमाडौं । दशैं–तिहारका बेला बम्पर उपहारका अनेक कार्यक्रम सार्वजनिक हुन्छन् । अहिले चाहिँ पार्टीमा त्यस्तै बम्पर खुलेको छः माधव नेपालको सके जति विरोध गर्नुहोस्, नम्बर बढाउनुसहोस् । त्यसका लागि सामाजिक सञ्जालमा लेखेर, सञ्चारमाध्यममा अन्तर्वार्ता दिएर, बुस्ट गर्ने गरी लेख लेखेर– जुन हिसावले सकिन्छ, त्यही हिसाबले सत्तोसराप गर्दा हुन्छ । यसो गर्दा पार्टीमा पद प्राप्त व्यक्ति छ भने त्यस पदका लागि उसको खास योग्यता झल्किन्छ, पार्टी एकता भइरहेको यस चरणमा कुनै पार्टी वा जनवर्गीय संगठनमा इच्छा लागेको पद पाउन सकिन्छ, सरकारी नियुक्तिका लागि ब्याकुल छ भने उसको उचित मूल्यांकन हुन्छ । जागिर धरापमा पर्छ कि भनेर चिन्ता गर्दै अरुको पतनको दिउँसै सपना देख्ने साथीहरुलाई चेतना भए हुन्छ, तिनको व्यक्तित्व बन्नमा पनि कुनै न कुनै रुपमा माधव नेपालकै योगदान छ होला । हिजो केपी ओली कमजोर हुँदा ती कहाँ थिए ? तिनले बोल्ने भाषा कस्तो थियो ? जनकपुर महाधिवेशन ताका, बुटवल महाधिवेशन ताका र त्यसपछि माधव नेपाल सत्तामा हुँदा तिनको के हालत थियो ? ती माधव नेपालका वरिपरि कसरी परिक्रमा गर्दथे ? हिसाव–किताव अरुले पनि राखेका होलान् । जहाँसम्म माधव नेपालले सरकारको विरोध गरे भन्ने चर्चा छ, त्यसमा दम छैन । सरकारले अझै राम्रो काम गरोस्, हामीले नसके कसैले सक्दैन, कम्युनिस्ट पार्टीको विकल्प छैन भनेर संसद्मा बोलेको कुरालाई विषयान्तर गर्दै जीविका चलाउनेहरुलाई धेरै भन्नु केही छैन । तर, बानेश्वर चोकमा उभिएर सर्वसाधारणलाई सोध्दा हुन्छ– सरकारका बारेमा आम मानिसहरुको के धारणा छ ? पक्कै पनि सरकारमा पदमा बस्नेहरुलाई जताततै राम्रो लाग्छ । तर, वास्तविकता यति मात्र होइन नै भन्दा यत्रो हमला ? के त्यसो भए माधव नेपालले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्ति एकदम राम्रो छ भनेर नारा लगाउनुपर्थ्यो ? के पुनर्निर्माण प्राधिकरणमा सुशील ज्ञवाली अनि बायुसेवा निगममा झापाका मदन खरेल, भारतका लागि राजदूतमा निलकण्ठ उप्रेतीहरुको नियुक्तिका पक्षमा आरती उतार्नुपर्थ्यो ? जनताको अपेक्षा र पार्टीको घोषणापत्र लत्याउँदै ल्याइएको बजेटका पक्षमा नाराबाजी गर्नुपथ्र्यो ? कुरा सरकारको होइन, यतिबेला पार्टीको हो । पार्टीमा निर्वाचित भएर आएका जिल्ला कमिटीका नेताहरुलाई उपेक्षा गरेर आफू निकटका व्यक्तिहरुलाई नियुक्ति गर्ने कुरा माधव नेपालले स्वीकार गर्नुभएको छैन । उहाँ अध्यक्षसँग सल्लाह गरेरै विदेश गएको बेला त्यही भएर आगलागी भए जस्तो, तत्कालै दमकल चाहिहाल्ने गरी सचिवालयको बैठक बोलाएर माधव नेपाल पक्षलाई पूरै उपेक्षा गरेर प्रदेश कमिटीहरु बनाइएको छ । यसमा उहाँको विरोध छ । अहिले कसैले सरकारको विकल्प खोजेको छैन । चार बुँदे सहमति अनुसार केपी ओलीलाई अझै दुई वर्ष सरकार चलाउने सुविधा छ भन्ने कुरा माधव नेपाललाई पनि थाहा छ । आक्रमणलाई तेज पार्न, पार्टीमा एकलौटी गर्न र आफ्नो अयोग्यताहरुलाई ढाकछोप गर्न अरुलाई हेपेर जति नै अन्तर्वार्ता दिए पनि, नांगै मैदानमा उतारे पनि सत्य छोपिँदैन । हामी पार्टी एकताको चरणमा छौँ । यतिबेला विवाद बढाएर कसैलाई फाइदा छैन । तर, पार्टीका जिम्मेवार तहमा बसेका नेताहरुलै मर्यादा नाघेर मैदानमा उत्रिएपछि प्रस्ट भए हुन्छ, प्रतिवाद पनि त्यही तहकै हुन्छ । किनभने, हाम्रो पार्टीको विधानमै लेखिएको छ, ‘पार्टीका सबै सदस्य समान छन् ।’ फेरि पनि नेताहरुबीच यतिबेला अझ बढी सुझबुझ र सहमति आवश्यक छ । विधि बन्नै बाँकी छ, नेतृत्वका बीचमा सहकार्य अनिवार्य छ । हिजो विहान मात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगापुरबाट फोन गरेर माधव कमरेडसँग ठीकै कुरा गर्नुभएको छ । हुन त यसरी पार्टीभित्रकै नेताहरुबीच कुरा हुँदा पनि सत्ताका ध्रृतराष्ट्रहरुले ‘आफ्ना’ का विरुद्ध ‘पराइसँग सल्लाह गरेकाले’ उनीहरुको ‘पतन हुने’ आरोप लगाउन बाँकी राख्दैनन् । तर पनि, परिस्थिति सम्हालेर एकतालाई जोगाउनैपर्छ, कार्यकर्ताको स्वाभिमानलाई उँचो पार्नैपर्छ । रिजालको फेसबुकबाट
सेयर बजार घट्दैमा म्युचअल फण्डका लगानीकर्ताले डराउनु पर्दैन-समीर दाहाल
सन् २००२ मा चाटर्ड एकाउन्टेट भएपछि सीमरप्रसाद दाहाल आफैंले २ वर्ष लेखापरीक्षण फर्म सञ्चालन गरे । त्यसपछि हिमालयन बैंकमा इन्टरर्नल अडिटरको रुपमा सन् २००५ देखि काम सुरु गरेका दाहाल सन् २०१२ पछि सिटिजन्स बैंकमा गए । सिटिजन्सले प्रवद्र्धन गरेको सीबीआईएल क्यापिटलमा हाल उनी २ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । सेयर रजिस्ट्रार भन्दा पनि सीबीआईएलले लगानी व्यवस्थापन र यो वर्ष पनि नयाँ पोर्टफोलियो योजना ल्याउने सीईओ दाहाल बताउँछन् । प्रस्तुत छ, नेपालमा पुँजी बजारको विकास र म्युचअल फण्डका बारेमा केन्द्रीत रहेर सीईओ दाहालसंग विकासन्युजले गरेको वहस । सीबीआईएल क्यापिटल २ वर्ष पुरानो भयो । अहिले संस्था कुन अवस्थामा पुगेको छ ? यसले आफुलाई बजारमा कुशल लगानी व्यवस्थापकको रुपमा चिनाईसकेको छ । लगानीकर्ताले सीबीआईएल क्यापिटल लगानी व्यवस्थापक हो, म्युचुअल फण्डको व्यवस्थापन गरेको छ, पोर्टफोलियो म्यानेजमेन्टको काम पनि गरेको छ भनेर बुझ्नु भएको छ । हामीले इन्भेष्टमेन्ट बैंकिङ व्यवसायलाई प्राथमिकतामा राखेका छौं । साथै, सेयर रजिष्टार तथा निष्काशन प्रवन्धक, डिम्याट खाता खोल्ने, अन्डरराइटिङको कार्य पनि स्थापनाकाल देखि नै गरिरहेका छौं । अन्य मर्चेन्ट बैंकर आक्रमक रुपमा आइरहँदा सीबीआईएलले नगर्नुको कारण के हो ? हामी स्थापना हुनु भन्दा पहिले सीमित मर्चेन्ट बैंकर मात्र रहेका हुँदा सेवाग्राहीले अनिवार्य रुपमा सीमित संस्थाहरुबाट मात्र सेवा लिनुपर्ने बाध्यता रहेकोमा हाल आएर मर्चेन्ट बैंकरहरुको संख्या वृद्धि भएको हुँदा सेवाग्राहीहरुलाई विकल्प प्रशस्तै छन् । तसर्थ व्यवसाय वृद्धिमा पूर्ण रुपमा आशावादी छौं । यहाँले इन्भेष्टमेन्ट पोर्टफोलियमा ध्यान केन्द्रीत भएको कुरा गर्नुभयो । सीबीआईएलले कुन क्षेत्रमा लगानी गरिरहेको छ ? अहिले हामीले व्यक्तिगत र संस्थागत लगानीकर्ताको लगानी व्यवस्थापन गरिरहेका छौं । पुँजी बजारमा प्राविधिक जनशक्ति चाहिने हुन्छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु सेयर बजारमा ठुलो मात्रामा लगानी गरेका छन् । तर, सबैसंग सेयर बजारका बारेमा जानकार कर्मचारी नहुन सक्छन् । सेयर सम्बन्धि विस्तृत विश्लेषण गर्ने संयन्त्र तथा अर्थशास्त्री कर्मचारीको अभाव हुन सक्छ । व्यक्तिगत लगानीकर्ता मध्ये धेरै जसोले बजार बढ्न थाल्यो भनेपछि सेयरको बारेमा विस्तृत अध्ययन नगरी लगानी गरेको पाइएको छ । यसले गर्दा हामीले लगानीकर्तालाई सुरक्षित लगानी गराउने तर्फ ध्यान दिएका छौं । लगानीकर्तालाई के सुझाव दिनुहुन्छ ? सेयर बजार जहिले पनि तलमाथि भइरहेको हुन्छ । लगानी गर्दा कम्पनीको कमाई कति हुन्छ र प्रतिफल कति दिन्छ भन्ने हो । छोटो समयमा कति मूल्य वृद्धि हुन सक्छ भनेर मूल्य वृद्धिका लागि लगानी गर्ने भनेको स्पेकुलेसन हो, हामी यसमा विश्वास गर्दैनौं । हामी स्पेकुलेसनलाई व्यवस्थापन गरेर वास्तवमा प्रतिफल राम्राे दिने संस्थामा लगानी गर्छौं । गत फागुनमा ८२ करोड रुपैयाँको म्युचुअल फण्ड निष्कासन गर्नुभएको थियो । म्युचुअल फण्डको वित्तीय विवरण कस्तो छ ? फागुन अन्तिममा आएर म्युचुअल फण्ड बाँडफाँड गरेका हौं । सीबीआईएलले व्यवस्थापन गरेको कोषको मूल्य प्रति इकाई १० रुपैयाँ ५१ पैसा पुगेको छ । अर्को वर्षको लक्ष्य भनेको लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने हो । जुनकुरा हामीले विवरणपत्र निष्कासन गर्दा भनेका छौं । म्युचुअल फण्ड र मुद्धति निक्षेपबीचको फरक के हो भने फण्डले निक्षेपको प्रतिफल पनि दिन्छ भने बजारमा भएको मूल्य वृद्धि अनुसार आफ्नो भ्यालु बढाएर मूल्य वृद्धि अनुसार आफुलाई समायोजन गर्दै जान्छ । वर्षेनी लाभांश पनि आउँछ । म्युचुअल फण्ड पुँजीबजार र मुद्रा बजार दुबैको लाभ भएको लगानी गर्ने क्षेत्र हो । यसमा लगानी गर्दा कहिले बजार मूल्य घटेर तल पनि पुग्छ । त्यसबेला संयमता आवश्यक पर्छ । पछिल्लो समयमा म्युचुअल फण्डको खुद सम्पत्ति घट्दै गएको छ । यसको कारण के होला ? जुन म्युचुअल फण्डहरुको मूल्य घटेको छ, उसको सेयर बजारमा प्रवेश गर्ने बेला अहिलेको तुलनामा सेयर मूल्य महंगो थियो । सेयर परिसुचक माथि भएको बेला प्रवेश गरेको भएपनि कन्टेन्जेसी फण्डको व्यवस्था नगरी पुरै कोष लगानी गरेको देखियो । त्यसले गर्दा उहाँहरुले सेयर बजार घटेका बेला किनेर मौकाको फाइदा उठाउन पाउनु भएन् । म्युचुअल फण्डले सबै पैसा सेयरमा मात्र लगानी गर्नुपर्छ भन्ने हैन । त्यसैले सम्बन्धित स्टेकहोल्डरहरुले हाम्रो योजना हेरेर सुझाव दिंदा उचित हुनेछ । तर सेयर किन्नु नै भनेर डण्डा हानेर किन्न वाध्य पारिनु हुन्न । म्युचुअल फण्डले कम्पनीको कस्ता सुचकको विश्लेषण गरेर सेयर खरिद गरेका हुन्छन् ? पहिलो कुरा लगानीकर्ताको पैसा महंगो सेयरमा नपरोस् भनेर पीई रेसियोमा अत्यन्तै ध्यान दिन्छौं । यसपछि कम्पनीको व्यवसायको विश्लेषण गर्ने जसको दीगोपना र बजार हेरिन्छ । तेस्रो व्यवस्थापन पक्षको अवस्था हेरिन्छ । यसमा ग्रेडिङ गरिन्छ । बढी ग्रेड आएकोमा लगानी गर्नेछौं । सेयर बजारमा उतार चढाव आइरहेको देखिन्छ । अब बजार बढ्ने संभावना कतिको छ ? सेयर बजारमा तलमाथि भइरहन्छ, यो नियमित प्रक्रिया नै हो । बजार घटेपछि किन्न थालिन्छ बजार बढ्नु स्वभाविक हो । मूल्य बढेपछि आवश्यकताअनुसार बिक्री गर्ने गरेका हुन्छ । हाम्रो लामो समयसम्म घट्दै गएकाले लगानीकर्ता निराश हुने अवस्था आएको छ । सरोकारवालाहरुबाट पनि बेलाबेलामा पुँजीबजारका बारेमा नकारात्मक टिप्पणीहरु आउँदा लगानीकर्ताको मनोवल खस्किएको छ जस्तो लाग्छ । सेयर बजार घट्दै गएपछि सबै म्युचुअल फण्ड धरासायी बन्ने अवस्था देखिएको हो ? म्युचुअल फण्डले योजनाबद्धरुपमा प्रतिफल गणना गरि रकम लगानी गरेका हुन्छन् । बजार धेरै तलमाथि भइरह्यो भने रोलओभर भएर नाफा पनि बढी नै हुन्छ । दीर्घकालीन लगानीमा अल्पकालीन उतारचढावमा संयमता अपनाइन्छ । अहिले आएका म्युचुअल फण्ड सकिने भन्ने हुदैन् । प्रतिफल त आइरहन्छ । सबैले राम्रो कम्पनी छानेर लगानी गरेका हुन्छन् । अहिले पो घटेको छ, यो सधै निरन्तर हुदैन् । अहिले १० रुपैयाँको मूल्य घटेर ८ रुपैयाँसम्म आएको छ । अन्तत यो बढ्ने छ । दीर्घकालीन अवस्थालाई हेरेर लगानी गरिने भएकाले यसमा चिन्ता लिनु पर्ने अवस्था छैन । सीबीआइएल क्यापिटलले अहिले के गरिरहेको छ ? सीबीआईएलले बजारमा लगानी व्यवस्थापन गर्ने संस्थाको रुपमा आफनो परिचय बनाएको छ । गत वर्ष हामीले नेपाल बैंकको सबैभन्दा बढी एफपीओ अण्डरराइटिङ गरेर सफलता पूर्वक सम्पन्न गराईयो । थप म्युचुअल फण्ड योजना र लगानी व्यवस्थापन योजना पनि ल्याएका छौं । आउँदो वर्ष ७ प्रदेशमा शाखा विस्तार गरेर काम सुरु गर्ने योजनामा छौं । ८२ करोड रुपैयाँको म्युचुअल फण्ड सञ्चालनमा आइसकेको छ भने अर्को १ अर्ब रुपैयाँको म्युचुअल फण्ड सञ्चालनमा ल्याउने तयारी गरेका छौं । नयाँ म्युचुअल फण्ड ल्याउनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छौं । स्वीकृति दिएको म्युचुअल फण्ड १ को पैसा लगानी गर्न बाँकी रहेको अवस्थामा तपाईलाई अरु थप फण्ड संचालन गर्ने स्वीकृति दिएर के गर्नु भन्नु हुन्छ ? हामी जस्तो फण्ड म्यानेजरहरुले अध्ययन गरेर मात्र लगानी गर्छौ । एकै पटक ह्वातै लगानी गर्नु पनि हुँदैन । बजारलाई हेरेर विश्लेषण गर्नुपर्ने हुन्छ । हामीले विस्तारै लगानी गरिरहेका छौं । सेयर बजार घटबढ भएकाले हामीसंग कन्टिेजन्सी कोष पनि चाहिन्छ । नयाँ अवसर आयो भने कसरी लगानी गर्ने ? त्यसलै बोर्ड नीतिगत रुपमा स्पष्ट हुन आवश्यक छ । एउटा स्किमलाई एक किसिमले चलाइरहेका हुन्छौं । फेरी अर्को स्किम सञ्चालनका लागि अनुमति मागेका छौं । सीबीआइएलले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको धेरै समय भइसक्यो हालसम्म आएको छैन । आईपीओ कहिले आउने छ ? मर्चेन्ट बैंकरले आईपीओ ल्याउने कुरामा नीतिगत रुपमा व्यवस्थापन गर्दैैछौं भन्ने जानकारी प्राप्त हुन आएको छ । स्पष्ट नीति नहुँदा अन्तिम स्वीकृति भने प्राप्त भएको छैन् । हाम्रो २० करोड रुपैयाँ चुत्तापूँजीको कम्पनी हो । यसमा १७ करोड रुपैयाँ संस्थापक लगानीकर्ताको स्वामित्व रहेको छ । सिटिजन्स बैंक मुख्य कम्पनी हो भने नागरिक लगानी कोष र कर्मचारी संचय कोष संस्थागत सेयरधनी हुन् । बाँकी १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेका छौं । यदि आइपीओ निष्कासनमा थप ढिलाई हुने भएमा हकप्रद सेयर जारी गरेर चुत्तापुँजी २० करोड रुपैयाँ पुर्याउने गृहकार्य पनि गरिरहेका छौं । सीबीआईएलको यो वर्षका लागि नयाँ कार्यक्रम के छन् ? कर्पोरेट एडभाइजरी सेवा सुरु गर्ने छौं । ७ प्रदेशमा शाखा खोलेर लगानी व्यवस्थापनको सेवा दिने योजना अघि बढाएका छौं । साथै धितोपत्र बोर्ड बाट स्वीकृति प्रदान गरिने कुनै पनि कार्य गर्न तयार छौं । कर्पोरेट एडभाइजरी सेवा दिने कुरा गर्नुभयो । यो कस्तो योजना हो ? कर्पोरेट एडभाइजरी सेवा नेपालमा मर्चेन्ट बैंकका लागि नयाँ कुरा हो । सिविआइएल क्यापिटलले आफुलाई यसको लागि तयार गरिसकेको छ । संगठित संस्थाको संरचना हेरफेर, मूल्याँकन , व्यवसायिक योजना, लोन सिन्डिकेशन, र्विर्कङ क्यापिटल फाइनान्सिङ, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका विषयमा परामर्श सेवा प्रदान गरिने जिम्मेवारी संस्थागत परामर्शदाताको हुनेछ । २० करोड रुपैयाँ चुत्तापुँजी भएपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर यो काम शुरु गर्नेछौं ।