एनसीसी बैंकको ३८ लाख ५९ हजार कित्ता संस्थापक हकप्रद सेयरमा संचय कोषको आँखा

<p>काठमाडौं । कर्मचारी संचय कोषले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको संस्थापक सेयर किन्ने भएको छ । कोषले बिक्री हुन बाँकी हकप्रद सेयर खरिदका लागि प्रस्ताव गरेको छ । मुख्य लगानीकर्ता एनबी ग्रुप र निर्मल प्रधानले हकप्रद सेयर खरिद नगरेपछि कोषले किन्ने जानकारी गराएको हो ।केहि दिनअघि मात्रै बैंकलाई औपचारिक रुपमा पत्राचार गरी हकप्रद सेयर [&hellip;]</p>

काठमाडौं । कर्मचारी संचय कोषले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको संस्थापक सेयर किन्ने भएको छ । कोषले बिक्री हुन बाँकी हकप्रद सेयर खरिदका लागि प्रस्ताव गरेको छ ।

मुख्य लगानीकर्ता एनबी ग्रुप र निर्मल प्रधानले हकप्रद सेयर खरिद नगरेपछि कोषले किन्ने जानकारी गराएको हो ।केहि दिनअघि मात्रै बैंकलाई औपचारिक रुपमा पत्राचार गरी हकप्रद सेयर किन्ने जानकारी गराएको कोष स्रोतले बतायो । बैंकको ३८ लाख ५९ हजार कित्ता १९१ कित्ता हकप्रदलाई आवेदन नपरेपछि कोषले किन्न चासो देखाएको हो ।

कोषले बैंकको न्युनतम १५ प्रतिशत स्वामित्व लिने तयारी गरेको छ । बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

सर्वसाधारण हकप्रद निष्कासन असोज २२ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सनराइजले जनाएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ हुने छ । हकप्रद निष्कासनपछि पनि बैंकको ९९ करोड रुपैयाँ चुक्तापुँजी नपुग्ने देखिएको छ । तोकिएको समयमा पुँजी नपुर्याउनेमा एनसीसी बैंक मात्र भएको छ ।

यसअघि एनबी ग्रुपले आफनो स्वामित्वमा रहेको ७२ लाख कित्ता संस्थापक सेयर बेच्नका लागि लिलामी आब्हान गरेको थियो । सीबीआईएल क्यापिटल लिमिटेडमार्फत उसले प्रतिकित्ता २१० रुपैयाँमा बिक्री गर्न प्रस्ताव गरेको थियो ।

Share News