बजार १८ अंकले घट्यो, नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार

<p>काठमाडौं । सोमबार दोस्रो दिन पनि सेयर बजार १८ अंकले घटेको छ । साताको पहिलो दिन बजार १०.४७ अंकले घटेकोमा सोमबार १८ अंकले घटेर नेप्से परिसुचक १ हजार २३८ अंकमा सीमित भएको छ । बजार घटेपछि सेयर कारोबारमा पनि गिरावट आएको छ । सोमबार ५३ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । [&hellip;]</p>

काठमाडौं । सोमबार दोस्रो दिन पनि सेयर बजार १८ अंकले घटेको छ । साताको पहिलो दिन बजार १०.४७ अंकले घटेकोमा सोमबार १८ अंकले घटेर नेप्से परिसुचक १ हजार २३८ अंकमा सीमित भएको छ ।

बजार घटेपछि सेयर कारोबारमा पनि गिरावट आएको छ । सोमबार ५३ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार ५८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । सोमबार उत्पादनमुलक बाहेक, बैंक, वित्त, जलविद्युत, बीमाको सेयर मूल्य घटेको छ । व्यापारिक समूहको परिसुचक यथावत छ ।

सेयर बजार घटेका बेला नेपाल बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको प्रतिकित्ता ३१३ रुपैयाँ ७ करोड ८८ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आईतबार ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको थियो । सोमबार नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन डिष्टिलरी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।

Share News