रसुवाकाे धुसेनीमा विद्यालय भवन उद्घाटन, क्यानेडियन नागरिकको १८ लाख सहयाेग
रसुवा । क्यानेडियन नागरिकको १८ लाख रुपैयाँको सहयोगमा रसुवाकाे धुसेनीमा विद्यालय भवन बनेकाे छ । निर्मित सो विद्यालय भवन निर्माणबाट त्यस भेगका सयौ विद्यार्थी लाभान्वित भएका छन् । प्रतिनिधि सभा सदस्य मोहन आचार्यले आईतबार रसुवामा आयोजित एक कार्यक्रम बीच सुर्योदय प्राथमिक विद्यलय कालिका ४ धुसेनीको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्वोधन गर्दै आचार्यले गुणस्तरीय शिक्षा प्रदान गर्न उक्त विद्यालय महत्वपूर्ण पूर्वाधार बनेकाे बताए । स्तरीय विद्यालय भवन निर्माण गरि दिएकोमा दाताहरुलाई रसुवाली नागरिकका तर्फबाट धन्यवाद दिदै सासंद आचार्यले मुलुकको समग्र विकासलागी शिक्षित नागरिक उत्पादन आवश्यक रहेको बताए । सम्वृद्ध रसुवा निर्माण अभियानमा आफु कृयाशिल रहेको बताउदै सासंद आचार्यले यसका लागि रसुवाली नागरिकको स्वास्थ्य, शिक्षा, सडक यातायात ,कृषि ,जलस्रोत र पर्यटन विकासलाई संगसंगै अगाडी बढाईएको बताए ।
फोर्ड ग्लोवल क्यारिङ मन्थ मनाईँदै
काठमाडाैं । विश्वभर सप्टेम्बर महिनालाई फोर्ड ग्लोवल क्यारिङ मन्थको रुपमा मनाइँदै आएको छ । यस वर्ष पनि १३ औँ फोर्ड ग्लोवल क्यरिङ मन्थ विश्वभर मनाइँदै छ । यसमा विश्वभर फोर्डमा काम गर्ने हजारौँ कर्मचारी, भूतपुर्व कर्मचारी र सर्वसाधारण जसलाई “फोर्ड स्वयँसेवक कोप्र्स ” पनि भनिन्छ । आम जनताको जीवनस्तर उकास्ने उद्देश्यले विभिन्न सामाजिक कार्यहरुमा व्यतित गरी मनाईँने गर्दछ नेपालमा पनि सप्टेम्वर २८ र २९ का दिन राउण्ड टेबल नेपालको सहकार्यमा जि.ओ. फोर्ड नेपालका ३० जना स्वयंसेवकले नुवाकोटको ग्रामिण भेग, रातमाटेमा रहेको शिला देवी स्कुलमा आधारभुत स्वास्थ्य सम्वन्धि जानकारीका साथै ९ वटा शौचालय बनाई हस्तान्तरण गरिएको छ । साथै विद्यार्थीहरुलाई आधारभुत स्वास्थ्य शिक्षा सम्वन्धि जानकारी दिने देखि हात धुने तरिका वालवालिकाहरुको लागि कथा वाचन, स्वास्थ्य सम्वन्धि सरसामानहरुको हस्तानतरण रहेको थियो । यसबाट ३५० विद्यार्थी र २०० भन्दा बढि परिवारमा प्रत्यक्ष असर पुग्ने छ । शिला देवी स्कुल रातमाटेमा रहेका दुई स्कुल मध्ये एक हो, जुन २०७२ सालको भुकम्पमा भत्किएको थियो । राउण्ड टेवल नेपालले उक्त स्कुल मर्मत संभार गरेको थियो र थप जरुरत रहेका शौचालयहरु फोर्ड नेपालको सहकार्यमा निर्माण तथा हस्तान्तरण गरिएको छ । फोर्ड मोटर कम्पनीले विश्वभर रचानात्मक सामाजिक कार्यहरुमा हात बढाउदै आएको छ । र यस बर्ष ग्लोबल केयरिङ्ग मन्थ अन्र्तगत सामाजिक अभियानको लागि फोर्ड मोटर कम्पनीले ७ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने छ ।ं जि.ओ. फोर्र्डका म्यानेजिङ्ग डाइरेक्टर आकाश गोल्छाले फोर्डले आयोजना गरेको “ फोर्ड ग्लोवल क्यरिङ मन्थ” कार्यक्रममा फोर्डका कर्मचारी र स्थानीय सहभागिता समेतको संलग्नतामा विभिन्न सामाजिक कार्य गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे । फोर्ड भोलिन्टियर्सहरुका लागि फोर्ड ग्लोबल केयरिङ्ग मन्थ एउटा बार्षिक उत्सवको रुपमा लिइन्छ । फोर्ड मोटर कम्पनीका अध्यक्ष जिम भेलाका अनुसार सेप्टेम्बर महिनाभर ६ महादेशमा छरिएर रहेका ३० हजार भन्दा बढी भोलिन्टियरले ६०० भन्दा बढी स्वयंसेवी आयोजनामा सक्रिय सहभागिता जनाएका छन् । यो स्वयँसेवी अभियान नेपालका अतिरिक्त एसिया प्यासिफिक क्षेत्रका भोलिन्टियरहरुले चीन, भारत, ताईवान, अष्ट्रेलिया, न्युजिल्याण्ड, थाइल्याण्ड, भियतनाम, फिलिपिन्स लगायत फोर्डको विक्री क्षेत्रहरुका मुलुकहरुमा पनि विभिन्न आयोजनामा सक्रियता पूर्वक सहभागिता जनाउने छन् । २००५ देखि शुरु भएको फोर्ड भोलिन्टियर कोप्र्सको सदस्यहरुले ५० देशहरुमा दश लाख घण्टा भन्दा बढी समय सामुदायिक सेवामा योगदान पु¥याएका छन् । जुन फोर्डले सामुदायिक सेवाका लागि ३० मिलियन डलर भन्दा बढीको लगानी गरेको छ
सिटिजन लाइफ इन्स्योरेन्सको शाखा पोखरामा
पाेखरा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको पृथ्वी चोकमा नयाँ शाखा विस्तार गरेको छ । गत असोज १३ गते कम्पनीका ब्रान्ड एम्बेसेडर द्वय, मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले गण्डकी प्रदेशका माननिय सामाजिक विकास मन्त्री श्रीमती नरदेवी पुन मगरको प्रमुख आतिथ्यमा शाखाको उद्घाटन गरे । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कम्पनीले हाल सम्म गरेको उपलब्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यकता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवामुखी वनाउने कुरामा जोड दिए । सो कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबि फूंयालले बीमा वजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराए । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकवर्गलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । कम्पनीले बीमा जागरण अभियान अन्र्तगत विद्यार्थी संग बीमा नामक अभियान देश व्यापी रुपमा चलाउदैं आएको छ ।
साउदी अरबको बजेट घाटा २६० अर्ब डलर,सन् २०२३ सम्म सन्तुलनमा ल्याउने
रियाद, साउदी अरब । साउदी अरबले आफ्नो बजेट घाटालाई आगामी सन् २०२३ सम्म सन्तुलनमा ल्याउने भएको छ । तेलको मुल्य वृद्धिका कारण राजतन्त्रात्मक खाडी मुलुकमा राजस्व सङ्कलन र खर्चबीच असन्तुलन रहँदै आएको छ । बजेट घाटालाई क्रमशः घटाउँदै लाने र सन् २०२३ सम्ममा सन्तुलनमा ल्याउने अपेक्षा सरकारले गरेको छ, अर्थमन्त्रालय अन्तर्गतको अर्थनीति विभागका प्रमुख साद अल्साहरानीलाई उद्धृत गर्दै साउदी अरबको राज्य सञ्चालित सन्चार संस्था, साउदी प्रेस एजेन्सीले जनाएको छ । कच्चा तेलको निर्यातका लागि विश्वको प्रमुख राष्ट्र साउदी अरबले सन् २०१४ मा तेलको भाउमा आएको गिरावटका कारण २ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको बजेट घाटा व्यहोर्दै आएको छ । सन् २०१६ मा बजेट घाटा कुल ग्राहस्थ उत्पादनको १७.२ प्रतिशत रहेकोमा सन् २०१७ मा झरेर ९.३ प्रतिशत पुगेको अन्तराष्ट्रिय मुद्रा कोषको तथ्याङ्कमा देखिएको छ । अल्साहरानीले भने, “सरकारले बजेट र खर्चको अन्तरलाई संरचनागत सुधारका माध्यमबाट घटाउँदै लग्ने बताए।” साउदी नागरिकलाई रोजगारी दिँदै सरकारको खर्चमा पुनः मुल्याङ्कन गर्दै जाने पनि उनले बताए । साउदी अरबले पछिल्ला बर्षहरूमा आम्दानीका स्रोतलाई व्यापक रूपमा विस्तार गर्दै गएको छ । उसले प्रवासी कामदारबाट शुल्क उठाउने साथै इन्धन तथा विद्युतको मुल्य बढाउनेजस्ता आम्दानीका स्रोतबाट बजेट घाटालाई व्यापक रूपमा सुधार गर्दै आएको छ । उसले स्थानीयलाई रोजगारीका अबसर दिँदै विदेशीलाई विस्थापित गर्ने कार्यक्रमलाई पनि अघि सारेको छ । रासस
दशै केन्द्रित सुरक्षायोजना सार्वजनिक, ३ हजार ५३५ सादापोशाकका सुरक्षाकर्मी परिचालन हुने
काठमाडौ । नेपालीको महत्वपूर्ण चाडबाडलाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना सार्वजनिक गरेको छ ।चाडबाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने र शान्ति सुरक्षालाई भरपर्दो तथा व्यवस्थित बनाउने उद्देश्यले कार्ययोजना सार्वजनिक गरेको हो । प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले चाडबाड केन्द्रित सुरक्षा योजना सार्वजनिक गरे । नेपालीको चाड दशैँ, तिहार र छठका अवसरमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउने लक्ष्यसहितको सुरक्षासम्बन्धी योजना सार्वजनिक गर्दै प्रमुख लामाले ३ हजार ५३५ सुरक्षाकर्मी सादा पोशाकमा परिचालन गरिएको बताए । चाड पर्वका अवसरमा हुनसक्ने हत्या, अपहरण, ठगी, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री वितरण, तस्करी, ट्राफिक दुर्घटना, महिला हिंसालगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न विशेष सक्रियता अपनाइने उहाँले जानकारी दिए। नागरिकको घर सम्पत्ति रहेको स्थान, महत्वपूर्ण प्रतिष्ठान, मठमन्दिर, गुम्बा रहेको स्थान, वित्तीय संस्था एवं आर्थिक कारोवार हुने स्थान, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोवार हुने स्थानमा सुरक्षाकर्मी परिचालित हुनेछन् । यस्तै सरकारी कार्यालय, काठमाडौँ प्रवेश गर्ने नाका, होटेल, गेष्ट हाउस तथा रेष्टुरेन्ट, आपराधिक गतिविधि हुने स्थान, राजमार्ग तथा ग्रामीण बस्ती तथा विशिष्ट व्यक्तिको गतिविधि हुने स्थानमा कम सुरक्षाकर्मी परिचालित हुनेछन् । जनमानसमा सुरक्षकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने, अपराधको न्यूनीकरण गर्दै अपराधीलाई कारवाहीको दायरामा ल्याउने तथा प्राप्त साधनस्रोतको प्रभावकारी परिचालन गर्ने उद्देश्यसमेत परिसरले राखेको छ । रासस
पहुँच युक्तता तर्फको इनोभेटिभ अवार्डबाट चन्द्रागिरि हिल्स लिमिटेड पुरस्कृत
चन्द्रागिरि । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँच युक्ततातर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच महिलाबाल–बालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्ध अभिषेक विक्रम शाहलाई प्रदान गरेका छन् । काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमानिर्माण भएको एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको छ । पहुँचयुक्तता प्रवद्र्धन गर्ने ¥यामप, पदमार्ग, शौचालय, विधुतीय गाडी तथा व्हील–चियर लगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरेवापत चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको आयोजक संस्था राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ । राष्ट्रिय अपाङ्ग महासंघले पहिलोपटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्स लिमिटेड लगायत अन्यतीन संघ–संस्था सम्मानित भएका छन् । सम्मान कार्यक्रममा मन्त्री थापाले अपाङ्ग मैत्री संरचना निर्माणमा चन्द्रागिरि एउटा नमुना परियोजना भएको बताइन् । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेकविक्रम शाहले चन्द्रागिरि परिसरमा निर्माणाधीन रिसोर्टमा समेत अपाङ्गमैत्री संरचनानिर्माण गरिएको जानकारी दिँदै यसबाट फरक क्षमता भएका व्यक्तिका लागि समेत चन्द्रागिरि मुख्य गन्तव्य बन्ने विश्वास गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
महासंघको पूर्वअध्यक्ष चण्डिराज ढकाललाई मातृशोक
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिका वरिष्ठ सदस्य चण्डिराज ढकाललाई मातृशोक परेको छ । उनकी आमा रामरेखा ढकालको ८९ वर्षको उमेरमा निधन भएको हो । ओमहस्पिटलमा उपचारको क्रममा आईतबार साँझ उनको निधन भएको हो । पारिवारिक स्रोतका सोमबार विहान ८ बजेसम्म उनको पार्थिक शरीर हस्पिटलमा नै राखिनेछ भने १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । रामरेखाकी पूर्व एआईजी नवराज ढकाल र उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य हेमराज ढकाल र झापा उधोग सघका अध्यक्ष टिकाराज ढकाल र ५ छोरी छन् ।
सेयर बजारमा दशैं लाग्यो, ठूला लगानीकर्तालाई खरिदको अवसर
काठमाडौं । सेयर बजारमा दशैँ लागेको छ । दशैं आउन डेढ हप्ता मात्रै बाँकी रहँदा बजारका लगानीकर्ता भने दशैं खर्चको जोहोमा लागेका छन् । आइतबार बजार १०.४७ अंकले घटेको छ । कारोबार रकम खासै नघटेर ५८ करोड कायम रहेको भएपनि बजारमा सेलिङ प्रेसर भने निकै बढि देखिएको एक ब्रोकरले बताए । लगानीकर्ताले पनि दशैंको जोहो गर्न थालेको अनुभूति लगानीकर्ताका नेताहरुले नै गर्न थालेका छन् । सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले भने– यति चाँडै दशैं नलाग्नुपर्ने थियो, चाँडै लागेको जस्तो देखियो । लगानीकर्ताले दशैं र ब्याजका लागि पैसाको जोहो गर्न थालेको जस्तो देखियो । यो नियमित प्रक्रिया हो, बजार सामान्य करेक्सनको बाटोमा गएको हुन सक्छ’, फुल्लेलले भने । उनले भने बजारमा सेयरको सेलिङ प्रेसर नभएको दावी गरे । दशैं तिहारमा बजार सामान्यतया केहि सुस्ताउने पनि उनले जिकिर गरे । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले पनि केहि चाँडै लगानीकर्ता दशैंको जोहो गर्न लागेको हुन सक्ने बताए । ‘यो नराम्रा कम्पनीहरुको सेयर बेचेर राम्रामा लगानी गर्ने समय हो, अर्काे भनेको दशैंका लागि नाफा सुरक्षित गर्ने समय पनि हो, बुझ्ने लगानीकर्ताले भने मध्यमकालको लगानीका लागि राम्रा कम्पनीको सेयर किन्न सक्छ’, रौनियारले भने । उनले पनि दशैं तिहार लगायतका मुल चाडबाडका समयमा सेयर केहि सुस्ताउन सक्ने स्वीकार गरे । अर्का लगानीकर्ता ज्योति दाहालले पनि साना लगानीकर्ताले दशैंको जोहो गर्न थालेको बताए । ‘अहिले साना लगानीकर्ताहरु सेयर बेच्न तम्सिएका छन्, त्यसमा दशैंको जोहो जोडिएको छ’, दाहालले भने । उनले सेयर बजारका साना लगानीकर्ताले सेयर बजार बढ्दा सेयर किन्ने र घट्दा बेचेर सधैँ नोक्सानी व्यहोर्ने गरेको दावी पनि गरे । ‘साना लगानीकर्ता बेलैमा सोच्दैनन्, बढ्यो भने कागज हेरेर बस्नछन् । घट्यो भने मारवाडी आएनन्, एनआरइनलाई आउन दिएनन् भनेर गाली गर्दै नोक्सानी नै व्यहोर्छन् ।’, दाहालले भने ।