काठमाडौं। आईएमएसले विश्वकै अग्रणी ड्रोन व्राण्ड डिजेआई नेपालमा भित्र्याएकाे छ । ड्रोन व्यवसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको डिजेआई विश्वकै सबैभन्दा शिर्ष स्थानमा पर्ने व्यवसाय हो ।
क्यामरा ड्रोन, एरियल फोटोग्राफीका स्ट्याबलाईजर र भिडियोग्राफिका डिजेआई विश्व प्रख्यात छ। विशेष सृर्जनासिलता, निर्देशन र सिनेम्याटोग्राफी भएको डिजेआई, कमउचाई एरियल तस्बिरका लागि पहुँच योग्य छ । अतुलनीय अनुसन्धान र विकास भइरहने यस ब्राण्ड नविनतामा अग्रसर छ जसले गर्दा जटिल प्रविधि पनि सजिलो यन्त्रमा परिणत हुन्छ ।
आईएमएस ग्रुपले नेपालमा डिजेआईका म्याभिक २ जुम , स्पार्क कन्ट्रोलर कम्बो वाईट , म्याभिक एअर ब्ल्याक , म्याभिक एअर वाईट , टेल्लो ग्लोबल , फ्यान्टोम ४ प्रो भि २.0, स्पार्क फ्लाई मोर कम्बो रेड , टेल्लो बुस्ट कम्बो , ओस्मो मोबाईल २ , ओस्मो मोबाईल २ पार्ट वान बेस मोडलहरु उपलब्द गराउनेछ।
डिजेआईका अरु नयाँ मोडलहरु पनि छिट्टै नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ । साथै कम्पनीले यी सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइन पनि उपलब्ध गराएको छ ।
आईएमएस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले फेरि पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र डिजेआई ड्रोन नेपाली बजारमा भित्रयाउन पाएकोमा खुसी व्यक्त गरे । भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको विकासोन्मुख डिजिटल जमानामा ड्रोन व्यवसायकाे भविष्य अाफू निकै अाशाबादी भएकाे उनले बताए ।