माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता
काठमाडौं। माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ। सो सम्झौता अनुसार एनबीआईले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्य क्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ। सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एन।बि।आईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन्। बैंकमा हाल करिब ९९५ कर्मचारी रहेका छन् । बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ११७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
स्याङयोङ गाडीको नयाँ शाेरूम पोखरामा
काठमाडौ। स्याङयोङ गाडीको नेपालका लागि एकमात्र आधिकारिक वितरक तथा आइएमएस ग्रुप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइएम एस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । यहि अवसर पारेर स्याङयोङले “स्याङयोङ अनबिटेबल अफर ल्याएको छ । स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत पोखरा स्थित स्याङयोङका मुल्यवान ग्राहकहरुलाई पूर्व बजेट मूल्य तोकिएको छ, पुर्ब बजेट मुल्यमा ५ लाख रुपैयाँसम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा सामसुङ ग्याल्याक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुबिधा लगायत ३ वर्षको वारेन्टी ९६ हजार किलोमिटरसम्म सुलभ इएमआइ, १ बर्षको निःशुल्क सडक कर ,१ बर्षको निःशुल्क बीमा, ५ बर्ष निःशुल्क सर्भिसिंग , निःशुल्क एक्स्यासरिज २५ हजार रुपैयाँसम्म सुविधा प्रदान गर्दैछ । “हाम्रा ग्राहकहरुले स्याङयोङ प्रति गरेको विश्वासका लागि हामी आभारी छौ । पोखरामा पनि कोरियन लक्जरी एस यु भी सुविधा प्रदान गर्न पाउँदा हामी निकै खुशी छौं । आइएमएस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मल्होत्राले भने।
ग्लोबल आइएमईका कार्ड होल्डरलाई चन्द्रागिरि केबुलकारको टिकटमा २० प्रतिशत छुट
काठमाडौं। ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्सबीच मंगलबार केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरिका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका हुन्। ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक महानुभाबहरुले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट केबुलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन्। काठमाडौं थानकोटमा रहेको पर्यटकीय गन्तब्यको रुपमा रहेको चन्द्रागिरीमा दिनप्रतिदिन बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई सहुलियत दिने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर गरेको हो ।
सेयर बजारमा सामान्य सुधार, ग्लोबल आईएमई बैंकको बढी कारोबार
काठमाडौं । लगातार २ दिन गिरावट आएको सेयर बजारमा मंगलबार सामान्य वृद्धि भएको छ । मंगलबार सेयर बजार २.६९ अंक बढेर नेप्से परिसुचक १ हजार २४१ अंकमा पुगेको छ । आइतबार र सोमबार दुई दिन बजार २८ अंकले घटेको थियो । मंगलबार बजार लयमा फर्किएको छ । बैंक व्यापार र निर्जीवन बीमाको मूल्यमा समान्य बढेको छ भने अन्य समूहको घटेको छ । बजार सामान्य बढ्दा ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी कारोबार भएको छ । ग्लोबल आईएमईको प्रतिकित्ता ३१६ मा ३ करोड ६५ लाख १३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रोमा सानिमामाई हाइड्रोपावर लिमिटेडको भएको छ । सानिमाको २ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सानिमाले लाभांश घोषणा गरेपछि लगानीकर्ता आर्कर्षित भएका हुन् । मंगलबार ४५ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
प्रभु इन्स्योरेन्स र वयोधा हस्पिटलबिच नगद रहित सम्झौता
काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटल्सबिच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा वयोधा हस्पिटल्सको तर्फबाट महाप्रवन्धक उत्तम थापाले हस्ताक्षर गरे। सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधो पचार बीमा गराउने ग्राहकहरुले वयोधा हस्पिटल्समा भर्ना भई औषधो पचार गराउँदा साथमा नगद नभएता पनि बीमा लेखको सिमासम्म नगद रहित ९ ऋबकज ीभकक० सुविधा प्राप्त गर्न सक्नेछन् ।
सेयर लगानीकर्तालाई कमल पन्थीको टिप्स, लगानी गर्नुपुर्व कम्पनीको अवस्था बुझनुस
सा–सानो पुँजीलाई एकीकृत गरी ठुला जलविद्युत तथा उर्जा विकास आयोजना लगानी गर्नुलाई पुँजी बजार भनिन्छ । कुनै पनि पब्लिक लिमिटेड कम्पनीले सेयर जारी गरेर आफ्नो योजना पुरा गर्न सक्दछन् । यसका लागि पब्लिक लिमिटेड कम्पनी हुनुपर्छ । पुजी बजारमा कुनै पनि कम्पनीले पहिलो पटक सेयर निष्कासन गर्दैछ भने त्यसलाई प्राथमिक बजार भन्छौ । प्राथमिक निष्कासन गर्न कम्पनी संचालनमा आएको कम्तीमा एक वर्ष पुरा हुनुपर्दछ । कम्पनीले सेयर जारी गर्दा तीन देखि चार वटा तह समुह हुन्छन् । जस्तो जलविद्युत कम्पनीमा स्थानीयबासी, कर्मचारी, समुहिक लगानी कोष, सर्वसाधारण चारवटा समुह हुन्छ । बैँक तथा वितिय संस्थामा स्थानीयबासी हुँदैन । कुनै पनि जलविद्युत कम्पनीले पहिलो प्राथमिक सेयर कर्मचारीको लागि बाँडफाँड गर्दछन् । कर्मचारीको सेयर कम्तीमा ३ वर्षसम्म बिक्री वितरण गर्न नपाउने सर्त राखिएको हुन्छ जुन धितोपत्र बोर्डमा ऐन उल्लेख छ । दोस्रो चरणमा उद्योग अन्तिममा सर्वसाधारणको सेयर जारी गरिन्छ । यदि माग भन्दा बढी आवेदन परेमा चिठ्ठा विधिबाट बाँडफाँड गरिन्छ । कम आवेदन परेमा हालको धितोपत्रको बोर्डको नियमअनुसार प्रत्येक लगनीकर्तालाई १० कित्ता सेयर दिनुपर्छ । यो प्रक्रिया सकेपछि केही हप्ता दिन अथवा महिनासम्म नेपाल स्टक एक्सचेन्जमा दर्ता हुन्छ । त्यी दर्ता सेयर दोस्रो बजारमा कारोबार हुन्छ । कम मुल्य अर्थात १०० बाट सुरु हुन्छ । माग र आपूर्ति आधारमा मूल्य घट्ने बढ्ने हुन्छ । नयाँ लगानी कर्ताहरुलाई कुनै पनि कम्पनीमा लगानी गर्नु पुर्व कम्पनीले आईपीओ जारी गर्दा अथवा सेयर निष्कासन गर्ने प्रक्रियामा सेयर फार्म पछाडिपट्टि दिएको हरेक विवरण नाफा नोक्सान बासलात, कम्पनी संचालक व्यक्ति क्षमता अनुभव कम्पनीको पुरा विवरण उल्लेख गरेको हुन्छ । एकचोटी राम्रो सँग पढ्नुहोला, एक हजार रुपैयाँ लगानी कस्तो कम्पनी लगानी गर्दै छु तपाईलाई कति वर्षपछि प्रतिफल दिन्छ कहाँ लगानी गरेको छु मेरो लगानी सुरक्षित छ वा छैन तपाईको आजको एक हजार लगानी भविष्यमा लाख हुन सक्छ । आईपीओ भर्नुअघि कम्पनी कस्तो प्रकृतिको हो, कस्तो व्यवस्थापन निकाय कस्ता प्रकृतिका छन् आइपीओ भनेर आँखा चिम्लिएर नहाल्नुहोला आज बजारमा लामो अवधिसम्म पनि प्रतिफल दिन नसक्ने लगानीकर्ताको सम्पत्ति अवमूल्यन कुनै बोनसर नगद लाभांश दिन नसकेको अवस्था छ । यो बुुझेर आईपीओ फारम भर्नुहोला । नयाँ लगानाीकर्ताले अर्को महत्वपूर्ण बुझ्नुपर्ने कुरा कुनै पनि कम्पनीमा लगानी गर्नु पुर्व त्यो कम्पनीको कम्तीमा दुई वा चार वर्षको प्रतिवेदन पढ्नुपर्छ । त्यो कम्पनीले गत वर्ष कस्तो आम्दानी गरिरहेको छ । भविष्यमा कति आम्दानी गर्न सक्छ वा सक्दैन विश्लेषण गर्न सक्छौ । यसको साथसाथै लगानीकर्ताले हेर्नुपर्ने कुरा त्यो कम्पनीले विगतमा र आजसम्म कति लाभांश बाँडेको छ लगानीकताहरुले त्यौ नै हेर्नुपर्ने हुन्छ । कुनै पनि कम्पनी छनौट गर्दा नयाँ लगानीकर्ताहरुले जगेडा कोष धेरै भएको निष्क्रिय कर्जा कम भएको ईपीएस र प्रतिसेयर नेटवर्थ बढी भएको कम्पनी धान्नको लागि आग्रह गर्दछु । मुल्य आम्दानी अनुपात कम्तिमा १५ गुणा भएको छानेमा लगानी सुरक्षित हुन्छ । त्यस्तै कम्पनीको व्यवस्थापनदेखि कर्मचारीको आवाज जावत सीआईको कति वर्षसम्म त्यस कम्पनीमा कार्यरत हुन्छन् संचालक कतिको परिवर्तन हुन्छ् । त्यो सबै बुझेपछि त्यस कम्पनीमा दीर्घकालका लागि लगानी गर्नुपर्छ । यदि कुनै लगानीकर्ताहरु त्यति धेरै ज्ञान छैन पुजी बजारको भन्ने उहाँहरुले कम जोखिम लिन चाहन्नु हुन्छ भने मेरो सुझाव म्यूचल फण्ड लगानी गर्नुहोस । हाम्रो नेपाली पुजीबजार विभिन्न बैँकहरुले म्यूचल फण्ड जारी गर्न गर्दछन् खासगरी दुई प्रकारका हुन्छन् ओपन इन्डेट र बन्द इन्डेट त्यी म्यूचल फण्डपछि ५ वर्ष र ७ वर्षको अन्त्यमा नगद लाभांश प्राप्त गर्छन् । तपाईलाई बैँक मा जम्मा गरेको पैसा भन्दा म्यूचल फण्डमा लगानी गरेको पैसाको प्रतिफल धेरै हुन आउँदछ । तपाईले राम्रो म्यूचल फण्ड मा लगानी गर्नु पर्दछ । ५ वर्ष ७ वर्ष पर्खनु हुन्छ भने तपाईलाई राम्रा प्रतिफल प्राप्त हुन्छ । बजारमा सिद्धार्थ स्किम ग्रोथ र नविल व्यालेन्स फण्डले राम्रो प्रतिफल दिएको म्यूचल फण्ड हुन् । नयाँ लगानी कर्ता हुनुहुन्छ भने सेयर बजारमा बिना सुझाव र अध्ययन बिना लगानी नगर्नुहोस । पहिलो लगानी विविधीकरण गर्नुहोस् । दोस्रो समय व्यवस्थापन गर्न जान्नुहोस् । तपाईले गरेको लगानी कति समयको लागि हो स्पष्ट योजना बनाउनुहोस् । तपाईहरुले आज किनेर भोलि नै बेच्ने मनासय नबनाउनुहोस् आजको भोलि नाफा नहुन सक्छ भविष्यमा अवश्य तपाईलाई राम्रो नाफा दिन सक्छ । अर्को महत्वपूर्ण कुरा म नयाँ लगानीकर्तालाई भन्न चाहन्छु जोखिम व्यवस्थापनमा गर्न सिक्नुहोस् आफुले सेयर खरिद गर्दा सम्बन्धित कम्पनीको सेयर मुल्य कुन अवस्थामा छ । एकदमै बढेर टुप्पोमा पुगेर घटन लागेको पो छ कि कम्पनीको मुल्य नेटवर्थ बराबर भएको बेला छ भने त्यसमा कतिको जोखिम छ भन्नेमा विचार पु¥याउनु होला । नयाँ लगानीकर्ताहरुले दोश्रो बजारमा प्रवेश गर्नुभएको छ भने सबै पैसा एकै चोटी लगानी नगर्नुहोस अर्को कुरा सबै पैसा एउटै बास्केट अथवा एउटै कम्पनीमा लगानी नगर्नुहोस् केही लगानी तपाई बैकको सेयर किन्नुहोस जुन विगत र आगामी राम्रो नाफा कमाउने कम्पनी हो । राम्रो बोनस र नगद लाभांश दिने कम्पनी हो केही जलविधुत केही लघुवित्त कम्पनीमा लगानीको विविधिकरण गर्न जान्नुहोस जसले गर्दा तपाईको क्षति कम हुन्छ । नयाँ लगानीकर्तालाई पहिलो पटक आईपीओ भर्नुहोस सिधै दोस्रो बजार मा प्रवेश नगर्नुहोस ब्रोकर अफिस जानुहोस बुझनुहोस विभिन्न सेयरविको सल्लाह सुझाव लिनुहोस आपनी विचार भन्नुहोस कस्ता कस्ता कम्पनीमा लगानी गर्दा फाइदा हुन्छ भन्ने जिज्ञासा राख्नुहोस् बेला बेला व्रोकर समन्वय गर्नुहोस् । नयाँ लगानी कर्ताहरुलाई आफ्नो पोटपोलियो व्यवस्थापना गर्दा धेरै कम्पनीहरुमा लगानी नगर्नुहोस् । ३० प्रतिशत कम्पनीको सेयर ट्रेडर भएर किन्ने वा बेच्ने गर्नुहोस् जसले गर्दा तपाईलाई कति बेला किन्ने र बेच्ने तरिका थाहा हुन्छ । ७० प्रतिशत लामो अवधिको लागि लगानी गर्दा राम्रो प्रतिफल दिने कम्पनीहरु छान्नुहोस् । अनि धैर्यता गर्नुहोस् जसले गर्दा तपाईलाई सजिलै पोर्टफोलीयो व्यवस्थापन सजिलो हुनेछ । अर्को महत्वपूर्ण कुरा लगानीकर्ताहरुले खाली बोनस र हकप्रद सेयरको लोभमा परेरे किन्नुहुदैन कहिलेकाही फस्न सकिन्छ । कुनै कम्पनीको बोनस सेयर किन्दै हुनुहुन्छ त्यो बोनस पाउँदा आफुले किनेको मुल्य र पछि समायोजन हुदा फाइदा हुन्छ हुदैन हिसावकिताव गर्नुपर्छ अनि मात्र बेच्ने विचार गर्नुपर्दछ । त्यस्तै हकप्रद सेयर लोपमा धेरै लगानीकर्ताहरुले घाटा खानुपरेको छ । आज घोषणा गरेको हकप्रद सेयर २ वर्षसम्म लाग्न सक्छ । हकप्रद सेयर घोषणा गरेपछि धेरै कम्पनीको सेयर वृद्धि हुने गर्छ । त्यो आजको धेरै मुल्य किन्दा क्षति हुने सम्भावना बढि हुन्छ । हकप्रद सेयर तपाईको थप १०० रुपैयाँ लगानी हुन्छ पहिलो किनेको मुल्य जोड गर्नुहोला हकप्रद खाँदा फाइदा हुन्छ हुदैन हिसाव किताव गर्नुहोला अनि मात्र किन्नु होला । लगानीकर्ताले बुझनु पर्ने बैकको ब्याज र सेयर बजार विपरित सम्बन्ध हुन्छ । जब बैकले ब्याज बढाउदै जान्छ सेयर लगानीकर्ताहरुले सेयर विस्तारै बेचेर बैकको ब्याजप्रति आकर्षण हुन्छन् । जब बैकको ब्याज तल जान थाल्छ बैक बाट पैसा झिकेर सेयर बजारमा लगानी गर्नुपर्छ । यस्तो अवस्थामा सेयर बजारमा लगानी गर्नु भन्दा अरु क्षेत्रमा लगानी बढाउनु राम्रो हुन्छ । बैकमा जम्मा राख्नु भन्दा सुन चाँदी क्षेत्र, घरजग्गामा लगानी गर्नु उत्तम हुन्छ । यस्तो अवस्थामा थोरै थोरै लगानी गर्नुहोस नत्र कमाउन गाहो हुन्छ क्षति हुने सम्भावना धेरै हुन्छ । किन भन्दा सबै कम्पनीको सेयर बिस्तारै तलतिर गएको हुन्छ । नेप्लीज इन्डेक्स विपरित दिशामा झरेको हुन्छ । अन्तिममा नयाँ लगानीकर्ताहरुलाई पुँजी बजारमा आउनुहोस यो कुनै अनउत्पादक क्षेत्र र जुवा तास घर होइन् । सबै नयाँ लगानीकर्ताहरुले सानो पैसा लगानी गर्नुसक्नु हुनेछ । पहिला पहिला आईपीओ भर्न घण्टौ लाइन बस्नु पदथ्यो अहिले तपाईले बैक माध्यमबाट सीआश्वा आवेदन गर्दा सेकेण्डमा भर्ना सक्नुहुन्छ । पहिला सेयर प्रमाणपत्र आउन महिनौ लाग्ने च्यातिने हराउने सम्भावना हुन्थ्यो अहिले सिधै तपाईको डिम्याट खातामा सेयर आउँछ । अब छिटै नयाँ प्रविधि अनलाइन प्रकृति आउँदैछ घरमै बसेर किनेर बेच्ने आदेश दिन सक्नुहुनेछ । पहिला जस्तो व्रोकरमा गएर किन्ने र बेच्ने आदेश दिनु पर्दैन । अब छिटै बैकहरुलाई व्रोकर लाइसेन्स दिने मौद्रीक नीति आएको छ । काठमाडाँै मात्र सिमित बजार अब देश सबै क्षेत्रमा जाँदै छ अनलाईन आइपछि विदेशबाट कारोबार गर्न सक्ब्नेछन् । अब पुँजी बजारको भविष्य राम्रोे छ । सबै नयाँ लगानीकर्ताहरुलाई सानो रकम १००० देखि लगानी गर्न सक्नुहुनेछ धेरै ठूलो रकम आवश्यक पदैन । लगानी गर्नुपूर्वक आफ्नो प्लान बनाएर आउनुहोस अवश्यक राम्रो प्रतिफल लिएर जानुहनेछ । सबैको राय सल्लाहा सुझाव लिनुहोस निर्णय लिनुहुन्न । नयाँ लगानीकर्ताहरुलाई मेरो सुझाव छ ।
होटल सोल्टी र हायतमा पाक्छन् मनाङको अर्गानिक आलु, एकपाथीको १३० रुपैंया
काठमाडौं । मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौँका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ । वर्षको एक याम मात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीको रुपमा रहिआएको छ । हिमाली हावापानीमा उत्पादन भएका आलु स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ । अर्गानिक खेती गरिने यस जिल्लामा कुनै प्रकार विषादी प्रयोग गरिँदैन । मनाङको सबै ठाउँमा यसको राम्रो उत्पादन हुन्छ । यहाँका मानिसहरु होटल व्यवसाय सँगै कृषि पेशामा संलग्न छन् । यहाँ उत्पादन भएका आलु जिल्लाभित्र मात्रै नभई अन्य जिल्ला र देश विदेशबाट समेत माग हुन थालेको छ । विशेष गरेर होटलमा यहाँका आलु बढी खपत हुने गरेको छ । मनाङ आउने आन्तरिक तथा वाह्य पर्यटकले यहाँको आलु बढी रुचाउने गरेको होटल व्यवसायी विनोद गुरुङले बताउनुभयो । यहाँ कुनै बजारबाट बीउ लगेर रोप्ने प्रचलन छैन । आफैंले राखेका बीउ नै रोप्ने गरिएको छ । यतिबेला मनाङको विभिन्न भागमा स्थानीयवासीलाई आलु भित्र्याउने चटारो छ । तल्लो मनाङमा धेरैजसोले घरघरमा आलु भित्रयाइसकेका छन् भने माथिल्लो मनाङमा आलु खन्न शुरु भएको छ । तल्लो क्षेत्रमा भदौ महिना र माथिल्लो क्षेत्रमा असोजमा आलु खन्ने काम हुन्छ । फागुन–चैतमा रोपेको आलु यतिबेला तयार भएको छ । आलु खरिदका लागि मानिसहरु खेतखेतमा आउने गरेका आलु कृषक सोलबहादुर गुरुङले बताए । आलु खरिदका लागि बाहिरी जिल्लाबाट व्यापारी किसानका घरखेतैमा पुग्छन् । धेरै आलु मनाङमै खपत हुने गर्छ । चामे गाउँपालिका–२ थानचोकका यज्ञा घलेका अनुसार व्यापारी र आन्तरिक पर्यटकले आलु किनेर लैजान थालेपछि आलु किसानलाई खेतीबाट फाइदा हुन थालेको छ । चाडबाड र लामो समयपछि विदामा घर जान लागेका कर्मचारीले आलु नै लिएर मनाङबाट झर्छन् । दशैं तिहारमा घर जाने कर्मचारीको कोशेली आलु नै बनेको हुन्छ । ज्यादाजसो यहाँका आलु बेसीशहर र काठमाडौँ पठाइन्छ । थानचोकका बिन घलेले यो वर्ष मात्र ५० मुरी आलु फलाएका छन् । मनाङ लम्जुङको सडक पहिरोले बिगारे पछि आफ्नो व्यापार रोकिएको उनले बताए । उनले भने – “पाँच–छ वर्ष अघि मोटर नचल्दा गाउँमा आलु खपत हुन गा¥हो थियो । कतिपयले गाईलाई खुवाउँथे, अहिले समस्या छैन । मनाङ घुम्न आउनेले आलु किनेर लान्छन् ।” नासो गाउँपालिकाको ओडार गाउँमा महिलाले सामूहिक आलु खेती गरेका छन् । आलु बेचेर आएको आम्दानीबाट गाउँको सरसफाइ, बाटो निर्माण जस्ता काम गर्ने गरिएको र महिलाको आयआर्जनमा टेवा पुगेको समूहका अध्यक्ष बेलकासी गुरुङले बताए । ठाउँ ठाउँबाट आएका पर्यटकले मनाङको आलुको स्वाद लिन पाएका छन् । पहिले दाल, चामल, नुन र तेल लिएर आएका व्यापारी आलु, गहुँ, करु, फापर साटेर फर्कन्थे । अहिले सडक बनेपछि सवारीसाधनमै राखेर आलु काठमाडौँ पठाउन पाइएको छ । मनाङको रैथाने आलु देशका ठाउँ ठाउँमा पुगिरहेका स्थानीयवासी विनोद गुरुङले बताए । उनका अनुसार यहाँका रैथाने आलु काठमाडौँका ठूल्ठूला होटलहरुमा निर्यात हुने गरेको छ । शहरका तीनतारे, पाँचतारे होटलमा समेत मनाङका आलुको परिकार बन्ने र मनाङको आलुको परिकार अतिथिले तारीफ गर्ने गरेका छन् । हाल यहाँ उत्पादित आलुको मूल्य प्रतिपाथी १३० रुपैयाँ पर्छ । मनाङमा आलुको उत्पादन बढ्दै गएको छ । साविक कृषि विकास कार्यालय मनाङका कृषि प्रसार अधिकृत रामकुमार साहका अनुसार आलु खेती गर्ने किसान र आलु उत्पादन वर्षेनी बढ्दै गएको छ । आलुले बजार पाएपछि मनाङ्गेहरु आलु खेती गर्न लालायित भएका हुन् । कार्यालयका अनुसार आव २०७२÷७३ मा ४४५ हेक्टर क्षेत्रफलमा खेती गर्दा ७ हजार ६११ टन उत्पादन भएको थियो । आव २०७३÷७४ मा ६७५ हेक्टरमा लगाइएको आलु खेतीबाट ८ हजार २३७ टन उत्पादन भएको थियो । आव २०७४÷७५ मा ६८१ हेक्टरमा ८ हजार ४२० टन आलु उत्पादन भयो । रासस
आरएसडीसी लघुवित्तको हकप्रद सेयर कारोबारका लागि सुचिकृत
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । संस्थाको २१ लाख ५९ हजार ७०० कित्ता सुचिकृत भएको नेपाल स्टकले जनाएको छ । चुत्तापुँजी बढाउन संस्थाले हकप्रद सेयर निष्कासन गरेको थियो ।