तत्कालिन किष्ट बैंकका प्रवन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ, ४ वर्ष जेल र १२ करोड तिर्नुपर्ने
काठमाडौं । तत्कालिक किष्ट बैंकका प्रवन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन् । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका ज्ञवालीलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई नेपालमा ल्याइसकेको छ । अदालतको फैसला कार्यन्वनका लागि उनले जेल बस्नु पर्ने छ । ज्ञवालीलाई २०७३ जेठमा तत्कालीन पुनरावेदन अदालतले पाटनको वाणिज्य इजलासले बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो । अदालतले ठोषी ठहर गरेपछि उनी वेपत्ता भएका थिए । त्यसबेला अदालतले ज्ञवालीसहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको थियो । पुनरावेदन अदालतले ज्ञवालीलाई ४ वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो । जम्को प्रकाशनलाई कमसल धितो मूल्याङ्कन गरी कर्जा लगानी गरेको कर्जा प्रवाह गरेको अभियोगमा अदालतले ज्ञवालीलाई दोषी ठहर गरेको थियो ।
१ डलर किन्न ११८ रुपैयाँ खर्चिर्नु पर्ने, डलर बढ्दाका असर यस्ता छन्
काठमाडौं । १ अमेरिकी डलर किन्न ११८ रुपैयाँ खर्चिनु पर्ने भएको छ । दिनहुँ डलर मजवुत हुदै गएपछि नेपाली रुपैयाँ कमजोर भइ नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ डलर बराबर ११८ रुपैयाँ बिक्री दर तोकेको छ । यो हालसम्मको उच्च दर हो । अमेरिकी डलरसंग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयामा परेको हो । भारु कमजोर भई १ डलर बराबर ७४ नजिक पुगेको पुगेको छ । स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुने गरेको छ । डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्नेगर्छ । बजार भाउ बढ्छ । यसको असर आउदो दशैमा पर्ने भएको छ । डलर लगातार बढी रहेकाले दशैका खरिद गर्ने वस्तुको भाउ आकासिने देखिएको छ । गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । ५ महिनाको बीचमा नेपाली रुपैयाँ झण्डै १२ रुपैयाँले कमजोर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नीतिका कारण अमेरिकी अर्थतन्त्र मजवुत हुदा डलर महंगिएको हो । पछिल्लो समयमा अन्य मुलुकमा भएको लगानी अमेरिकामा फिर्ता हुन थालेपछि डलर संचिती बढेको छ । भारतबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । भारतमा डलर संचितीमा गिरावट आउनुको छ । डलर महंगिएका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको छ । यसको असर आन्तरिक बजारमा पनि परेको छ । आउदो दशैं महंगो हुने देखिएको छ । डलर बलियो हुँदाका बेफाइदा डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । यस्तै जलविद्युत आयोजनाको लागत पनि बढ्ने छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।
एनएलजी इन्स्योरेन्सकाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल वल्लभ पन्त नियुक्त
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल वल्लभ पन्त नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले पन्तलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बीमा समितिमा सहमति मागेकोमा समितिले विहीबार सहमति दिएको छ । २९ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत पन्त सोही कम्पनीमा करिव डेढ वर्ष अघिदेखि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । कम्पनीले आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
संसदीय समितिमा सञ्चार मन्त्रीको रौद्र रुपः दिगम्बर झा र एनसेलको नामै उच्चारण गरेनन्
काठमाडौं । सञ्चार तथा सूचना प्रबिधी मन्त्री गोकुल प्रसाद बास्कोटाले संसदिय समितिमा रौद्र रुप देखाएका छन् । मन्त्रालयको कार्य प्रगति र भावी योजनाबारे छलफल गर्न डाकिएको विकास तथा प्रबिधी समितिको बैठकमा सञ्चार मन्त्री बास्कोटाले सभापति र सांसदहरुलाई धर्काएका हुन् । सुरुमै आक्रामक रुपमा प्रस्तुत भएका मन्त्री बास्कोटाले आफ्नो अधिकांश समय पत्रकारलाई गाली गर्नमै खर्चिएका थिए । सांसदहरुले प्रश्न राखेपछि उत्तर दिन थालेका मन्त्री बस्कोटाले दिगम्बर झा र एनसेलको नामै लिन चाहेनन् । नेकपाका गणेश पहाडी र काँग्रेसका जिप छिरिङ लामाले नेपाल दुर सञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तीबारे प्रश्न गरेका थिए । त्यस्तै, राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले एनसेलको कर असुली बारे प्रश्न गरे । मन्त्रीले भने न एनसेलको नाम लिए न दिगम्बर झाको । मन्त्रीले भने–बिभिन्न सेवा प्रदायकहरुले सरकारलाई बुझाउनुपर्ने राजश्व उठाने तर्फ पनि हाम्रो ध्यान गएको छ । मन्त्रालय अन्तर्गत भएका नियुक्तीहरु अध्यारोमा तिर चलाएका होइनौं । तिर्नुपर्ने कुरा उठाईरहेका छौं, सिजीले तिर्नुपर्ने ३ करोड रुपैंयाँ नेपाल टेलिकमलाई तिरेको छ, मन्त्रालयले केहि त गर्दैछ नी । केहि पनि गरेन ? खाली सुतेर बस्यो ? त्यसो हो भने त्यहि लेखिदिनुस्, मन्त्रालयको काम भनेकै काम गर्नु हो, जे जति काम भएका छन्, एउटा पनि अनुचित भएको छैन् ।’ मन्त्री बास्कोटा त्यतिमा मात्रै अडिएनन् उनले समितिको निर्णयमै हस्तक्षेप गरे । मन्त्री बास्कोटाले नेपाल टेलिकमको महाप्रबन्धक खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्नु भन्ने समितिको निर्देशनमाथी असमति राखे । सभापतिले निर्णय सुनाईरहँदा मन्त्रीले बिचमै हस्तक्षेप गरेर नबुझी निर्णय नगर्न भने । समितिको बैठक सकिएपछि हिड्ने क्रममा पनि मन्त्रीले सांसदहरुलाई अध्ययन गरेर आउन अर्ति दिए । मन्त्री बास्कोटाले भने–माननिय सांसदहरुले पनि अध्ययन गरेर आउनुस्, अध्ययन पुगेन, मन लागेको बोलेर, जे पायो त्यहि सोधेर हुन्न, हामी पनि अमेरिकी मोडलको अभ्यास गरौं ।’
वाणिज्य बैंकको ६५ अर्ब निक्षेप, ९३ अर्ब ऋण लगानी
काठमाडौं । ‘क’ वर्गका वाणिज्य बैंकले पछिल्लो दिनमा आक्रामकरुपमा ऋण लगानी गर्न थालेका छन् । चालू आर्थिक वर्षको यही असोज १२ गतेसम्म वाणिज्य बैंकले रु ६५ अर्ब निक्षेप सङ्कलन गरेकामा रु ९३ अर्ब ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो एक तथ्याङ्कअनुसार वाणिज्य बैंकले रु २५ खर्ब २० अर्ब निक्षेप सङ्कलन गरेका छन् भने रु २२ खर्ब आठ अर्ब ऋण लगानी गरेका छन् । बैंकमा अझै लगानीयोग्य रकम रु तीन खर्ब १२ अर्ब छ । गत साउन २५ गतेसम्म बैंकले रु २४ खर्ब ५५ अर्ब निक्षेप सङ्कलन गरेका थिए भने असोज १२ गतेसम्म आइपुग्दा निक्षेपको मात्रा बढेर २५ खर्ब २० अर्ब पुगेको छ । यस्तै गत साउन २५ गतेसम्म रु २१ खर्ब १५ अर्ब ऋण लगानी गरेका बैंकले ऋण लगानी बढाएर असोज सो अवधिमा रु २२ खर्ब आठ अर्ब पु¥याएका छन् । ऋण लगानी गर्दा पनि अझै बैंकमा लगानीयोग्य रकम उपलब्ध देखिएको छ । यही असोज ५ गतेदेखि असोज १२ गतेसम्म मात्रै बैंकले रु आठ अर्ब निक्षेप सङ्कलन गर्दा सोही अवधिमा रु १९ अर्ब ऋण लगानी गरेका छन् । निक्षेपको तुलनामा तत्काल लगानीयोग्य रकम उपलब्ध भए तापनि आक्रामक लगानीका कारण आगामी दिनमा लगानीयोग्य रकममा संकुचन आउने सक्ने देखिन्छ । चाडबाडको समयमा सवारी साधनको खरिदमा समेत बैंकले लगानी बढाएका छन् । यस्तै उद्योग तथा अन्य व्यवसायमा समेत लगानी बढेका कारण ऋणको मात्रा बढेको हो । रासस
नागिडाडामा विमानस्थल: ६० हेक्टर जमिन लाग्ने, ३५ प्रतिशत किन्नुपर्ने २५ करोडले धान्ला ?
काठमाडौं । नागिडाडामा बन्न लागेको आन्तरिक विमानस्थलका लागि ६० हेक्टर जमिन आवश्यक पर्ने भएको छ । १२०० मिटर लामो धावनमार्ग हुने विमानस्थलको कुल क्षेत्रफल ६० हेक्टर हुने प्रारम्भिक अध्ययनले देखाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्न सरकारले हाल बनेपा नगरपालिका वडा नम्बर ११ र १२ मा विमानस्थल निर्माणको काम अघि बढाएको छ । विमानस्थल बन्ने भएपछि स्थानीयवासी हर्षित भएको ११ नम्बर वडाका अध्यक्ष शिव कुमार थापाले बताए । “विमानस्थल निर्माण हुने भएपछि सबै स्थानीयवासीको सकारात्क धारणा रहेको छ, थापाले विकासन्युसँग भने आयोजनाले खानेपानीको मुहान सुक्नु भएन यसको व्यवस्थापन गरिनु पर्छ ।” प्रारम्भिक अध्यायन अनुसार विमानस्थल निर्माणका लागि करिब ६५ प्रतिशत जग्गा सरकारको रहेको छ । बाँकी निर्मल प्रधान, ज्ञानेन्द्रलाल प्रधान लगायत व्यवसायीको ३५ प्रतिशत जग्गा रहेको छ । नागरिक उड्यान प्राधिकरणले चालु आर्थिक वर्षका लागि मुअब्जाका लागि २५ करोड रुपैंया विनियोजन गरिएको छ । विमानस्थल बनाउन डाडालाई ४० मिटर खार्नुपर्ने देखिएको छ । विमानस्थलको क्षेत्र पराकिलो बनाउन २५ देखि ४० मिटर तल भास्नुपर्ने एक अध्ययन प्रतिवेदनले देखाएको हो । रियलपथ इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको अध्यायन प्रतिवेदनमा नागीडाडालाई विमानस्थल बनाउन २५ देखि ४० मिटरसम्म खार्नुपर्ने उल्लेख गरिएको छ । डाडालाई ४० मिटर भास्दा २० लाख क्यूबिक मिटर माटो निस्कने कन्सल्टेन्सीका निर्देशक इन्जिनियर गुरुदत्त अधिकारीले बताए । बनेपाको नागीडाडामा प्रारम्भिक अध्ययनको प्रतिवेदन आइसकेको छ । नागिडाडामा १२ सय मिटरको धावनमार्ग र ३ सय मिटरको चौडाईमा फैलाउन सकिनेछ भने २५ देखि ३० वटा विमान पार्किङ गर्न सिकनेछ । यो विमानस्थल साना विमानका लागि मात्र उपुत्त हुनेछ । विमानस्थल निर्माणमा सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेका छन् । १५ दिनभित्र इआईए पास हुने वनेपा आन्तरिक विमानस्थल नाम प्रस्ताव गरिएको यस आयोजनामा नागरिक उडड्यन प्राधिकरणले वातावरणीय प्रभाव मूल्याँङकन ईआईएका लागि क्षेत्र निर्धारणको काम गरिरहेको छ । वनेपा नगरपालिकाको ११ र १२ नम्बर वडामा पर्ने प्रस्तावित विमानस्थल निर्माणबाट पर्ने स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक, आर्थिक र साँस्कृतिक प्रणाली र यीनका अवयव र यसमा पर्ने प्रभावको अध्ययन भैरहेको प्राधिकरणले जनाएको छ । आन्तरिक हवाइजाहाज उडान र अवतरणकाका लागि निर्माण हुने प्रस्तावित विमानस्थलको उत्तर–दक्षिण फैलिने रनवे स्ट्रीप १५०० मिटर, एप्रोन ५५ हजार वर्गमिटर र विमानस्थल टर्मिनल स्टाफ क्वाटर समेत गरी थप ७ हजार वर्गमिटर रहने प्राधिकरणले जानकारी दिएको छ । परामर्शदाता प्याक्ट कन्सलट्यान्ट प्राइभेट लिमिटेडले ईआईए प्रतिवेदन तयार पार्ने जिम्मा पाएको छ । इआईएको प्रतिवेदन स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालयमा पुगिसको प्याक्ट कन्सलट्यान्टका अभिषेक बिसीले बताए । विमानस्थल निर्माणका लागि स्थानीयबाट सकारात्मक प्रतिक्रिया आएको कन्सलट्यान्ट बिसीले बताए । विमानस्थल निर्माण हुने जग्गा अधिकांश सरकारी रहेको छ । नागीडाडा पनौती र पाटनबाट नजिकैको दुरीमा पर्ने भएकाले सडक सञ्जालसँग जोडिन पनि सहज रहेको छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको हो । आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न १ देखि २ घण्टासम्म आकासमै होल्डिङ गर्नुपर्ने समस्या रहेको छ ।
नक्कली आरोहण अनुमति पत्र बनाउने सेभेन समिट ट्रेक प्रालीका निभेस कार्की सहित ३ जना पक्राउ
काठमाडौं । नक्कली आरोहण अनुमति पत्र बनाउने सेभेन समिट ट्रेक प्राइभेट लिमिटेडका ३ जना कर्मचारी पक्राउ परेका छन् । नक्कली आरोहण पत्र निर्माण गरेको आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले प्रालीको ३ जनालाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा प्रालीका लिगल डिपार्टमेन्ट हेड, निभेस कार्की, मार्केटिङ म्यानेजर फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल रहेका छन् । उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको सीआइबीका प्रवक्ता सानुराम भट्टराईले जानकारी दिए । उनीहरुले सगरमाथा आरोहणका लागि १२ जनाको अनुमति लिएकोमा किर्ते गरि १४ जना पुर्याएको सीआइबीले जनाएको छ । उनीहरुले सक्कली अनुमति पत्रमा भएको १२ जनाको नाममा १ जना चाईनिज नागरिक र १ जना अष्ट्रेलियन नागरिकको नाम थप गरी १४ जनाको नाम भएको अर्को कीर्ते आरोहण अनुमति पत्र तयार गरी सोलुखुम्बुमा बुझाएका थिए । सोलुखुम्बु र पर्यटन विभाग काठमाडौंबाट पठाएको विवरणमा फरक भएपछि सीआइबीले अनुसन्धान सुरु गरेको थियो । यस्ता छन् अनसन्धानबाट खुल्न आएको कुराहरु १.सगरमाथा आरोहणमा जाने अन्तिम दलमा सक्कली आरोहण पत्रानुसार चाईनिज नागरिक ८ जना, ईन्डियन २ जना, स्पेन १ जना र ब्रिटेन १ जना रहेकोमा नक्कली आरोहण पत्रमा थप भएका २ जना मध्ये १ जना चाइनिज र १ जना अष्ट्रेलियन नागरिक रहेको २ं. २०७४ चैत्र ३० गते निभेश कार्कीले पर्यटन विभागबाट सक्कली आरोहण पत्र लिनु भन्दा केही दिन अगाडी १४ जनाकै लागि पर्यटन विभागमा पेश गरेको । ३. तत्पश्चात लिगल डिपार्मेन्ट प्रमुख निभेश कार्की , लेखापाल विजयश्वर अर्याल र फुर्तेन्जी शेर्पाले १४ जनाको सट्टा पर्यटन विभागबाट १२ जनाको मात्र परमीट निकाल्ने र बाँकी २ जनाको परमीट शुल्क वापतको २२,००० र ३ जनाले बाँडी लिने योजना तय गरेको ४. योजना अनुसार निभेश कार्कीले पर्यटन विभागबाट सक्कली छाप लगाएको लेटर प्याड ल्याई सक्कल जस्तै परमिट बनाउने जिम्मा, विजयश्वर अर्यालले लेखा मिलाउने जिम्मा र फुर्तेन्जी शेर्पाले राखि चाहिएको ठाउँमा सोही नक्कली डकुमेन्टलाई वितरण गर्ने जिम्मा लिएको ५. विजयश्वर अर्यालले ७,३५,००० र फुर्तेन्जी शेर्पाले ७२ सय अमेरीकी डलर र बाँकी रकम निभेश कार्कीले लिएको । ६. निजहरु उपर सरकारी दस्तखत छाप किर्ते र ठगी अनुसार अनुसन्धान भैरहेको ।
प्रभु लाइफ इन्स्योरेन्सका पाँच नयाँ शाखाहरुको एकैसाथ शुभारम्भ
प्रभु लाइफ इन्स्योरेन्सले २०७५ असोज १८गते विहिवारदेखि आफ्ना नयाँ पाँच शाखा तथा उप–शाखाहरु महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उप–शाखा कार्यालय, लम्की उप–शाखा कार्यालय, फिदिम उप–शाखा कार्यालय तथा ईलाम उप–शाखा कार्यालयहरुको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमाबजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ। कंचनपुर जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले एक कार्यक्रमकाबीच महेन्द्रनगर शाखा कार्यालय, लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले लम्की उप–शाखाकार्यालय, ७ नं. प्रदेशका सभासद कुलवीर चौधरीले बेलौरी उप–शाखाकार्यालय,फिदिमजिल्ला समन्वय समितिका प्रमुख बिष्णु प्रसाद सापकोटाले फिदिम उप–शाखाकार्यालय तथा प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने तथा ईलामजिल्ला समन्वय समितिका संयोजक गणेश बरालले संयूक्त रुपमा ईलाम उप–शाखा कार्यालयको उद्घाटन, एकै दिन गरी सेवा शुभारम्भ गरेका छन्। दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्। कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ।